साथीहरु संसारमा कति धेरै कुराहरु भैराख्याछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  साथीहरु संसारमा कति धेरै कुराहरु भैराख्याछ.संकटग्रस्त बृद्ध पूँजीवादी अर्थतन्त्रबीच गुज्रिरहेको अम्रिकामा मध्यरातदेखि संघीय सरकारका अत्यावश्यक वाहेकका सेवाहरु बन्द हुने सुरसार छ. भारतमा चलचित्र-परिहासमा सीमित गान्धीबादी बिरोधको ताजा अनुकरण अन्ना हजारेले गरेका छन् र त्यहाँ  सरकार सचेत नागरिकहरुको सहभागितामा भ्रस्टाचार विरोधी  कडा कानून मस्यौदा गर्न राजी भएको छ. हाम्रो प्यारो मुलुक नेपाल क्रान्तिको शीर्षकअन्तर्गतको पछिल्लो  भुवंरीबाट अघि निस्कने एक अप्ठेरो एैठनबीच छ. म बस्ने यो  उदास सहरमा  आज साँझ सिमसिम वर्षा भएको छ, सायद वसन्तको स्वागतमा. हामीहरु संसार परिवर्तनको एक विशिस्ट घडीबीच छौ सायद कुनै पनि पुस्ताझैं. परिवर्तनको यो श्वाश्वत ढुकढुकी सायद हामी सबै महसूस गरिरहेछौ , म यही आशा राख्दछु. कृपया आफ्ना अनुभूति तथा अनुभवहरु साट्नु होला , म अलि भावुक अवस्थितिमा छु . 

tenthfractal · Apr 8, 2011 8:07 PM · 83 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion