[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35  
[VIEWED 259117 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
The postings in this thread span 35 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-22-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरो गर्ने फुर्सद भएन।


तर चौतारीमा जेठान भैएछ, बहुत स्वाद आयो।

हैन दाजु भाई हरु, ज्वाँईलाई यसो राडी पाखी ओछ्यायर, त्यो ठुलो झर्के थालमा दही, दुध घिउ, मासु, अचार बिचरा, घिर, सिर, के के राखेर मेजमान दिनु पर्नेमा गाली गरेर पठाछन, बेजत नै भो नि, कि कसो ठुलि मैया।

 

सबैलाई जदौ।
चित्रेको के को अन्तर भियु हो? जे खोजेको हो, तेही मिलोस।

 

 


 
Posted on 02-22-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एउता गीत गाउँन मन लाग्यो।

म संसार जित्ने आँट गर्दै छु
मात्र तिमी मेरो साथ बसिदेउ

भबिश्य ले गाउने गीत मा रच्दै छु
मात्र तिमी सुर मा ताल मिलाइदेउ

एही हो अर्थ रच्नुको
ईतिहासमा अमर रहोश
Timro र मेरो कहानि
सधैं सधैं

जब हिड्दा हिड्दै थाक्छु म कहिले काही

त्यतिबेला मेरो आड बनिदेउ
जिन्दगी को मोद मा सोच्न सकिन भने
तिम्रो मिठो बिचार  मलाई देउ

एही हो अर्थ भन्नुको
सपना ठुलो छैन
बिलम्ब गर्न नपरोस
जिन्दगीमा


 
Posted on 02-22-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले सङ नअाअाअाअाबोल्ने। राम्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्


 
Posted on 02-22-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१८० डलर कपाल काट्न खर्च रे ठुलीको ? हो र भन्या? हाम्रो नेपालआँ ३० रुपैया मात्र अर्थात ४५ सेन्ट। १८० डलर मा त झन्डै बिहे खर्च नि आउथ्यो हाम्रो जमानामा। के साह्रो झिल्की बन्नु पर्ने हो?
 
Posted on 02-22-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा अब झिल्कि बनेन भने फेरि दाइहरुले नै जिन्दखि भर पाल्नु पर्ला भनेर नि। फेरि आफ्नो दाइहरुलाइ किन दुख दिम भनेर नि।


 
Posted on 02-22-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्की बने नि नबने नि सिल्की बने नि न बने नि, सपनाको राजाकुमार पाउने ले पाइहाल्छ क्या रे। अब फेरी ठुली जस्ती बुइनी लाई रानी बनाउने राजा त बाजा बजाएरै आउने धेरै हुन्छन। बरु यसो त्यो कपाल सपाल बनाउने पैसो ले दाई भाउजुलाई उपहार किनी दिने गरे पो।
 
Posted on 02-22-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१८० डलर कपाल काट्न? राम राम राम, हन ए ठुलि तिम्लाई पैसा काँ फ्यालाम् काँ  फ्यालाम् भा भे म गरीबलाई दे त तिम्रो कल्यान हुन्थ्यो।
 
Posted on 02-22-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे पैसा फाल्नको लागिनै कमाकोत फेरी सबैले कमाको पैसा जम्मा पारेर रख्यो भनेत सनै धनी भाई हाल्यो नि।


 
Posted on 02-22-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१८० डलर ले त आफुलाई १८ चोटि कपाल काट्न पुग्छ


 
Posted on 02-22-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै कता अन्मरिएचन आज?
दोस्रो राउन्डको नमस्ते है
सप्पै हसुर्न गए होलान नि आफुले नि बल्ल हसुर्न पाइयो
बाहिर नि के बिधी हिउ परेको हो ए, आफुलाई 'कसरी घर पुग्नी' जस्तो भएको छ

 
Posted on 02-22-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सप्पै गाम्ले लाई, बिहान एसो चियाउन नि पाइएन।
लु लु ठुलि मरी लानी के छ् र जे जे गर्नु छ् गरी हाले हुन्छ,
आफु लाई आनन्द भा छ् यो हिउ देख्न नपरेर नि,
तेही त उत्तर पूर्व तिर त बिजोगै जस्तो छ् आज, राती एक बजे सम्म रछ वार्निङ।
Last edited: 22-Feb-08 01:36 PM

 
Posted on 02-22-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुलि पैसा यता फाले हुन्छ। मा समात्न तयार भएर बसेको छु, ल ल
फालुम, कपाल मा मात्र धेरै पैसा खर्च गरेर के गर्ने,
नेवारी मा एउटा गाना छ नि,

समा सो सा: अप्सरा थे:
ख्वा सो सा: धेप्प ख्वा:

भन्ने  


 
Posted on 02-22-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु त्यसो भे शाहुको काम छोडेर ठुलिको पछी पछी लाग्नु पर्‍यो। ठुलि पैसा फ्याल्ने म टिप्ने।
 
Posted on 02-22-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ख्वा सो सा: धेप्प ख्वा: लहरे मेरो मुख जस्तो भएनी मन पराउनेले पराइ राकोछ। मान्छेले मुख होइन मन हेर्च। तर मुख नि कोहि भन्दा कम चै चैन क्या wink wink


 
Posted on 02-22-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे लोभि केता


 
Posted on 02-22-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि मैले त्यो गाना पो नेवारीमा छ भनेको, तिमीलाई भनेको हो र,
बेकारमा दैलग सुन्नु पर्‍यो। गजब छ बा, ल पुरा गाना सुन 

मिखा: बाला: बाला:
स: कुली कुली
नानी मएजु टुयु ख्वा
न्या: फ्याअप, निता माना व:
न्याब्ले सो सा: खोब्लु ख्वा:

छ्यने चिकँ पिली पिली दु
म्हे: वस झ: झ: धा
समा सो सा: अप्सरा थे:
ख्वा सो सा: धेप्प ख्वा:


 
Posted on 02-22-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगी भर कपाल काटेको संख्या हिसाब गरम न त।

१- म सानो छंदा घर मै कपाल काटिन्थ्यो पैसा लागेन।


२- ६-७ बर्ष देखी कपाल काते होला, टोलको खान्दानी हजाम कहाँ, १ मोहर मा अर्थात ७ बर्षा देखी १३ बर्षा सम्ममा बर्षको ४ चोटिको दर ले २८ पतकको जम्मा १४ रुपैया। त्यो बेला डलर को भाउ पनि १०-१२ रुपैया मात्र थियो। त्यसैले भयो १ डलर।


३- १३ बर्ष देखी चाँही शंकर सैलुन एण्ड हेयर ड्रेसिङ भन्ने ठाम मा कपाल कटाएं होला २०-२१ बर्ष सम्म। जम्माजम्मी ८ बर्षमा ३५ पटक को रु ५ देखी ७ को डर ले ( औसत साँढे ६)  कुल २२७ रुपैया ५० पैसा। डलरमा रु ३५ को डरले साढे ६।


४- इलाहाबाद मा ४ बर्षा पढ्दा नि कपाल काट्न नेपाल आउने गरेकोले ४ बर्षमा २० पटक ७ को डर् ले १४० रुपैया। अर्थात ४ डलर।


५- त्यसपछी अंरिका आउँदा सम्म ५५ पटक कपाल कटाउदा, औसतमा रु २० को दरले रु ११०० । डलर्को भाउ ७० ले हिसाब गर्दा नि १५ डलर।


भन्नाले अहिले सम्म जिन्दगी भरी कपाल कटाउदा लागेको खर्च कूल जम्मा, १+ ६.५+ ४+ १५= २१.५ डलर।


अब हेर्नुस् त हाम्रो बुइनिको एक पटक को कपाल कटाइ खर्छ, १८० डलर। यस्तो हिसाबले घटिमा ७ पटका जन्म लिए पनि कपाल काट्न पुग्ने पैसा हुंदो रैछ हाअंरो घोर  कलियुग पो देखियो नारन।


 
Posted on 02-22-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे मैले दाइलग हानेको होइन एुता कुरा मात्र बनेको। लहरे नेवारि त राम्रै सङ बोल्चु तर नेवारि पध्न भने अलि अौदैन।

 
Posted on 02-22-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो लहरे लाई किन दैलग देको हँ ठुलि?


दोश्रो राउन्ड को जदौ !
बिस्टे र पर्बतेलाई नि समेटे है त
ठुल्दाइको म:म बनाउने सल्लाह भईरा' होला आज
लु पर्बते मौकामा चौका तिक्का सबै हान्दिने हैन त?


 
Posted on 02-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


घोर  कलियुग पो देखियो नारन राहुल दा फेरि त्यो नारनेलाइ किन बोलाउनु पेर्ने नि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
whats wrong living with your parents ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters