[Show all top banners]

gaurisharma
Replies to this thread:

More by gaurisharma
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वास्तवमा यो कुनै पूर्व-िऩ़योिजत प्रयास िथएन

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 15633 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-14-12 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणीय िमत्रजनहरू,

अमेिरकी सदनका पहिलो नेपाली उमेदवार दर्शन रौिऩयारजी कनेक्टिकटमा आउनु हुदा सम्पूर्ण
नेपालीको प्रितष्ठा स्थापना गर्ने प्रयाशंमा हौसला प्रदान गर्ने उद्देश्यले त्यहीदिन बिहान मैले चार हरफ कोरेको थिए । मलाई अत्यन्तै मन पर्ने लय
भरो हँुदा प्रसॅग नमिल्ने भएपनि उपस्थित स्ोतागणलाई कर्णप्रिय होला भन्ने उद्देश्यले सिरानमा राष्ट्कवि स्व. माधव घिमिरेको वैशाख
कविताबाट लिएको थिएं । त्यों कुरा कविता वाचन गर्नुभन्दा पहिलेनै मैले उपस्थित जनसमुदा़य
समक्ष इमान्दारीपूर्वक अवगत गराएको थिएं ।
त्यों चार हरफ कविता कतै छपाई प्रचार-प्रसार गरी नाम कमाउने उद्देश्यले लेखिएको
पवित्र थिएन । खाली उहाँको फण्डरेजिगंमा सघाऊ पुगोस भन्ने उद्द







 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-15-12 6:18 AM     [Snapshot: 206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 15-Jun-12 11:03 AM

 
Posted on 06-15-12 6:24 AM     [Snapshot: 170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वांकी अंश-
़़़उद्देश्यले लेखिएको पनि थिएन । खाली दर्शनजीको फण्डरेजिगंमा सघाउ पुगोस भन्ने उद्देश्यले मात्र उक्त कविता वाचन गरिएको थियो। पछि दर्शन रौनियारजीले त्यो कविता मलाई मन पऱ्यो दिनुहोस् म फेसवुकमा राख्छु
भन्नुभयो । अनि मैले त्यसलाई नामन्जुर गर्नु
उपयु


 
Posted on 06-15-12 9:10 AM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

़़़उपयुक्त ठानिन । ती कविताका पंक्तिहरूले उहाँको निर्व्ाचन अभियानमा केही सघाउ पुग्छ
भने ठीकै छ भन्ने विचारले त्यो कपि उहांलाई
दिई दिएं।
त्यत्रो प्रसिध्द कविको लोकप्रिय कविता अाफ्ननो भनेर छपाउने ध्रिॅष्टता अवश्य पनि मैले
राखेको थिइन ।तर सं़़़योगवश पहिलो पंतिलाई साभार लेखी दोस्रो पंक्तिमा मात्र रच़़यिता भनेर लेखिनु पर्नेमा सो कुरा हतारमा छुट हुन गई भ्रम सृजना हुन गएकोमा ़यस प्राविधिक त्रुटीका लागि
क्षमा याचना गर्दै उक्त कविताको पहिलो पंक्तिलाई "साभार" रुपमा लिइ दिनुहुन सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
साथै साझा़़़़,कम नियमितरूपमा हेर्न्े मौका नपरी यो भुल-सुधार लेख्न ढिला भएकोमा र टाइप गर्दा बीच-बीचमा खण्डित हुन गएकोमा
समेत क्षमा प्रार्थी छु ।
-गौरीश्वर शर्ा



 
Posted on 06-15-12 9:50 AM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

गौरिश्वर सर,

साझामा आएर हामीलाई आफ्नो जुन स्पष्टोती दिनुभयो यसको लागि यहाँलाई धन्यवाद ! हामीले चाहेको पनि यही हो, अज्ञानताबस वा कहिलेकाँही जानाजान पनि गल्ती हुन्छ, तर दु:खको कुरो के भने हामी नेपालीमा गल्तीलाई स्वीकार गर्ने संस्कार पटक्कै छैन । हामी मध्ये कसैले पनि यहाँको चरित्र हत्या गर्न खोजेको होइनौ । हामीले त एउटा श्रस्टाको सिर्जनाको हत्या हुनबाट रोक्न खोजेका मात्र हौ । यहाँले आफ्नो गल्ती महसूस गरेर र त्यसलाई यहाँ अभिव्यक्त गरेर हाम्रो कदममा जुन साथ दिनुभयो त्यसको लागि फेरि पनि धन्यवाद अनि शुभकामना !

 
Posted on 06-15-12 10:33 AM     [Snapshot: 440]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले त भनेको थिए एकतर्फी मब मेन्तालिटी को भरमा कसैलाइ दोषी मान्न मिल्दैन भनेर| आखिर गौरी सरले कविता बाचन गर्न अगाडी अवगत गराउनै भएको रैछ | वहालाइ के थाहा कि वहाले लेखेर ल्याउनु भएको कागजको प्रतिलिपि दर्शनजीले लिनु हुन्छ  अनि फेसबुकमा राख्नु हुन्छ  अनि साझामा येत्रो तमाशा हुन्छ भनेर ? त्येस्तो हुने थाहा भएको भए पक्कै पनि सोर्स खुलाएर लेख्नु हुन्थ्यो होला 
 
येस्मा माफी माग्नु पर्ने त थिएन तर क्षमा याचना गरेर तपाइले आफ्नै बडप्पन देखाउनु भयो 
 
धन्यबाद

 
Posted on 06-15-12 10:42 AM     [Snapshot: 452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्कवि स्व. माधव घिमिरे ??? हाम्रो नेपाल स्वर्ग जस्तो छ भन्दैमा नेपालमा बस्ने मान्छेलाई स्वर्गबासी भन्न मिल्छ ? Just kidding.. but Rastrakavi Madhav Ghimire is alive . I hope he will remain healty and strong with us for many more years and we will be able to inspire and encourage ourselves by reading his new creations.

Anyway, Thank you for the clarification.





 
Posted on 06-15-12 10:44 AM     [Snapshot: 466]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बास्तवमा माफी त तपाइले होइन, बरु काम कुरोको केरफेर नगरिकन, भएको कुरो के हो नबुझिकन कसैलाई चोरको संज्ञा दिन हतार गर्ने, चरित्र हत्या गर्ने प्रयास गर्ने अनाम साहित्य प्रेमी को जमातले उल्टो तपाइँसंग माफी माग्नु पर्ने हो. 
 
अस्तु 


 
Posted on 06-15-12 10:49 AM     [Snapshot: 485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिथिन्क सर,

बिल्कुलै गलत !

हामीले साझामा जे गर्यौ अथवा कम्तीमा मैले जे गरे त्यो एकदम नापेर, तौलेर, जोखेर गरेको थिए । त्यो बिल्कुल तमाशा थिएन, त्यो बिल्कुल हुल्लडबाजी थिएन र त्यो एकदम आवश्यक थियो ।

गौरिश्वर सरले आफ्नो गल्ती महसूस गरेरै यति लेख्नुपर्ने आवश्यकता देख्नुभयो र लेख्नुभयो । अनि उहाँले आफ्नो गल्ती महसूस गरेकै देखेर मैले सद्भावका दुई शब्द व्यक्त गरेको हुँ न कि उहाँले केही गल्ती गर्नु भएको रहेनछ भनेर ।

अन्तमा लेखक स्वयमले आफ्नो गल्ती महसूस गरिसक्दा पनि यहाँले भने अनावश्यक रुपमा बचाव गरिरहेको देख्दा मलाई उदेक लागेको छ । अझ सिधा शब्दमा भन्नुपर्दा म यहाँको लिडे पारा देखेर आजित भैसके । यसैले मलाई यहाँसँग कुनै बहस गर्नु छैन ।

धन्यवाद !

 
Posted on 06-15-12 10:58 AM     [Snapshot: 485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with what GT wrote above and disagree with rethink. I doubt if Mr. Gaureswor will ever come to apologize if there wasn't any debate about the poem on sajha. He needed to apologize, and he did it. Excuses (for increasing fun-raising, in a hurry, etc.) are never justified for cheating; please try to do that for your class assignments and see what happens next. It is never late to apologize and it is more than a TECHNICAL error. How on earth can one dare to write poem by copying the lines from the reknowned poet? Did he never think twice before doing so? If it was done in a hurry, he could have written a comment in the same facebook post. Anyway, I don't want to drag you further, and I applaud you for your courage to be able to come out and APOLOGIZE. I hope this would be a lesson for others.

 
Posted on 06-15-12 11:01 AM     [Snapshot: 512]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm with rethink on this one! It is Gaurishankar's good gesture that he clarified the scenario when he clearly didn't need to. Just because he felt that it was a mistake doesn't warrant that it is his fault.

GT like you meticulously wrote above on how  "We Nepalis have the habit of not admitting to our mistakes" and I think you quickly forgot that it applies to you as well. How is it GauriShankar's fault when he has clearly stated that he'd revealed his sources during his recitation. It is us, who scrutinized and  quicky resorted to or almost resorted to calling him a thief without any credible evidence. I see this "holier than thou" attitude pretty irritating in sajha once in a while.

If anything, you and others, who were so sure that a theft had occurred, man up and apologize! You will not  be a lesser of a Man.



 
Posted on 06-15-12 11:04 AM     [Snapshot: 544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाइहात कबि | 

मलाई अत्यन्तै मन पर्ने लय भरो हँुदा प्रसॅग नमिल्ने भएपनि उपस्थित स्ोतागणलाई कर्णप्रिय होला भन्ने उद्देश्यले सिरानमा [राष्ट्कवि स्व.??? माधव घिमिरेको] वैशाख कविताबाट लिएको थिएं ।

यसैबाट थाहा हुन्छ यो कविको स्तर | जिबित कविलाई स्वर्गिय भन्ने ?

 
Posted on 06-15-12 11:10 AM     [Snapshot: 512]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिवोलोजी टाइगर मित्र 
 
गौरी सरले जवाफ दिन अगाडी तपाइले टिप्पणी गर्नु भएको प्रश्न जायेज छ| 
 
तर अहिले सत्य तथ्य सबै बुझी सकेपछि पनि वहाको भुल हो भन्नु गलत लाग्छ| 
 
बाचन गर्नु अगाडी त वहाले सबैलाई अवगत गराउनै भएको रहेछ| बाचन गर्नको लागि आफैले लेखेर ल्याएको कागजमा पनि कोसले के लेखेको हो भनेर साभार गरिराख्ने जरुरि पनि त केहि थिएन| तर सोहि कागज दर्शनजीले माग गर्दा नदिनु पनि त ऊचित भएन
 
कसैको भुल छ भन्नु परेमा परिस्थितिको भुल भन्नु पर्ने हुन्छ अनि ती अनाम साहित्य प्रेमीहरु जोसले कुरा नबुझी अरुलाई चोर भन्न हतार गरे

 
Posted on 06-15-12 11:16 AM     [Snapshot: 545]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with GT bro.. and with rethink in some extent. पुरा कुरा थाहा नभई "चोर" भनिहाल्न नहुने हो..  उहाँले वाचन गर्दा कविको नाम उल्लेख गर्नु भयो तर लेखेको पानामा थिएन भने यो अपराध होइन गल्ती हो ... गल्तीको माफी उहाँले माग्नैपर्थ्यो  र  माग्नु भो पनि !! ठिक गर्नु भो .. "बडप्पन" जस्तो चैं लाग्दैन है मलाई .. अनि अचार्यजी को "चरित्र हत्या" भएको जस्तो पनि म देख्दिन, कसैको गल्ति औंल्याउनु चरित्र हत्या कसरी हुन्छ ? 

जहाँ सम्म "स्व" को कुरा छ, यस्तो कुराले झन मान्छेको  आयु बढ्छ रे भन्छन् त्यहि होस्, अनि  बांचिरहुन हाम्रा राष्ट्रकविपनि , उनको नाम त नेपाली साहित्यमा अजर अमर बनेर लेखिइसकेकै  छ, भौतिक रुपमा पनि राष्ट्रकवि दीर्घ-जिवी बनुन मेरो यहि शुभकामना!!     

 
Posted on 06-15-12 11:18 AM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@" तर सोहि कागज दर्शनजीले माग गर्दा नदिनु पनि त ऊचित भएन" : सच्याएर दिनु भएको भए हुन्थ्यो नि !


 
Posted on 06-15-12 11:36 AM     [Snapshot: 612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनुर्प के तिमीले यो पढ्न भ्याएका थियौ ?

नमस्कार गौरिश्वर सर !

यहाँसँग मेरो परिचय त छैन तर पनि एउटा अनुरोध गर्न मन लागेकोले यो सन्देश पठाएको छु । अमेरिकी सदनको उम्मेद्वार बन्न लाग्नु भएका दर्शन रौनियारले कनेटिकट भ्रमण गर्दा उहाँलाई शुभकामना दिदै यहाँले जुन कविता वाचन गर्नुभएको थियो, त्यो कविता दर्शन सरले बहुत प्रेमपूर्वक आफ्नो फेसबुकमा राख्नुभएको छ । उक्त कविताको पहिले हरफ यहाँले राष्ट्र कवि माधव घिमिरेको 'बैशाख' शिर्षकको कविताबाट लिनुभएको रहेछ । कविता वाचन गर्दा यो कुरा यहाँले पक्कै भन्नु भएको थियो होला । तर दर्शन सरले फेसबूकमा राख्नु भएको यहाँको हस्तलिखित कविताको फोटोमा त्यस्तो कही देखिएन । यसैले त्यो कविता पढ्ने व्यक्तिहरुमा गलत सन्देश नजाओस भन्ने उद्देस्यले दर्शन सरको फेसबुकमा यो कुरा स्पष्ट पारिदिनुहुन्थ्यो कि ?

धन्यवाद!


के तिमीले यो बिषयमा मेरो सबै पोस्टिङ्हरु पढेका छौ ? अर्को धागो पनि छ । एक चोटि हतार नगरी सबै पढ, नबुझे दोहराएर पढ, त्यति गर्दा पनि बुझेनौ भने मलाई सोधे पनि हुन्छ ।

अनि त्यसपछी तिम्रो राय सल्लाह देउ । के तिमीलाई साँच्चिकै मैले गल्ती गरे जस्तो लाग्छ ? के तिमीलाई मैले बोल्नै नहुने कुरा बोले जस्तो लाग्छ र के तिमीलाई साँच्चै मैले माफि माग्नुपर्ने जस्तो लाग्छ ?

अँ साँच्चै दर्शन रौनियारको फेसबुक पेज पनि हेर्न नबिर्सनु ।

 
Posted on 06-15-12 11:41 AM     [Snapshot: 595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गल्ति यहाँ न त गौरिश्वर जी को देखियो न त उहाँको " भूल बस " हुन गएको त्रुटीको . आफ्नो हेल्चेक्र्याई को लागि माफी मागेर उहाँले आफ्नो इज्जत बढाउनु भएको छ .

तर आफ्नो गलत र कु-तर्क लाइ अझै जायज र स्थापित गर्ने धृष्टता गरेको देख्दा उदेक लागेको छ . गौरिश्वर सर संग  रि-थिंक जी को के मोह हो ? अझै प्रतिरक्षा गर्दै हुनु हुन्छ .

स्व. माधव घिमेरे नि भूल बस लेखेको हैन - भन्नुस न अब . जिउदा राष्ट्रकबि मरे कै हो, यसलाई पोजिटिभलि लिउं भन्नुस .
एउटा कु-तर्क को प्रतिरक्षाको लागि हजार कु-तर्क गर्दै हुनु हुन्छ तपाईं .

जजसले यो घटनाको बारे कुरा उठाए, कसैले पनि गौरिश्वर सर ( अध्यक्ष ज्यू ) को चरित्र हत्या गर्ने उद्देश्यले गरेको हैन जस्तो लाग्छ . हाल सालै साहित्य चोरी को घटना तीब्र भाकोले साहित्यप्रेमी जमातले प्रसंग उठाएको मात्र हो .

र अनाम साहित्य जामत को प्रश्न को सवाल छ . अनाम नै सही साझाका  धेरै साहित्य प्रेमीहरु बदनाम छैनन् . यो अनाम भित्र धेरै नामहरु छन् .

धेरै साहित्यकारहरु को स्तर -सुनाम धारी साहित्यिक जमात भन्दा उच्च छन् . केही साहित्यअनुरागीहरु त अझ वरिष्ठ साहित्यकारहरुको पंक्ति मा उभिएका छन्.

Last edited: 15-Jun-12 11:42 AM

 
Posted on 06-15-12 12:51 PM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाहि गौरी र रिथिंक एउटा सिक्काको दुई पाटा झैँ लाग्यो है, ध्याउ गर्दा नि सपोर्ट र ठ्वास्स गनाउने पाध्दा नि 
 
Posted on 06-15-12 3:12 PM     [Snapshot: 790]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मलाई त GT  ले लेखे गौरीशंकर लै लेखेको पत्र त ठिकै  जस्तो लाग्छ, त्यो पत्रमा जिज्ञासा छ तेत्ति हो, संका लागेर सोध्न त पाइन्छ नि होइन र.
अब गौरीशंकर जी ले जबाफ दिन ढिला गर्न भो तेसैले जनमत तयार गर्न GT  ले साझा मा राखेको होला, तेत्ति हो
राष्ट्र कबि को कविता बाट प्रेरित भएर गौरीशंकर जी ले कविता लेख्नु भएछ, राम्रै भो , बाचन गर्दा नाम लिन भएछ राम्रै भो, तर अब GT  त्यहाँ थिएनन्, उनलाई शंका लग्यो, अब संका लागेपछि सबै भन्दा पहिला सोध्ने कविता बाचक लाई नै हो, GT  ले सोधे, के बिराए त
गौरी शंकर जी ले जबाफ दिन ढिला गर्नु भो, हाम्रो नेपाल मा  भन्छन नि मौन स्वीकृति लक्च्यानम भनेर. तेही ठानेर  होला GT  ले साझा मा पोस्ट गरेको (  मैले अन्दाज गर्या  नि फेरी) 

म  पानि कहिले कहिँ रिस उठ्या बेला कविता कोर कार पार्छु तर नारायेन  गोपाल को गीत काली प्रसाद को सब्द 
आँखा छोपी नरोउ  भनि भन्न पर्या छ 
मुटु माथि ढुंगा राखी हास्नु पर्या छ
बाट प्रेरित भएर मैले

दुख  छोपी नरोउ भनि भन्न पर्या छ
चिउरा माथि छोएला राखी खान पर्या छ  

भनेर लेखे भने म  कबि हुन्छु र





 
Posted on 06-15-12 4:19 PM     [Snapshot: 857]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I didn't comment earlier because I didn't think it should be dragged further, but with ongoing debate I am compelled to put my two cents.

When this poetry "theft" was first reported, this was my immediate comment:
"You didn't goto the event and didn't see the recitation of the poem, so you cannot blindly blame the author. Maybe prior to the poem recitation, he mentioned that he took the first few lines from our Rashtra Kavi. ..."

As I had guessed, the poet had correctly acknowledged the Rashtra Kavita at the recitation. There were few unfounded blames and mockery, but most of the posters, including GT, didn't really blame blindly. It was an outcry for literary justice, and justice was served.

Gaurishwar jee has come forward and accepted his mistake even though the one he committed wasnt grave, specially since he acknowledged the source. he didn't send that poem for publishing, it got posted in FB, and his failure to correct it at that time is a forgivable mistake, specially since he apologized.
That should be the end of story. Anything further is mindless, ego bashings.

One thing we should learn, is to try to give benefit of doubt. Unless and until you have the whole story, you can only question, not outright blame.
 
Posted on 06-15-12 4:30 PM     [Snapshot: 790]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठिक छ, गौरीजी । गल्तीलाई गल्तीका रुपमा स्वीकार गरि साझाको हाम्रो छलफलको विषयमा सहभागी हुनुभयो, यसको लागि तपाईंलाईधन्यवाद । सबभन्दा पहिले त गल्ती नगर्नु नैं बुद्धिमानी, भइहाल्यो भने त्यसलाई सच्याउनको लागि पनि एउटा आँट चाहिन्छ, जुन तपाईमा रहेछ । हामीले चाहेको पनि त्यत्ति थियो । नत्र मैंले त तपाईंलाई त्यो पाण्डुलिपीको पानामा रहेको फोन नंबरमा डायल समेत गर्न लागेको थिएँ । धन्न तपाईंले साझाको छलफलमा आएर माफी माग्नुभो । नेपालमा बौद्धिक र शिक्षित भएर धेरथोर नाम कमाइ अमेरिका आएका व्यक्तित्वहरुले कमसेकम अर्काको कृतिका केहि हरफ गल्तीवश, भूलवश, प्राविधिक
समस्याले, हतारमा आफ्नो कृतिमा हाल्ने काम नगरौंन यार । कुरै खत्तम नि, हैन ?
रामै्रकुरा पनि गलत तरिकाबाट गर्योभने कस्तो परिणाम आउनेरहेछ भन्ने कुराको एउटा सानो भन्दा सानो दृष्टान्त हो यो । हेर्नुस् त कस्तो बोर भो, न दर्शनजीलाई कविता लेखेर खुशी पार्न सक्नुभयो, न अर्काको चार हरफ आफ्नोमा हालेर लेख्दा तपाईंलाई नै सन्तुष्टि प्रदान गर्यो । अनि महाशय कृपया जिउँदो मान्छेलाई अनायसै स्वर्गीय नबनाइदिनुहोला । माधवप्रसाद घिमिरे अहिलेसम्म जिउँदै हुनुहुन्छ, आफ्नो जीवनका सम्भवत अशिऔं दशकका वर्षहरुमा हिडिरहनुभएको छ । दर्शनजीले त आफ्नो फेसबुक पेजबाट त्यो कवितालाई हटाइ नैं दिनुभयो ।
हामीले जे जति छलफलहरु गर्यौं त्यो सवै एउटा प्रवृत्तीको विरोधमा गरेका थियौं, कुनै व्यक्ति विशेषलाई तारो बनाएर प्रहार गरेको नठान्नुहोला । नाजायज कुरामा हामीले गलफत्ती कत्तीपनि गरेका छैनौं । हामीलाई थाहा भएको विषयमा जेठो, माइलो, काईंलो, ठाईलो, अन्तर, जन्तरे, पानी मन्तरे, दुध मन्तरे, काले, भाले, निगाले अथवा यीनका स्त्रीलिंगी जेठी, माइली, काईली, साईंली ठाईंली, अन्तरी, जन्तरी, पानी मन्तरी दुध मन्तरी, काली, पोथी, निगाली जो सुकैले यस्तै प्रकृतिको गल्ती गरेकी भए पनि यस्तै छलफल हुन्थ्यो होला ।

रिथिंक जी तपाईंले कसलाई अनाम साहित्यप्रमीको जमात भन्न खोज्नुभएको हो । अनाम कुन अर्थमा ? तपाईंको चाहिं नाम के हो ? जियोलोजी जीले भनेजस्तै तपाईं आफ्नो लिंडे ढिपीमा बसिरहनुभएको छ र आफ्ना कुतर्कलाई ढाकछोप गर्न अरु थप कूतर्कका श्रृंखलाहरु बन्दैहुनुहुन्छ ।

यो कुराकानीलाई लम्बेतान गर्न मन छैन, बिट मार्नुअघि गौरीश्वर जीले कविताको पाण्डुलिपीमा साभार माधव घिमिरे लेख्न विर्सनु भएछ भन्ने कुरालाई तपाईंले नैं
भनेपछि मैंले माने । त्यो कार्यक्रमको भिडियो वा अडियो रेकर्ड यदि छ भने पोष्ट गर्नुसन, हामी पनि सुनौं न, एकैछिन रमाइलै होला, एकदुइवटा नयाँ कुरा थाहा पाइएला ।

Last edited: 15-Jun-12 04:46 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters