H1b - Document From Nepal Labor Dept? - Sajha Mobile
SAJHA MOBILE
H1b - Document From Nepal Labor Dept?
Posts 5 · Viewed 7085 · Go to Last Post
mysticboy
· Snapshot
Like · Likedby · 0
I heard some document from Labor Department from Nepal is required if one goes to Nepal for H1B Stamping. This is not required for the Embassy but I heard the immigration officials at the Airport ask for it when we return to US. What is this document and any idea what procedure to be followed? It should be some kind of Labor Authorization from Nepal's government. Please share your experience. Thank You.
Last edited: 09-Oct-08 12:38 PM
techGuy
· Snapshot
Like · Liked by · 0
Follow this link;
http://www.sajha.com/sajha/html/openThread.cfm?threadid=61766

By the way even I'm thinking of going back to nepal on december and get my h1b stammped.
Is there a way to fix an appointment in embassy online?

AAAA
· Snapshot
Like · Liked by · 0
i am not aware of that.  december is very busy time for US embassy people.  lot of students will be on queue for visa application.  make sure you have at least 3 weeks time.  submit application the day after you reach kathmandu.  i assume it takes about 2 weeks to get visa appointment date during that time. 
techGuy
· Snapshot
Like · Liked by · 0
Appreciate your info AAAA.I decided to head to Mexico.
techGuy
· Snapshot
Like · Liked by · 0
While googling I got this blog, thought of sharing ,
http://kamaladi.wordpress.com/2008/01/26/%e0%a4%95%e0%a5%87-%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%82%e0%a4%87-%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%87%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%a4-%e0%a4%aa%e0%a4%a4/#more-88

के तपांइ संग श्रम इजाजत पत्र छ ?

January 26, 2008

एक महिनाको मेरो नेपाल बसाइ पत्तै नहुने गरी सकियो, मैले मेरो सामान चेक-इन गरी बोर्डिन्ग पास पनि लिइ सकेको थिए । फेरी कहिले फर्किने हो केही थाह थिएन, मलाइ छोड्न आउने मेरो परिवारलाइ भेट्न म फेरी बाहिर निस्कें । पहिलो पटक बिदा हुंदाको जस्तो पिडा यसपाली कसैलाइ भएन, खुशी लाग्यो नत्र आमाको आंशु संझदै तेत्रो लामो यात्रा गर्न गार्हो हुन्थ्यो । गल्फ एयरको विमानबाट बहराइन, जर्मनी हुंदै अमेरिका पुग्नु थियो मलाइ । बोर्डिन्ग कक्षको खोजी गर्दै म त्रिभुवन अन्तराष्त्रिय विमानस्थलको दोस्रो तला तिर लागें । अध्यागमनको काउन्टर अगावै अहिले अर्कै काउन्टर पनि रहेछ, लाइन पनि लामै रहेछ तर त्यो के हो भनेर कतै राम्रोसंग लेखिएको रहेनछ (पछि नजिक पुग्दा सानो कागजमा लेखिएर राखिएको देखें) ।

कोही त्यो लाइनमा उभिंदै थिए त कोही सिधै अध्यागमनको काउन्टर तिर लाग्दै थिए, मैले अल्मल्लिएर त्यो काउन्टरमा गइ “यो के को लाइन” भनी सोधें ।

“तपाइं कहां जान लागेको” काउन्टरमा बस्ने मध्य एक जनाले सोध्यो ।
“अमेरिका” मैले उत्तर दिएं ।
“कुन भिसामा जान लागेको, खै तपाइंको पास्पोर्ट दिनु त?”
मैले “मेरो H1B” भन्दै मेरो पासपोर्ट दिएं।
“खै त तपाइको श्रम इजाजत पत्र?”
म संग श्रम इजाजत पत्र थियन ।

मेरो एउटा साथी १ वर्ष अघि नेपाल आउंदा आजित भइ दलाल लगाइ पांच हजार रुपैंया तिरी श्रम इजाजत पत्र निकालेको मलाइ थाह थियो । श्रम इजाजत पत्र को लागि चाहिने बीमा दलालले आफ्नै ब्याग बाट झिकेर बनाएको मेरो साथीले सुनाएको थियो, उसको अफिसको Insurance Card हुंदैन रे । मैले त्यति खेर बरु समय लागोस म घुस खुंवाउदिन भनेर प्रण गरेको थियं । बरु गएर तिनीहरुको टेबल बजांउछु, तर तिनीहरुले आंफै समयमा सक्नु पर्ने कामको लागि पैसा पेलेर दलाल लगाउंदिन ।
भिसा नभइ श्रम इजाजत पत्र लिन मिल्दैनथ्यो, भिसा लाग्दा फर्कने समय आइसकेको थियो (मेरो भिसा नविकरण गर्नु पर्ने थियो) । घुस त म खुवाउने वाला थिइन, बरु श्रम इजाजत पत्र मलाइ जरुरी छ कि छैन भनेर वैदेशिक रोजगार ऐन २०६४ पढ्न थालें । यो ऐन विशेष गरी खाडी मुलुकमा काम गर्न पठाउने र काम गर्न जाने तर्फ केन्द्रित छ जस्तो लाग्यो । ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारे पनि नियम रहेछ, मलाइ आफुंलाइ मिल्दो जुल्दो त्यहि लाग्यो ।

नियम अनुशार: कुनै ब्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा बिदेश जान चाहेमा देहायका कुराहरु खुलाइ विभाग समक्ष स्वीकृक्तिको लागि निवेदन दिनु पर्नेछ:-
क. रोजगारको लागि जान चाहेको मुलुक,
ख. बिदेशमा गर्नु पर्ने कामको प्रकृति,
ग. रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,
घ. रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,
ङ. अभिमुखीकरण तालिम प्रप्त गरेको प्रमाणपत्र,
च. निरोगिताको प्रमाणपत्र
निवेदन प्रप्त भए पछि विभागले आवश्यक जांचबुझ गर्दा निवेदकको माग उपय़ुत्त देखिएमा निवेदकलाइ विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिंदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ ।

पुरै ऐन र नियम पढ्दा कतै पनि मैले बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिनु पर्छ भनेर लेखेको पाइन, त्यसैले मैले आफ्नो लागि त्यो इजाजत पत्रको जरुरत देखिन । म संग समय भएको भए म त्यस बारे अवश्य नै बुझ्न जाने थिएं ।

श्रम इजाजत पत्र नभएकै कारण “समस्या पर्यो नि” भन्दै ति अधिकारीले मेरो पासपोर्ट आफ्नो टेबलमा भित्र राखे र अरुको चेक गर्न थाले । त्यहां एक मुठा अरुको पासपोर्ट पनि थियो । मैले के समस्या पर्यो भनेर सोध्दा न मलाइ जवाफ फर्काउंछन न मेरो पासपोर्ट नै । मैले हल्ला गर्न थाले पछि एक जना अधिकारी एक छिन पख्नुस भन्दै अध्यागमनको काउन्टरमा गइ एउटा मानिस संग कानेखुशी गरी फर्क्यो । फर्केर तपाइं एकै छिन कुर्नुस भन्यो । त्यत्तिकै मा एउटा मान्छे आइ त्यो टेबल भित्रको एक मुठा पासपोर्ट लिएर गयो, त्यो लिएर जाने मान्छे एरपोर्टको अधिकारी थिएन (सबै अधिकारिले देख्ने गरी परिचयपत्र झुन्डाएका थिए)। म्यानपावर एजेन्सीले कामदारको भिसा लाग्ना साथ तुरुन्तै पठाइ हाल्छन भनेर सुनेको थिएं, मलाइ त्यो मुठा पासपोर्ट श्रम इजाजत पत्र नभएकाले रोकिएको तर पछि खुसुक्क कुरा (घुस) मिलाएर छोडिएको जस्तो पो लाग्यो । नत्र मेरो पासपोर्ट जस्तै ति पासपोर्टहरु टेबल भित्र रखेर एकै जानालाइ सबै फिर्ता किन दिएको होला ?

लौ, घुस नखुवाइ केहि नहुने भयो जस्तो लाग्न थल्यो । तैपनि मैले “सिधा कुरा गर्नुस न समस्या के/ कसरी हो?” भनेर कराइ रहें, उनिहरु चांहि सुनेको नसुनेको जस्तो गरी अरुको पासपोर्ट चेक गर्दै बसे । पक्कै सबैलाइ पठाए पछि एक्लै परेर डलर धुत्ने दाउ होला । यतिकैमा एक अध्यागमन अधिकारी मेरो हल्ला सुनेर आइ “के भयो तपांइलाइ” भनेर सोध्यो, मैले लौ अर्को पनि आयो पैसा खाने दाउमा भन्ठानेर “खै उहांहरुलाइ नै सोध्नुस, म १० मिनेट देखि त्यहि के भयो भनेर बुझ्न खोज्दै छु” भनें ।

“उहांको श्रम इजाजत पत्र छैन” श्रम अधिकारीले भन्यो ।

मैले किन चाहियो श्रम इजाजत पत्र भन्दा “वैदेशिक रोजगारमा जानेले श्रम इजाजत पत्र लिनु पर्छ” भन्यो ।
मैले मलाइ थाह छ वैदेशिक रोजगार ऐन को दफा २० मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने बारेमा नियम, तर पुरै ऐनमा कतै पनि बिदेशमा काम गर्नेले छुट्टी मनाउन नेपाल आउंदा श्रम इजाजत पत्र लिएर मात्र फर्कनु पर्छ भनेर लेखेको छैन भनेर सुनाइ । त्यो श्रम अधिकारी अल्ल्मलियो ।
“खै तपांइको पासपोर्टमा त नया भिसा छ नि” उसले भन्यो । मेरो पासपोर्टको म्याद सकियको हुनाले हालसालै मात्र नविकरण गरेको थिएं त्यसैले पुरानो भिसा को केही पनि रेकर्ड थिएन । मैले उसलाइ नेपाल पस्दा मेरो पास्पोर्टमा लगाइ दिएको Arrival छाप देखांइ अनि अमेरिकाबाट काम गरी फर्केको पहिलो चोटि जान लागेको हैन भनेर संझाए । अनि किन त भिसा उतै अमेरिकामा नहानेको भनेर पो सोध्छ बा, मैले पनि रिसाएर “तपांइ श्रम मन्त्रालायको मान्छे, अध्यागमनको थाह नभएको कुरामा किन बहस गर्नु हुन्छ । अमेरिका भित्र बाटै अमेरिकाको भिसा लिन मिल्दैन, अनि अध्यागमन को status maintain गरे सम्म भिसा पनि चांहिदैन” भनि हकांरे । श्रम अधिकारी अझै “भिसा त नया छ नि” भन्दै ढिपी कस्छ । मैले त्यस पछि “सरकारले श्रम इजाजत पत्र किन लिन लगाएको थाह छ तपांइलाइ” भनेर सोधें, कोहि केहि बोलेनन् । मैले “बिदेशमा नेपाली कामदार नठगियोस, मर्का नपरोस भनेर बनाएको” भनें । “जब एउटा दलालले उसको ब्यागबाट बीमाको नक्कलि (Don’t quote me on this) कागज भरि श्रम इजाजत पत्र झिकाउन सक्छ भनें के मतलब भयो यो बनाएको” भनेर प्रतिप्रश्न गरें, “ति नेपाली बिदेशमा मरे केहि पांउदैन उनिहरुको परिवारले, इ हेर्नुस मेरो बीमाको कागज, यसले मेरो औषधोउपचार पनि गर्छ साथै जीबन बीमा पनि गरिदिएको छ” भनेर आफ्नो Insurance Card देखांए ।

पैसा नपाउने कारण देखेर हो कि किन हो “भै हाल्यो जानुस” भनेर भन्यो । आफ्नै देशमा पनि बोर्डिन्ग कक्षमा नपुगे सम्म कहां गएर फेरी समस्या खडा गर्छन भनेर त्रास रहि रह्यो । बोर्डिन्ग कक्षमा अघि श्रम मन्त्रालायको काउन्टरमा “”के भयो तपांइलाइ” भन्दै सोध्दै आएको अध्यागमन अधिकारी भेट भयो । उसले तपांइलाइ नै खोज्दै आएको भन्यो, लै फसाद अब जाने बेला अन्तिममा पनि फेरि अर्को टेन्सन भन्ठांने । उसले त बरु उल्टो ति श्रम अधिकारीहरुको व्यवहारको लागि माफि पो माग्यो । ति अधिकारीको काम एरपोर्ट व्यवस्थापनको अनुगमन गर्ने रहेछ, त्यहि भएर पो त श्रम अधिकारीहरुले पैसा नलिइ छोडेका रहेछन मलाइ ।

वैदेशिक रोजगार ऐन को आफैं ब्यख्या गर्न खोज्नु मेरो भुल हो, तर वैदेशिक रोजगार ऐनले सबै क्षेत्रलाइ एउटै तराजुमा तौल्नु पनि गलत जस्तो लाग्छ । मेरो विचारमा नियम अलि स्पष्ट, व्यभारिक, र सुलभ हुनु पर्यो, नत्र यो जनतालाइ दुख दिने, द्लाल पोस्ने, र सरकारी कर्मचारीलाइ घुस खुवाउने अर्को बाटो मात्र बन्न जन्छ । म नेपाल जाने साथीहरु (जो बिदेशमा काम गर्नु हुन्छ) लाइ घुस नदि श्रम इजाजत पत्र निकाल्न सक्नु हुन्छ भने झिकिराखे राम्रो भन्ने सल्लाह दिन्छु, एरपोर्टमा बिना सित्तै टेन्सन लिनु भन्दा । ति एरपोर्टका श्रम अधिकारीका अनुसार H1B भिसा लाइ चाहिन्छ रे ।


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 15826 · Likes 3
· Posts 8 · Viewed 9046 · Likes 3
· Posts 1 · Viewed 4554 · Likes 3
· Posts 1 · Viewed 4887 · Likes 3
· Posts 1 · Viewed 4372
· Posts 1 · Viewed 4365
· Posts 1 · Viewed 4604
· Posts 1 · Viewed 4645
· Posts 1 · Viewed 4425
· Posts 11 · Viewed 18589



Travel Partners
Travel House Nepal