म सपना को ब्यापारी केबल सपना मात्र बेच्छु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज घर फोन गरे फेरी एउता सपना बेचे सपना सुन्दर भबिस्स्से को नेपाल आउने अनी भेट्ने म त ब्यापारी सपना को खाली सपना त बेच्छु खोक्रो अनी खाली सपना पुरा नहुने अनी नपुग्ने कल्पना उन्लाई पनि फोन गरे अनी फेरी अर्को सपना बेचे सपना मिलन को एउत सुन्दर घर को माया को अनी प्रेम को खुशी को अनी हासो को सपना एउटा सपना को म त सपना को ब्यापारी केबल सपना मात्र बेच्छु साथी ले फोन गरेको थो आपत पर्यो रे उस्लाई पनि एउत सपना बेची हाले सहयोग को अनी साथ को विश्वाश को मित्रता को म त ब्यपारी हुँ ब्यापार न गर्छु ब्यापार एउटा एस्तो बस्तु को जुन छदै छैन जुन हुँदै हुँदैन सम्बव बिहिन बस्तु को म ब्यापारी हुँ सपना को मैले सपना सदै बेचि रहे हिजो पनि बेच्थे आज पनी बेच्दै छु र शायद भोली पनि बेची रहन्छु बिकुन्झेल कसैले किनुन झेल अनी मलाई झेलुनजेल म सँग धेरै सपना छ आकल्पनिये अनी आबिश्वासीलो पनि पत्त्यरिलो अनी विश्वासिलो पनि म त ब्यापारी सपना को आनेकथरी सपना बेच्छु सपना बेच्नु मेरो रहर हैन बेदेयता अनी बिबस्ता ले अङालेको हुँ केइ छैन म सँग बेच्न लाई म खोक्रो छु म त भिकारि हुँ म सँग केही छैन मात्र सपना अनी मैले सपना बेचे आफ्ना लाई परया लाई मायालु लाई किन्ने जती सबै लाई भेट्ने जती सबै लाई म सँग सपना न छ, तेस्करन म तेस्लाई बेच्छु । म निर्ल्लज ब्यापारी हुँ सपना को आमा लाई सपना बेचे नयाँ साडी को बा लाई बेचे नयाँ दौरा को अनी भाई लाई राम्रो बिद्यालय को म सँग केबल सपना थो तेइ बेचे पुरा नहुने सपना नुपुग्ने अनी नभेटिने म सपना को ब्यापारी केबल सपना मात्र बेच्छु

amricane · Apr 13, 2011 8:36 PM · 159 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion