सर्वोच्चको दादागिरी ! - Sajha Mobile
SAJHA MOBILE
सर्वोच्चको दादागिरी !
Posts 2 · Viewed 4006 · Go to Last Post
controversial
· Snapshot 0
Like · Likedby · 0
अस्ति मात्र हो एउटीले प्रधान पद पडकाइ जो डिनए मा बिस्वासै राख्दिनन , अनुहार मिलेको भरमा फैसला गर्छिन खबरदार यदि तपाइ नेपाल जानु भो र कुनै पनि बच्चाको मुहार ट्याक्कै ट्याक्कै मिल्छ भने बा को ट्याग लाग्न बेर छैन हा हा । अहिले यस्तो दुखद फैसला अाएको छ यो पनि महिला अधिकारको अभियन्ता बन्ने होडमा । नाबालकको हुर्कायाइमा अवश्य अामाको हात हुनु जरुरी छ, पश्चिमा देशहरुले पनि यही बाटो अपनाएको छ । तर जुन आमाले १०्।१२ बर्ष बिदेश गएर पालनपोषणमा वास्ता गरिनन पछि टुपलुक्क आएर क्यानडा ल्याउन चाहन्छिन यो कति न्यायोसँगित हो बाबु को लागो जो दिनरात बच्चाहरु हुर्काये जब आमा थिइनन साथ दिन । नेपाली डुकुलँठक न्यायाधिशहरुलाइ यति पनि था छैन कि बाबुको भिसिटिङ राइट कसरी पालना हुन्छ जब बच्चाहरु क्यानडामा हुन्छन। यस्तो फैसला त अमेरिकामा पनि हुदैनथ्यो । नेपालको अदालत न्याय होइन अभियानको मुखपत्र बन्दै गैरहेको छ यसले झन पुष्टी गर्छ ।

‘नाबालक संरक्षकको पहिलो अधिकार आमालाई’

यम विरही मंगलवार, भदौ ७, २०७३ 3280 पटक पढिएको


सर्वोच्चले आमाको जिम्मा लगाएपछि बुबाको काख च्याप्दै छोरी चिच्याइन

काठमाडौँ: नाबालक छोराछोरीको संरक्षकको पहिलो अधिकार बाबुआमामध्ये कस्को हुने भन्ने एक बिबादमा सर्वोच्च अदालतले ‘आमा’ को पक्षमा निर्णय दिएको छ । नाबालक छोराछोरीलाई कब्जामा राखेर बाबुले वन्दी बनाएको दाबीसहित एक आमाले दिएको वन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च यो निश्कर्षमा पुगेको हो ।

सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले सोमबार आमाको अधिकारलाई बलियो बनाउने दिशामा उक्त निर्णय दिएको छ । आफ्ना नाबालक छोराछोरीलाई पतीले घरमै वन्दी बनाएर भेटघाट गर्न नदिएको दाबीसहित क्यानाडामा बसोबास गर्दै आएकी काठमाडौं कोटेश्वर निवासी प्रजिता प्रसाईं भुर्तेलले यही साउन २७ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।

आफ्ना पती पुरुषोत्तम प्रसाईंले क्यानाडाबाट घर आउँदा छोराछोरीलाई भेट्न नदिएको र आफ्ना एक मात्र छोराको ब्रतबन्ध भएकोसमेत थाहा नपाएकोमा उनको चित्त दुखाई थियो । यी दम्पतिविच २०६१ असारमा मागी विवाह भएको थियो । उनीहरुका दुई सन्तानमध्ये छोरा प्रज्योत आठ बर्षका छन् भने छोरी भए भने छोरी प्रत्युषा चार बर्षकी । प्रजिता क्यानाडामा बस्दै आए पनि छोराछोरी भने नेपालमा बाबुसँग बस्दै आएका थिए । छोरा प्रज्योतले धापाखेलस्थित जेम्स स््कुल र छोरी प्रत्युषाले थापागाउँंस्थित मिल्सवेरी स्कूलमा पढ्दैछन् ।

प्रसाईं पत्नी प्रजिताले आफ्ना नाबालक छोराछोरीलाई सम्पर्क गर्न नदिई घरमै वन्दी बनाएको दाबीसहित सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन् । छोराछोरी भेट्न उनी यही साउन १८ मा नेपाल आएकी थिइन् । नाबालक छोराछोरीको शिक्षादिक्षा र पालनपोषणमा समस्या रहेको र मावली पक्षलाईसमेत भेटघाट गर्न नदिइएको भन्दै मौलिक हकमा आघात परेको भनाईसमेत उनको थियो ।

काठमाडौं जिल्ला अदालतमासमेत अंश मुद्दा दिएकी छन् । रिटमा उनले आफुलाई नेपाल आउँदा पतिको घरमा प्रवेश नदिइएको दाबीसमेत गरेकी छन् । उनले छोराछोरी पनि क्यानाडामा लैजान चाहन्छिन् । सर्वोच्चले प्रजिताको माग अनुरुप नाबालक छोराछोरीलाई अदालतमै झिकाएर उनकै संरक्षकत्व हुने गरी जिम्मा लगाइदिएको छ ।

‘यसमा रिट निवेदिकाको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरी आदेश भएकाले सो अनुरुप आजै नाबालक प्रज्योत र प्रत्युषालाई यस अदालतका उपरजिष्ट्रारा विश्वराज पौडेलको रोहबरमा सुरक्षितसँग पालन पोषण गर्न गराउन, शिक्षा, स्वास्थ्य उपचार गर्ने गराउनेसमेतको अभिभावकत्व र संरक्षकत्व गर्नु भनी निवेदिका प्रजिता प्रसाई भुर्तेलको जिम्मा लगाएको कागज गर्नु,’ सर्वोच्चको निर्णयमा उल्लेख छ ।

 निर्णयको पूर्ण पाठ तयार हुन बाँकी रहे पनि संविधानको धारा ३८ (१) अनुरुप महिलालाई लैङ्गिक भेदभाव विना समान हक हुने र प्रत्येक महिलालाई मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुने निश्कर्षमा सर्वोच्च पुगेको छ । रिटको पक्षमा वहश गर्ने अधिवक्ता सुनिलकुमार पोखरेललगायत कानुनव्यवसायीले नाबालक छोराछोरीलाई आफ्नो जन्म दिने आमाबाट अलग राखिएको अवस्थामा निजको कलिलो मस्तिस्कमा नकरात्मक प्रभाव परेको जिकिर लिएका थिए ।

मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको ३ (१) ले सम्बन्ध विच्छेदमा भएको महिलालेसमेत सन्तानलाई आफुले पाल्न चाहेमा निजले नै पाल्न पाउने व्यवस्था गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०४८ ले सन्तानको पालनपोषण, शिक्षा स्वास्थ्योपचार, मनोरञ्जन, खेलकुदलगायतमा आमाबाबुको दायित्व रहने व्यवस्था गरेको छ । यस्तै ऐनको दफा ८ ले नाबालकलाई निजको आमाबाबुबाट छुट्याउन नहुने भनेको छ । कुनै कारणवश बाबुआमाबाट छुट्टीएर रहेको अवस्थामा बाबुसँग बसेको बालकलाई आमासँग पनि भेटघाट गर्न दिनुपर्ने कानुनी व्यवस्था छ ।

कानुन अनुरुप सर्वोच्चले बालबालिकालाई आमाको जिम्मा लगाए पनि व्यवहारिक रुपमा भने तालमेल हुन सकेन । सर्वोच्चका अधिकृतले जिम्मा लगाउने बेला बालिका प्रत्युषाले आमालाई नचिनेर ‘बाबा बाबा’ भन्दै बाबुको काख च्याप्दै चिच्याइन् । तर उनलाई भने आदेश अनुसार आमाकै काखमा थमाइयो ।

यो दृष्यपछि सर्वोच्चमा पुगेका नाबालकका बाबु पुरुषोत्तम, हजुरबा शिवकुमार र हजुर आमा मनमायाले आँशु थाम्न सकेनन् । भक्कानिंदै बाहिरिए । ‘बालबच्चा विदेदशमा छाडेर जाने आमाले जिम्मा लिन नमिल्ने भन्ने सर्वोच्चका दुईवटा नजिर नै छन्’, विपक्षमा वहश गर्ने वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले अन्नपूर्णसँग भने, ‘विदेशबाट आएर बालबालिकाको इच्छाविपरित जबर्जस्ती जिम्मा लिन मिल्दैन । मनासिक कारण पनि देखिंदैन।’

magorkhe1
· Snapshot 180
Like · Liked by · 0
लेखकले टास्नु अघि प्रसाई दम्पतिको पारिबारिक सम्बन्ध बारे खुलासा नगरेको अनि बच्चा हरु संग बेला बेलामा सम्पर्कमा बसे नबसेको कुरा लेखेका छैनन् |
सर्बोच्च ले कानुनमा ब्यबस्था भए अनुसार महिलाको हक र हित प्रति चासो देखाई निर्णय गरेको देखिन्छ र दादागिरी नै शब्दको प्रयोग उचित देखिदैन बने बाउको छोरा छोरी संग के कसरि Visiting गर्न सक्ने कुरामा केहि उल्लेख नहुनु ले बच्चा हरुको मानसिक बिकासमा के कस्तो प्रभाब पर्छ तिर ध्यान नदिनु नायाधिस द्वयको निर्णय किताबी ज्ञान यानेकि सुद्द लाए-अराएको काम गर्ने कर्मचारीको स्तर मात्रै देखिन्छ | Nothing on visitation may have adverse effect if father want to visit his children in Canada.

घर छोडेर हिडेकी श्रीमतीलाई सम्पर्क बिहिन बनाइएको पनि हुन् सक्छ  and this is Nepali Mentality.

Last edited: 24-Aug-16 11:04 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 147
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 196
· Posts 1 · Viewed 222
· Posts 1 · Viewed 312
· Posts 2 · Viewed 479
· Posts 1 · Viewed 334
· Posts 2 · Viewed 680
· Posts 1 · Viewed 325
· Posts 1 · Viewed 331



Travel Partners
Travel House Nepal