बिहान होस या बेलुका दिउस भए नि बालै हो दालसँग होस या झोलसँग भात भन्या भात हो! नेपाल होस या अम्रिका नेपालीको जिउने आड हो २ थाल नबजाइ चित्तै नबुझ्ने भात भन्या भात हो! कति खाइयो नाथे पिज्जा बर्गर पनि त खाएकै हो तेस्ता जाबाले पेट के मान्थ्यो भात भन्या भात हो! बढी भएको क्याम्पसमा टिफिन खैरे सोध्छ - "क्या हो त्यो?" ङिँच्च हाँस्दै ग्वाम्म खाँदै - "भात भन्या भात हो!" चिनीरोग लागे ओखति खाउँला भुँडी लागे नि आफ्नै त हो मरेपछी पनि पिण्डो खुवाउने भात भन्या भात हो! Last edited: 31-Dec-11 11:41 PM
jantare1 · Dec 31, 2011 11:40 PM · 61,051 views
भात खानी हामी सबै भाते हरु लै रक्षा गर्नी पशुपति नाथ लाई म सधै भात खादा भात चदौछु
Debin · Apr 11, 2020 7:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion