ए. एन. ए. कवि सम्मेलन – २०१२ सम्बन्धि औपचारिक सुचना !!! ए. एन. ए. महाअधिबेसनको अवसरमा टेक्सास राज्यको, डालासमा यही जुलाई १ तारिक का दिन ए.एन.ए. र आई.एन.यल.यस. को संयुक्त आयोजनामा कवि सम्मेलन हुन गैरहेको छ। सो अवसरमा विशिष्ट कविहरुको कविता र प्रतियोगी कविहरुको कविता बाचन गरिने छ ! प्रतियोगी कविहरुमध्ये प्रथम, दोश्रो, र तेश्रो हुने कविहरुलाई उचित पुरस्कार र प्रमाण पत्र द्वारा सम्मान गरिने छ प्रतियोगितामा आफ्नो रचना पठाउन चाहनु हुने कविहरुले पालना गर्नु पर्ने सर्तहरु देहाय बमोजिम रहेकोछ। कविहरुले आफ्नो कविता तलको ठेगानामा यही जुन १५ भित्र इ-मेल मार्फत पठाउनु पर्ने छ । कविताको शब्द सिमा अधिकतम १५० तोकिएको छ । त्यो भन्दा बढी शब्दका कविता पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन । कवितामा कुनै पनि राजनीतिक पुर्बाग्रह र गाली गलौज , साप्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अस्लिल शब्दहरुको प्रयोग भएको छ भने त्यस्ता कविताहरु पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन । कविताको बिषय बस्तु, कविताको स्वरूप ( गध्य या छन्द ) को बारेमा कविहरुलाई स्वतन्त्र छाडिएको छ । कविता नेपाली भाषामा लेखिएको हुनु पर्ने छ । कविताहरु कान्तिपुर, प्रिती या मंगल फोन्टमा मात्र पठाउनु पर्ने छ कविता नितान्त नयाँ र मौलिक हुनु पर्ने छ र कविले आफ्नो रचना संग आफ्नो छोटो परिचय र ठेगाना सहित फोटो पनि पठाउनु पर्ने छ । प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा सम्प्रेषण भएको पाइएमा स्वत अस्वीकृत हुनेछन । प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको केही अंस या पुरा नक्कल भएको पाइएमा स्वत अस्वीकृत हुनेछन । प्रतियोगिताका लागि प्राप्त हुने कविताहरु प्रथम चरणमा छनौट भैसकेपछि मात्र सम्मेलनमा बाचनका लागि योग्य हुने छन। यस सम्बन्धमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। सम्मेलनका बखत कवि स्वयम उपस्थित भै कविता बाचन गर्नु पर्नेछ। कविता पठाउने ईमेल यस प्रकार रहेको छ - kabisammelan@events.anatexas.org यस सम्बन्धी थप जानकारीहरु यसै वेब-साइटमा क्रमस: प्रकाशित गरिने छ। संपर्कका लागि: वासुदेव भण्डारी 682-472-2472 वासु शर्मा 817-501-0878 रमा अधिकारी 817-301-2317 बाल जोशी 204-413-4618 बिनय न्यौपाने 817-909-1956 इन्दिरा भुसाल 940-382-6322 राधाकृष्ण काफ्ले 469-265-6559 ए.एन्.ए. ३०सौँ अधिवेसन तयारी समिति डल्लास, टेक्सास ANA Dallas Convention 2012 Convention Venue:Hilton Anatole 2201 North Stemmons Freeway, Dallas, TX 75207 Phone: 1-214-748-1200 (Give discount code NEP when calling) Reserve your room online at: Hilton Anatole www.anatexas.org Like us on Facebook for latest updates Follow us on Twitter One Dream, One Community And One Event For All in One ANA
ANAMarketing · May 30, 2012 12:58 AM · 92 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion