हिजो नेपाल फोन हानियो - काका ८४ दुइ बर्स अगी गरेका ८६ मा तेकेछ्न. नेपाल हुदा आमाले भनेको सम्झे - तेरो बाउलाई ७९ बर्समा ठुलो खति हुन सक्छ भन्ने जोतिसाचार्य को भबिस्य बाणी . तराइ तिर सठियल गईल भन्छन, तेस्तै बहेका थिए हाम्रा बाउ . डाक्टरले आन्द्रामा घाउ भएको हुन सक्छ भनि ZENTAC दिएको थियो अनि दुखेको बेला खायो , पल्लो गाउको बाबु साब काजि साब संग मध्यान्न सम्म म्यारिज खेलो , लाहुरे हुनु अघि सोधेको थिए बाउ जाऔ नेपाल सहर , आन्द्राको जाच गरौ . सुनेका हैनन् . कर गर्न सकिएन , तिन महिना पछी सुनियो बाउ नेपाल सहर लागिएको छ रे भनि , सुनेको दिन रुनु सम्म रूए , सम्झिए त्यो ज्योतिसाचार्य ले भबिस्य बाणी . कुरो को तुनो फुस्किएछ - अब आयो काका को पालो . श्री सम्पति अन्सबंदा गरि छोरा छोरीले लागि हाले , बाकि रहेको आफ्नो भाग को आम्दानि नै के हुन्छ र , छोरा छोरी को आस गरौ भनि उनि हरुनै बुढो हड्डी घोट्न तयार छन् , बाउ फुसुक्क भै हाले तै भाको पनि केहि हात लाग्छ तिर लागेका छन् कुरा गर्दा मुख फोरी हाल्न सकेनन तर कुरा बुझे मैले पनि . खातामा कति छ भनि ब्यालेन्स हेरे , कति बिल तिर्नु छ को जाच गरे अनि अर्को साता कति जम्मा गर्छ को पनि हिसाब गरे अनि कति चाहि पठाउन सक्छु भनि जोड घटाउ गरे - हात लाग्यो ऋण ( - ) पो देखिन्छ . दिमाग गोता खेल्दै २ दसक अगी पुग्यो , खातामा ३०० भएको बेला अनि आफै स्कूल लाइ तिर्न हजारौ हुँदा दिएको २५० सम्झिए , तेसै बेला नेपालका अर्ब पतिका छोरालाई नेपालबात ऋण लिएर आएको पैसा तिर्न दिएको ३००० सम्झिए , अनि अर्को करोड पतिले मलाई दिएको ७०० को चेक ( insuffiecient balance) टुलु टुलु हेरे अनि ब्यापार गर्छु भन्ने दाईलाई पठाएको हुण्डीको अधकट्टी जोर संग समाते - सुसुप्त मनले त्यो ४००० हराउलाकी भनि ( still thiking that is my 4K) एसो सम्झन्छु - बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो का धै माथि भनेको यही होला भन्ठाने . अनि मन मनै सम्झे के मैले सहयोग गर्न खोज्या ह कि , आफ्नै हिसाबकिताब गर्या हो बुझ्न सकिन . एउटा डाक्टर साथि मुटु बिसेसग्य नै छ , कुरा गरे , धन्दा न मान मा कहा जानु भन , बाकि सबै म गरिदिन्छु भन्दा एक मनले ढुक्क भए पनि त्या पुर्याइदिन मान्छे खोज्नु पर्ने भयो . नजिक भएका छोरा छोरि भई भतिज हरु बेफुर्सदी छन् , त्यो उखान छ नि " कुकुरको काम पनि छैन बस्ने फुर्सद पनि छैन " कसैको काम धाम केहि नभए पनि - बेफुर्सदी . हाम्रा बाउ पनि एक नाम्बरिका हस्त रेखा बिसेसग्य रहेछन भन्नु पर्यो - हेर छोरा तिमि हरु सबै ले रुपैया पैसाको कुरामा विचार गर्नु है - फिर्ता पाउन कठिन हुन्छ , कठिन हैन महाभारत नै हुदो रहेछ , बिर्सी दिएको थिए , तर नया अबस्थाले मन मस्तिस्कलाई २० बर्स पछाडी पुर्यायो . Last edited: 20-Jun-12 10:03 AM
MAgorkhe1 · Jun 20, 2012 10:00 AM · 508 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion