नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर चल्ने छोटा, मध्यम र लामा दुरीका सवारीसाधन ठप्प पारेपछि त्यसको प्रभाव देशैभर देखिएको छ । विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा, धनगढीस्थित कान्तिपुर संवाददाताका अनुसार यातायात बन्दका कारण हजारौं यात्रु सडकमा अलपत्र परेका छन् ।