[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 “हरि डन”

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 35053 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-20-15 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?     Liked by
 

“हरि डन”
-----------

हामी भारतमा इन्जिनियरिंग पढ्दा बखतको कुरो हो | त्यतिबेला प्राय जस्तो उत्तरी भारतमा जंगली राज थियो जस्तो हिजो आज नेपालको संसदभवनमा देख्न पाइन्छ| भर्खर कलेज स्थानीय भाषामा कालेज पुगेका थियौं | नेपाली अझ भनुं बिदेशी भएकाले मात्र इन्जिनियरिंग कालेज जस्तो आवासीय महा बिद्यालयहरुमा हुने ताण्डव चाड रेगिंगबाट प्राबिधिक रुपमा बचिए पनि अनुहारको बान्की मिलेको कारण धानमा घ्रुण हुने सम्भावना रहन्थ्यो र त्रसित समय बाच्नु पर्थ्यो |

त्यो कालेज भरि एउटा किस्सा बहुत “पापुलर” थियो | “हरि डन”को | तराइमूलका नेपाली बिद्यार्थी थिए हरि सर | हामी त्यो कलेज जानु भन्दा २ ब्याच अघि दीक्षित भएर जानु भएका हरि सर |
हरि सर बाट “हरि डन” कसरी हुनु भयो त्यसको बारे धेरैलाई थोरै मात्र जानकारी थियो | हामीले सुने अनुसार, सिनियरको रेगिंग निकै खाएको हरि सरले एक दिन शहरको त्यो इलाकाको डन भेटे छ | हरि सरको कुराले प्रभावित भए छ र हरि सरलाई कुट्ने, सताउने सिनियरहरुलाई कालेजबाट नै उठाई लगी राम धुलाई गरेछ | हरि सर लाई केही नगर्न मात्र हैन हरि सर नै कालेज भित्र डन को प्रतिनिधि भएको खबर सम्प्रेषण गरे छ |

त्यस पछी के चाहियो, हरि सर भेट्यो देख्यो कि कालेजका सिनियर जुनियर सबले धनुष्टंकार नमस्कार गर्न थाले | चाकडी गर्नेहरु समेत पछी लागे | हेर्दा हेर्दै कालेजको “बोस” बन्नु भए छ | पीडितहरुको रक्षक | “आज से फस्ट इअरवालों का रेगिंग बन्द “ हरि बोस को क्रान्तिकारी घोषणाले फस्ट इअरका छात्रहरुको पूर्ण समर्थन मात्र प्राप्त गर्नु भएन रेगिंग खाँदा खाँदा भात ( रोटी ) खान बिर्सेकाहरुको मसिहा पनि हुनु भए छ |

रेगिंग गर्नी सनियरहरुको नैसर्गिक अधिकार मानिन्थ्यो | रेगिंगका परिकारहरुका पिटपाट त सामान्य भौतिक खुराक थियो भने अन्य अनेक मानसिक यातना समेत पस्किन्थ्यो | सेकेन्ड इअर देखि फाइनल इअर सम्मका सबै दादाहरुले हरि बोसको सेखी झार्ने गोप्य मन्त्रणा गरे र हरि सर माथि सांघातिक हमला भयो| “ बाल बाल, बच्नु भयो “ | त्यस पछी त हरि सर पूर्ण रुपमा बोस बाट “ डन “ मा रुपान्तरण हुनु भए छ |

यसरी सुरु भएको डन यात्रा क्रमश: झाँगिदै इलाका कै प्रमुख डन हुनु भयो रे |

कालेज जाँदा आगे पिछे दुइ नाले बन्दूक भिरेका बाडी गार्ड हुन्थे | कम्मरमा ८ बोरको देशी तमन्चा हुन्थ्यो | क्लासमा ध्यान दिएर पढ्ने बिद्यार्थी भए पनि पढाइ मा कमजोर हुनुहुन्थ्यो रे | सामन्यतया एक जनाको लागि एउटा कोठा हुन्थ्यो होस्टलमा | हरिबोसको लागि तेस्रो तल्लामा ट्वाइलेट संग जोडिएको डिलक्स ३ कोठा | एउटा आफ्नो लागि , एउटा गार्डको लागि अर्को किचेन | पढ्न चाहि खूब पढ्नु हुन्थ्यो रे | पढाइमा कमजोर भएकाले क्लासका टपर ( स्थानीय भाषामा टापर)हरुको लागि ट्युशन पढाउन आउन फरमान जारि गरिएको हुन्थ्यो रे | यति बेला फलाना टापर आउने , फलानो साब्जेक्त पढाउने |

सेमेस्टरको परिक्षाको समयमा हरि साहेब छतमा बसेर पढ्न रुचाउनु हुन्थ्यो रे| जाडो याममा घाम ताप्दै , गम्छा ओढी पुस्तक कापी र साथ् मा एउटा १२ बोरको दुइ नाले बन्दूक | घण्टा दुइ घण्टा पढाइ सढाइ सके पछी ड्याम्म एक गोलि को हर्ख बढाई गर्नु हुन्थ्यो रे | सारा कालेजबासीलाई चेतना भया “ हरि डन” ले एक च्याप्टर पढी भ्याई सक्यो |
क्रमश:


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-20-15 2:06 PM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि डनको किस्सा पनि रोचक होला जस्तो छ सधाझैँ !!



 
Posted on 01-20-15 2:22 PM     [Snapshot: 420]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यै हरि डन नेपालमा आएर चरी डन भाको त हैन?
अरु जावोस.
 
Posted on 01-20-15 4:01 PM     [Snapshot: 510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक गोलि
एक च्याप्टर :

 
Posted on 01-21-15 9:56 AM     [Snapshot: 836]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक हर्ष बढाई संगै ति पढाउन आउने 'टापर' कति छुल्छुलि हुन्थे होला.... ठुल्दाई ल बसें म नि पलेंटी कसेर पढ्नलाइ ..... झट्ट पढ्न पाउँछु भन्ने आशाका साथ् .....
 
Posted on 01-26-15 10:38 AM     [Snapshot: 1135]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हरि डन -भाग २
--------------------
फस्ट इअर देखि सुरु भएको डनगिरी फाइनल इअरमा पुग्दा उत्कर्षमा थियो | कालेज वरिपरी बाक्लो बजार थियो | र अलि पर दुइटा बिशाल कोलोनीहरु थियो | कालेजका बिद्यार्थीहरुकोको लागि आबश्यक बन्दोबस्तीका सामान तथा खाजा खाना खुवाउने पसलहरु लहरै थिए| हरि सर जब बजारमा निस्कनु हुन्थ्यो तब बजारको रौनक अर्कै हुन्थ्यो | साहुजीहरु लाम लागेर सरको स्वागतमा पाउ पर्थे | डन गिरी भित्र हफ्ता वसुली थिएन रे | उल्टो अरु हफ्ते गुण्डाहरुबाट सुरक्षित | हरि सर संरक्षक | खाजा अनि बन्दोबस्तीका कुनै समानको चाहि पैसा लिदैनथे सहुजीहरु | बरु कोठैमा पुग्थे सरसामानहरु | त्यसो त पैसा माग्ने हिम्मत कसको हुन्थ्यो र | “सब बाल बच्चे वाले आदमी “ थियो नै |

त्यसो त त्यो जमानामा पाउने छात्रवृत्ती नै मनग्य थियो | राजदूताबास मार्फत सांस्कृतिक आदान प्रदान कोटामा पढ्नेको महिनाको छात्रवृत्ती ७०० भारु थियो | मुश्किलले साढे ३ सय खर्च हुने बखतको कुरा हो यो |


एउटा रमाइलो किस्सा पुस्तौं पुस्ता कालेज भरि गुन्जिरह्यो | हरेक साल माघे संक्रान्तिमा कालेजको नजिकै ठुलो मेला लाग्ने गर्दछ | पबित्र गङ्गामा माघे संक्रान्तिमा स्नान गर्ने र मेला भर्ने चलन अद्यापि छदै छ | कालेज गङ्गा किनार मै रहेकोले कालेजका बोकाहरुको लागि मेलाको मज्जा अर्कै हुन्थ्यो | छिल्लिएका, चिल्लिएकाहरुको लागि रंगीन माहौल हुन्थ्यो |

त्यै मेलामा एक जना खारिएको बोकाले मेला भर्ना आएकी एउटीको संबेदनशिल अंगमा हात हालेछ | लरकीले हङ्गामा मच्चाए पछी केटोको सामान्य धुलाई गरे छ , उद्दारक हिरोहरुले |

केटो ज्यान जोगाएर सुइकुच्चा ठोकी हरि सरको पाउमा पुगेछ|

हरि सरकोमा “ हम को बहुत मारा इन अ’रामजादों ने “ बिलौना गरे छ | हरि सर , सबैको संरक्षक | कालेजको छात्र माथि हात हाल्नु भनेको हरि डनको गूंडमा हात हाल्नु हो |

“ किसने मारा, कौन हे बे “
“ मा***चो* मिठाइके दुकान वालों ने “

के चाहियो त्यस पछी | हरि सर ले फरमान जारी गरे छ - हास्टलका सबै बिद्यार्थी गङ्गा किनार भेला हुने |
गङ्गा किनारमा वालुवाको लागि आएका सबै ट्रकहरु कब्जामा लिई, मेलामा भेला भए छ | हतारमा हरि सर ले कुन चाहि मिठाइको दोकानवालाले पिटेको सोध्न नै बिर्से छ | मेला भरिका सबै मिठाइका दोकानहरुको मिठाइ जम्मै ट्रकमा लोड गर्न केटाहरुलाई अह्राए छ | पुग न पुग १५ ट्रक मिठाइ कालेज भित्र | कति दिन सम्म मिठाइ फालाफाल थिए रे |

यस्तै घटनाहरु सुन्थेम हामी|

“येह यस्तो पनि भाथ्यो” भन्दै जिब्रो काट्थेम हामी | मान्नै पर्छ हरि डनको कारनामालाई | धेरै काराणहरु मध्ये हरि डनको कारनामा पनि एउटा कारण हुनु पर्छ , नेपाली लगायत बिदेशीलाई देशीहरुले रेगिंग गर्न नपाउने अघोषित सम्झौता हुनुमा |

एक साँझ हामी क्यान्टिनमा चिया खाँदै गफिदै थियौं | एकजना थर्ड इअर्को सिनियर दाइ आउनु भयो र उहाँ संगै आउनु भएको व्यक्तिको परिचय दिनु भयो |

“उहाँ हाम्रो सिनियर हरि दाइ” |
क्रमश:



 
Posted on 01-26-15 10:49 AM     [Snapshot: 1141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Funny story , thanks Rahul dai but seems like hari dai's incidents had be exaggerated by every person telling the story, 1 truck mithai became 15 :-)

By the way we need 1 Hari dai for our politicians, where is he now ? Please send him to the parliament as soon as you can and I am serious dai .
 
Posted on 01-26-15 2:31 PM     [Snapshot: 1265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पो हरि दाइ को इन्ट्री भएछ - अब कास्टिङ्ग नै त्यस्तो खतरा थियो अब पुरै फिलिम झन् कस्तो हुने होला

ल ठुल्दाई अलि चाडै चाडै लेख्नु पर्यो
 
Posted on 01-27-15 12:10 AM     [Snapshot: 1452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह्ह्ह गाठे ठुल्दाईको सवारी भैसकेको रहेछ अनि कथा पनि पस्किसक्नु भएको रहेछ नि लौ / हामीलाई त सुइँको पनि छैन / यो मुला अम्रिकामा कैले कुन समय कैले कुन समयमा बस्नु पर्ने भएर पनि बर्बाद नै गर्यो / हुदा हुदा साझामा एस्सो चियाउने बानी पनि गएछ अब त / कुनै दिन थियो उठ्ने बित्तिकै चौतारीमा चिया ल्याएपछि बल्ल दिन सुरु हुन्थ्यो , ऐहिले हेर, ठुल्दैको कथाको भाग दुइ आइसकेपछि बल्ल थाहा भयो /

ल ठुल्दाई जयोस है जयोस / हरि दाइको को कहानी गज्जब होला जस्तो छ /
 
Posted on 01-28-15 11:02 AM     [Snapshot: 1656]     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

हरि डन
-----------
अन्तिम भाग
**************

हाम्रो सामु अनेक किम्बदन्तीहरुका नायक हरि दाइ ?? बिश्वास भएन | हैन भनुं कसरी ? सोध्ने हिम्मत पनि त भएन | सिनियर राजन दाईले परिचय गराई दिनु भयो | “यिनीहरु हुन् यसपाली आएका , एक से एक होनहार छन् “|
हामीले आफ-आफ्नो परिचय दियौं | हरि दाई संगै फेरी एक कप चिया सुर्क्यायौ| जागिर को सिलसिलामा हो कि उच्च अध्ययनको सिलसिलामा उहाँ डिग्री लिन आउनु भएको रहेछ | भर्खरै कालेज परिसरमा आउनु भएकोले एउटा सानो सुटकेस पनि साथै थियो | सम्भवत हुलिया परिवर्तन भएको हुनु पर्छ हरि सरको नत्र डन हरि लाई नचिन्ने को थियो होला |

सामान्य भन्दा अग्लो तर दुब्लो पातलो, गहुँ गोह्रो, हेर्दै भलादमी मान्छे कसरी डन हुन सक्छ जस्तो लाग्यो | भोलि पल्ट नै काम सक्याईवरी पर्सि नै नेपाल फर्किने योजना साथ आउनु भएको र बस्ने बन्दोबस्त चाहि हामी मध्ये कसैको कोठामा हुने भयो | मैले आफ्नो कोठा ग्राउण्डफ्लोरमा भएकोले मेरो मै बस्ने आग्रह गरें र उहाँले मान्नु भयो |
“लौ भाइहरु हो ! मेरो बारेमा तिमीहरुले अनेक कथा सुनेको होला नै | “

हामीले एक साथ् भन्यौं – हो सर , धेरै सुनेको , आज दर्शन पाउँदा त्यो कथा दन्त्य कथा जस्तै लाग्यो |
“हो हैन म भन्दिन , एक छिन बाहिर बजार घुम्न जाउँ न त |”

हरि सरको प्रस्ताब नाइँ भन्ने दुस्साहस कसको ? “ हुन्छ सर भन्दै हामी ३ जना र हरि संग कालेजको क्यान्टिन छेउ कै गेट हुँदै बजारमा पुग्यौं | रेल्वे क्रसिंगको छेउ मै पानको दोकान थियो , राम भरोसेको |

“क्या हाल है राम भरोसे” हरि सरको सम्बोधनले पानवाला झसंग भयो | अगाडी साक्षात् हरि डन| हत्तपत्त त्यो सानो माथि उठेको दुकान बाट झरेर हरि सर्को पाउ लागे |

“ ख्वामित , मालिक , हमने नहीं देखा , माफ किजिए , मालिक | हम त बाल बच्चे वाले आदमी है “ | मानौं हरि डनलाई नदेखे झैँ गरेको र अभिवादन नगरेको कारण उसको ज्यान खतरा मा छ र उ ज्यान माफी मागी रहेको छ | उ भित्र डर कांपिरेहेको थियो |

“नहीं बे , एक मिठा बना रे “| हरि सर नर्मल हुने कोशिश गर्दै थियो | काँपेको हातले एक बिरा पान बनाइ “और कुछा साहेब “ भन्दै टाउको झुकायो |

एक बिरा पानको पच्चीस पैसा, हरि सरले एक रुपैयाको नोट दिनु भयो |

राम भरोसे अब रुना थाल्यो, “साहेब इस गरीबको ज्यान बक्स दिजिए, हमने आप को नहीं देखा |” मानौं पैसा लिनु भनेको एक गोलि खानु हो |

“नहीं रे राम भरोसे, अब हम वो वाला नहीं रे | इन सबको एक एक पान देना और येह लेना” भन्दै पानको पात सजाउने सानो बक्सा मै पैसा राखिदिनु भयो |

अरु साथीहरुले पान खाए , मलाइ पान मन पर्दैन र नलिकन गएँ अघिल्लो पसलमा |

बब्लुको समोसा चाट दोकान मा | पसल बाहिर बेन्चहरु राखिएको हुन्थ्यो | बेन्चमा बस्यौं |

हरि सर ले “ अबे बब्लु , चार चाट लेआना” | अब होश गुम्ने पालो बब्लु को | कराइमा पकौडा फ्राई गरिराखेको बब्लुको भेजा फ्राई भो | हत्त न पत्त हरि सर को पाउ समात आइपुग्यो | साहेब , क्या सा करुं ? मालिक ज्यान हाजिर है |

"कुच नहीं बब्लु, फस्ट क्लास चाट खिलाउ आज |" हामी बसेको बेन्चमा आफ्नो गम्छाले सफा गरी चार वटा सफा गिलास मा पानी ल्यायो | उ काँपिरहेको देखिन्थ्यो नै | केही तलमाथि होला भन्ने पीर |

चाट नि खाइयो | पैसा लिन मानेन | पाउ समाएर रोए | यतिन्जेल अरु पसलवालाहरुले हरि डनको उपस्थितिको सुइँको पाइसकेको रहेछ | एक एक गर्दै त्यै चाटवालाको आएर पाउ पर्न थालि सकेको थियो | एउता तमाशा बनीसकेको अवस्था |

हरि सरले “अब जाउँ होस्टलमा | धेरै तमाशा नगरौ |” भन्नु भयो र हामी मुश्किलले त्यो भीडबाट एउटा साक्षात् डन को त्रास हेरेर फर्क्यौं |

त्यसको दुइ दिन पछी हरि सर आफ्नो काम सक्याई नेपाल फर्किनु भयो | एउटा दन्त्यकथाको पात्रले दर्शन दिए जस्तो गरी आउनु भयो र जानु भयो | पछी त्यताका नेपाली बिद्यार्थी समाजले पत्रिका निकाल्ने क्रममा नेपाल मै भेटें उहाँलाई कार्यालय मै | तत्कालिन श्री ५ को सरकारको अधिकृत | यति सोझो इन्जिनियर साहेब पनि हुन्छ? भन्ने ब्यङ्ग गर्थ्यो रे सहकर्मीहरु | कहिलेइ कसै संग ठुलो स्वरले कुरा नगर्ने, चाकडी नगर्ने हरि सर सरकारी सेवामा पीडित हुनु हुन्छ | सहकर्मीहरु सचिब भैसक्दा पनि उहाँ अझै उप-सचिब मै जागिरे जीवन घिसार्दै हुनु हुन्छ |

यस्तो लाग्छ , हरि डन एउटा मिथ थियो | हामीले भेटेको हरि सर र घटना एउटा सपना मात्र थियो | तर सत्य यही हो , हरि सर कुनै जमानामा हरि डन, हुनुहुन्थ्यो |

अस्तु !!!!

 
Posted on 01-28-15 1:45 PM     [Snapshot: 1739]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछि त खतरै डन रैछ नि त - तर यो डन मा एक्कासी यस्तो १८० डिग्री परिवर्तन कसरि आयो - त्यो पनि लेख्ने हो कि न ठुल्दाई -

गज्जब छ कथा - कथा लागि धन्यबाद
 
Posted on 01-28-15 1:52 PM     [Snapshot: 1738]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह क्या डन!
ओरिपरि ढावामा र ढोकामा मात्र नेपाली उर्फ 'बहादुर' देख्ने बानि भाको दिल्लीबासीहरुलाई नेपालबाट पढ्न आको भन्दा, कोइ कोइ लाइ पानि छर्कने अबस्था र एउटाले ओइ बहादुर भन्दा घुरेर दिएको हेरान को तरंगित असर देखेर कुनै दिन आफुलाई दिल्ली को सान्तिनो 'डन' नै सम्झ्याथ्या आफुलाई |
 
Posted on 01-28-15 1:53 PM     [Snapshot: 1752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल फर्के पछि त हरि डन को हरि बिजोग नै भयेछ ! नेपालको नेताहरुलाई भारतको खुङ्ख्वार डनले पनि नसक्ने रहेछ !
 
Posted on 01-28-15 2:04 PM     [Snapshot: 1769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is a story of "Survival" .
Hope the city learned  to respect Nepali during and after the legacy of Hari Dan. Otherwise they  always shout to us " abe bahaadur "

I spent about a month in Patana and Banarasi. During my first week stay in Patana  I was called by Bahadur.
I did some ritual in Banarasi in the name of late mother. Then I got  tiny pony tail did not wear any hat or topi. Bihari thought I was from Kasmir and I was often  asked "Kasmiri panda ho kyaa"? 
 I used to answer them back "do I look like Madraasi " ? 
Last edited: 28-Jan-15 02:15 PM

 
Posted on 01-29-15 9:16 AM     [Snapshot: 1962]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबि, सेरिअल, नेपालिलाउरे, फंतुस, भक्ते दाइ , मगोर्खे१, थाने भाइ , kiddo , ne0 , काली , कर्ने भाइ, आलुकोझोल लगायत सबैमा आभार ब्यक्त गर्न चाहन्छु |
 
Posted on 01-29-15 10:18 AM     [Snapshot: 2012]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले त ठुल्दाईलै कथा को लागि धेरै धेरै धन्यवाद.

हामी सबैमा "हरि डन" छ . एउटा सिक्का जस्तै. कैले यो पाटो त कहिले त्यो.
 
Posted on 01-29-15 12:56 PM     [Snapshot: 2053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

America ma tannai hari dan haru chan. Good read. Thanks Rahul Dai.
 
Posted on 01-30-15 12:19 AM     [Snapshot: 2192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब लाग्यो ठुल्दाई हरि डनको दोहोरो चरित्र पढेर / आशा गरौ यस्तै हरि डनहरुले देशको संबिधान लेख्नेछन कुनै दिन /
अरु पनि पुरानो कहानीहरु जावोस ठुल्दाई / साझामा कथा पद्न नपाएको नि धेरै भयो नि गाठे /
 
Posted on 01-30-15 8:28 AM     [Snapshot: 2262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai, wonderful story and narration as always. Hajurko kathale tanera luaucha sajha ma 😊
 
Posted on 01-30-15 8:35 AM     [Snapshot: 2270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Rahul Dai.. Wonderful story...
 
Posted on 01-30-15 9:00 AM     [Snapshot: 2271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ - हजुरको तीक्ष्ण स्मरण शक्तिको त कायल हो बा म ..... फेरी सम्झेर तेसैलाई यति मज्जाले कसिलो गरि बाट्ने तरिका नि हेर न ..... कर्ने ले भने जस्तै फेरी फेरी पढ्न पाइरहु हजुरका संस्मरणहरु .....
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters