झंडा अनि भाषा भएन उपरास्ट्रपति हुंदा पनि शपथ खान मिलेन केहि हुन्छ कि ! ने मुनिलाई भनेर देशकै एक चोटि फेरी न्वारन गराउनु छ सधैं बिरोध सधैं बन्द पृथ्वी नारानलाई भनेर माझी अम्ला ठडौनु छ हिउंदमा पानी छैन, बर्षामा गाऊं डुबान मंजुश्री लाई बोलार दक्खिन तिर गल्छि कटाउनु छ शाहबंसे र पंचेले मोज गरेर मारेको देश एमाले र कांग्रेसले भोज गरेर फोहोर पारेको देश जनी गर है ए काली माता ! माओबादी लाई भनेर अस्टमीमा बलि चढाउनु छ दशैंको मुखमा कालो झंडा छेकौनु छ देश रंगिएको बेला, नेताहरु मात्तिएको बेला पर्चा, नारा र गालीले भित्ता पोतिएको बेला एउटा गतिलो आफ्टर आवर जानिटर बोलाउनु छ मलाई यहाँ भ्याई नभ्याई छ यसपाला लाई यस्तै पर्यो अर्को पालाको बिजयादशमीको लागी अग्रिम शुभकामना पठाउनु छ !!
jira · Sep 23, 2009 10:21 AM · 214 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion