~* चौतारी १८७ *~ - Sajha Mobile
SAJHA MOBILE
~* चौतारी १८७ *~
Posts 327 · Viewed 222451 · Likes 7 · Go to Last Post
serial
· Snapshot 0
Like · Likedby · 0
 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.

Load Previous
SurNaTal
· Snapshot 1845
Like · Liked by · 0
रिट्ठे ब्रो धन्यवाद है। नमरी बाचे कालले साचे फेरी फेरी पनि मादल घन्काउदै दोहोरी खेल्ने अवसर मिल्ला भन्ने आशा छ - चौतारिका दौतरी हरुसँग। 

हर्क गुरु नमस्ते। 
serial
· Snapshot 1854
Like · Liked by · 0

हाम्रो मा नी लोङ वीकेन्ड हो है - हरेक हप्ता नभै हरेक दुई हप्ता मा चाँही हुन्छ


चेली ले त इन्टर्भ्यू पनि लेको रे होइन - भिडियो छैन एसो हालम न हो - हाम्पनी हेर्दिम केरे

fucheketo
· Snapshot 1856
Like · Liked by · 0
आज ज्यान धन्य भो सुर न ताल दाजुलाई चौतारीमा देखेर ।।।।।।।।।।।।अरु सवैलाई पनि मेरो नमस्ते....!!!
cheli
· Snapshot 1859
Like · Liked by · 0
भिडियो छ तर अहिले नहाल्नु भन्नुभा छ मनोज गजुरेल दाइले उहांको दोकान बन्द हुन्छ रे फेरी !! 

के छ फुच्चे हाल-खबर ? 
Last edited: 24-May-10 12:24 PM
Harka_Bahadur
· Snapshot 1852
Like · Liked by · 0

आज victoria डे हो क्या बैरे , खोया बिर्को खाको छैन , खोया बिर्को नखारै ढलिरा मत आहिले सम्मा सुत्या सुतै , खोया बिर्को खाको भए त झन के उठिन्थ्यो होला र अहिले सम्म ।


लङ वीकएन्ड त झन वाक्क लाग्दो हुन्छ लहरे के को मोज गर्नु हो । वेदर झक्काश छ यसो वाकमा जानु पर्ला टाईम मिलार।

ramronepal
· Snapshot 1874
Like · Liked by · 0
प्रणाम चेली ..... हाम्रो देख भेट त भएको छैन जस्तो लाग्यो है ........ परिचये गरम है ...... म नेपाल ।

प्रणाम सुन्तले .......

हैन बैरे कती फुर्सदिलो भएको आज ....... चिच्याउने बाकस बन्द गर्द्यो कि क्या हो सान दाइले ?

हर्के ..... सञ्चै हैन त त्यो ज्यानलाई?

रिठ्ठे म येतै छु ....... भर्खर खाएर मरेको ....... ढ्याउउउउउउउउउउउउउउउउउउउउउउउ


चिप्ले गुरु हल्लिन्दै आउने बेला हुन लाग्यो क्यारे ..........

ठुल्दाइ चेक आएन भन्या ?
बैरे
· Snapshot 1869
Like · Liked by · 0

ओये लहरे डाकु के उट्पट्याङ  उट्पट्याङ कुरा गरे मैले , मलाई के थाहा आज विक्तोरिया डे हो की विक्तोर डे , की लहरे डे ।


चेली इन्टर्भ्यू रे लौ लौ हामी नी हेरुम , प्रिवते पारे हुन्छ नी , मनोज गजुरेल को दोकान बन्ध भए कहाँ बाट सुन्छ त ? 

cheli
· Snapshot 1879
Like · Liked by · 0
"प्रिवते" bhanya k ni  ? ani Thutune kitab ma post garera timlai kasari dekhaune baire ? maile timlai Thutune Kitab ma chinekai chhaina...

OOho "Nepal" tyo ni "ramro Nepal" lai bhetna pauda khushi lagyo!! :-)
Harka_Bahadur
· Snapshot 1885
Like · Liked by · 0

सञ्चै छ हो ज्यानलाई अनी रामेको ज्यान ठीक छ हैन त ।


जिब्रो फ्राइ र गिदी साँधेको खान ला मत खाने हो कोइ ?

SurNaTal
· Snapshot 1893
Like · Liked by · 0
फुच्चे भाई धेरै धेरै धन्यवाद है। झक्कास गैरहेको छ भन्ने बुझेको छु। 

राम्रो नेपाल लाइ पनि नमस्ते। उहीले उहीले राम्रो म, बुढो जे (य) भन्दै घोकेको, अब राम्रो नेपाल भन्नु पर्ने भो। :( 
ramronepal
· Snapshot 1912
Like · Liked by · 0
प्राइवेट भनेको हो त्यो मोरो बैरे ले ..... "प्रिवते" भएछ

कथा हरु त धेरै पहिले पढ्ने गरेको थिए ..... बल्ल आज परिचये भयो ...... खुशी लाग्यो ..... .....

हर्के .... मेरो ज्यान एकदम ठीक छ ....... अझ यो वीकेन्ड मा २ दिन हाइकिङ गएको ...... ज्यान त झन त्येसै त्येसै फुरुङ भएको छ ।

ल मैले गर्दा सुन्तले ले बच्चामा पढेको याद गरेछ ......... खुशी लाग्यो ..... म त बच्चामा पढेको जती सबै हर्के ले जिब्रो फ्राइ खाएको जस्तै खाइसके कि भन्ठानेको ........

ठुल्दाइ खोइ ?

चिप्ले किन नआएको  एतिबेला सम्म ?

रिठ्थे सोम के गर्दै हो?

बैरेको त के कुरा गराइ भयो र ।

बिस्टे बुढा पनि देखिन्दैनन त ...

पुरे बिचारा त बिजी होला ...... थुतुनो किताब ले नि गर्नु गर्‍यो बिचरा लाई .......

रिठ्ठे को बैनी खुशी कता गई अजेल ? कस्तो न्यास्रो लागेर आयो भन्या .......

क्रेजी लाई "Happy New Year" है .........
Last edited: 24-May-10 12:55 PM
Rahuldai
· Snapshot 1914
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चेली, सुन्तले, फुच्छे, हर्के , बैरे रिट्ठे, हाकु मै ।


पुरानो चौतारीमा बिरानो मान्छे शिर्षक राखेर एउटा कबिता चेली ले , एउटा कथा सुन्तले ले लेख्नु पर्‍यो।


धेरै दिन- महिना पछी चौतारीमा दर्शन दिनु भएकोमा आभारी छु । हर्षले गदगद छु ।


नयाँ नेपाल को यात्रा टाइप  हान्दै बस्दा चौतारी भेला छुटेछ ।


चेक् को  लागि निकासा त बल्ल होला जस्तो छ कहाँ चेक् पाउने र साट्ने ? चेक् पाए सि त हल्ला नगरि बस्न सकिएला र ? याहू भन्दै बजार बन्द गराइ हाल्छु नि, मखुला ??

cheli
· Snapshot 1920
Like · Liked by · 0
कविता त आएन ल हाइकु :

पुरानो चौतारीमा
बिरानो मान्छे
चिन्न भो गाह्रो

Rahuldai
· Snapshot 1927
Like · Liked by · 0

यसो गरे कसो होला चेली?


पुरानो चौतारी 
बिरानो औतारी 
चिन्न भो गाह्रो
खिन्न भो साह्रो ।

cheli
· Snapshot 1931
Like · Liked by · 0
Dami chha.. tara Haiku ta 5,7,5 letters ko huna parne hoina ra dai  ? I don't know whether मान्छे can be considered as 2 letters or not.
Rahuldai
· Snapshot 1934
Like · Liked by · 0
हाइकु को नियम थाहा छैन चेली, सरि है बढी । नियम त्यस्तो हो भने, नियमानुसर कै ठीक ।
ritthe
· Snapshot 1925
Like · Liked by · 0

>>>जिब्रो फ्राइ र गिदी साँधेको खान ला मत खाने हो कोइ ? <<<


त्यसै त्यो जान रांगो जस्तो भा हो र?


लौ तेइ रांगो (आच्या हर्के) स्टाईलमा दोश्रो राउन्ड को गयो है मेरो !


हो नि सुन्तले, एक पटक चौतारी भेला गरेर दोहोरी त भट्याउनै पर्छ हौ !


रामे, म यतै छु हौ ! सुन्तलेले राम्रो 'म' भनेकोमा अझ एउटा 'म' थपेर खाए मैले त !


ठुल्दाइले चेक साटेसी बजार बन्द गर्ने रे ! क्या बाठो अन्त पार्टी गर्नै परेन बजार नै बन्द भये सि हुज फादर व्हाट भिटामिन?


 

cheli
· Snapshot 1937
Like · Liked by · 0
Sorry kina ni dai ? niyam siyam j sukai hos ni.. dai ko kabita dami chha!!!

Ajkal hamro Nepal ma jo ni "Sorry" bhanne bhanya.. makune ni "Sorry" Prachanda ni "Sorry" ...
Rahuldai
· Snapshot 1943
Like · Liked by · 0

हाइकु होस् या गजल, नियम न मान्ने क्रान्तिकारी परें । त्यसैले सरि भन्न्यो वाक्य फुटेको होला। सरि फिर्ता लिएं चेली ( बन्द त फिर्ता लिनु हुन्छ भने........ )


हामो देशमा अचेल हल्लाको भर मा बन्द हुन्छ नि रिट्ठे ।


अब चेक् साटे पछी बडेमानको हल्ला भे पछी बन्द हुंदैन त ? चेक् आयो चेक् आयो भनी कराए पछी त कालो बजारिया सब निलो रातो हुन्छ , बजार त्यसै बन्द ।मखुला ??
 

serial
· Snapshot 1953
Like · Liked by · 0

ल हसुरेर आइयो


हल्ला खल्ला गैरारैछ -


के हो यो हाइकु भन्या - के हो के हो


 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 172
· Posts 19 · Viewed 7043 · Likes 2
· Posts 1 · Viewed 209
· Posts 1 · Viewed 215
· Posts 1 · Viewed 297
· Posts 1 · Viewed 297
· Posts 1 · Viewed 362
· Posts 2 · Viewed 523
· Posts 1 · Viewed 380
· Posts 2 · Viewed 766



Travel Partners
Travel House Nepal