~चौतारी १९९~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~  चौतारी १९९ ~ आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!     हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ! सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 199 editions. Last edited: 10-Aug-10 08:43 AM

perfectionist · Aug 10, 2010 8:27 AM · 178,305 views

178 Replies · Showing 161 - 178
Page 9 of 9

अरे ह्यापी रे ह्यापी, मि एकदम ह्यापी रे ...... आज तो फ्राइडे  हे ना ...... वोह राह देख रही होगी ........ सराबका सुक्र है, बर्ना गुजरती कैसा साम सराब जिस्ने बनायी है उसे हमरी सलाम Last edited: 13-Aug-10 11:53 AM

ramronepal · Aug 13, 2010 11:53 AM

खोइ कता गये सबै .......... हसुरिसकेको हुन पर्ने अहिले सम्म त ........ अहिले शाहीली कहाँ जाने समय नि भएको छैन ..... के हो के हो ......

ramronepal · Aug 13, 2010 12:46 PM

लोल लहरे पुराण!! समर्थन भन्या नि लहरेको मुकुन्डो हो कि क्या हो ?

cheli · Aug 13, 2010 12:47 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। के हो राम छ , एक्लै फटफटाइ रहेको ? कराँची जानु पर्ने मान्छे राँची जानु पर्ला । साइली लाई यतै बोलाए हुन्न ? हामी पनि माद पिउंथे नि । मखुला ??

rahulvai · Aug 13, 2010 12:49 PM

क्यारम क्यारम भो मलाईनी आजत , अस्तिको क्यारम बोर्ड पनि रिठ्ठे बज्जेले कता राख्यो राख्यो , के अर्ने अब ? आज फ्राइ डे , जिम्माल फ्राइ गर्ने हैन , सिङै बूङूरनै फ्राइ गर्नु पर्छ कि के हो आज त , कि सिङै राङा गर्ने हो ? लु है सप्पैलाई तारेमाम अनी नमस्ते साथ साथै फ्री जदौ ।

Harka_Bahadur · Aug 13, 2010 1:05 PM

लु है झ्यप्प लार चपाम बसेर चिसोको ब्यबस्था कल्ले गर्ने हो अब ?

Harka_Bahadur · Aug 13, 2010 1:46 PM

टन्न छ मजाले खाउ , अरुपनी पोलिदै छ ।

Harka_Bahadur · Aug 13, 2010 1:48 PM

लु रिठ्ठे यो मासुलाई झिरमा उनेर रेडी बनार राखत , अर्को लटमा पोल्नु पर्छ ।

Harka_Bahadur · Aug 13, 2010 1:52 PM

ठुल्दाइ कता लागे भनेको त , मो मोको तयारीमा जुटेका रछन । बूङूर फ्राइ पनि कसैले खान्छ , मो मो पो खानु पर्छ असली महेन्द्र बौचाको पसलको स्वाद आउने मो मो मखुला।

Harka_Bahadur · Aug 13, 2010 1:55 PM

साँधेको खसिको मासु सँग चिरिप्प पारेर झिरिप्प हुने हो कि ?

Harka_Bahadur · Aug 13, 2010 1:59 PM

  होइन हो हर्के हामी सागाहारीहरुलाई पनि त केही ब्यबस्था गर्नु पर्‍यो!  

Geology Tiger · Aug 13, 2010 2:08 PM

लु यो चै भेजीटेबल मो मो बाघको लाई , नाम चै बाघ खाना चै साघ , कि झोल हालेको बूङूरमा , बूङूर हटार झोल झोल खाने होकी हो भने भनी हालौ है ।

Harka_Bahadur · Aug 13, 2010 2:15 PM

  हेर झन हर्केले यती दु:ख गरेर हरेक किसिमको मासुको परिकार तयार पार्दा पनि कुनै औतारिले पनि भरे रमाइलो गर्न केही तयारी गरेनन्। बज्जे अल्लारेहरु त सबै त्यही साइली र माइलिको भट्टिमा गएका त होलान् नि। मलाई त के छ र? हर्केले ल्याएको म:म: छदै छ एक्लै बस्छु आनन्दले खान्छु। थ्यांक यु है हर्के।  

Geology Tiger · Aug 13, 2010 7:18 PM

हर्केजी,  ह्याकुला सेक्न लाग्नु भा जस्तो छ, लौ मत " मान न मान मै तेरा मेहमान" हुन लागे है। बरु चिसो मा के चै उठाउ ? बड् को स्वाद लाग्न छोड्यो , स्टार बियर को स्वाद जस्तो कुनै छ कि ? कोदोको छ्याङ जस्तो बिस्तारै दनक दिने ।

Syanjali · Aug 13, 2010 8:16 PM

तातारेमाम ............म सिमि पोखरेलको    waaaaaaaaaaa साँधेको खसिको मासु !!!!!!!!

smriti44 · Nov 22, 2010 6:52 AM

तारेमाम सिमी जि - यो चाँही पुरानो चौतारी हो - यहाँ अचेल कोही नि आउँदैन - अर्को चौतारी मा आउनु होला सबै उतै बसेर गफेर बसिराखेको छ, नयाँ चौतारी मा जान तल को लिन्क मा क्लिक गर्नुस् नयाँ चौतारी जाने बाटो Last edited: 22-Nov-10 09:32 AM

serial · Nov 22, 2010 9:31 AM

हेल्लो हेल्लो... कोइ छ? चौतारीका औतारीहरु कता हराए अचेल? मेरो लहरु खोइ त? लहरुऊउऊऊऊ...........

shreya08 · Aug 28, 2019 3:15 PM

चौतारी नै हरायो जस्तो लागेको थियो ?

logan · Aug 29, 2019 12:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion