बाबु, तिमी ठूलो भएपछि मलाई सोध्लाउ "आमा ! तिम्रो देश कस्तो छ ?" म भनुँला "डाँडा-काँडा, नदी-नालाले भरिएको झलमल्ल हिमालले सजिएको एकबाजी आएर घर फर्कन बसन्त भुल्छ जहाँ [१] हर आँखामा लाली-गुराँस हत्केलामा सुनगाभा फुल्छ जहाँ [२] सानु छ तर अनमोल मोती जस्तो छ [३] मेरो प्यारो देश साँच्चै स्वर्ग जस्तो छ " अनि तिमी मैले वर्णन गरेको देश खोज्दै जाउला मुटु भरी रहरहरु पाल्दै पोस्दै जाउला तर, प्रदुषित भैसकेका नदी-नाला देख्छौ जब जताततै फोहरै- फोहरमा टेक्छौ जब सगरमाथाको शिर लज्जाले झुकेको पाउँछौ प्रत्येक मन पीडाले दुखेको पाउँछौ तिमी आफ्नी आमाबारे के सोच्लाउ तब तिमी उसको देशबारे के सोच्लाउ तब बरु तिमी मलाई कहिले नसोध्नु "आमा तिम्रो देश कस्तो छ?" भनेर म सत्य बोल्न सक्दिन "मेरो देश खोइ कस्तो कस्तो छ" भनेर म झुटो भन्न सक्दिन "मेरो देश स्वर्ग जस्तो छ" भनेर!! [१] : "मेरो देश" - भूपी शेरचन [२] : "आँखामा लालीगुराँस , हत्केलामा सुनगाभा" - मोहन हिमांशु थापा [२]:" के नेपाल सानो छ ?" लक्ष्मी प्रसाद देवकोटा
cheli · Apr 30, 2012 8:50 AM · 902 views
मलाई अहिले नै सोध्न मन लाग्यो चेली, मेरो देश कस्तो छ ? हाम्रो भेष कस्तो छ . देश संग संगै आफु नि हराएको छु र आज यहा कराएको छु . वाह , चेली वाह !!
rahulvai · Apr 30, 2012 8:55 AM
सार्है मन छुने कविता चेली !!
bhakte dai · Apr 30, 2012 9:05 AM
सार्है मिठो लाग्यो र कटु यथार्थको नजिक उभिदा दु:ख पनि त्यतिकै लाग्यो
Geology Tiger · Apr 30, 2012 10:54 AM
भावविभोर भए म सलल बगेको सारै राम्रो कविता लेख्नु भो
Pokhrelikanchi · Apr 30, 2012 11:19 AM
Thank you all!! I wrote a poem after a long long time. I know it has many flaws, but still, thank you so much for appreciating!!
cheli · Apr 30, 2012 3:32 PM
एकादेश मा एउटा देश थियो भन्नु, कसैले सोधे प्रकृति को बरदान थियो भन्नु. कस्तो थियो भनेर सोधे दुखः मा पनि हास्थे मान्छे भन्नु ,गीत गाउथे, नाच्थे भन्नु एकादेश मा एउटा देश थियो भन्नु, कसैले सोधे गुराँस फुल्थ्यो, सुनगाभा झुल्थ्यो भन्नु कस्तो थियो भनेर सोधे विदेश पसे पानि देश को माया मा कविता लेख्ने चेली थिए भन्नु
timi_mero_sathi · Apr 30, 2012 6:12 PM
Chasakkai mann Chhune...... Mero Desh Socheko Jasto ta chhaina....tara aaru ko deshma jasto "foreigner" chahi ma pakkai hunna!
sanju.baba · Apr 30, 2012 8:41 PM
@timi_mero_sathi: विदेश पसेपछि नै देशको माया बढी हुँदोरैछ .. देशमा हुन्जेल त नजिक को तिर्थ हेला भन्या जस्तो !! विदेशिनु भनेको नी तेस्तै हो .. कसैको रहर, कसैको बाध्यता!! @Sanju.baba लाई पनि धन्यबाद!! :) Last edited: 01-May-12 07:15 AM
cheli · May 1, 2012 7:15 AM
हाम्रो देश पनि Solomon Islands को cursing trees जस्तै होला भन्ने डर लागिसक्यो अब त। कुनै दिन फेरी हरेक आँखामा लाली गुरास र हत्केलामा सुनगाभा फुल्छ होला, चेली। मन छोयो तिम्रो कबिताले।
Dipika02 · May 1, 2012 8:45 AM
सार्है मुटु छुने कबिता लेख्यौ, चेली। साँच्ची नै भन्दा आफ्नो मुटुमा सँधै नेपाल रहेको पाउँछु, तर जब भौतिक रुपमा त्यहाँ उपस्थित हुन्छु तब आफूलाई त्यो नेपालमा पाँउदिनँ। धेरै अगाडि क्षेत्रप्रताप अधिकारीको "नेपाल नेपाल जस्तो रहेन" भन्ने कबिता पढेको थिएँ, तिम्रो कबिताले फेरि त्यसैलाई सम्झायो।
chipledhunga · May 1, 2012 11:05 AM
चेली बहिनी, धेरै पछी अर्को मन छुने कबिता लिएर आइछौ| तिम्रो सब्दमा झल्केको तितो सत्य पढेर फेरी एक चोटी मन चसक्क भयो|
Nepal Ko Chora · May 1, 2012 11:38 AM
धन्यबाद दिपिका, चिप्ले दाइ र नेप्चे दाइलाई पनि !! :)
cheli · May 3, 2012 7:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion