[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
[VIEWED 7066 TIMES]
SAVE! for ease of future access.
Posted on 03-01-24 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



काठमाडौं : गत शनिबार चितवनको रत्ननगर-१० स्थित एकता शिशु निकेतनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल मृत भेटिइन्। उनी होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनले आत्महत्या गरेको भन्दै प्रहरीले ३ दिनसम्म जाहेरी दर्ता गरेन। तर, उनको आत्महत्या नभएर बलात्कारपछि हत्या भएको भन्दै आफन्तले न्यायका लागि आवाज उठाएका छन्।

घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै देशभरि आवाज उठेको छ। मृतकका बुबा दीपेन्द्र पोखरेलका अनुसार घटना लुकाउन विद्यालयले पैसाको प्रलोभन दिएको थियो। उनी भन्छन्, 'छोरी मृत भेटिएको अघिल्लो दिनमात्रै मेरो फोनमा कुरा भएको थियो। होस्टल वार्डेनले कुटपिट गर्ने र टर्चर गर्ने कुरा सुनाएकी थिइन्। होस्टलमा ६ बजे नै खाना खानुपर्ने हुँदा रातिसम्म पढ्न बस्दा भोक लाग्ने र खाने कुरा नभएको सुनाएकी थिइन्। पोखरेलका अनुसार परिवारले शालिनका लागि पठाएको सामान र पैसासमेत होस्टल वार्डेनले नै लुकाउने गरेका थिए।

छोरीको हत्या गरेर विद्यालयको कोठामा झुण्डाइएको परिवारको आरोप छ। स्कुल प्रशासन नै लागेर घटना ढाकछोप गर्न लागि परेको छ। नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालका अनुसार बालिका मृत्यु प्रकरणमा प्रहरी अत्यन्तै संवेदनशिल भएर लागेको छ। घटनाको अनुसन्धानमा कुनै त्रुटि नहोस भनेर अनुसन्धान भइरहेको उनले बताए।
मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ। हत्या वा आत्महत्या रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार बालिकाको शव विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको थियो। विहान १०.२० बजे प्रहरी पुग्दा बालिकाको मृत्यु भइसकेको थियो।

बालिकाका आफन्तले विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र वार्डेनविरुद्ध किटानी जाहेरी दिएकाले उनीहरूलाई पक्राउ गरी ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। 'पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। उक्त घटनाको निपष्क्ष छानबिन हुन्छ। यसमा शंका गर्नु पर्ने ठाँउ छैन। घटनामा संलग्न जो भए पनि कानुनी सजाय हुन्छ।'

Last edited: 01-Mar-24 12:58 PM

 
Posted on 03-01-24 2:29 PM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Faasi hunuparne
Last edited: 01-Mar-24 02:29 PM

 
Posted on 03-01-24 3:02 PM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Putting away a teenage child esp. a female one into a hostel is a dumb and reckless move in this day and age.
Safety is more important than Education any given day ! Period !!

If a student's curiosity, and discipline are nurtured at home itself, a strong foundation can be laid for a promising future. Now those bereaved parents have to go through so much grief and hassle. May they gather enough strength to overcome this situation.


 
Posted on 03-02-24 12:32 PM     [Snapshot: 489]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Why did the parents left her there for the night after what she told them..even ifbr raped is not proved the warden and school management should be pusnished for other torture to make sucide. Also the parents should be charged for negligence.
 
Posted on 03-10-24 10:08 AM     [Snapshot: 1082]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बलात्कार सलात्कर केहि भएको होइन , अनाहकमा स्कुल र गुरुहरुको बदनाम गरेको छ । आमा मुसलते संग पोइल गइ बाउ ले कान्छी ल्यायो अनि बिचार त्यो बलिकले के गरुन त ? छोरीलाइ २ पैसाको खर्च गर्दैन थ्यो रे ? सबै मावलीले देख देख गरेको भन्ने कुरो आएको छ । ऐले मिडियामा आएर मेरो छोरिको बलात्कार भयो भन्दै नाटक गरि राखेको छ , जतिएल छोरिलाइ अभिभाकवात्तोको आवसेक थियो तेती बेला कहाँ थियो डाका ?

सान्तिले बच्ने नदिए पनि मर्न त दिनु ? नाबालिक कुमारी कन्यालाइ स्वार्थको लागि बलात्कृतको दाग लगुना खोजिएको छ ? तेती राम्रो बिधयालाये र गुरुबर्गामा कहिले नामितेनी कलंकको टिका लगाएको छ । बिना सित्ति नेपालको अंतरिस्त्रिये बेज्जत गरेको छ , एसको पछाडी को एजेन्डा के हो ?
 
Posted on 03-10-24 2:44 PM     [Snapshot: 1171]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बिद्यालय र छात्राको अभिभाबकको बारे स्वयम्ले त्यहा गइ खोजिनिति गरेर लेखेको झैँ गरि सबै कुराको निर्क्यौल निकालेको संगै छात्राको आमा पा -पार्चुके हुनु कुनै नौलो कुरा होईन तर मुसलले संग गएको भनि उद्ग्रीत गरेको देख्दा अन्तरजातीय बिबाह बिरोधि साडे पारामा साझामा लेख्नु र पढ्नु हाम्रो लागि कुनै नौलो कुरा होइन | रेप भएको हो होइन को तथ्य कुरा अस्पतालको रिपोर्ट बाट मात्र पुस्टि हुने कुरा हो |
 
Posted on 03-10-24 10:38 PM     [Snapshot: 1287]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

This is not a case of an adult killing oneself after witnessing the cruel face of this life/ world. We are talking about a 13 year old child who allegedly committed suicide or somebody made it appear like one. The public deserves to know the truth. Therefore, the associated parties should duly co-operate with the law enforcement regarding the latter's duty of investigation. Why would somebody in "gurubarga" worry about defamation unless they have some material facts to hide from the investigation?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters