|
[VIEWED 326909
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
| |
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन प्रभु !! के भओ भन्चु र चौतारी लै कि मेरोमा मात्रै हो र भन्चु कस्का आँखा लागे (भातमाराको?:P )
Last edited: 13-Sep-07 02:42 PM
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
jimmal baa le 76 gara bhanera edit ma thichyaa ta ke bho?
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-13-07 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"भातमारालै दरखाने निम्तो उसोभा!" हामी दरमारा हो र दरको निम्तो दिन? खसीको मासु, फरर परेको भात, गोल्भेडाको अचार, चम्सुर पालुङ्गोको तर्कारी -- यस्ता परीकार छन भने आम्ला केरे
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-13-07 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच् रे! कस कसको भाँचियो हँ सान्नानि भन भन?
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-13-07 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्लाई चाइँ, मकैको ढिँडो, रायोको साग, रामतोरियाको अचार अनि खसिको मासु भओ भन्देखुन आम्छम् र राजिनामाको दवाव पनि कम गर्छम्! कम गर्छम भन्या छ है फेरि!
Last edited: 13-Sep-07 02:59 PM
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब भातको निम्तोदिन भ"न के रे दरखाने बेलाँ:) फापरको ढिंडो, सिस्नोको साग,गोल्भेडाको अचार तितेकरेलाको तरकारी चै छ । अरु हउरले भन्यास्तै पकाम्ने भे मसिनो तिल्कि चामल चम्सुर र पालुंगो,खसीको मासु उतैबाट ल्या'र आम्नु पर्छ। पकाम्न त मुलाइ आम्च भन्चु र आम्ने नआम्ने हउरको मर्जी ----खल्ति चै बांगेकोस्तै हो कि ?!!:) त्यो के जाती दवाब त तेतिकै हराम्न सक्ला र भन्चु आम्नुस जिम्माल बा हउरलै नि निम्तो भो तर मेरोमा अथितिले नै बर्तनसाफ गर्ने चलन छ :P
Last edited: 13-Sep-07 03:06 PM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-13-07 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौलौ, बरु यो पाली चै क् गर्ने हो। चेलीबेती हरुमा तीज गीत प्रतियोगित गराउने हो कि?? लौलौ कुरो त त्यही हो!
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Regal
Please log in to subscribe to Regal's postings.
Posted on 09-13-07 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ है नयाँ चौतारि चिनेकोमा पिरति मिसलाई सलुट छ यो ज्यान् को। आफुलाइ त कलको मालपानीले तोरिफुला देखाइराछ, फिर् भि खेतका काँन्ला क्रवल् गर्दै भे नि आको हो केरे। नाच्गाना इस्टाट गर्ने भे गरुम् है चौतारिमा रेपोट् गर्ने सबलोगलाई सलुट !
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-13-07 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"आलु" अर्थात रमेश। "भगवानले फेल गराएको" ******************* आलु अर्थात रमेश, हाम्रो क्लासको छुट्टै क्यारेक्टर। थोरै बुझ्ने धेरै बोल्ने, धेरै पढ्ने थोरै बुझ्ने, उनको बिषेशता थियो। तर आफुलाई अब्बल् दर्जाको बिद्यार्थीको श्रेणिमा राख्ने गर्थे आफै। पढाइमा पनि गोबर नै नभए नि आलु चाहिँ पक्कै थियो। तर डल्ले मोटे भएकै कारणले आलु भनेका हुन् रे उनका पुराना सहपाठीहरु भन्ने गर्छन्। १० कक्षा पढ्दा अरुको औसत उमेर १५-१६ थिए भने उनको १८। सबै भन्दा जेठा भएकोमा उ गर्ब गर्थ्यो र सबैले दाइ भन्थे। आलुचा भन्यो कि मुला भन्दै रिसाउथ्यो तर "आलु दाई" भन्यो कि मख्ख पर्थ्यो। १० पढ्दा पढ्दै जवानी सल्के छ। हाम्रो क्लासले के बाल दिन्थ्यो, त्यसैले छिमेकी क्लास ( अर्को सेक्सन) कि एक जना छात्रालाई मन मनै मन पराउन थाले। एके छिन क्लास खाली भएको कि उता झ्याल् तिर चियाएर बस्थ्यो। पढाइ सक्यो। एस् एल् सी को परिक्षा अलि पर नै थ्यो। कमजोर् आलुको पढ्ने भन्दा नि "कमला"को सपना मै मस्त थियो। कमला जहाँ जहां ट्युशन पढ्न जान्थी, त्यतै ट्युशन पढ्न पुग्थ्यो। अरु साथीहरुले कमलाको कुरा प्रसंग बे प्रसंग निकाल्दा आलुको अनुहार् मा चमक् आउथ्यो र सबलाई चिया नास्ताको बन्दोबस्त गर्थ्यो। उनको यो स्वभावले पम्पू हाल्नेहरुले मज्जाले हावा भरे। त्यति सम्म त ठिक्कै थियो। बिहान बिहान चिया नास्ताको लागि जेरी स्वारी हलुवा किन्न उ जैसी देबल पुग्थ्यो।अब त्यही भोंसिको टोलमा अनेक मिठाइ पसल हुंदा हुदै नि आधा घण्टा हिडेर जैसि देबल् पुग्नुको एुटै कारण, कमला पनि त्यतै मिठाइ किन्न गर्छिन् रे। एस् एल् सी सकियो। पास हुनेहरुको नामावलीमा "आलु" को त नाम आश गरेको थिएन। तर कमला भन्ने आलुको दांजोमा पढ्ने मै गनिन्थ्यो र पनि फेल भइन। १८ प्रतिशत मात्र पास भएको सालमा केही होनहार हरुको पनि हार् भएकोथ्यो। एक दिन बिहानै, आलु भेट भयो बाटोमा( शायद, जेरी स्वारी किन्न जान लागेको होला)। "ए आलु, कता जान लागेको? " मैले सोधें। उ अक्कमक्कियो र "त्यहीं सम्म जुत्ता बनाउन जान लागेको।" उस्ले ढाँटेकोमा आश्चर्य भएन। त्यतिबेला जुत्ता बनाउने सार्कीको पसल खुल्दैन, त्यो मलाई थाहा थियो। भेट भए पछि त्यसले मलाई लामो गफ लगाउंछ त्यो थाहाथ्यो। "तंलाई बधाई छ, बोर्ड ल्याइदियो।" "तेरो के भएको नि? जाँच त राम्रै भयो भन्थिस् नि?" "पास त पक्कै हुनु पर्ने। के भयो के भयो?" "इङलिस् चाहिं अलि बिग्रेको, तर नेपाली मा त फेल हुनु नपर्ने, त्यो कापि जाँच्ने मुलाले नेवार भनेर थाह पाएर ल्यायो जस्तो छ।" "तर बुझिस्, फेल भए नि खुशी छुं" फेल भएर नि खुशी? मैले बुझिन उनको कुरा। "ए आलु, फेल भएर नि कोही खुशी हुन्छ, तं कसरी खुशी?" "ल मुला त्यति पनि थाहा छैन तिमीलाई? म मात्र फेल भएको भए पो, दुखी हुन्थे, त्यो कमला नि फेल भयो नि। हामी दुबैलाई भगवानले फेल गराएको नि। नत्र पछि अप्ठ्यारो हुन्छ भनेर।" यो जवाफ सुनेर म अवाक भएं । मेरो सानो काम छ, ढिला हुन लाग्यो भनेर आफ्नो बाटो लागें। अचेल आलुको छोरो केटी घुमाउने भैसके र पनि हरेक मछिन्द्र नाथको रथ यात्रा र इन्द्र जात्राको कुमारी यात्राको भीडमा आलु भेटिन्छ, जैसी देबल तिर्। कहीं झ्यालमा, चोकमा कमलाको दर्शन पाइहाल्छ कि भनेर। अस्तु!।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिकुटे को सवारि भये छ, जदौ ठुल्दाइ को स्टोरी इन्टेरेस्टिङ
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-13-07 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते गाम्लेहरू!!! सान्नानीलाइ नयाँ चौतारी बनाउनुभएकोमा धन्यवाद! तपाइले मनमा चिताएको सबै पुगोस्। के छ यहाँहरूको हालखबर? आफू त साह्रै बिजी छु। महिलाबृन्दलाइ तीजको धेरै शुभकामना! दह्रो दर खानुहोला! फेरी सप्पैलाइ जदौ!
Last edited: 13-Sep-07 03:46 PM
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-13-07 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस दि, सान्नानी, ठुली, दुर्गे दि, मुन्नी, तितौरी, नेप्चि दि, शुभ दि र अरु नि बेला बखत झुलुक्क झुल्किनि सप्पै चेलीलाई तीजको धेरै धेरै शुभकामना यो अन्तरेको नि। फिरि चित्त दुखाउलान सप्पैले दर खान दे अनि चेली भनेर के के दे कसैले घडि, कसैले झुम्का, कसैले बुलाकी, बुट्टे फरिया, अन्तरे बज्जियाले दुई वचन शुभकामना सम्म नि देन भनेर।  झन आफ्नि एउडि भा बुईनी नि बे गरेर गा यो बर्ख मैले चेलीबेटी नसम्झनि कुरै भ'न। बरु ककल्ले के के पकाम्दै हो? मलाई नि तो अट्टे चामलको भात, मस्यामको दाल, माथिआट झ्वाईँय घ्यु, ट्वाक्क लोकल कुखुराको मासु, फर्सिको मुन्टा, टिम्मुरको छोप् र ठेकिको ताजा दहि खान मुन ला'थ्यो। अनि आहा तीजका कत्ति राम्रा राम्रा फुटु हालिचन् सान्नानीले, सम्चार नि कत्ति हँसाम्नि हुन्। अब ईनैलाई दिन पर्ला जस्तो छ दुईचार बाजि यो चौतारो खन्न, चित्रेलाई अलि हलुंगो नि हुन्थो, बिचरो बेला बेलाँ कसैले बनानन् खै आफू सुन्त्नि बेला भैसको भन्दै गुनासो गर्दै हुन्थो। अनि सान्नानी इल्जिनेर नि हुन पाउनि, हाम्ले नि राम्रा राम्रा फुटु हेर्न पाउनि। त्याँटि माथि बात मार्दै गरेका सप्पैलाई नमस्कार छ है। साहू बुढाले दुई हप्ता दल्नु दलेर अब ३ दिन छुट्टि रे, आज नि ब्यानै देखिन् एक छिन् सास फेर्न दिया हैनन् बल्ल छुट्टि दे र म सिधै हानिया चौतारी तिर।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-13-07 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल सान्नानी! राउँरो चौतारी बनाइछेउ तिउँले। चाइन्जो राउँरो आसिस दिन मन लाओ। ज्वाई नारन नि राउँरो हुनुहुन्छ, राउँरो ख्याल अर्नुहुन्च। धेरै दु:ख नदिनु। चाइन्जो राउँरी छोरी छिन् उनको राउँरो खयाल राख्नु। अहिले सम्म रोएको सुनिएओ छैन। कहिल्यै नरुवाउनु। तो थाङ्नाहुर सधै घामाँ सुकाउनु। चाइन्जो तिउँरा ठाममा बडा चिसो हुन्छ, अलि न्यानो राख्नु। ल यत्ति है आसिस! फेरि चाइन्जो आसिस दिएओ हो कि चाइन्जो काम लगाओ हो कुम्ले? भनेर नभन्नु! 8-)
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-13-07 5:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
निम्त्याउन त भ्याई नभ्याई यो अमरिकाने जिन्दगीआँ। म चईं लागिम् अब दर घर घर मै पु-याउन। टिँ टिँ टिँ! बिनाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽवी!
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-13-07 5:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नयाँ चौतारी खनिछन् सान्नानी ले, जय होस्। महादेव् जस्तै वर पाउन्। यदि पाउन बाकि भए रे के। पुन्टे दाइ हाम्लाइ पनि हो कि दर कि चेलिबेटी लाइ मात्रै
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-13-07 7:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुन्टे दाइ हाम्लाइ पनि हो कि दर कि चेलिबेटी लाइ मात्रै ल है मेरो वरि परी हुनेहरु दर खान आम, नत्र म एक्लै भात खान लागे । राहुल दाइ कथा राम्रो लाग्यो, तर त्यो अनुराधाको कथा क्रमश: मै सकियो कि क्या हो?
Last edited: 13-Sep-07 07:09 PM
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-13-07 11:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खुईय्य!!! नयाँ चौतारी बनिसकेछ, आफूले देख्न पा हैन, सर्बप्रथम त सान्नानी लाई दामी चौतारी बनाकोमा धन्यबाद! चौतारीका महिलाबृन्दलाई तीजको फेरी शुभकामना। ठुल्दाई "अनुराधा"को कथा चै बढाउने हैन, यो आलु तेई कथामा भा को आलु हो?? बिचमा पात्र परिचय भनेर फ्ल्यासब्याक देको जस्तो छ नि त! लु त्यो पनि बढाम अगाडी। शुभ रात्री...
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-14-07 7:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
namaste gaamle sathiharu taaaaaaaaaaaaa. happy teej
|
| |