bhim karki ko ganda khal texas ma.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

टेक्सासमा हिन्दू मन्दिरको नाम्मा जथाभावी निर्णय हुन थाल्यो :: अमेरिका समाचार - अमेरिकादर्पण संवाददाता जनवरि,२५/ टेक्सासमा मात्र होइन अमेरिकामै पपुलर बन्दै गई रहेका २ वटा संस्था इन्द्रेणी सांस्कृतिक संघ र युनाइटेड नेपाली डेमोक्रेटिक फोरमले यि संस्था संग संबन्धित पदाधिकारी, समर्थक तथा सुभेछुक हरुको नाम राखेर केही दिन अगाडि हिन्दू मन्दिर बनाउने नाम्मा पब्लिकमा पठाइएको ईमेलले हाम्रो दुबै संस्थाको गम्भिर ध्यान आकर्सण भएको भन्दै एक प्रेस बक्तब्य प्रकासित गर्दै भनिएको छ-   अमेरिकाको टेक्सास राज्यमा पर्ने डालस-फोर्टवोर्थ सिटिमा बस्ने नेपालीहरुले करिब १३ बर्ष अगाडि नेपाली सोसाइटी नामको एउटा संस्था गठन गरेका थिए, सोही संस्थाले ३ बर्ष अगाडि संस्थाकै मातहतमा कल्चरल भवन बनाउनु पर्छ भनी कुरा राख्दा सोसाइटी र मन्दिर कमिटी अलग बनाउनु पर्छ भनेर सोसाइटीलाई बिभाजनको रेखा कोर्ने काम भएको थियो । बिभाजन अझ बढी गहिराईमा नजावोस भनेर कल्चरल भवन निर्माण हुनु पर्छ भन्ने सोसाइटिका केही ब्यक्तिले कल्चरल भवन बनाउदा सबै जात जाती, भाषा, धर्म, संस्क्रिती लाई मान्य हुने किसिमले बनाउनु पर्छ भन्दा तात्कालिन अवस्थामा कोर्डिनेटर बनाएका मुरली अधिकारि र उनलाई सहयोग गर्ने केही ब्यक्तीहरुले कल्चरल भवननै बनाउने भन्ने सहमती भएको थियो । कल्चरल भवन बन्ने हो र एउटा धर्मको हिन्दू मन्दिर मात्र बनाउने होइन सबै धर्मको प्रतिनिधित्व हुने कल्चरल भवन बन्ने हो भने, टेक्सासमा मुख्य अफिस रहेको इन्द्रेणी सांस्कृतिक संघ र युनाइटेड नेपाली डेमोक्रेटिक फोरम टेक्सास च्याप्टरले आ-फ्ना सबै सदस्यहरुलाई डोनेसन गर्न पहल गर्ने जानकारी मुरली अधिकारि लाई दियो । मुरली अधिकारी दुबै संस्थाको संयुक्त बैठकमा आएर नेपाली कल्चरल भवननै बनाउने हो सबै लाई आ-आफ्नो धर्म अनुसार कार्यक्रम गर्न पाउने हो भने पछी दुबै संस्था सम्बद्द सदस्यहरुले चालिस हजार भन्दा बढी रकम दिने र तत्काल किस्ताबन्दिको पहिलो किस्ता बुझाउने निर्णय र सहमती सहित सबै सदस्यले आफुले बोलेको रकमको पहिलो किस्ता बुझाए । रकम सबैतिर बाट झन्डै डेढ लाख डलर पनि उठ्यो । एसै बिच तात्कालिन नेपाली सोसाइटी टेक्सासका पदाधिकारी हरुले नेपाली भाषा स्कुल संचालन गर्ने भनी एउटा भवन भाडामा लिने काम संगै मुरली अधिकारि पनि कल्चरल भवन काम पनि यही भवन बाट संचालन गर्ने भन्दै आफ्नै नाम्मा उक्त भवन लिने काम गरे । त्यस्को लगत्तै त्यो भवन लाई निजिकरण सैलिमा प्रयोग गर्दै आफुले मात्र मान्ने धर्म कर्मका काम बढी हुन थाले । त्यो भवनमा हिन्दू धार्मिक कार्यक्रमका अलावा बिभिन्न जनजाती र धर्म अनुसारको कार्यक्रम गर्न बन्देज सुरु गरियो र त्यो अभियान लाई ताकालिन र बर्तमानमा नेपाली सोसाइटिको चुनावमा उनको सहयोग बाट जित्नेले सोही अनुसार गर्न थाले । एस्तो अवस्थामा एउटा धर्मको नाम्मा निजिकरण जस्तो देखिएको मन्दिर कमिटिले गर्ने निर्णय सांस्कृतिक र सामाजिक क्षेत्रमा लोकप्रिय बन्दै गई रहेको इन्द्रेणी सांस्कृतिक संघ र युनाइटेड नेपाली डेमोक्रेटिक फोरम र एसमा संलग्न कुनै पनि सदस्य एस्तो एकल धार्मिक कृयाकलापमा लाग्ने कुरै आउँदैन । केही दिन अगाडि मुरली अधिकारिले लेखेको र प्रेम अधिकारिले रिलिज गरेको ईमेलमा हाम्रो संस्थाका बिभिन्न पदाधिकारी तथा एसका समर्थक र सुभेक्छुक हरुको नाम राखेर बिभिन्न समिती बनाई पैसा उठाउन सुरु गरिएको कुराले हाम्रो दुबै संस्थाको गम्भिर ध्यान आकर्सण बनाएको छ । हाम्रो संस्था र हाम्रा सदस्य तथा समर्थक- सुभेक्छुक हरुको नाम जोडेर पैसा उठाउने कुराको भ्रममा नपर्न तथा संस्था संग नसोधी कुनै पनि रकम नदिन तथा हामी र हाम्रो संस्थाको मन्जुर र सल्ल्हा बिना एस्ता गलत ईमेल लेख्न र रिलिज नगर्न पनि दुबै लाई सचेत बनाउन चाहन्छ । साथै इन्द्रेणी सांस्कृतिक संघले सुरु गर्न लागेको कल्चरल स्कुल र भबिस्यमा निर्माण गर्न खोजिएको कल्चरल भवन र एस्ले गर्ने वार्षिक सबै कार्यक्रम लाई सहयोग र समर्थन गर्न पनि सबै जनसमुदायमा हार्दिक अपिल गर्दछ-     भनिएको छ । प्रकाशित मिति: 2010-1-24- 10:43   Drop your message here Full Name Address Email Message Note: message will be published after the editor's approval यसअघिका अमेरिका समाचार ::

bimal_thapa_usa · Jan 26, 2010 9:42 AM · 42 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion