Nepalese Association of Connecticut (NAConn), Connecticut , USA ले सेप्टेम्बर ५ तारिकमा नेपाली नारी हरुको महान चाड तीज 2010 Bollywood Grill, Glastonbury को हल मा धूम धामका साथ मनाएको छ । करिब ३ – ४ सय जना नेपालीहरु सहभागिता रहेको सो कार्यक्रममा नेपाली महिला दिदी बैनी हरु तीजको गीतमा धुमधाम सँग नाचगान गरेका थिए । NACoon का सचिब तिलक मल्लले कार्यक्रम पहिलो बर्ष भन्दा सफल भएको र महिला दिदी बैनिहरुको बढदो सहभागीता ले संस्थालाई यसखाले कार्यक्रम गर्न हौसला बढेको बताउनु भयो । स्टोर्स बाट कार्यक्रममा उपस्थित सिता कोइरालाले बिगत १० – १५ बर्ष देखि अमेरिका मा रहे पनि तिजकार्यक्रम पहिलो पटक मनाउन पाएकोमा निकै खुशी भएको बताउनु भयो। वेष्ट हार्टफोर्ट बाट सहभागी आरती ज्ञवालीले नेपालमै भएको भान भाईरहेको बताउनु भयो । कार्यक्रममा नजिकका शहर हरु न्यूयोर्क र बोस्टोन बाट पनि नेपाली महिला हरुको उपस्थिती थियो ।....view Pictures and videos <object width="640" height="385"><param name="movie" value="http://www.youtube.com/v/KGLJh..."></param><param name="allowFullScreen" value="true"></param><param name="allowscriptaccess" value="always"></param><embed src="http://www.youtube.com/v/KGLJh..." type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="640" height="385"></embed></object>
comingsoon · Sep 7, 2010 12:43 PM · 89 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion