Current Affairs

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इजिप्टको दङगा पुलिसले आन्दोलित जनता माथि प्रयोग गरेको अम्रिका मा बनेको अश्रु ग्यासले त होस्नी मुबारकको समर्थन गरेको ठरिन्न होला। तर इराक युध्ध ताका देखि अम्रिकाको महत्वपुर्ण सहयोगी मुबारक को सरकार अहिले जनता को आन्दोलन को तारो बनेको छ। ८२ बर्षे तीन दशक सम्म शासन गरेको मुबारक लाई ओबमा ले फोन गरेर जनताको भावना लाई सम्मन गर्न भने र मानव अधिकार त प्रजातन्त्र को कुरा पनि गरे। तर राजनीति बाहिर देखे जस्तो हुन्न। भित्र भित्र अनेक कुरा हुने गर्छन्। भित्र भित्र ओबमाले क भने क था हाम्लाइ। यसो अनुमान लाउदा खेरी अहिलेको यो आन्दोलन ले इजिप्ट्मा मुबारक को निद हराम गरेको छ भने यता अम्रिका मा ओबामा को। अंरिकी सेना को नजिक को सम्बन्ध छ भनिएको इजिप्ट को सेनाले मुबारक लाई साथ् देको छ र त्यसैले मुबारक ले सेना परिचालन गरेर आन्दोलन दबाउन प्रयास गर्दै छ। अघिल्लो बर्ष मात्र अम्रिका ले इजिप्टलाई $१।३ दान देको रैछ। यसै बाट बुझिन्छ अंरिकी स्वर्थ्। अम्रिका यस्तो मुलुक हो आफ्नो स्वार्थ पुरा हुने भयो भने जस्लाइ, जस्तो सरकार लाई पनि सहयोग र समर्थन गर्दछ। उसका मानव अधिकार र प्रजातन्त्र त अरुलाई सिकाउन मात्रै प्रयोग गरिने शब्द मात्र जस्तो।    तीन दशक देखी शासन गरि राको मुबारक डिक्टेटर नै हो। तर अम्रिकी सरकारको अप राष्ट पति ले उसलाइ डिक्टेटर नभन्ने रे। किन भने उनिहरुको सम्बेदन्सील सम्बन्धको कारणले। अम्रिकाले भनेको खुरु खुरु मान्यो भने केही नहुने। निरन्कुस शासन भए पनि कान थुनेर बस्ने। सुनेको नसुनेइ झै गर्ने। यस्ता अरु धेरै उदाहरण छन्। अर्को तर्फ अम्रिका को इसरामा नचल्ने र उसलाइ सहयोग नगर्ने लाई के गरेको छ। त्यो त हामले देखि रा'कै हो। अहिलेको इजिप्टको आन्दोलनले अब ओबामा प्रसासनको टाउको साच्चिकै दुखेको छ। हेरम कसरी ह्यन्डल गर्छ यो इस्सु लाइ। सबै आन्दोलन हरु उपलब्धिमा टुङिदैनन्। त्यसको लागि धेरै कुराहरु मिल्नु पर्छ। सहि नेत्रित्व एउटा महत्व पूर्ण पाटो हो। यो आन्दोलनको नेत्रित्व कस्तो छ त्यो हेर्न बाँकी छ। त्यहाका जनता ले दसकौ सम्म एक कोरो शासन गर्ने मुबारक लाई कम्तिमा पनि फाल्न चाहेका छन्। उनिहरु लाई मेरो सुभकामना छ।  सके सम्म काम छेतिमा धेरै उपलब्धी मिलोस्।   

gorkha_lahure · Jan 29, 2011 2:01 AM · 258 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion