मन पनि थाक्दो रहेछ *********************** अनबरत सद्भाब र् सहिस्णुता पोख्दा पोख्दै , रहर हरु पोको पारेर जिम्बेबारिहरु बोक्दा बोक्दै , देख्ने आँखा कानो र् सुन्ने कान् हरु बहिरो भये पछी , मन पनि थाक्दो रहेछ | युग परिवर्तन गर्छु भन्ने हरु , धर्ती र् आकाश जोड्छु भन्ने हरु , फुल् को सौन्दर्य् र् सुबाश मा , नयाँ रङ थप्छु भन्ने हरु , बेइमान र् मक्कारीको जठराग्नी मा , शनै : शनै :तानिएपछी , दृष्‍टि भ्रमित हुँदारहेछन , मन पनि थाक्दोरहेछ | आश नगर सुन्तलिकी आमा , गाउको अन्धकार र् गरीबी हटाउछु भन्ने हरु , गाउ नै छोडेर गैसके | गाउमा सपना बेच्नेहारु , देश कै सौदागर भै सके , निरन्तर् को यो यात्रामा , सुनसान र् शान्त् प्रक्रिती पनि , कती दिक्क लाग्दोरहेछ , बेइमान र् मक्कारहरुले घेरीइ सकेपछी , मन पनि थाक्दो रहेछ |
prabhat41 · Mar 26, 2011 11:50 PM · 27 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion