crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 173857 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 11-11-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिर्शक राख्न लाई कस्लाई कुरेको नि फेरी? कि हाम्रो जिम्मामा हो?
त्यो साक्षी नाम त सुने सुने जस्तो लाग्यो है,

संसार त सानो छ भेट हुन्छ नै त्यो कथा मा नभेटाएको भए पनि हुने नि, आँफैलाई नरमाइलो लाग्यो


 
Posted on 11-11-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Stat!

How r u? dashai tihar kasto bhayo ta?

la la, shirshak rakhnu bhae huncha.

saaksheeko naam matra sunnu bhako ki chinekai? hoina hola .


 
सान्नानी
Posted on 11-11-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho crazy ko katha aaechha la ma padhna base.
 
Posted on 11-11-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, I am doing good, thanks. How about you?

Sakshi lai chineko ta ho tara nachine jhai garchhu, ke garnu

ani dashai tihar ma Nepal ma dekheka baastabik kathaa haru kahile aauchhan ta? Waiting for more hai


 
Posted on 11-11-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanani,

Nice to see u again. Hold on! R u pretty or sannani?

la maile yaha mat ochyaye. ramro sanga paleti kasera basa.

Stat,

I am good too.

ma nepal ma hoina, yahi the. "Operation 008" le busy bhako jasto the.


 
Posted on 11-11-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो"

धेरै समय को अन्तराल पछी क्रेजी को धमाका यी शब्दहरुले बर्णन गरी राख्या छन। कती सुन्दर बिम्ब। नतमस्तक छु श्रष्टाकी देबी संग।


 
Posted on 11-11-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म को सामाग्री पढदा त शिर्शक "शाक्षी" नै राखे कस्तो होला? हुन त अरु भाग ले फेरी अर्कै रुप लेला, कि कसो? जे भये नि बिषय वस्तु निक्कै रसिलो होल जस्तो लाग्यो- अरु पनि छिट्टै पढन पाउने आशा मा।।

 
Posted on 11-11-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी हुन नसकेकी श्रीमती ! राख्दा कसो होला

 
Posted on 11-11-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो शिर्सकलाई पुरस्कारको ब्यबस्ता छ भने हामी पनि थोर थोरै भएको दिमाग खर्च गर्थेम
 
सान्नानी
Posted on 11-11-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta bhanchhu "Seto Kurtha"
 
Posted on 11-11-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल क्रेजी यो अर्को धमाकेदार कथा पो आएछ
कस्तो मजाको छ भन्देखिन यो पनि, कस्तो राम्रो बर्णन हो - बर्णन पढ्दा त सेतो कुर्ता लगाउने सोलिड जस्तो पो छ र   
लास्टाँ त पोइला गएकी श्रीमती पो परेछ - अब के हुन्छ होला
एस्तो ठाउँमा ल्याएर क्रमश: रे - काम नपाको
खुरुक्क थप्ने त्यहाँ भन्द्याछु है
 
Posted on 11-11-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ,
नमस्ते!

भाउजुलाइ सन्चै छ?
हजुरको प्रसंसाले मलाइ लाज लाग्यो दाइ। बरु हजुरको नयाँ कथा पढौं न।

धरान जी,

"साक्षी" शीर्शक पनि राम्रो छ है। हेर्दै जाउ है त अब कथाले कस्तो रुप लेला?

Spearhead ज्यु,

मैले पनि त्यो शीर्षक कति सोचेको? फेरि अर्कै आइडिया आयो दिमाग्मा, अब क्रेजी दिमाग पर्‍यो। त्यसैले शीर्शक नैं राख्न सकिन।

nAyAni ज्यु,

ल! तपाइलाइ सेतो कुर्ता, हरियो कुर्ता, बिबेक र उ को मन पर्छ, त्यही उपहार।

सान्नानि,

सेतो कुर्ता भयो भने हरियो कुर्ता रिसाउने हो कि फेरि? हे हे हे।

लहरे,


मलाइ नेपालबाट के लायिदियो? पाँउ ra पुस्टकारी भए पठाउ है?

 


 
Posted on 11-11-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी जि, साह्रै रोचक कथा लिएर आउनु भयो फेरी,

हरेक टाईम भिन्दै स्वाद को हुन्छ तपाईं को कथा हरु,एकदम राम्रो छ सुरुवात,ल अर्को भाग छिट्टो राख्नु होला।


 
Posted on 11-11-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क के ल्याउन बिर्स्यो भनेर सोचिरा त पुस्टकारी पो बिर्सेंछ त - बोरै भो नि
पाँउ चाँही खाने गरेको छैन आफुले त्यही भएर ल्याएन मैले
 
Posted on 11-12-08 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"क्रेजी" - राखम क्यारे

Ramailo cha sirsak nabhayeko katha pachi k huncha kasari gaiyen arkai sanga sarai utsukta bhai ra cha hai Crazy_love. Kasai ko life sanga mel nakhane bhayeko le katha ta ho ni j bhaye pani k ra bhanera dhukka huna pani nasakne maan feri, hare maan pani khai k kahi k .  Arko bhag kahile padhna paine ho ni?


 
Posted on 11-12-08 4:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को अर्को भाग नपढी शीर्षक  राख्न उपयुक्त  नहोला 

चाडै थप्नु पर्‍यो ब्रो .......

 

 


 
Posted on 11-12-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

भाग-२

"हेल्लो.............हेल्लो। कहाँ छस् तँ अहिले?" उता बिबेकले बोलाउन थाल्यो उस्लाइ।


"सुरज आर्केडनिर।" उसले बिस्तारै भन्यो।


"लोकेसन त भन।" बिबेक आउने जस्तै कुरा गर्न थाल्यो।


"भैगो अहिले लाइ। भरै बेलुकी घरमै आइज।" उसले केहि छिन एक्लै बस्ने बिचार गर्‍यो।


"हुन्छ! ल भरै भेटुला।" बिबेकले फोन राखिदियो।

उ त्यहाँबाट घरतिर लाग्यो। घरमा पस्ने बितिकै रिमोट कन्ट्रोल हातमा लिएर टि।वि। हेर्ने कोशिस गर्‍यो। च्यानलहरु चेन्ज गर्न थाल्यो तर उसलाइ केहि हेर्न मन लागेन। उ छिट्टै घर आको देखेर ठुल्दि अलिकति आस्चर्य हुनु भयो। कोठामा नपसी ढोकाबाटै सोध्नु भयो।

"आज सन्चो भएन कि के हो बाबु?" घरको सदस्य भन्दा नजिक लाग्ने उस्को ठुल्दिको स्वरमा चिन्ता थियो।  उहाँ सानै देखि उसको घरमा सबै घर धन्दा सघाउने गर्नु हुन्थ्यो।  उहाँको उमेर यही घरको काम गर्दा गर्दै ढलेको थ्यो। करिब ५५ बर्स हुनु भएकि ठुल्दिको आफन्त हरु कहिले कहिं मात्र उहाँलाइ भेट्न आँउथे। ठुल्दि उस्को दुखसुख बाँड्ने साथी हुनु भएको थ्यो।

"अँ त्यस्तै भन्नु पर्‍यो, अलिकति टाउको मात्र दुख्या जस्तो छ। खासै बिरामी चाही होइन ठुल्दि।" उस्ले ठुल्दिसङ भन्यो।

"त्येसो भये चिया बनाउ?" ठुल्दिले सोध्नु भयो।

"चिया होइन ठुल्दि, बरु कागती पानी खान मन लाग्यो।" उसलाइ शीतल हुन मन लाग्यो। साक्षीको यादले उस्लाइ फेरि भत्भति पोल्न थाल्यो, कोठाको हरेक बस्तुमा साक्षीको आभाश छ। दराज, ड्रेस्सिङ टेबुल, खाट, झ्याल, ढोका, भुइँ सबैमा उसको स्पर्श छ। सबैमा अझै साक्षी बास बसेकी छे जस्तो लाग्यो उस्लाइ। फेरि उस्लाइ साक्षी उस्को कोठामा आएकी जस्तो लाग्यो। साक्षीको सुगन्धले कोठा मगमगाउन थाल्यो।

"धेरै नै दुख्यो भने डक्टर कहाँ जाउ न त।" ठुल्दिले पानीको गिलास खाट नजिकैको सानो टेबुलमा राख्दै भन्नु भयो।

"रुघा लाग्न लाग्या जस्तो छ। डक्टरका जानु पर्दैन अहिले।" उ फेरि सोच्न थाल्यो साक्षीको बारेमा।

ठुल्दि चुप लागेर ढोकामा मात्र के पुग्न लाग्नु भाको थ्यो। उसले ठुल्दीलाइ भन्यो।

"ठुल्दी, आज मैले साक्षीलाइ देखें।"

"कहाँ?" ठुल्दीको स्वर अरु उत्सुकता जाग्यो।

"एउटा मिठाइ पसलमा। उ जस्ताको त्यस्तै थी। मलाइ छोडेर जानु अघि जस्ती थी, अझै पनि त्यस्तै छे।" कुरालाइ सहज बनाउन कोशिश गर्‍यो उस्ले।

"के गर्नु ? सोझी देखिन्थी, हँसीली थी, मिजासिली थी। त्यस्तो पोइला जाने जस्तो त कहिले लाग्दैनथ्यो। लगायो होला टुनामुना पापीले, बिचरी त्यतिकै हिंडी। सानो उमेरमा कुरै कुरामा बहकी होली। मान्छेको अनेक नियत हुन्छ, अरुको घर बिगार्ने।" ठुल्दी आँखाभरी आँसु पार्न थाल्नु भयो।

"जाने मान्छे गइसकी ठुल्दी। अब रोएर, उसलाइ सम्झेर के फाइदा? आज बिबेक आँउदैछ, उसलाइ मनपर्ने तरकारी पकाउनु है ठुल्दी।" उसको कुरा सुनेर ठुल्दी माथी भान्छातिर लाग्नु भयो।

साक्षी सङ उसको झगडा कहिले परेन। बिहेको ५ महिनासम्म पनि उहिहरुको भनाभन पनि भएन। साक्षी कम बोल्थी, धेरै जस्तो आफ्नै संसारमा हुन्थी गित रच्थी, मेटाउथी र फेरि लेख्थी। उसको गितको एउटा नोटबुक नैं थ्यो। उस्को २ वटा गित त त्यही गाइनेले गाको भनेको उसले सुनेको हो, साक्षीको माइतीमा। कहिले कहि आकाशको तारा हेरेर रमाँउथी साक्षी, उसलाइ चाहीं तारामा रमाउनु पर्ने केहि कुरा छ जस्तो लाग्दैन थ्यो। अलि भाबुक खालकी साक्षी तर त्यति कठोर होली भन्ने उसले सपनामा पनि सोचेको थिएन। उ त के? ठुल्दीलाइ पनि साक्षीले प्रभाव पारेकी थी।

"के अब तपाँइ पनि बिछोडको गीत रच्न थाल्नु भाको हो?" बिबेक आयो।

"नकरा धेरै। आज मुड अफ छ यहाँ।" झर्केर भन्यो उसले।

"त्यस्तो माया लाग्छ भने जा न त! साक्षीलाइ लिएर आइज ! अँ, गाइनेलाइ चाहिँ गायब पार्ने जिम्मा मेरो। हुन्छ?" झन जिस्काउन थाल्यो बिबेकले उसलाइ।

"साला! त्यत्रो कन्या केटीहरु हुदाँहुदै मेरै स्वास्नी उडाउनु पर्ने त्यो गाइनेलाइ। साँच्चै सक्छस् भने त्यसको लाश बेपत्ता पार्दे न! म जति पनि पैसा खर्च गर्न सक्छु त्यसको लागि।" उसलाइ पनि रिस उठ्यो उसको जार, गाइने प्रति।

"त्यस्तो मुर्ख बुद्धिले केहि हुने वाला छैन। दिमाग ठन्डा गरेर सोच। तेरो आफ्नै स्वास्नी भागे पछि गाइनेलाइ मात्र के को दोश? बरु मैले पहिले नैं भन्याथें तलाइँ। आफु भन्दा धेरै कलिलि केटिसङ बिहे गर्नु हुँदैन भनेर। त्यो बेला तैले केहि सोचिनस्। अहिले पछुताएर के काम?" बिबेक बाठो हुन थाल्यो।

"साक्षी नाबालिग केटि होइन, उ २० बर्स पुगिसकेकी थी।  उ अनभिग्य थिन बिहे बारे, उसको परिवारले सबै सोचेर र उसले पनि मलाइ मन पराएर बिहे गरेकी हो। लोग्ने स्वास्नीको उमेरमा १५ बर्सको फरक त ठुलो कुरा होइन नि हाम्रो समाजमा। तेरो फुपु र फुपाजुको २२ बर्सको फरक छ भन्या होइन उमेरमा? खोइ त उनिहरु अझै मुना मदन जस्ता छन्।" उसलाइ बिबेकको तर्क मन परेन।

"भैगो छोडिदे गैसकेको कुरालाइ। बरु मैले कतै सुनेको थें, स्वास्नीले छोड्नु को प्रमुख कारणहरु २ वटा हुन्छन्, नम्बर १, आर्थिक अबस्था, त्यो तिमीहरुको सम्बन्धको मुल अबरोध हुनै सक्दैन। उ पनि हुनेखानेकी छोरी हो र तेरो पनि  प्रशस्तै सम्पती छ। नम्बर २, चाहि............ "बिबेकले उसलाइ गहिरेर हेर्‍यो।

"के...?" उसले पनि सोध्यो।

"तिमिहरुको सम्बन्ध लोग्ने स्वास्नीको जस्तो त थियो? भनाइको मतलब बुझिस् हैन तैंले ?" घुमाएर भन्यो बिबेकले।

"एउटै घरमा, एउटै कोठामा बिहे गरेर बसेका दम्पती लोग्ने स्वास्नी नभएर कतै साथी हुन्छन् त?" उसलाइ झनक्क रिस उठ्यो।

"तेसो भये के कारणले छोडी त तंलाइ साक्षीले?" बिबेकले फेरि त्यही प्रश्न गर्‍यो, जसको उत्तर उसलाइ पनि थाहा थिएन।

"त्यस्तो कारण थाहा पाको भए त साक्षी अहिले म सङै हुन्थी नि। छोड यी कुराहरु।" उ एकछिन मौन भयो, बिबेक पनि चुप लाग्यो, केहि बोलेन।

"आज मलाइ यस्तो लाग्यो, साक्षी अझै मलाइ माया गर्छे। मैले उसको आँखामा म प्रतिको चाहना देखे। मलाइ लाग्छ उ म कहाँ फर्किन चाहन्छे, त्यो २४ बर्सको गाइनेले शायद उसको मनलाइ त्यति बुझ्न सक्दैन, जति म उसको अनुहार पढेर उसको हालत बताउन सक्छु। अहिले गाइनेमा मायाको ज्वरो छ, त्यो केहि दिन पछि नै ओर्लिन्छ। शायद साक्षीले त्यो कुरा महसुस गर्न थालेकी छे। उ अझै मलाइ चाहन्छे।" उसको कुराले बिबेक अलमल्ल भन्यो।

" ल ठिक छ ! उ तँलाइ चाहन्छे रे, तँ पनि के उसलाइ चाहन्छेस्?" बिबेकले उसको आँखामा गहिरो सङ पढ्न खोज्यो।

"मलाइ थाहा छैन।" उसले लामो स्वास फेर्‍यो।

"त्यही भएर त स्वास्नीले छाडेर गइ नि।" बिबेकले फेरि प्रहार गर्‍यो उसलाइ शब्द बाणले।

उ बोल्दै बोलेन, बिबेकलाइ हेरि रह्यो।

"ल यो फोन नम्बरमा कन्ट्याक्ट गरेर अपोइंट्मेन्ट लिनु। एक्दम राम्रो साइकियाट्रिस्ट छ मानसिक अस्पतालको। भोली नैं गएर आफुलाइ जचाँउनु।" बिबेकले नरम भएर एउटा फोन नम्बर कागजको टुक्रामा उसलाइ दियो। उसले कागजको टुक्रा हेर्दै नहेरी च्यातेर फालिदियो।

"म साक्षीलाइ भेट्न चाहन्छु।" उसले बिबेकलाइ नहेरी गम्भिर भएर भन्यो।

"तेसो भये गाइनेलाइ गएर भेट पहिला। गाइनेको फोन नम्बर खोजुँ? मेरो बहिनी पनि फ्यान हो त्यसको। सबै नयाँ जेनेरेसनको उ "मुटुको ढुकढुकी" रे। प्रख्यात पप गायकलाइ भेटेर अटोग्राफ लिन चाहि नबिर्सिनु नि।" भन्दै बिबेकले बैनी सङ गाइनेको नम्बर सोध्न फोन गर्‍यो।

क्रमश:...

Last edited: 21-Nov-08 06:23 PM

 
Posted on 11-12-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे जी,

तपाइँहरुको दिनु भएको प्रेरणाले गर्दा लेख्न छोड्न सक्दिन।

धन्यबाद कमेन्टको लागि।

लहरेले के ल्याउथ्यो र पाँउ र पुस्टकारी? ल्याए पनि आफैलाइ नपुग्ने होला। हे हे हे।

nakkali108

क्रेजी त नराखम भो! कथा पनि क्रेजी हुदैं जाला भन्ने डर। बरु नक्कलि पनि नराम्रो त छैन नि शीर्षक त। कि कसो?

Planet10 Bro,

ल पढ्नुस् है त नयाँ भाग। नयाँ bro पाएर खुशी लाग्यो मलाइ त।


 
Posted on 11-12-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन इन्ट्रेस्टिङ हुँदै छ्, किन छोडेकी रइछ त साक्षी ले बिचरा लाई (उस्को नाम चै के हो साची)
हुन पनि १५ बर्ष को फरक राइछ,साक्षी भर्खरी कि लाउ लाउ खाउ खाउ भन्ने उमेर् भाकी बुढो लोग्ने सँग कुरो मिलेन होला।
एकदम सिनेमा हेरेको जस्तो छ्।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters