यो बिसिस्ट जाति को पर्यो होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बुटवल बसे पनि सिमाना नाघेर पारि नपुगे झैँ थियो , यो वर्ष यात्राको जोग परेको रहेछ , सन् फ्रान्सिस्को सहर हेर्न पुगियो | बिदाको दिन एउटा भाइले नापा र रेड वुड पुर्याई दिनुभयो , चारै चोटी हुस्सुले छोपेर Golden Gate Bridge राम्ररी हेर्न पाएनौ  | Lambard Street  त्रिभुवन राजपथ को  घुम्ती जस्तो रहेछ, एता उता घुमाएर यो बाटो तिर जान आधा घुसाएर बसेको थियो , आर्कोले न मिच्नु मिची आगाडी तेर्स्याई दियो, रनक्क माथा ठंक्यो | भोलि पल्ट रातो काठ को जंगल बाट फर्किदा यहा बाट देखिन्छ यो पुल राम्ररि भनि डाडा तिर  लगे | सिमित पार्किंग भएकोले हामि कोहि जान लागेको मान्छे पछाडी ब्लिंक गरि बसेका थियौ , एक्कासि यु टर्न गरि त्यो स्थान आर्को कसैले  कब्जा गरिदिन्छ | अर्को मान्छे निक्लिए पछी पार्क गर्यो तर त्यो दिन पनि हुस्सुले पुरा देखन दिएँन | यात्राको सम्झनामा  ई दुइ कुरा पुल देख्न नापाइएको संग टासिने भए ! यस्ता बेसोमती पनि भेटिदा रहेछन ! Answer : You may have guessed it. यी दुवै हाम्रा मित्र राष्ट्र भारत बासि थिए | Last edited: 23-Aug-12 03:36 PM

MaGorkhe1 · Aug 17, 2012 8:15 PM · 666 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion