[Show all top banners]

Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यात्रा , मन र फुल
[VIEWED 11378 TIMES]
SAVE! for ease of future access.
Posted on 01-06-10 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यात्रामा म
एक्लो तर निर्बिकल्प हैन
साथ छ मस्तिस्क मा
तिता -मिठा
अतित अनी निबर्तमानको


बिस्राममा एक छिन
हराउन मन हुन्छ
भाग्न रहर
 
मन भरीका फाटाहरु सिलाएर
म पनि छाती चौडा गरु कि
गाडीको तिब्र गती जस्ताइ
जिन्दगीको रफ्तार समाउ कि


रफ्तार मा उत्तेजना हुनेछ
मन र मस्तिस्क को समायोजन को खाचो पर्नेछ
मन हराएको धेरै भो
मस्तिस्क एक्लै ले यो भार कसरी थेग्ने हो


म एउटा मन खोज्दै छु
एउटा आक्रिती सोच्दै छु
म फेरी फाटेको मन हेर्दै छु
त्यो आकृतिको लागि ठाउँ खोज्दै छु


ठाउँ मिल्ला जस्तो छ
तर प्रती प्रश्न को तगारो छ
फुल फुलेको जस्तो त्यो मन
अनी भखरै सिलाएको यो मन
त्यो फुल थिचिएला कि
माया को अभाब मा निसासिएला कि


अभाब अभाब मा रुमल्लिएको यो मन
खडेरी सरी भएर होकी
फुल खेलेको देखेर
अत्रिप्त चाहनाको स्वार्थ फक्राउदै छ
एही फुलबारिमा हराउने
सपना मोउलाउदै छ


अकास्मात सपना बाट बिउझे झै भयो
अझै काट्न बाँकी यात्रा याद
 
यात्रा मा मन र फुल सँगै भय
सुन्दर  हुन्थ्यो होला
उत्साह ले आकाश छुन्थ्यो होला


 
Posted on 01-06-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक हरफ अर्थपूर्ण छ नाराने, चोटिलो छ। अर्थ्याए सागर झै गहिरो र आकाश झै अनन्त छ । वाह् ! नाराने , वाह् !

 
Posted on 01-06-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अकास्मात सपना बाट बिउझे झै भयो
अझै काट्न बाँकी यात्रा याद 

यात्रा मा मन र फुल सँगै भय
सुन्दर  हुन्थ्यो होला
उत्साह ले आकाश छुन्थ्यो होला

waaah...



 
Posted on 01-06-10 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am speechless!!!!!!! wah wah!!!!!!!
 
Posted on 01-06-10 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


यो मन र मस्तिस्कमा भएको याद र सम्झनाहरुको भर परेर यात्रा गर्न गार्हो हुँदो रहेछ, जब जब अतितका यादहरु मनमा सल्याङबल्याङ गरेर  सल्बलाउन थाल्छन् तब तिनीहरु अकस्मात् अतितबाट निस्केर बर्तमान बन्न चाहन्छन् । फाटिएको मनसँगै कमजोर भएको यो बर्तमान अतितका  यादहरुको कठोर प्रहारको अगाडि साह्रैनै निरिह बन्दो रहेछ। अनी त्यो अतितले मनलाई पनि खर्लप्पै निल्दो रहेछ। मन त एउटा अन्धपुजारी जस्तै त्यो अतितको गुणगानमा मस्त हुँदो रहेछ। त्यसैले यो फाटिएको मनलाई समयको ओखतीको लेप लगाएर यात्रामा अघी बढ्नुको कुनै बिकल्पनै छैन। मनहरु फाटिन्छन्, जोडिन्छन् अनी फेरी फाटिन्छन्। तर फुलसँग अबको यात्रा फाटिनु हुँदैन समयचक्रमा जिन्दगी नफाटिएसम्म। नत्र फेरी एउटा बर्तमानले निर्मम प्रहार गर्ने छ, अतितका यादहरु भएर। त्यसैले अबको फुलसँगको त्यो यात्रा आफु पनि फुलनै भएर पार लगाउनु पर्नेछ, काँडा भएर फाटिन दिनुहुदैँन। 


 


 
Posted on 01-07-10 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अती नै राम्रो लाग्यो ,प्रसम्सा गर्न  नयाँ शब्द कहाँ खोजने होला ,पुरानासब्द हरु फिका भये |


 
Posted on 01-08-10 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldai, perfectionist,santosh, GT guru, CountryRoad: thank you very much!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters