मेरो बरपिपल, ति खोलानाला अनि झरना
त्यो हिमालबाट बग्ने चिसो हावा
कहाँ छर म सँग
बाबुको काँध, आमाको काख
त्यो आकाशजस्तै बिशाल
पानीजस्तै कोमल माया र निस्क्षल मायाको स्पर्श
कहाँ पाउन सक्छु र म
मात्र भावनामा मात्रीभूमी लिएर बाँच्ने मान्छे
देशलाइ भूगोलको आक्रिति चित्र भित्र खोज्छु
माटो छोएर रुन पो कहाँ सक्छुर म
केवल कवितामा लेखिने
मेरो जन्मभूमी
अँगालेर चुम्न पो कहाँ सक्छुर म
मेरा पुर्खाको थलो आज
सपनाको कटेरोजस्तै भएकोछ
कल्पनाको कसौटिमा पाकेको खिरजस्तै
न त खान सक्छु न त दिनै सक्छु
छड्कीरहेछ यो जिन्दगी
अनगिन्ति सपनाहरुको खाड्कुलोमा
घन्टाघन्टासंग तौलिएर
डलरमा बिकेकाछन पसिनाहरु यतै
जन्म भुमीकालागि खर्चिन पनि त सकेका छैनन्!
उता देश दुखेको बेलामा
छटपटिएको मत्रै हुन्छ जिन्दगी त र
पीरमा मलम बनेर लत्पतिन पनि त सकिन
आखिर के नै गर्न सकेँर मैले!
बिजया दशमी सबैकालागि शुभरहोस|