उसले झ्याल बाट वाहिर नियालीरह्यो । उ मलाई आज नियाल्न चाहँदैन । शायद उ आफूलाई म वीना वाँच्ने वानी बसाउन चाहन्छ । वा आफ्ना आँखामा केहि लुकाउन चाहन्छ ।केटा मान्छे जिद्दि हुन्छन् , उ आफ्नो म विना बाँच्न नसक्ने कमजोरी किन देखाओस् तर कट्दै गरेको वाटोले देखेको छ म उसका लागी कति आवश्यक अपरिहार्य भएकी छू । पानी नपरेर होला वाटो भरी धुलै धुलो भएको छ । त्यसमाथी काठमाण्डौको जाम , सवै जना हतारमा यो हतारको शहर हो । तर म आज समय रोक्न चाहन्छु । म मेरो चाहनालाई अर्को आफ्नै चाहनाले रोक्न चाहन्छू । "पानी को वोटल कुन झोलामा छ ?" मैले पानी खान खोजेकी हैन उसको अनुहार पढ्न खोजेकी हुँ ! म उसको थकित हुँदाको अनुहार , उ खुशी हुँदाको अनुहार , उ रिसाउँदाको अनुहार सवै चिन्छू उसका आँखा उसको भाव छूट्याइदिने लिट्मस भएका छन् उसले म सँग आँखा जुधाएन रातो झोलाबाट पानीको बोटल निकालेर मलाई थमाइदियो अनि फेरि बाटो मा आँखा डोर्यायो । मैले मन नलागी नलागी दुई घूट्की पानी निलिदिएँ । मलाई सोध्न मन लाग्यो " के राखेको छ त्यो बाटोमा !!" शब्दहरु अड्किए , अहँ बोल्न सकिन !!! म त्यति क्रुर हुन सक्दिन !! मलाई कहिलेकाहिँ आफु स्वार्थि लाग्छ ।उसको र मेरो विहे भएको चार महिना मात्र हुँदैछ । म उसलाई छोडेर तिन वर्ष वाहिर जाँदैछु । फेरि सोच्छू , कति लोग्नेमान्छे छन् जसले मैले गरे जस्तो गरेका छन् । म स्वास्नी मान्छे हुँदैमा गर्न सक्दिन र ? एकचोटी सोधेकी पनि थीएँ , "मेरो कलेजबाट कन्फर्मेसन आएछ ! के गरौँ ?" उसले मेरो आँखामा नियाल्यो ! आफ्नो आँखामा केहि लुकायो , त्यो स्वार्थ थियो उसको पिडा थीयो वा माया थीयो मैले छुट्याउन सकिन !एक छीन चुप भयो । मलाई त्यो मौनता निस्सारलाग्दो लाग्यो "जाउ , क्यारियरको कुरा हो छोड्नुहुन्न !" उसले सुस्तरि जवाफ फर्कायो !!! मैले खुशि हुनु पर्ने हो वा अन्यौलमा पर्नु पर्ने हो छुट्याउन सकिन !!! *************** ************** *********** ************** ************** ************* ** उसले घडी हेर्यो ! त्यो घडी अझै पनि पहेँलो नै थीयो ! घडी किन्ने बेलामा म बुवा सँगै गएकी थीएँ ! बुवाले नाक खुम्च्याउँदै भन्नु भएको थीयो । "यो गोल्डेन प्लेट भन्नु मात्रै हो म हजुरबुवा पनि हुन नपाई खुइलिन्छ होला !" मलाई सुन्ने वित्तिकै रिस पनि उठेको थीयो बुवा देखि ! बिहा हुन पाएको छैन बुवालाई हजुरबुवा कहिले हुन्छू भएसक्यो । सुनेपनि मैले नसुने जस्तो गरेकी थीएँ । हुन त म त्यति खेर लजाउनु पर्ने थियो होला तर मलाई लजाइदिन खासै आउँदैन । "कति बज्यो ?" "एघार !" मेरो फ्लाइट दुइ बजेको थीयो थाई एयरलाईन्समा ! मैले सुनेकी थीएँ एयरपोर्ट भित्र टाइम लाग्छ । एक जना अंकलले मलाई सघाउँछू भन्नु भएको थीयो ।ट्याक्सीड्राईभर ले एफएम चेन्ज गरेर कुनै समाचार भन्दै गरेको स्टेशनमा लगायो ! " छ टाइम !" उसले सुख्खा शब्दहरु बोल्यो "कति खेर आउने अरे त्यो सिनियर केटा तिमीलाई लिन ?" "ल्यान्ड भएको एक घण्टा भित्र आइपुग्छु भनेको छ !" "मोबायल नम्बर टिपेर राखेकी छौ हैन ?" उसले जीवनमा पहिलो चोटी मलाई सम्झायो , मैले आफ्नो मोबायलबाट डायरीमा नम्वर सारेँ ! " त्यो एफ एम अलि सानो पार्न मिल्दैन भाइ ?" म थोरै झर्किएँ , किन थाहा छैन ! उसले अचम्म मानेर मलाई हेर्यो । अनि एफएमको साउण्ड थोरै सानो बनाइदियो । एयरपोर्ट देखिन थालेको थियो !!! "पासपोर्ट राम्ररी राख्नु !" उसले एकै छीनमा दोस्रो चोटी मलाई सम्झायो । मैले टाउको हल्लाईदिएँ स्विकारोक्तिमा !!! मनमनै मुस्कुराएँ , उ सामान्यतय आफुले राखेका सामानहरु बिर्सिने गर्छ । उसको अफिसको कार्ड , टाई अनि मोजा जुनै ठाउँमा भएपनि उसले बिर्सिन्छ । खाना खाएपछि एकछिन खोजी टोपल्छ तर भेट्दैन अनि किचनमा ठिंग उभीन्छ , उ मलाई खोजीदेउ भन्न सक्दैन दिनदिनै कति भनोस् खोजिदेउ भनेर , तर मैले नै खोज्नु पर्छ ।भोलि देखि के गर्ने हो थाहा छैन !!! ट्याक्सी रोकियो , म ओर्लिएँ आफ्ना झोला सवै निकालेँ ।एक चोटी वरिपरि हेरेँ , खुशी भएका अनुहार , मौन अनुहार , व्यग्र अनुहार !!!! एयरपोर्ट वास्तवमा सपनाहरुमा पखेटा लाग्ने ठाउँ हो !!!मेरा सपनाहरु पनि त पखेटा लाग्दै थीए । मैले परैबाट अंकललाई देखेँ !!! "ल हिँड " अंकलले वाहिर समय विताउन चाहनु भएन मैले उसलाई अन्तिम पटक हेरेँ । उ मुस्कुराउन खोज्यो , म पनि मुस्कुराउन खोजेँ । सकिन कता कता गाँठो परे झैँ भएर आयो आँखा लुकाएँ अनि एयरपोर्ट भित्र छिरेँ !!!! क्रमश:
fucheketo · Nov 12, 2010 5:07 PM · 128 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion