[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 126391 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-01-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को चौपारी खनुम न!
 
Posted on 12-01-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एतिबेलातिर गोताएँ भुनभुन्निरा हुन्तो अगेर त। कता लाएछ आज?
हिजा तुच्च-तुच्च ले छाड्याछैन अस्तो छ।
 
Posted on 12-01-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल खनुम खनुम अर्को चौतारी
 
Posted on 12-01-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा थाहा छ नि भलाम किन थाहा नहुनु । नेपाल बन्द हुदा त हाम्रा गामबाट हिडेरै जान्चम। तर म त्हा अहिले सम्म त गको छैन अलिक नजिकबाट देखेको चै छु है ।
 
Posted on 12-01-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे बुडा के अर्दै छौ राती हुदो । आखाले मेसो कत्तिको पाउछौ ? अस्ति त्यो गाले हाम्रा गाम तिर आर सप्पै सं कुरा अरेर गो, तिम्रो लम्बर एसौ बिजुलीको तारा पठाउ त ह्या ट आवा हान्नु पर्यो तिम्लाइ ।
 
Posted on 12-01-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो गालउले मुलाई नि फुन अरेओ थ्यो।
ठिक कुरो अरेऊ नमे, लम्बर भएसि एसो बेलाबखताँ भलाकुरसारि अर्न मजा हुन्छ!
लु अर्को चौतारि चिन झट्टै।
 
Posted on 12-01-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नमे, जिम्माल बुढा; कता हो बसोबास? अस्ती गालबसँग कुरो गर्दा मलाई नि रमाईलो ला'थ्यो, चिन्जान भो, उ त फेरी हाम्रै तिरको मान्छे है'च नेपालाँ पनि।
एसो को कताको हो, कता हो, क्यार्दै हो चिन्जान गर्न रमाईलै हुन्थ्यो जस्तो लाग्छ।
 
Posted on 12-01-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखर बोटे काका
बिर्खे माइला डाका
फुन नं दिन्चु भनेर तिमी कता गाका ...............................
पख चौतारींमा त देखुम, ढुंगाले नगिर्याए म पुनी डाडाघरे नमे होइन
 
Posted on 12-01-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैत्रे तिमि ति गोरखाका रैचौ हन्त ? कता पढेथेउ, लुइटेल त होइन ?
 
Posted on 12-01-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बजारमै हो
 
Posted on 12-01-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा बजार तिर म न एउ रात बसेको हुम । भर्खर इसउल्टी देको , मनकामना बाट हिडेर बिरिन चोक पुगे अनि बसा पुगे तिम्रो बजारां । एउटा सस्तो होटेला बसे त्यो नि कमन रुममा । त्याट भोलीपल्ट सोडा हालेको भात हसुरेर माथि डाडामा गए अनि पछी पखरा तिर लाए ।
 
Posted on 12-01-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नमेको चैं कता परो नि ?
 
Posted on 12-01-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!
हन ए नमे तिम्रा आँखा फुटे कि के हो हँ? तो तिम्रो बिजुलिपत्रमा आँखा गाडेर हेर न?
हेर्नु छैन। उइलेई पठाईसकेँ।

हरितालिके म चाईँ कुरो जस्तो गरेनि गण्डकि वारिको परेँ है :)
 
Posted on 12-01-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा घर निरै पुगिया र'छ त
 
Posted on 12-01-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे मुखिया राति हदो मेसो पाउदैनौ के मैले त फुन अरे उठाइ राख है राती हुदो घन्टी पो बज्च कि बज्दैन ।
 
Posted on 12-01-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गण्डकी वारी त वारी, कता'ट वारी नि, काठमाण्डू तिर'ट कि पोखरा तिर'ट नि ?
 
Posted on 12-01-06 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ह्यात्तेरी बिर्के त पखराट पारी परेचन क्या । तिम्रो घरैनेर पगिएच है । थाहा भेको भे त तिम्रै भात खान आउन हुन्थयो नि ?
 
Posted on 12-01-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा घर कटेरै गा र'छ, ठिकै छ अर्को चोटि :)
यता कता हो नि ?
 
Posted on 12-02-06 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर चे पखरा
अइले बिर्खेको गामबाट अलि माथि । मिनीसोटा ।
 
Posted on 12-02-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ नमे कति फतफत गरेर बसेको यो रातिबिख, गाउँ का सोझा साझा गाउँले लाई भुलाएर । कताइ रौसी त खाछैनस्? लु हे हाँसो गरेको मेरो त सुत्ने बेला भो, ल म गए ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters