Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 झ्यालिन्चा

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 16785 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-28-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्यालिन्चा

बाङ्गेलाई बोलाउन अघोरीको घर पुग्या रैनछ। ट्वाककाँ गएँ उ पनि छैन, सुपारीकाँ पुग्या ट्वाक र बाङ्गे सँग बाहिर गयो रे भने। अब भो कि? अब शनिबार के गरी कटाउने लौ? फर्केर घर पुग्या, घराँ अघि बाङ्गे र ट्वाक बोलाउन आ थे भनेर सुनाए। बरबाद भो। के के छुटने भो अब आफ्नो।

फेरी डबली तिर पुगें। कोही छैन। सत्तेनारन थान तिर नि कोही भेटिएनन। भिमसेनथानमा पुग्या लाइबेरी अगाडी एक जोडी लम्फुदाईहरु चेस खेलिरा रेछन् अनि अरु एक हुल बेरोजगारहरु झुरुप्प झुम्मेर बसेका। ठेलठाल गरेर मैले नी एक छिन हेरें। चेस हेर्न खास मजा आएन। चल्दै नचल्दिनि गोटिहरु। खाली घोरिया छ छ। झर्को लाग्यो। अलि पर तिर शिवदाईको घर अगाडी ढल खन्न ला रे छन्। त्यहाँ पनि पाँच छ जना जति भेला भैसक्या। त्यतै लागें। एक छिन भा थ्यो ढल खनेको हेर्या, दुर संचारको पिक आएर मन्दिर अगाडी रोक्यो।

त्यो पनि छुटाउन भएन। कस्ले टेलिफोन जडन लायो। नम्बर कति हुने हो त्यो घरको। अनि त्याँ खम्बामा अब कतिवटा लाईन खालि छ त्यो सबैको जानकारी राख्नै पर्यो। लागें खम्बा तिर। त्यहाँ पनि म जस्ता भेला भै हाले।

हेर्दै थिएँ एउटाले कुममा हात राख्यो। यसो हेर्या छ्याक रे छ। झ्यालिन्चा पनि सँगै। "कस्को घराँ जडन ला रे छ?" छ्याकले सोध्यो। "खै त्यो उपसचिबको घराँ रे" मैले नी बुझ्या कुरो सुनाईदिएँ। "नम्बर कति रे?" छ्याकलाई कत्ति न उसैले फोन गर्ने जस्तो नम्बर चाहियो। "त्यो घराँ त केटी नै छैन, नम्बरको के मतलब?" झ्यालिन्चाले पिच्च थुकेर भन्यो। कुरा त झ्यालिन्चाले ठिक गर्या हो।

"हिन उता पोखरी तिर जाम" छ्याकले भन्यो। म पनि निस्केँ टेलिफोन जडान अवलोकन हुलबाट। "के गर्न चेपागाँडा समात्न?" मैले भन्दा पैला झ्यालिन्चाले सोध्यो। छ्याकले घुरे पछि झ्यालिन्चा चुप लाग्यो। "हिन त" मैले पनि भनें। केई काम थिएन, के त नी? भात भरखर खाकै थ्यो।

"जान्न म त पोखरी सोखरी तिर, बरु बिशालनगर तिर जाम न" झ्यालिन्चाले भन्यो। "किन त्यै डेढीलाई हेर्न?" यस पटक छ्याक जाईलाग्यो झ्यालिन्चा माथि। "छ डेढी तँलाई भनेर, आफ्नो अनुहारमा छर्रा गोली लाग्या था छैन अझ" झ्यालिन्चा भडकियो। अब बिशालनगर तिर गएर छ्याक र मलाई केई न केई। झ्यलिन्चालाई मात्रै फाईदा हुने काम किन गर्ने? बरु पोखरी तिर गयो, सबैको उही ताल। मैले पनि पोखरी तिरै जानेमा बल गरें। मन लागि नलागि झ्यालिन्चा पनि पछि लाग्यो।

लामढुङ्गाँ पुगेसी यसो रातोरातो कागज देखेर मन सिरिङ्ग भै सक्या थ्यो "बच्छी मबिया" झ्यालिन्चाको स्वर एक्कासी कानमा ठोक्कियो। मारोगीले झम्टेर बिसको नोट उठायो। अब भयो भएन बबाल? उस्ले बिस गाँठ भेट्टायो, अझ बच्छी मबिया भन्छ। हामी चै के गर्ने?

"अहिले मबिया भन्दा त एक हुक दिन्छु अनि" छ्याक गर्जियो।

"भेट्या मैले हो क्यारे" झ्यालिन्चाले बिसको नोट च्याप्या मुठी अरु कसेर भन्यो।

"पोखरी तिर जाउँ भनेर कस्ले भन्या? तँ त डेढपाउ हेर्न जान ला थिस" छ्याकले कुरा ल्यायो। "अनि के त? मैले पनि पोखरी तिरै जाने कुरा नगर्या भे भेटथिस तैलें पैसा? कुरा गर्छ" मैले पनि थपें। ठुलो बिबाद भो। हातै हालाहाल होला जस्तो। झ्यालिन्चा एक्लैको केही लागेन, छ्याक र मेरो अगाडी। त्यो पैसामा हामी तिनजना बुढानिलकण्ठ जाने भईम। जाने आउने भाडा र च्या पाउरोटी धान्छ भन्ने ठहर भो। झ्यालिन्चाले सपनामा कहिले हो बुढानिलकण्ठ गाको देख्या रे भनेर त्यै नगैइ भएन उस्लाई। "सपनामा नारनथान देखेर के भो त?" भन्या "त्यसरी सपनामा देखेको भन्या देउताले बोलाको रे क्या" उस्ले भन्यो। कत्ति न नारन उसैलाई पर्खेर बस्या जस्तो।

अब बुढानिलकण्ठ जाने सवारी समात्न कि त जमल तिर पुग्नु पर्थ्यो कि माराजगंज। बिशालनगर तिर बाट हुंदै माराजगंज जाने भैयो। झ्यालिन्चाको बिशालनगर जाने रहर पनि पुरा हुने बाटो पनि काटिने। तरुनी सँग देखा देख भएन, बिशालनगरमा। एक छिन अलमल गर्ने, सिट्ठी बजाउने जे गरे नी तरुनीको दर्शन भएन। भरे फर्केर आउँदा पनि यतै बाट आउँला भन्दै झ्यालिन्चालाई सम्झाए पछि बल्ल मान्यो।

माराजगन्जमा पुगेसी बस आयो। पुगियो बुढानिलकण्ठ। खास भिड थिएन। नारन सँग त खासै लेनदेन थिएन बरु बिचरण गर्दै गरेका केही बालाहरु तिर हेराई बिसाईयो। चिया नास्ता पनि ठिटीहरु भाकै पसलमा गर्नु पर्यो। के गर्ने? हामी खाँदै हेर्दै गर्दै थिम झ्यालिन्चाको एउटी सँग खुबै आँखा जुधे। त्यो ठिटी सपरीबार आकि थिई जस्ति देखिन्थी। झ्यालिन्चा निक्कै जोस्सेको थ्यो। ठिटी आफन्तहरु सँगै पसलबाट निस्किइ उस्का उठेका हेराई झ्यालिन्चामा निमेष भर राखेर ओराली अनि लजालु मुस्कान पनि फ्याँकि झ्यालिन्चा तिर। अघोरी पनि उठ्यो। ठीटीको पछि लाग्नै लाथ्यो, मैले "ए, ए, ए यहाँको पैसा चैं कल्ले तिर्छ नी?" भनेसी अघि त्यो बिस बाट भाडा तिरेर बाँकि भा बार्ह चौध रुप्या कति थ्यो म तिर फ्यात्त फ्याँकेर निस्कियो।


"झ्यालिन्चाले त तरुनी भेट्टायो यार" छ्याकले दिक्क लागेको स्वरमा सुनायो।

"अब उ बुढानिलकण्ठले बोलार आको, हामी यत्तिकै, तरुनी उस्ले नभेटे कस्ले भेटछ त?" मैले नी आफैलाई सान्तवना दिएँ।

"बुढानिलकण्ठ पनि हुँदा हुँदा अब लमिको काम गर्न थाले छन त?" छ्याकले हाँस्दै सोध्यो।

हामी खाई सकेर पसल बाहिर आउँदा झ्यालिन्चा देखिएन। बस जानलाई ढ्याङ्ग ढ्याङ्ग गर्दै थियो। ओरालो तिर अलि अलि गुडदै पनि। छ्याक र मैले हेराहेर गरिम। अनि दौडेर चढिम बसाँ। बाँसबारीमा आए पछि मैले सोधें छ्याकलाई, "अब कसरी आउँछ यार झ्यालिन्चा? त्यो सँग त गाँठ पनि छैन"

छ्याकले ढुक्क सँग भन्यो "आईहाल्छ नी -- हामीजस्तो हो र? उ त नारनले बोलार पुग्या बुढानिलकण्ठ --सके पुस्पकबिमानमा आउला नभए गरुडमा आउँछ भरे।"

******************

 

Last edited: 28-Apr-08 12:30 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-28-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप पर्भो जदौ,
फेरी अर्को मनोरन्जन छिट्टै ल्याउनु भाको मा धन्यवाद,
साह्रै रमाइलो छ,(80's flashback) भन्दा हुन्छ,तेती खेर टोल भरी को खबर राख्नु पर्थ्यो हाम्लाई नि। 
अनी पैसो पाउनु त लटरी पर्या जस्तै हुन्थ्यो। "बच्छी मबिया" धेरै पछी सुन्न पाइयो रमाइलो लाग्यो।

 


 
Posted on 04-28-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आईहाल्छ नी -- हामीजस्तो हो र? उ त नारनले बोलार पुग्या बुढानिलकण्ठ --सके पुस्पकबिमानमा आउला नभए गरुडमा आउँछ भरे।"


 
Posted on 04-28-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramro. kati lekhna janya bhanya. How do you create all those characters and their names? it's just fantastic.


 
Posted on 04-28-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बुढानिलकण्ठ पनि हुँदा हुँदा अब लमिको काम गर्न थाले छन त?"

मैले चिनेको एकजान बाजे हुनु हुन्थ्यो लमिको काम गर्ने अनी नाम चै बुढानिलकण्ठ

बाजे ले यो पढ्नु भयो भने लौ म त अंरिका सम्म प्रख्यात रहिछु भन्नु हुन्छ होला।

Last edited: 28-Apr-08 12:48 PM

 
Posted on 04-28-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोस्ते, कथा त बब्बाल गैरा'रछन्त । यतिकै हौ कि आउँदैछ दीप ज्यू । स्वस्ति गरे ल ।


 
Posted on 04-28-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दाजु, कोस्ले टेलिफोन जोड्यो, कोस्ले ढल जोड्यो - कोस्ले फुटायो, टोल भरिको समाचार updated हुन्थ्यो नि।
मदिसे को चट्पट्(सित्तैको) कुन ट्याम को मिठो, सब जानकारी हुनी।
लौन दिपिका ज्यु, आफ्नै मान्छे लमी रइछन, हाम्रो नि उद्दार गरिदिनु पर्‍यो लौ।


 
Posted on 04-28-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा झ्यालिन्चा
 
Posted on 04-28-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-28-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How come "झ्यालिन्चा" was missing in all the previous incidents (accidents).

 


 
Posted on 04-28-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बुढानिलकण्ठ पनि हुँदा हुँदा अब लमिको काम गर्न थाले छन त?"
 
Posted on 04-28-08 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba vane sajha chhireko majja aayo la
 
Posted on 04-28-08 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Very funny!U r good in writing comedies.More pls...........


 
Posted on 04-29-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्यालिन्चा झ्यालिन्चा भन्दै हिन्ने न्युरल त के हो झन झ्यालिन्चा आको बेला बेपत्ता?


 
Posted on 04-29-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep,

jhan mero special request maa yo pesh bhaako belaa jhyaalinchaa title dekhesi reply garna pani birsechhu...  chhyamaa prabhu!  tyo tyaaam maaa jhyaalincha ko puchhar maa dhaago le baadhera udaako yaaad pani na-aayeko chahi hoina ek chheen ta.... ....CHHYAAK ko naam ko pachhaadi ko rahasya aaja fist tyaam khuleko jasto laagyo... ..

baru kramashaha: garam hajur .....  asahaya bhaisakyo

Thanks.

 


 
Posted on 04-29-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नारन सँग त खासै लेनदेन थिएन बरु बिचरण गर्दै गरेका केही बालाहरु तिर हेराई बिसाईयो।"

"बुढानिलकण्ठ पनि हुँदा हुँदा अब लमिको काम गर्न थाले छन त?"

सदा झै यो कथा नि रमाइलो लाग्यो।


 
Posted on 04-29-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा.. बुढानिलकन्ठ लमि रे

झ्यालिन्चा त समातेर पुछ्छरमा धागो बनाएर उडाइन्थ्यो न्यूरलले भने जस्तै, अनि अर्को एउटा 'चा' हुन्थ्यो नि काठमान्डुको खेत तिर ( उहिले धान खेत हुने ताक) 'बुइँचा' भन्ने हरियो रंगको फट्याङ्ग्रो, कसैलाई याद छ?


 
Posted on 04-30-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्यालिन्चा लाई भनेर समय दिने सबै साथीहरु प्रति हार्दिक आभार।


 
Posted on 04-30-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awsome as ever,
 
Posted on 05-02-08 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep ji,

i enjoyed every bit of it.. you have crafted the memories, adding your special flavour.. you are a master of these..
i was not in any mood of reading anything, .. came to your thread.. and found myself repeating this thread.. 3 times..
"त्यो घराँ त केटी नै छैन, नम्बरको के मतलब?" झ्यालिन्चाले पिच्च थुकेर भन्यो।
a great lively expression....
wah deep jyo wah...!!


 
Posted on 05-04-08 5:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deepji,

Awsome ,खोइ के भनौँ के भनौँ !!!!!!शब्दै पाइन पेट मिची मिची हाँस्नु को अर्को बिकल्प रहेन ।


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters