shree5
Replies to this thread:
More by shree5
What people are reading
Subscribers
Please log in to subscribe to shree5's postings.
:: Subscribe
|
yes yes wireless internet
[VIEWED 10034
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 02-08-06 1:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yes yes wireless internet (सत्य घटनामा आधारित) साथी हो माईन्ड नगरौँ है, यो मेरो नितान्त व्यक्तिगत कुरो हो र अब आफू युनिभर्सिटी छोडेर जाने बेलामा यूनिभर्सिटीको अवधिभरको साराँशको रुपमा लेखेकोले पनि छुट्टै अर्को धागोमा लेखेँ, अरु कुरा फेरि चौतारीमै गरौँला । फेरि बाउँडियो भनेर दोष नलगाउँ है, प्लीज, रेगुलर चौतारी नै हो मेरो स्थायी अड्डा । म यूनिभर्सिटी जाने ग्राजुएट स्टूडेन्ट । बाहिरको काम गरिँदैन, एउटा कुरो यो देसमा विद्यार्थीलाई काम गरेर पढ्न encourage पनि गर्दैन, र त्यो सँस्कार पनि यो ठाउँमा पटक्कै नै छैन । मतलव, फजुल समय यथेस्टै भए पनि बाहिर काम गर्न लोकलाज ले पनि नदिने - नेपालीको बानी: ठूलो मान्छे बन्नै पर्ने । डिपार्टमेन्टले दिएको research assistantship ले सामान्यतया एउटा ज्यान पाल्न राम्ररी नै पुग्नु पर्ने हो । त्यही research assistant को तलव पनि कति दिन पर्ने हो भनेर फेरि मेनेजनेन्ट स्कूलका हामी जस्तै प्रोफेशरका सस्ता खेतालाहरुलाई के के नै "economic analysis" गराउँछ रे बर्षेनि नै । शायद त्यसो भएर नै होला, एउटा महिनाको तलव पनि 2 digit decimal को accuracy मा बुझिन्छ । हामी कस्ता ठूला मान्छे - हाम्रो तलवमा डलरको inflation पनि अटाउँछ रे । र त्यो हिसाब गर्दा खेरि एउटा मेनेजमेन्टकै साथीले भन्थे - दिनको ३ छाक खाना र महिनामा ४ पटक सिनेमा हेर्न जाने पैसा समेत हिसाब-किताब गर्छन रे । उसो भए यहीँकै लवजमा भन्नु पर्दा - fair enough. Period. तर हामी कम्तिमा पनि दुई बर्षको एक पटक नेपाल जान पनि पर्ने - जसको लागि भाडा नै झण्डै डेढ-दुई महिनाको तलव खर्च हुन्छ, अनि नेपालमा आफू कथम् मर्दा नून बार्ने १३ पुस्ते नातेदार धरी सबैले केही न केही आस गर्ने । भने पछि २-४ डलर जोगाए पनि नेपाल पुग्दा ठूलै लाहुरे नै हुन पाईने । जसले गर्दा सकेको ठाउँमा तेही खाईपाई आएको निमेक पनि जोगाउँ भन्ने चासो सँधै भई नै रहने । खानको भन्दा पनि यहाँको मुख्य खर्च भनेको बसेको ठाउँको भाडा नै हो । कुरो के प-यो भने university housing मा अविवाहित हरुको लागि ३ खाले आवास ब्लक (housing blocks) छन्। सबभन्दा सस्तोमा ४ जना एउटा एपार्टमेन्टमा बस्ने, लिभिङ्ग रुम, किचेन र वाशरुम साझा । अलिक राम्रो भनेको दुई जनाको अपार्टमेन्ट र सबभन्दा राम्रो भनेको एक जना बस्ने "स्टूडियो" । अब सस्तो हुँदा हुँदै महँगो मा बस्ने त प्रश्नै आएन क्यारे । अनि के के नै diversity बढाउन भनेर तेही चार जनामा पनि बिभिन्न बिभाग र तहका लाई मिसाएर राखिदिन्छ । र हरेक चार-चार महिनामा बिरालाले बच्चा सारे झै त्यही कोठा पनि सार्नु पर्ने । सुरुमा नेपाल बाट आउँदा खेरि म बाहेक एक जना दक्षिण अमेरिकी मेनेजमेन्टको अन्डरग्राड, अर्को क्यानेडियन kinesiology (खेलकूद-शास्त्र भनौँ ) को अन्डरग्राड, अर्को मध्यपूर्वीय ईन्जिनियरिङ्ग कै ग्राजुएट सँग परेँ । धन्न कोठा सरसफाई गर्न भने कसैलाई नि नपर्दो रहेछ, जे छ जस्तो हुँदै जान्छ, सबै त्यसैमा खुशी - अनि अन्त्यमा जनही सय-पचास डलर सफा गरेको जरिवाना तिरिदिने बरु । अनि सुरुमा आउँदा कोही बोलेको पनि नबुझिने आफूले accent बुझ्न नसकेर, नत्र त TOEFL त पास गरेकै हो मैले नि । ती क्यानेडियन साथी फेरि यहाँको हक्की (भने पछि यहाँको दुनिया नै क्रेजी हुन्छ) का खेलाडी साथै के के जाति हो गामा-काप्पा साप्पा भन्ने fraternity समूहका सदस्य पनि रहेछन । उनी यहाँका साह्रै लोकप्रिय मान्छे । हाउजिङ्गको प्रतिनिधिको चुनावमा उनी नै अत्याधिक भोट ल्याउने बिजेता । भनेसि सबैले आफूलाई चित्त नबुझेको कुराको सिकायत पनि उनैलाई नै गर्न पर्ने । फेरि उनको होमवर्क भनेको नै खेल्ने र ज्यान बनाउने । भनेसि हप्तामा २ दिन होमवर्क गर्थे कोठामा नै, बाँकी दिन उनका fraternity club का अनगिन्ती केटा र केटी साथीहरु आएर लिभिङ्ग रुममा के के गर्थे होईन - के के गर्दैनथे र । जे होस्, सिनेमा हेर्नै मन लाग्यो भने बेडरुम बाहिर निस्के पुग्ने, सिनेमाको पैसा भने त्यसरी जोगिने है । त्यसपछिको दोस्रो चार-महिने term मा भने अरु त ठिकै थिए, बिशेष चाँहि music मा major गर्ने साथी परेछन एकजना । भन्नुहोला, ये music सुनाए होला homework गर्दा, त्यो त तै बिसेक नै भो नि । कहाँ, music का expert ले पो music सुनाउँछ, सिकारुले त noise पो सुनाउँछ त । फेरि उनले सबै बाजा ठटाउने (बजाउने होईन नि) - गीतार, ड्रम, किबोर्ड, कङ्गो सबै सबै ।
|
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 02-08-06 1:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेसि यूनिभर्सिटी हाउजिङ्ग सुबिधा मलाई पुग्यो प्रभु- म offcampus नै बस्ने, दुई महिना हिउँ भएको बाटो हिँड्न पर्ने त हो, आखिर यो शहरमा बिद्यार्थीलाई सार्वजनिक यातायात नि:शुल्क नै छ क्यारे - जहाँ गए पनि र बस, ट्रेन जे मा चढेर गए पनि । फेरि सार्वजनिक यातायात एकदमै राम्रो छ, अनि जाडोमा पुरै स्टेशन समेत तताएको हुन्छ । कमसेकम offcampus मा त आफू बस्ने घरको एउटा घरबेटी हुन्छ, अनि त्यो घरको छिमेकी नि हुन्छ - अहो छिमेकी नि हुन्छ भनेसि त जे पायो त्यही हल्ला गर्न त तेस्तो सहजता नहोला नि । छिमेकीका आशले भए पनि म अब देखि offcampus नै बस्ने । हो हो, छिमेकी जिन्दाबाद । अब क्याम्पस को क्षेत्रफल निकै नै ठूलो छ । बाहिर offcampus मा सामान्यतया एउटा घरमा एउटा तल्लामा ३ जना ले share गर्न पर्ने हुन्छ । र सरसफाई, हल्ला नगर्ने आदि कुरामा एकदमै अनुशासन कायम हुने गर्दछ । र सामान्यतया ग्राजुएट विद्यार्थीहरु मात्रै बस्ने गर्दछन् । र धेरैजसो त्यस्तो घरमा सबै कोठामा high speed internet सुबिधा प्राप्त हुने गर्दछ । अझ भन्नु पर्दा यहाँको चलन नै के भने, अझ खास गरि ग्राजुएट विद्यार्थीहरुमा, हरेकको एउटा ल्यापटप र सेल फोन हुन्छ - बाँकी गुन्टा-बिस्तारा बाहेक । किचन धेरै जसो साझेदारीमा हुने भएकोले किचेनका सामान किन्नु पर्दैन । राईस कुकर देखि टोस्टर देखि कफि मेकर सम्म घर बेटीले नै दिन्छ । बेडरुम लगायत लिभिङ्ग रुममा फर्निचर नि पुरै दिन्छन घरबेटीले । र साथसाथै हरेक बेडरुममा कि त ल्यापटप dock गर्न मिल्ने high speed internet को पोर्ट कि त घर भरि high speed wireless internet हुने गर्दछ । मेरो काम मुख्यत: सिभिल ईन्जिनियरिङ्ग भए पनि झन्डै ४ हजार किलोमिटर परको कम्प्यूटर नेटवर्कसँग दिनहुँ लामै समयसम्म सम्पर्क गर्न पर्छ र सो सफ्टवेयर लाई high speed internet नभई नचल्ने । भनेसि मेरो मुख्य आवश्यकता नै (१) शान्ति र (२) high speed internet भएको । म पनि घर खोज्दै हिँडे र पुगे नजिकैको neighborhood मा । चिनिया मुलका घरबेटी थिए । टोल नै चिनीया घरबेटीहरुको थियो- सबै जना चिनिया नै । उनले पनि कुरै कुरामा "yes yes wireless internet" भने । भने पछि अरु दुई जना चीनिया साथी सँगै म पनि बस्न थाले त्यही wireless internet भएको घरमा । घरबेटी भने खासै अँग्रेजी बोल्न जान्दैनथिए - तर अरु रुममेट साथीहरुको सहायताले जस्तोसुकै गर्जो पनि टर्दथ्यो किनभने उनीहरु मन्डारिन पनि अँग्रेजी पनि बोल्न सक्दथे । खासै कुरै पनि के गर्न पर्थ्यो र - भाडा दिने चेक लेखेर हो, बाँकी गर्नु पर्ने कुरै पनि थिएन । मैले खोजेको शान्ति र हाई स्पीड ईन्टरनेट हो - जुन यो ठाउँमा छँदै थियो । किचेनमा पनि म भएको बेला उनीहरुले छाडिदिने, उनीहरु भएको बेलामा मैले छाडिदिने - यस्तै अघोषित gentlemanly understanding थियो, साथै किचेन पनि त्यति ब्यस्त हुँदैन थियो । अरु त ठीकै थियो । खोजेकै जस्तो शान्ति पनि थियो । तर बेला बेलामा ईन्टरनेट आफै काटिराख्ने । मैले मेरो रिमोट-नेटवर्क मा जोडिईराखेर खास खास महत्वपूर्ण काम गरिराखेको बेलामा पनि एक्कासि काटिने । मैले त यो wireless भनेकै यस्तै होला भन्ठानेको क्यारे शुरुमा त । आफू खासै च्याट गर्ने मान्छे पनि होईन, बेला बेलामा भउतेसित च्याट गर्दा पनि भउतेलाई पनि त्यही भन्ने गर्दथेँ - मेरो वायरलेस ईन्टरनेट हो, बेला बेलामा काटिईराख्छ भनेर । सोझा भउतेले पुरै कुरो त यो लेखोट पुरै पढेपछि मात्रै बुझ्लान क्यारे ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 02-08-06 1:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि एक दिन त अचाक्लि नै भयो र मैले कम्प्यूटरमा हेरेँ- show all available wireless networks भन्नेमा खोलेर । हेरेको त A देखि Z सम्मबाट नाम आउने १५ (पन्ध्र) वटा कनेक्शन पो available रहेछन त । अनि मेरो कम्प्यूटरले चाँहि शुरुमै A बाट नाम आउने लाई नै टिपेर काम गर्दो रहेछ । एकै छिनमा त्यो A बाट नाम उठ्ने बन्द भयो भने कम्प्यूटरले तुरुन्तै र आफसेआफ अर्को B बाट नाम उठ्ने नेटवर्कमा जोडिँदो रहेछ किनभने मेरो रिमोट नेटबर्क सफ्टवेयरले कनेक्सन काटिन थालेमा सकेसम्म तुरुन्तै मर्मत गर्न खोज्दो रहेछ । भने पछि अलि अलि डर पनि लाग्यो - अन्जानमै मैले त कस-कसको ईन्टरनेट कनेक्शन चोरी गरि रहेको पो रहेछु । अनि तुरुन्तै घरबेटीलाई फोन गरेर सोधेँ, अँग्रेजीमा, हाम्रो वायरलेस नेटवर्क को नाम के हो भनेर । अग्रेजी राम्ररी नआउने उनले जवाफ दिए बिचरा "yes yes wireless internet". यस्तै गरेर केही दिन बिते । अनि एक दिन फेरि एकदमै काटिईराख्ने ग-यो कनेक्शन । त्यो दिन रात परि सकेको थियो । भोलिपल्ट बिहानै सँगैको चिनिया रुममेट साथिले चिया पकाउँदै गरेको बेलामा किचेनमा गएँ - जुन गरिँदैनथ्यो अक्सर मैले माथि भने झैँ । अनि सोधेँ उसलाई हाम्रो घरको वायरलेस नेटवर्कको नाम के हो, तैँले सोध न तेरो भाषामा घरबेटीसँग भनेर । उसलाई पनि त्यही समस्या परेको रहेछ - कनेक्शन काटिने र आफ्नो कनेक्शनको चाँहि नाम थाहा नभएको । अनि उसले अर्को चिनिया साथिलाई पनि बोलायो । उ पनि आँखा मिच्दै आयो किचेनमा नै । कुरो झिरिप रहेछ । यो कुरा उनीहरु बिच पहिले पनि भैसकेको रहेछ । तर उनीहरुले के ठानेछन भने wireless router चाँहि म बसेको मेरो कोठामा छ होला र मैले नै केही गडबडी गराईराखेको हुँला । तर उनीहरुको शालीनता हो कि भद्रता नै भनौँ, (हुन त उनीहरुमध्ये स्टुडेन्ट भिषामा आउनेहरु चाँहि धेरै नै introvert हुन्छन - नबोल्नु भनेर सिकाएको हुँदो रहेछ कि कुन्नि के हो) उनीहरुले मलाई केही पनि भन्न सकेका रहेनछन्। भने पछि त ये रात्तै हाम्रो wireless internet को router स्वयम नै वायरलेस (invisible) त छैन । अनि उनीहरुलाई सोध न त घरबेटीलाई भनेको उनीहरु पनि अन्कनाए । मेरो घरबेटीलाई त्यस पछि मैले नै फोन गर्न पर्ने भयो - उनी बिदामा चीन तिर गएका रहेछन, १ हप्ता पछि आउने रे, उनको घरका अरुलाई यसबारेमा केही थाहा छैन रे । उनी आएपछि मलाई फोनमा सम्पर्क गरुन भनेर सन्देश छोडे उनको घरमा नै । अनि आयो भिषण परिक्षण काल हाम्रो । भोलिपल्ट ICT (info & comm tech) का साथिहरुको मद्दतले धेरै कुरा पत्ता लगाईयो । हुँदो के रहेछ भने त्यो A बाट आउने छिमेकीको कनेक्शनमा म लगायत मेरो घरका सबैले जोडेपछि उसको कनेक्शन एकदम ढीलो हुँदो रहेछ र छिमेकीले थाहा पाएर बन्द गरिदिँदो रहेछ पुरै नै । बिचरा उसले आफ्नो काम पनि सबै छोडेर हाम्रो रिसले suicidal रुपमा नै आफ्नो router नै बन्द गर्दो रहेछ जसको पहिलो प्रभाव हाम्रो कम्प्यूटर डिस्कनेक्ट हुँदो रहेछ । तर बिल गेट्सले बनाएको अपरेटिङ्ग सिस्टम विन्डोज पनि के कम- हामी तीनै जनाको कम्प्यूटर अब B बाट नाम आउने दुई नम्बरको वायरलेस नेटवर्कमा जोडिईने । अकस्मात अरु ३ वटा कम्प्यूटर जोडिएपछि त त्यो अर्को दुई नम्बरे चिनीया घरबेटीले पनि थाहा पाउँदो रहेछ- अनि उसले पनि एकै छिनमा suicidal रुपले नै सबै बन्द गरेर बस्दो रहेछ । शायद टिभी हेर्न थाल्दो हो बिचरा कम्प्यूटरमा काम गर्न छोडेर । हामी पनि के कम, कम्प्यूटरमा फेरि थिच्ने, अनि कम्प्यूटर त ३ नम्बरको घरबेटीको मा जोडिन जाने । एवम रीतले ६-७ नम्बरमा पुगे पछि त फेरि १ नम्बरको तयार भई सक्ने । जे होस, हामीलाई अबिरल रुपमै कनेक्शन चाहि प्राप्त भई राख्ने । एक हप्ता पछि घरबेटी आए, अनि यही कुरा बारेमा सोधेको त उसको जवाफ जस्ताको तस्तै छ। अँग्रेजी किन बुझ्दैन थियो बजियाले, नबुझेको स्वाङ्ग पो पार्दो रहेछ त । ततर-पतर भाषामा त उसले फेरि पनि उही कुरा दोहो-याउँछ है , "yes yes wireless internet". लौ त उसो भए ठिकै छ, मेरो कनेक्शनको नाम नै Y बाट उठ्ने "yes yes wireless internet", लौ जा त । धन्य हौ छ़िमेकी, एक पटक फेरि पनि छिमेकी जिन्दाबाद Keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 02-08-06 3:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा अर्को पनि confession (नै भनुँ )उल्लेख गर्दैछु । साझाकै, अझ भनौँ चौतारी कै, kick (उर्फ काका) लगायत हितैषी हरु सँग मिलेर हामीले गीत-फिल्म, मूलत: नेपाली भाकाहरु अनि फोटाहरु आदि मिडिया share गरौँ, ईमेल बाट गर्दा आपसमा दुई जनाको मात्रै correspondence हुने, फेरि ईमेल लाई पनि भारी हुने भनेर एउटा private जस्तै internet file server बनाएको। सर्भर अर्कै ठाउँमा छ, म केही दिन भयो घरमै बसेर काम गरि राखेको - अझ खास कुरा भनौँ भने थेसिसकै साराँशको रुपमा प्रोफेशरलाई उपहार - "पेपर" हरु लेख्न लागेको । यो "पेपर" पनि कस्तो खाले हो कुन्नि, मैले कागज को कुनै टुक्रा प्रयोग गरेको छैन र शायद यो "छापिने" पनि डिजिटल रुपमै हो - "paperless paper" भनौँ न । जे होस्, एक्कासि काकाले खोई त तेरो डोको त रित्तै छ है, केही पनि खाँदेको रहेनछस अहिलेसम्म भनेर ईमेल गरे आज । मैले प्रत्युत्तरमा मेरो वायरलेस कनेक्सन छ काका घरमा, ठूलो ठूलो फाईल अपलोड गर्दा खेरि तारन्तार डिस्कनेक्ट हुने गर्दछ, बरु भोलि पर्सि तिर फुर्सद मिलाएर अड्डा तिरै बाट खाँदम्ला, meanwhile तिम्रो कलेक्शनहरु भने डोकामा हाल्दै गर बुढा भनेर ईमेल पठाएँ । पछि पेपर लेख्न अल्छि लाग्यो अनि काका जस्ता मान्छेलाई लाई ढाँटेकोमा (?) अलि अलि पछुतो पनि ;)। अनि पनि पेपर लेख्न मन लागेन र र msn मा छिरेको त भउते ढुकुरले नै जस्तै ढुकेर नै बसेका रहेछन जस्तो सँग भेट भयो । भउते सितको कुरै कुरामा फेरि "yes yes wireless intenet" ले आफ्नो चर्तिकला देखाईहाल्यो, कुरा गर्दा गर्दै डिस्कनेक्ट भयो । अनि सबै रहस्य कुरा भउतेलाई भनेपछि लेखेर टाँसौ न त साझामा पनि भन्ने सल्लाह भयो । त्यसैले यो सबै inspiration को लागि चाहि काका र भउतेलाई धन्यबाद सहित , Keep rollling...
|
|
|
redstone
Please log in to subscribe to redstone's postings.
Posted on 02-08-06 5:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-08-06 7:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हँसाओ श्री५ले पुनी । वायर्लेस पुनी डिस्कनेक्ट भओ रे बिचरा । अर्काओ चोरेसी तेस्तै हो । कठै बरा !! ति छिमेकी हुर लाई हार्दिक सहानुभुति i :-)> ईश्वर
|
|
|
gwajyo
Please log in to subscribe to gwajyo's postings.
Posted on 02-08-06 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री पाँचको दैनिकी पढेर रमाइलो लाग्यो । आफुले पनि चलाउने त छिमेकिको वाएरलेस नै हो । नेपालीमा पढ्न त रमाइलो पो हुदो रैछ गाठे
|
|
|
kick
Please log in to subscribe to kick's postings.
Posted on 02-08-06 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'kaka, office ma ho server bhako. bholi porsi tira gayera doko bhari khadamla, ahile gharaima basirako, ani wireless internet ho gharma, tesaile large volume upload gari rakhna tetti ramailo hunna ke.' वेरलेस वेरलेस भनेर खुबै जो फुर्ति लाओ थो केटोले। कुरो तेसो पो रच।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 02-08-06 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो तेसो पो रच ? जैले नि सिरे फुत्त आयो कि, "के छ सिरे ?" भन्यो, "वेरलेस छ" भन्थो। नेपालाँ घराँ बाँधेर राखे जस्तो हुनि, खालि किताप बाहेक कतै हैन के रे सिरे। याँ आ'सि भदौरे राँगो जस्तो फुकुवा भो के रे। कसैको डर मान्नु परेन। जता हिने नि भो, जे अरे नि भो। केनडाडाँ नि सप्पै खैरे माटोमा नेपाली बिउ छरेर केनडाँडा नि नेपाल जस्तै बनाउने भो सिरेले भन्नि सोँच्थेँ। अनि यसो सम्जाउन परो भनेर लेख्यो, पठाउन नपाउँदै साथि त गायप। अनि एउछिन पछि फेरि फुत्त निस्कन्थो। जतिखेर नि ताल त्यस्तै के। रोदिमा तरुनिलाई आँखा झिम्क्या जस्तो " फुत्त, लुत्त फेरि फुत्त फेरि लुत्त।" कैलेई कुरो अर्न नपाइनि। अनि फेरि " के भा'को हो यस्तो?" भनेर सो ध्यो, उत्तरमा "वेरलेस भा'को" भन्थो। कुरो यस्तो पो रे'च। अर्काको चोरेर चलाउँदा बाँधेर पाता कसेर मुन्छेइ "वेरलेस" बनाउलान है, होस अर, सिरे। :-) :-) -भउते
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 02-08-06 9:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाइ चाही रिमोट कम्पिउटर चलाने वारयेस इन्टरनेटबाट भन्दा शुरुमै हासो उठेको थियो । जे होस चोरे पछि त अलि अलि सजाय पाउनु पर्यो नि कसो?
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 02-10-06 2:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
just a courtesy call, lotta thanks for reddy, ishwor, gwajyo, kick, bhaute, and nepalean for your comments Keep rolling...
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
Venezuela TPS lawuit |
Toilet paper or water? |
TPS EAD auto extended to June 2025 or just TPS? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
Tourist Visa - Seeking Suggestions and Guidance |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|