_____
Replies to this thread:
More by _____
What people are reading
Subscribers
Please log in to subscribe to _____'s postings.
:: Subscribe
|
[VIEWED 4478
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 08-06-12 7:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तोडमरोडमा सेनाको इतिहास
सुन्धारास्थित आर्मी अफिसर्स क्लब, १७ साउन। कार्यक्रम नेपाली सेनाको इतिहास पुस्तक विमोचन । जंगी अड्डाले उक्त पुस्तक राष्ट्रपति रामवरण यादवबाट विमोचन गर्ने तयारी गरेको थियो तर अन्तिम समयमा राष्ट्रपति घुँडाको समस्या देखाएर त्यहाँ गएनन्। उनले शुभकामना पत्र मात्र पठाए। कार्यक्रममा नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले राष्ट्रपतिको पत्र वाचन गरे।
राष्ट्रपति यादवको त्यस पत्रले अर्कै संकेत गररिहेको थियो। कारण, एकातिर प्रधानसेनापति छत्रमानसिंह गुरुङ आफँैले पुस्तक विमोचन गरी नेपाली सेनाको आधिकारकि र पूर्ण इतिहास ल्याएको दाबी गर्दै थिए भने अर्कातिर सेनाका परमाधिपतिबाट प्रेषित पत्रमा पुस्तक आफैँमा अपूर्ण रहेको सन्देश लुकेको थियो। राष्ट्रपतिको सन्देशमा भनिएको थियो, '...इतिहासको लेखन, पुनर्लेखन भइरहन्छ। नेपाली सेनाको इतिहास पनि निरन्तर परष्िकृत हुँदै जाने विषय भएकाले यो आफैँमा पूर्ण नहुन पनि सक्छ। तर, यसले बहसका निम्ति आधार भने प्रदान गर्छ....।'
सेनापति गुरुङको तीनवर्षे कार्यकाल सकिन एक साता मात्र बाँकी रहँदा उक्त पुस्तक सार्वजनिक गरएिको हो। पुस्तकका अन्तिम ४० पृष्ठमा सेनापति गुरुङका कार्य-प्रगति लेखिएका छन्। त्यस खण्डमा ५१ तस्बिर छन्, तीमध्ये २६ वटामा गुरुङकै अनुहार देखाइएको छ। जबकि, त्यही पुस्तकमा अन्य पूर्वसेनापतिको बायोग्राफीले मुस्किलले तीन पृष्ठ पाएको छ। झट्ट हेर्दा लाग्छ, ६ सय ३३ पृष्ठको उक्त पुस्तक नेपाली सेनाभन्दा पनि छत्रमानसिंह गुरुङको व्यक्तिगत इतिहाससँग सम्बन्धित छ। किनभने, यसअघि ०६५ सालमा प्रकाशित नेपालको सैनिक इतिहास भाग-२ र ०४९ सालमा प्रकाशित नेपालको सैनिक इतिहास त्यसरी बहालवाला सेनापतिको प्रशंसाले भरएिको छैन।
सेनापति गुरुङले आफू अनुकूलको इतिहास लेखाउन पुस्तक प्रकाशित गरेको भन्ने आशंकालाई बल दिने धेरै आधार छन्। जस्तो कि, पुस्तक लेखनमा जंगी अड्डाका तर्फबाट गुरुङका बहिनीज्वाइँ नाता पर्ने उपरथी दमनबहादुर घले, जो ४ जेठमा अवकाश भइसकेका छन्, संयोजक थिए। सेनापतिका स्टाफ अधिकृत महासेनानी विज्ञानदेव पाण्डे त्यसका सह-संयोजक। पुस्तकको प्रकाशकीय भूमिकामै गुरुङकी पत्नी कमलाले पाण्डुलिपिसमेत अध्ययन गरी सुझाव दिएको खुलाइएको छ। अझ अनौठो त के भने, चार वर्षअघि जंगी अड्डाले प्रकाशन गरेको पुस्तकको प्राज्ञिक लेखक टिमका कोही पनि परेनन्। त्यसबेला इतिहासविद् तुलसीराम वैद्य र विजयकुमार मानन्धर तथा सेनाका तर्फबाट प्रेमसिंह बस्न्यात थिए। नयाँ टिममा त्रिरत्न मानन्धर, तीर्थप्रसाद मिश्र, दिनेशराज पन्त, कमलराजसिंह राठौर र भवेश्वर पंगेनी छन्।
किताबैपिच्छे फरक
नेपाली सेनाको इतिहासमा विसं १८१९ पछिको घटनालाई मात्र सेनाको आधिकारकि इतिहास मानिएको छ। त्यसमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले पाँचवटा सैनिक कम्पनी ख्ाडा गरेपछि वर्तमान नेपाली सेनाको सांगठनिक स्वरूपको सुरुवात भएको तर्क अघि सारएिको छ। तर, ०६५ मा प्रकाशित नेपालको सैनिक इतिहास भाग-२ ले त्यसभन्दा २ सय ३ वर्ष पुरानो तथ्यलाई आधार बनाएको छ। भनिएको छ, 'वर्तमान सेनाको विकासक्रम विसं १६१६ मा लिगलिगकोटका राजा द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति बनाई खडा गरेको सैनिक दलबाट सुरु भएको हो। त्यसैले नेपाली सेनाको स्थापना दिवस घटाउनु भनेको इतिहासमाथिको अन्याय हो।'
सैनिक इतिहास भाग-२ मा काजी, कमान्डर इन चिफ र प्रधानसेनापति गरी तीनथरी सेनापति भएको तथ्य पेस गरएिको छ। पृथ्वीनारायण शाहले विसं १८०० मा पहिलोपटक सेनापतिका रूपमा विराज थापा मगर नियुक्त गरेको र उनकै नेतृत्वमा नुवाकोट आक्रमण भएको उल्लेख छ। तर, नयाँ किताबमा विराजको नाम हटाइएको छ। माथवरसिंह थापाको मृत्युपछि विसं १९०२ को डेढ वर्षजति कमान्डर इन चिफ भएका अभिमानसिंह रानामगरको प्रसंग पनि अहिलेको पुस्तकमा छैन। माथवरसिंह थापापछि र जंगबहादुर राणाको उदय नहुन्जेल नेपाली सेनाका सेनापति को थिए ? पुस्तकमा केही उल्लेख छैन। जबकि, त्यही जंगी अड्डाले निकालेको अघिल्लो संस्करणमा अभिमानसिंहको नाम किटानी गरएिको छ।
यसअघिका इतिहासमा नेपाल एकीकरण अभियानका योद्धा बीसे नगर्ची, झागल गुरुङ अंगत घले गुरुङ र मुसलमानहरूको बखान गरएिको छ। तर, पछिल्लो किताबमा ती प्रसंग सबै झिकिएको छ। त्यसमा प्रधानसेनापति गुरुङको इच्छाले काम गरेको हुन सक्छ। अघिल्लो किताबलाई आधार मान्ने हो भने उनी जनजातितर्फबाट नेपाली सेनाको पहिलो सेनापति हुन सक्दैनन्। किनभने, उनीभन्दा अघि विराज थापामगर र अभिमानसिंह रानामगर सेनापति भइसकेका थिए।
त्यसो त अहिलेको पुस्तकमा गुरुङलाई जनजाति समुदायका तर्फबाट पहिलो सेनापति भनेर कहीँ लेखिएको छैन। तर, पुस्तकका अघिल्ला संस्करणमा भएका तथ्य हटाइनुलाई उनका आलोचकहरूले इतिहास मेट्ने प्रयासका रूपमा बुझेका छन्। त्यो आरोप केही हदसम्म सेनापति गुरुङका क्रियाकलापले पनि पुष्टि गरेका छन्। जस्तो कि, तीन वर्षअघि सेनापति भएको महिना दिन नबित्दै उनले काठमाडौँको छाउनीस्थित सैनिक संग्रहालय गई पृथ्वीनारायण शाहभन्दा अघिका योद्धाहरूको अभिलेख झिक्न लगाएका थिए। सैनिक संग्रहालयमा भएका तस्बिरहरूकै आधारमा ०६५ को किताबमा ती योद्धाको जीवनी प्रकाशित गरएिको थियो। अहिलेको किताबमा तिनै योद्धाहरूबारे कतै उल्लेख नहुनुले पनि सेनापति गुरुङ आफ्नो छुट्टै इतिहास स्थापित गराउने अभियानमा जुटेका छन् भन्ने अनुमान लगाउनेहरूलाई बल पुगेको छ।
अहिलेको पुस्तकमा ८ माघ ००८ को राती १२ बजे केआई सिंहको नेतृत्वमा रक्षा दलले विद्रोह गरेपछि नेपाली सेनाको आधुनिकीकरणको पहिलो फड्को भएको उल्लेख गरएिको छ। रक्षा दलको जस्तो विद्रोह फेर िनहोस् भनेरै तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला दिल्ली भ्रमणमा गई नेपाली सेनाको वृत्तिविकास र तालिम मात्र नभई सिंगो संरचना नै फेरबदलका लागि भारतीय मिसन बोलाइएको वर्णन पनि छ। पुस्तकका अनुसार भारतीय मेजर जनरलको नेतृत्वमा रहेको १ सय ५७ जनाको टोलीको बसोबास हाल सेनापति निवास रहेको शशिभवनमा गराइएको थियो। शशिभवनमा त्यसबेला प्रधानन्यायाधीश बस्ने गरेकामा उनलाई मेजर जनरल सत्यशमशेरको टंगाल भवनमा सारएिको थियो। त्यसबाहेक भारतीय सेनाको १ सय ४५ जनाको छुट्टै टोलीले नेपाली सेनाको फिल्ड कम्पनीसँग मिलेर त्रिभुवन विमानस्थल बनाएको पुस्तकमा उल्लेख छ ।
एकवर्षे म्यान्डेटका साथ आएको भारतीय टोली ०१५ सालसम्म मिसनको नाम फेर्दै नेपाल बसेको थियो। तर, पुस्तकमा भारतीयबाहेक अन्य देशबाट के-कस्ता सहयोग भए, जसले नेपाली सेनाको आधुनिकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो भन्नेबारे केही खुलाइएको छैन। ०४५ सालमा चीन सरकारबाट प्राप्त हवाई सुरक्षासम्बन्धी हतियार तथा उपकरण प्राप्त हुँदा त्यसले पारेको प्रभावबारे पुस्तक मौन छ। अन्य विदेशी निकायबाट प्राप्त सहयोगबारे खुलाइएको छैन, जति भारतीय मिसनले पुर्याएको योगदानको वर्णन छ।
इतिहास लेखिए पनि सेनाको स्थापना दिवसबारे तीनवटै पुस्तकमा किटानी छैन। एउटाले विसं १६१६ कै मितिलाई स्थापनाकाल जिकिर गरेको छ भने अर्कोले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान अर्थात् विसं १८०१ को नुवाकोट युद्धलाई आधार मानेको छ। पछिल्लो पुस्तकले चाहिँ विसं १८१९ लाई आधार मानेको छ। अहिलेसम्म सेनाले आफ्नो स्थापना दिवस शिवरात्रिको तिथिकै आधारमा मनाउँदै आए पनि त्यसबारे तीनवटै पुस्तकले केही बोलेका छैनन्।
इतिहास बंग्याउने प्रयास
सेनाको इतिहासबारेको पहिलो पुस्तक सार्वजनिक हुँदाका बखत गडुलशमशेर जबरा प्रधानसेनापति थिए। दोस्रो पुस्तक रूक्मांगद कटवालको प्रधानसेनापतित्वकालमा प्रकाशित भयो। तेस्रोको प्रकाशन भने प्रधानसेनापति गुरुङको कार्यकालमा भएको छ। यसले सेनाकै इतिहास पटकैपिच्छे लेखेर त्यसलाई आफू अनुकूल बनाउन प्रयत्न गर्ने र प्रधानसेनापतिपिच्छे इतिहास लेखाउने गलत परम्परा बसेको देखाउँछ।
इतिहासविद् पुरुषोत्तम बाँस्कोटा, जो पहिलो पुस्तक नेपालको सैनिक इतिहासको एक अध्यायका लेखक पनि हुन्, का अनुसार त्यसबेला पुस्तक निस्किँदा दरबारले राजाहरूको प्रशस्ति भएन भनेर डेढ वर्षजति बजारमा ल्याउन दिएको थिएन। तत्कालीन सहायकरथी शिवप्रसाद शर्मा, तुलसीराम वैद्य र त्रिरत्न मानन्धर सम्मिलित सम्पादक मण्डलको नेतृत्वमा नेपाली सेनाको आन्तरकि संगठनको परचिय, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाको योगदान, नेपाली सेनाले लडेका प्रमुख युद्धहरूबारे उक्त पुस्तकमा उल्लेख थियो।
त्यसमा समावेश गरएिभन्दा अलि फरक तवरमा ०६५ सालको पुस्तकमा आन्तरकि सुरक्षामा सेनाका कार्यहरू शीर्षकमा खम्पा विद्रोह, बझाङ सैनिक कारबाही, ओखलढुंगा सैनिक कारबाहीका विस्तृत उल्लेख गरयिो। कटवालको कार्यकालमा प्रकाशित उक्त पुस्तकमा ओखलढुंगा कारबाहीताका उनी सह-सेनानी भएको र उनको विशेष बहादुरीले क्याप्टेन यज्ञबहादुर थापालाई पक्रेेको इतिहास लेखिएको छ। त्यही सैनिक इतिहास भाग-२ मा पञ्चायतविरुद्ध लडेको नेपाली कांग्रेसका कार्यकर्तालाई 'आतंककारी' भनिएको छ। त्यही भएरै नेपाली कांग्रेसको पृष्ठभूमि भएका राष्ट्रपति यादवले उक्त पुस्तक विमोचन गर्न इन्कार मात्र गरेनन्, त्यसमा आफ्नो मन्तव्यसमेत दिएनन्। अन्ततः त्यो पुस्तकमा कांग्रेसलाई 'आतंककारी' भनिएको ठाउँमा 'विद्रोही' भनेर स्टिकर लगाई औपचारकिताबिनै बजारमा ल्याइयो।
पछिल्लो पुस्तकमा ००७ देखि ०६९ सालसम्मका सबै मुख्य घटनाक्रम समेटिएको दाबी गरएि पनि र अहिले माओवादीकै प्रधानमन्त्री भएर होला, १० वर्षे 'जनयुद्ध'को कुनै उल्लेख गरएिको छैन। अघिल्लोमा जसरी खम्पा, बुझाङ र ओखलढुंगाको प्रसंगलाई विस्तृतमा दिइएको छ, त्यसको तुलनामा माओवादी द्वन्द्वको कुनै घटना उल्लेख छैन। यस अर्थमा, सिंगो मुलुक आक्रान्त भएको र सेना पनि द्वन्द्वमा प्रत्यक्ष संलग्न भएको इतिहास लेख्नमा पछिल्ला दुवै पुस्तक चुकेका छन्। पछिल्लो किताबको दुई ठाउँमा 'माओवादी विद्रोह' भनेर उल्लेख छ।
इतिहासलाई आफूअनुकूल ढाल्नमा सेनापति गुरुङले पछिल्लो किताबलाई राम्रै सदुपयोग गरेको देखिन्छ। जस्तो कि, पुस्तकमा कटवालमाथिको कारबाही प्रकरणबाट सेना गुरुङकै कारणले जोगिएको भन्दै उनलाई जस दिन खोजिएको छ। यसबारे नेपालले पूर्वसेनापति कटवालसँग प्रतिक्रिया माग्दा उनले यति मात्र भने, "मैले पछिल्लो पुस्तक पढ्न पाएको छैन, त्यसबारे बोल्न मेरो नैतिकताले दिँदैन। यति मात्रै भन्छु कि मैले दुइटा हातले आँखा छोप्न खोज्दैमा दिन डुबिहाल्दैन। सत्य कुरा ढिलोचाँडो बाहिर हाइहाल्छ।"
इतिहासको विश्वव्यापी माप अनुसार ६० वर्षभन्दा पुरानो कुरा इतिहास र सय वर्ष पुरानो कुरा प्राचीन हो। तर, गडुलशमशेर हुन् वा कटवाल वा गुरुङ नै, आफ्नो कार्यकालमा आफ्नै इतिहास लेखाउने कामलाई अनैतिकताको परकाष्ठा ठान्छन् इतिहासविद्हरू। "आफ्नै पालामा आफ्नो कुरा लेखाउनु भनेको इतिहास होइन, स्तुतिगान मात्र हो," इतिहासविद् पुरुषोत्तम बाँस्कोटा भन्छन्, "सेनाजस्तो चेन अफ कमान्डमा भएको निकायको कमान्डरको निष्पक्ष इतिहास लेख्नै सकिँदैन, त्यो कमान्डको दुरुपयोग पनि हो।"
२० वर्षका बीचम्ाा नेपाली सेनाले प्रकाशन गरेका यी तीनवटै पुस्तकमा विसं २०१७ को राजनीतिक 'कू' र ०६१ म्ााघ १९ को 'कू'का प्रसंग गुपचूप राखिएका छन्। त्यस्तो राजनीतिक परघिटना, जसले शासन सत्ता र इतिहासलाई नै उलटपुलट गरििदयो, त्यसबारे किन समीक्षा गरएिन त ? पछिल्लो पुस्तकका लेखकमध्येका एक प्रा कमलराजसिंह राठौर भन्छन्, "०१७ सालको कू होस् या माघ १९, सेनाले त्यो कू भनेर स्वीकार्दैन, सेनाले वैधानिक सरकारले दिएको वैधानिक आदेश मात्र भन्छ। त्यसमाथि सेनाको इतिहास लेख्दा सेनाकै मानसिकतामा लेखिने भएकाले उसको भावनाविपरीतका कुरा सबै इतिहासमा नसमेटिन पनि सक्छन्।"
|
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 08-06-12 8:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेखक : त्रिरत्न मानन्धर, तीर्थप्रसाद मिश्र, दिनेशराज पन्त, कमलराजसिंह राठौर र भवेश्वर पंगेनी
- पहिलो जनजाति सेनापतिका रूपमा छत्रमानसिंह गुरुङलाई प्रमाणित गर्ने प्रयास।
- ४० पृष्ठमा सेनापति गुरुङको कार्य-प्रगति विवरण।
- ००७ देखि ०६९ सालसम्मको नेपाली सेनाको सांगठनिक विकासक्रम
- दुई ठाउँमा 'माओवादी विद्रोह' उल्लेख।
- सेनापति कारबाही प्रकरण आफ्नो कारणले जोगिएको जस लिन खोजिएको।
लेखक : तुलसीराम वैद्य, विजयकुमार मानन्धर र प्रेमसिंह बस्न्यात
- नेपाली सेनामा मगर, गुरुङ, ठकुरी, खस आदि सबै जाति सेनाको उच्च पदमा रहेको जिकिर।
- खम्पा विद्रोह, बझाङ सैनिक कारबाही, ओखलढुंगा सैनिक कारबाहीको विवरण।
- सह-सेनानी रुक्मांगद कटवालको विशेष बहादुरीले क्याप्टेन यज्ञबहादुर थापालाई पक्रेेको उल्लेख।
- पञ्चायतविरुद्ध लड्ने कांग्रेस कार्यकर्तालाई आतंककारी, माओवादीलाई 'विद्रोही'को संज्ञा।
लेखक : शिवप्रसाद शर्मा, तुलसीराम वैद्य, त्रिरत्न मानन्धर, भद्ररत्न बज्ा्राचार्य, तीर्थप्रसाद मिश्र, पुरुषोत्तम बाँस्कोटा, घनश्यामवरसिंह थापा
- नेपालको प्राचीन र मध्यकालीन सैनिक इतिहास उल्लेख ।
- नेपाली सेनाको नीति र व्यवस्थामा अाएको परविर्तन।
- विदेशी सेनामा नेपाली जवानहरूको खोज।
- नेपाली सेनाले लडेका प्रमुख युद्धबारेउल्लेख ।
- विदेशमा नेपाली सेनाले गरेका युद्धका सन्दर्भ।
वाद-प्रतिवाद
'इतिहास बनोस् भनेर राखिएका हुन्’
कमलराजसिंह राठौर
डीन, नेपाली सैनिक प्रतिष्ठान
धेरै सल्लाह गरेर हामीले विसं १८१९ को पाँच कम्पनी स्थापना भएको मितिलाई नेपाली सेनाको प्रस्थान विन्दु बनाएका हौं, त्यसअघिको कुरालाई पृष्ठभूमिका रूपमा मात्र पुस्तकमा राखिएको छ । विसं ००७ तिर नेपालमा हरेक हिसाबले भारत हाबी थियो । राम्ररी तालिम पनि नलिएको सेना, पेटमै जर्नेल हुने परिपाटीलाई तोड्न त्यतिखेर नेपालकै अनुरोधमा भारतीय सेना यहाँ आएको हो । त्यसो त भीमसेन थापाका पालामा प|mेन्च शैलीको पोसाक नेपाली सेनामा भित्रिएको इतिहास छ । यथार्थमा त्यो बि्रटिसहरूलाई दिन खोजिएको मनोवैज्ञानिक सन्देश मात्र थियो । तथ्य र प्रमाणहरू केलाउँदा प|mेन्चहरू स्वयं नेपाल आएर सैन्य सहयोग गरेको कहीँ भेटिँदैन ।
इतिहास लेख्दा कतिपय यस्ता कुरा पनि हुँदा रहेछन्, जसको यथेष्ट प्रमाण नपुगी बाहिर ल्याउनु राम्रो हुँदैन । अभिमानसिंह रानामगरको पनि त्यही भएको हो । उनी कमान्डर इन चिफ भए/नभएको यकिन प्रमाण जंगीअड्डामा कहीँ भेटिएन । त्यसैले उनको नाम नराखिएको हो । जहाँ अहिलेको प्रधानसेनापतिको तीनवर्षे कार्यकालको कुरा छ, त्यो ँकरेन्ट’ इतिहास हो । अघिल्ला सेनापतिहरूका पालामा तीनवर्षे कार्यकालको प्रगति विवरणसमेत भेट्टाउन गाह्रो छ । त्यसैले भोलिका दिनमा रेकर्ड इतिहास बनोस् भनेर ती कुरा राखिएका हुन् ।
'देवत्वकरण गरिनु गलत’
पुरुषोत्तम बाँस्कोटा
इतिहासविद् एवं पूर्वउपकुलपति, पोखरा विश्वविद्यालय
इतिहास सत्य र प्रमाणका आधारमा लेखिने हो । कुनै ँकमान्डर इन चिफ’ थपिँदैमा वा जाँदैमा इतिहासमा फरक आउने होइन । यो निरन्तर भइरहने कुरा हो । विकास भइरहने कुरा हो । तर, हामीकहाँ प्रलोभनमा फसेर वा अन्य कारणले कुनै व्यक्तिलाई देवत्वकरण गरिदिने काम भइरहेको छ, त्यो गलत हो । त्यो इतिहासप्रति बेइमानी हो ।
पहिले बाबुबाजेको कीर्ति राख्थे तर अहिले आफ्नै कार्यकालको बढाइचढाइ गरेर इतिहास लेख्न थालिएको छ । इतिहास लेख्न कि त ठूलो घटना हुनुपर्यो या मुख्य परिवर्तन नै हुनुपर्यो । होइन भने त्यो इतिहास नभएर प्रचार सामग्रीजस्तो मात्र देखिन्छ । चिनिएका लेखकलाई विवादमा फसाउने मात्र काम हुन्छ । यसले किताबको महत्त्व पनि घटाउँछ । चार वर्षमा दुईथरी समूहद्वारा दुईथरी इतिहास लेखिनु इतिहास नै होइन । यसले इतिहासकारकै व्यक्तिगत आँच-प्रतिष्ठामा ठूलो असर पुग्छ ।
अहिलेका सेनापतिले आफ्नो पालाभन्दा अगाडिको कुरा लेखेको भए निकै राम्रो हुन्थ्यो । त्यो बुद्धिमानी र आचारयुक्त मानिन्थ्यो । त्यसले भोलिका दिनमा राम्रो परिपाटी पनि बस्थ्यो । तर, चेन अफ कमान्ड भएको सेनाजस्तो गैरराजनीतिक संस्थाले यसरी दुई-चार जना इतिहासविज्ञलाई बोलाएर विवाद सिर्जना गर्नु ठीक होइन । सेनापतिले अहिले आफ्नो इतिहास लेख्न निकै हतार गरेको देखियो ।
|
|
|
jhilkeJetho
Please log in to subscribe to jhilkeJetho's postings.
Posted on 08-06-12 9:14
AM [Snapshot: 45]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo chhatra man gurung maobadi ko puchhar ho...
Last edited: 06-Aug-12 09:14 AM
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
TPS to F1 Status. |
Nepal TPS has been Extended !!! |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
ICE kidnapping people off the streets over op eds |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
Nepal TPS decision |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
TPS Sakiyo Tara Case is in Court. |
Supreme Court allows Trump to end TPS for Venezuelans |
#MAGA#FAFO is delicious |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
What is the purpose of an F1 student visa in the U.S.? |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Nepal Likely to Get 60-Day TPS Notice |
मुद्दा हाल्छन होला र ? |
TPS cancel bho bhane k garne? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|