[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 148131 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-16-06 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो आर्को target । साबधान । । । । । ।

 
Posted on 02-16-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो बिशाल हिमाल, सुन्दर पनि तेस्तै । मन आफ्नो पन ले न्यानो भो तर खुट्टा एक्दम चिसा । खुट्टा छामे, मिनिसोटाको हिउले त पक्के होइन । हन्टर्स बेका न्याना छालाका जुत्ताले राम्रै जतन गरेका छन । तर खुट्टा चिसा भै रहे । कता कता चिसा खुट्टा पानिले भिजेको महशुस भो । सधै तातो पानिले नुहाउने यो अमेरिकाको पानिले पक्कै नि भएका होइनन यि खुट्टा चिसा । तेसै मन बेचैन भो । दिउसो मध्यान्नमा हिड्दा हावाले उडाएका ढुंगा अनुहारमा ठोकिएको महाशुस गरे । मन पनि उड्यो हावा सगै सरर , तेहि दिउसो १२ बजे उड्ने हावा संगै जोमसोमे बजार तिर । ५ बर्ष अघि तरेको कालिगन्डकीको पानिले खुटा अझै चिसो बनाइराखेको रहेछ, नेपालको मायाले मन अझै न्यानो बनाइ राखेको रहेछ । आफ्नो देशको माटोसंग नमेटिने माया बसिसकेको रहेछ , देशका हरेक कुनासंग पिरती गासिसकेको रहेछु ।
यो तलको तस्बिरले ५ बर्ष अघि १२ बजे जोमसोमको हावा खादै कालिगन्डकिको तिरमा हिडेको याद दिलायो । यो हिमाल अन्नपुर्ण दक्षिण (annapurna south) हो । उक्त तस्बिर क्यानाडाकाAndrew Stevenson ले खिचेका हुन । यो हिमाल कास्किको घान्द्रुकबाट पनि प्रष्टै देखिन्छ ।

 
Posted on 02-16-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्, गजब को कुरा भन्नु भो नेपालीएन ब्रो, अत्ती नै उत्तम लाग्यो
 
Posted on 02-16-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैच केटाओ चौतारी तिर?
लु नयाँ गाम्ले नि आएचन!
राते (redstone) नि रेच अनि कम्फुटाराँ पिरोगराम बनाम्ने खल्बले (echoes) नि आएचन्। लु बसम चौतारिआँ रमाइलो अरुम्। नमेले भनेओ अस्तो त्यो त अन्नपूर्न पो हो त क्यारे नि, अब फोटु मात्तै हेर्दा त मुइँले नि ठम्म्याइन तर ठाम हेर्दा मुस्ताउँ मुस्ताउँ अस्तो लाओ, त्यसैले
अन्नपूर्न भनेर पक्का पक्कि भो मुलाइ। मुस्ताउँ जिल्ला नि अचम्मओ जिल्ला च रे नि गामलेओ! चाइन्जो थाउखोला (थाक खोला) भन्ने ठाम नि त्यइँ पर्च रे। थाउखोला फेरी मजाओ ठाम रे, हिमाल (Himalayan chain) बाड उत्तर मा पर्च रे। क्यार्नु नेपालाँ छँदा जाम जाम लाउदा नि जान मिलेन। काइँ नपुए नि त्यो काउबेनिआँ (काग बेनी) पुग्ने मन् थ्यो मेरो अब नमारे बाँचे कालले साँचे जाम्ला के रे नि।


हन लाले के भन्च? खिलुउँ देउराली -८ को रे? त्यो बएरघारिओ पुल तरेर जानि हैन र तेता? त्यो सिरेले भनेओ पुल के। अब म चाइँ तेताओ परिन भन्नाले जन्म्या ठाम त्यो हैन तै पनि बेला बेलाआँ नेपालाँ छँदा साउको काम अर्दा गइरन पर्ने भ'र था पा छु के ति ठामअरु।
 
Posted on 02-16-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन परदेशी दाजै कुन जिल्ला हान्न लाएउ अब?
त्यो अस्ति अर्को चौतारिआँ देखाओ के जाति 'सकेट बम' त पड्कि सको हैन र?
 
Posted on 02-16-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले तो कुनातिर मिला'र राखेको स्यानो फोटु ठुलो बना'र हेर्दा यस्तो छ है !घान्द्रुककै एउडा लज बाट लिएको फोटु ! हुन त पैला नि साझामा कतै टाँसेको हुम्, फेरि पनि एउपल्ट हेरम् !

 
Posted on 02-16-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha.. shree5 says -26C and -36C windchill add up to -62C ?????? Looks like you are studying wrong weatherology course. Use brain bhaiya.
 
Posted on 02-16-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै ठूलो पो भ'च ! बिराएँ है दम्तरीहरु ! माफिपाम् !

 
Posted on 02-16-06 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे क्यार्न सुर्ता मान्चौ मुन्द्रे? ठुलो कुरो ठुलो नभर के हुन्च त?
एस्तो मजाओ फोटु टाँस्या चौ क्यार्न टाउको ठटाम्चौ फेरी?
बरु कता हराओ तिमी? मुलाई 'जाँड खाएसि डरलाउदो हुन्च' भन्दै रेचउ अर्को गाममा, त्याँसि त बेपत्ता भएउ नि गाँठे? पुरान लेख्न सकियो?
 
Posted on 02-16-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याको सक्नु नि माइल्दाइ ! साउले यसो अरेनी हुन्न भन्चन्, उसो अरेनी हुन्न भन्चन् । यो पुरान लेख्नीकाम त मलै गालाओ पासो भैच ।

म यतै तिर छु, कतैनी गओ छैन । सारै मया मारेअस्तो लाओ यी दम्तरीहरले यो चौतारोलाइ र आज फेरी
यतैतिर घुम्दै आको ! गाथमा आरामै होला के रे ? :)
 
Posted on 02-16-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै च भन्नु परो मुन्द्रे। क्यार्नु मेरो नि उस्तै च हाल!
कता लाएचन अरु दम्तरिअरु
 
Posted on 02-16-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो फोटू टाँसेछनि आँसन ले, दाईने कुना हेर्नलाई देब्रे देखुन "झ्याल" तान्नु पर्ने -- सुत्या मान्छेको नि निन्द्रा खोस्द्‍यो।।।। eh...

ये बिर्खे बिरादर, लाँग ट्याम नो ओसन, के हो? कताँ तिर कान्छि मट्याङ् ट्याङ् गर्दै हो?
 
Posted on 02-16-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु कैले बिरादर, " अर्थ न बर्थ गोविन्द गाई, टाउकाको औषधि नाइटामा लाई " भनेअस्तो भा च मुलाई त। यो गोरेले के के भन्चन केइ बुझिन्न तर काम अरेको अरेइ अर्नु पर्ने क्यार्नु। लु निद्रा लाओ अब सुत्नु परो, भोलि ब्यानै मेलाँ जानु छ

बाघ हैन झम्टिले
चितुवा हैन चिथर्ने
भालु हैन घिच्चयाउने
हामिले सके तरुनि
फकाउने फुल्याउने
हे डोलिमा चढाइ लैजाने

 
Posted on 02-17-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साझाँ १ दिन बिराएको त के के भईसकेछ है । चईनी म नआएको बेला पारेर सबैलाई गाली गरम् भन्दै तथानाम गाली बिईजेती गरेर के के जाति कोतपर्व भन्डारखाले पर्व अरेर आर्को shree3 पैदा भएछन साझाँ जो । अब मलाई त आफैलाई झेलखानाँ हाल्नी हुन कि क्यार्नी हुन भनेर पो डर लाग्न थालो है ;)

कोही कोही गाम्लेहुर फेरि झुक्किनु भएच केरे, म हैन है तो जङ्गबहादुर आर्कै हो । मेरो आफ्नो भने जोत्ने मेलो टन्नै बाँकी छ, सकेर लिँड्को लाएर आम्चु फेरि २-३ दिनाँ ।

माड्दै गरम है

Keep rolling...
 
Posted on 02-17-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साझाँ १ दिन बिराएको त के के भईसकेछ है । चईनी म नआएको बेला पारेर सबैलाई गाली गरम् भन्दै
तथानाम गाली बिईजेती गरेर के के जाति कोतपर्व भन्डारखाले पर्व अरेर आर्को shree3 पैदा भएछन साझाँ
जो । अब मलाई त आफैलाई झेलखानाँ हाल्नी हुन कि क्यार्नी हुन भनेर पो डर लाग्न थालो है ;)

कोही कोही गाम्लेहुर फेरि झुक्किनु भएच केरे, म हैन है तो जङ्गबहादुर आर्कै हो । मेरो आफ्नो भने जोत्ने मेलो
टन्नै
बाँकी छ, सकेर लिँड्को लाएर आम्चु फेरि २-३ दिनाँ ।

माड्दै गरम है

Keep rolling...
 
Posted on 02-17-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहुर सप्पैलाई जदौ है। चौतारी त सूनसान पो भएछ गाँठे अचेल!

अनि सिरे यस्तै हो, सिरी ५ भा' ठाममा सिरी ३ हुनेनै भए। सावधानी अपनाए राम्रै होला। ठाऊँ कुठाऊँ ओरिजिनल सिरे मैँ हुम् भनेर के के जाती बक्दै हिन्ला फेरि।
 
Posted on 02-18-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा नआको पनि थुप्रै दिन भो। हिजो अर्को खिसि गर्ने धागोमा सिरे होला भन्ठानेको त अर्कै जंगबहादुर पो परेछ। फेरी अचेल नमे काँ गायब भयो, दश नम्मरको चौतारो बनाउनु पर्दैन र, यस्मा त तीन सय काटिसकेछ!
 
Posted on 02-18-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिश्व नक्साजी, धेरै पछी भेट भो नि । ल अब नयाँ चौतारीमै गफ गरुँ है त ।
 
Posted on 02-19-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आचेल तो ३०० को बार चौताराँ स्याने साउले लाम्दैनन् के रे । अब साने साहुले चौताराँ बार नलाम्दै के रहरले आर्को नयेँ चौतारो बना'का हुन कुन्नी !
 
Posted on 02-19-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रेले ठिक कुरा अर्यो । मैले नि कुरा नबुझेर असरल्ल परिराखेको । अब ३०० को छेको नभए पछि किन अर्को बनाउने दु:ख अरेका हुन ? मेरो सल्ला मान्ने हो भने त यसमा ठाम भइन्जेल यहि चौतारीमा आउने अरम । फेरि उता चिप्लेले ट्यास्स पारेर राखेचन । यसमा ठाम सकियसि भरि भराभराउ बनाउन केइ सोच्मला नि कसो दमतरि हरु ? सिरे,भउते, दादा, नेपे दाजि, साइला, बिर्खे, बेसिथाने, काका र सप्पै दमतरिहरुलाइ यो मेरो कुर ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters