[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bhav-Smriti ------------ Deep

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21745 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-21-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाव-स्मृती



“राम राम राम ------“
ट्वाकले आफ्नो सम्बादमा त्यो क्षणलाइ कैद् गरी छाड्यो।
--- --- --- ---
ल्याइस्? ट्वाकले सोध्यो।
ल्याएँ ल्याएँ एउटै कुरा कत्ति चोटि सोध्न मन् लाग्नी होला एल्लाइ? बाँङ्ग्या जवाफ आयो।

काँचो कि सुक्या?

दुइटै छ मिसाको।

कति वटा ल्याइस् त?

कुस्त छ – पुग्नी ल्या छ।

खै हेरम्?

ल हेर --- खल्ति बाट झिकेर देखायो बाँङ्गेले झर्केर।

पुग्छ त?

बाँङ्गेले घुर्यो मात्रै बोलेन यस पटक।

"पाप लाग्छ तिमेरु लाइ" सुपारीको चेतावनी आयो।

ऐले नै कुन् धर्म लाग्या छ र?

दीप अस्ति कौसि बाट लड्या देखि हालिस्---कस्सो बालुवामा पर्यो र मात्रै नत्र चेट भैसक्या। बाँङ्गेले उदाहरण सुरु गर्यो।

"आफु त्यस्तरी कौसिबाट लडिरा छु है तल बालुवा चाल्ने केटी चै उस्को बलुवामा परें रे म भनेर “कस्तो मात्या मान्छे रे छ” भन्छे फेरी -- जानि जानि त्यस्को बालुवा माड्या हो कि भन्या झैं--- आफ्नो कुरो निस्क्या बेलाँ मन्मा लग्या तर चित्त नबुझ्या कुरो भनियो आफुले नी।"

आफु अस्ति रेखाको भर्याङ्गबाट हुर्धुरीएर भाग्ने हुंदा गुट्मुटीएर क्या संग करङ्ग् बजारीयो तेस्को छिँडिमा भने ऐले सम्म नी लामो सास् तान्न हुन्न। बाङ्गेले अफ्नो उदाहरण नी दियो।

यो ट्वाक त झन् साढे सात बोकी बोकी हिन्छ अचेल्। अस्ति त्याँ ढल्कु नेर लिचि चोर्दा नि यसैलाइ समात्यो – बिशाल नगरमा आलुबखडा चोर्दा नी यै फेला पर्यो – जय नेपाल मा त्याँ सेकेन थर क्लास् बहिर त कति चोटि पि टी खेलि सक्यो --- बालुवा ओसार्नी ट्रकले तिन्कुनेमा लगेर छोड्या नि यसैलाइ –

अनि तँ नि तँ धर्मराज सुपारी --- अस्ति दीप संग चाबेलबाट आउंदा राती भत्क्या पुल् मुनि सन्क्या कुक्कुरले तलाइ नै कुरी रा रे छ रे हैन? तँ आइपुग्ना साथ सुपरीदाइ भनेर तेरो पछि लाग्यो रे नि? आमा र बा भन्दै रुंदै कराउंदै गर्दा नी आखिर त्यो कुक्कुरले दारेरै छोड्या हैन तँलाइ? तेरो चप्पल् मात्रै हैन पिंडौलाको एक दुइ जोर नसा नी छिन्या बिर्सिस्? बाङ्गेले सबै लाइ धर्म संग हाम्रो खासै लेन् देन् छैन भन्ने जानकारी दियो।

ल ल भो नकरा --- सुपारी लाइ झर्को लागेछ।

अनि के को पाप र सापको पुरान् सुनाउछस् त? बाँङ्गेले अलि ठुलै स्वरमा सोध्यो।

ल ल बाङ्गे लामो कुरो नगर-- आज मेरो दिन् हो के --- आजको कुरा गर्न आजको। ट्वाक्ले सम्झायो।

"आजको सबै ठिक छ, धन्ना नमान" बाँङ्गेले आस्वस्त पार्यो।

ढोकामा टक टक गर्यो कसैले। हामि सबै साम सुम भइम।

“दीप” बोलाए मलाइ।

काका रे छन् बोलाउनी। ढोका खोलें मैले।

के कुरा गरीरा तिमेरु हँ? काकाले सोधे।

केइ हैन। मैले भनें --अरुहरु पनि सबै साधु हुन् कि जसरी बसे।

तिमेरु यो शनिबार् ब्यान् ब्यान् देखि ह्याँ किन जम्मा नि? काकाको अर्को प्रस्न आइलग्यो मेरा साथि माथि। यतिन्जेल्मा केइ नबोलि हाम्रा बा पनि पृस्ठभुमिमा देखिए --- साबधानिको बतास चल्यो हामि माझ।

“पशपति जान ला” सुपारीले स्वरलाइ सके सम्म नरम पारेर भन्यो।

पर्दैन जान पश्पति सश्पति --- तिमेर्को पश्पति जानी था छ मलाइ सबै। काकाले फुर्ति गरे।

मलाइ झनक्क रिस उठ्यो --- पहिला त उन्लाइ कसैले सोधेकै थिएन् हामी जाम् की नजाम् भनेर --- त्यस माथि उनको भद्रगोल् दर्जामा हामि पुग्न अझै धेरै मेहनत् गर्न बाकि भा हामी सबैले नबुझ्या नी हैन तै पनि अझ उनि नै उपदेश् दिनि हाम्लाइ?

मैले बोल्नु अघि नै आमाको ओभरराइड आयो --- पश्पति जान्छु भन्ने मान्छेलाइ जान दिनु नी --- चन्दन चै लिएर आउनु नि फेरी ---

आमाको बोली खस्न पाउदा नपाउदै मैले "हस" भनें।

आमाको ओभरराइड पछि काका र बा तितर् बितर् भए। हामी पनि सामान्य अवस्थामा फिर्ता आएम् र बाटो लागिम् ।

कता बाट जानी? मैले सोधे डबलिमा आए पछि।

आज मालिगाउँ तिर बाट जाम्। ट्वाकको सुझाब् थ्यो।

ठिकै हो। गौशला भएर त जानु नै थियो। बिरोध् भएन।

मालिगाउँ बाट महेन्द्र भवन तिर बाट ओर्लेको कालो पत्रे बाटो भेटे पछि देब्रे लगिम् अनि कलो पुल् तरे पछि सिफलको उकालो तिर नलागि दाइने लागियो अनि ढिस्को चढेर भन्डारखालको पर्खालै पर्खाल् पुगियो गौशाला।

पैले पस्पति जाम् दर्शन् गरम् अनि जे जे मन लाग्छ त्यै त्यै गर्नु --- सुपारी बोल्यो।

जा न त जा-- तँ एक्लै पश्पतिमा गएर भजन् गाइ राख--- तनाबले हो कि के ले हो ट्वाकको आवाजमा कठोरता र रुखो पन थ्यो।

तँ किन झर्क्या नि फेरी --- थर थर हो कि के हो? बाङ्गेले हलुका हाँसेर सोध्यो ट्वाकलाइ।

के को थर् थर्? ट्वाकले आफ्नो स्वरलाइ मिलायो।

गौशाला चोक बाट अगाडी बढेर देब्रे लागियो पश्पति तिर – त्याँ पहिलो घुम्तिमा पुगे सि हामी निर्धरित कार्यक्रम अनुसर् अडिम। ट्वाक तलै बाटामा बस्यो – म, बाङ्गे र सुपारी भने बाटोको देब्रे पटीको पर्खाल माथि चडिम्। धडकन त बढ्ने नै भो हाम्रो मुटुको।

हामीले कुनै नौलो कुरा त गर्न ला थिएन तर अभ्यास् गर्न आँटेको चै पहिलो पटकै थ्यो। चिन्ता हुनु स्वभाबिकै हो त्यस्तो परिस्थितिमा। अभ्यासको चुनौतिमा ट्वाक बाँधिएको देखिन्थ्यो। उ कैले गौशाला तिर बाट आउदै गर्या मान्छे हेर्थ्यो कैले हाम्लाइ हेरेर फिस्स हाँस्थ्यो।

केही समय बिते पछी मौका गौशाला तिर बाट आउंदै गर्या देखियो। हामि पर्खालमा सचेत उभिएम्। ट्वाकलाइ मौका आउदै गर्या संकेत दिइम् अनि उस्ले पनि मौका तिर हेरेर अफ्नो सहमति भएको संकेत गर्यो। सुपारी अलि ओझेल् तिर थाहानपाउने गरी सर्यो। त्यो अपेक्षित नै थ्यो। बाँदरहरु पनि वरी परी अफ्नो दैनिक गतिबिधिमा लागेकै थिए तै पनि बाङ्गे बाँदर आकर्षित् गर्न तिर लाग्या देखेर सुपारी "ए बाङ्गे ए -- धेरै नजिस्की त बाँदर् संग तँ जान्नी भे र" भन्दैथ्यो।

म र बाङ्गे तयार थिइम्। यत्तिकैमा सुन्दरतामा चुर्लुम्बै डुबेका चार पाँच जना केटीहरु ट्वाकको छेउमै आइपुगे।

बाङ्गेले त्यै मुहुर्तको लागि ल्याको आठ दस वटा जति नरिवलका टुक्राहरु केटीहरुका पाउमा अर्पण गर्या मात्रै के थियो बाँदरहरु चार तिरबाट ती सुन्दर् कोमल पाउहरुमा लडीबुडी गर्न पुगे पर्साद लिन। अकस्मात् त्यसरी बाँदरहरु आफुमाथि आइलाग्दा एउटा सुरमा मुस्काउँदै बाताबरणलाइ मुग्ध गर्नमा लागेका ति केटीहरु आत्तिए। हाहाकारमा पर्या बखतमा सङ्गै उभिन पुग्या ट्वाकलाइ चारतिरबाट चिच्याउँदै समात्न पुगे --- उनीहरुले परिस्थिति बुझ्नु अघि नै ट्वाकले आफ्नो सम्बादले त्यो क्षणलाई बन्दी पारी सक्या थ्यो ---

“राम राम राम के जमाना आयो --- यस्सो पश्पति सम्म जाम् भन्या चारतिर बाट केटीहरुले यस्तो गर्छन् --- खै मन्दिर् सम्म पुग्नै नसकिएला जस्तो पो भो।”
 
Posted on 08-21-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दिप मोरो खालि तेस्तै ठाममा जान्छ ।
 
Posted on 08-21-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!! उरन्ठ्याउला ठिटाहरु! कहिले सुध्रीने हुन कुन्नि??

ल आज चाँहि कथा नै पढ्ने दिन परेछ कि कसो? बिहान देखि ४-५ वटा जत्ति पढिसकियो।

राम्रो कथा दीपजी!
 
Posted on 08-21-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**.......आउदै गर्या मान्छे हेर्थ्यो कैले हाम्लाइ हेरेर फिस्स हाँस्थ्यो।** what a narration on the difficult situation!!
 
Posted on 08-21-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahahahaha.... kasto hassayo, what a twist at the end and so cleverly it connects to the beginning.

Audhi ramro cha Deep ko lekhai.
 
Posted on 08-21-06 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha!

Wonderful narration and great end!
 
Posted on 08-21-06 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

----- great ending !
 
Posted on 08-21-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत्तेरी !!! मेरा आँखा के भे'छन ?

थ्रेडमा "भावि-श्रीमती" (Bhavi-Srimati) देखेर हतार हतार किलिक अरेर पढ्या (धरोधर्म ल, ढाँट्या हैन) । लास्टाँ पुग्दा सम्म शिर्षक सँग छेउ टुप्पो मिल्दैन। फेरि टुप्पाँ पुगेर हेर्या त अर्कै पो रे'छ। :-(

जे होस भावि-श्रीमती खोज्ने ट्याउटिस नै सिकाका रे'छन दिप ब्रोले, ठीकै भो। :p
 
Posted on 08-21-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A great storyteller you are, Deep bro!!!

:D
 
Posted on 08-21-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रमाईलो भयो,
उता गौतमजीको कथा पढेर बोझल भएको मन यहाँ दिपजीको कुरा पढेर प्रफूल्ल भयो :)
धेरै मजा आयो!

हे हे हे भउते, जता पनि 'बिहा' र 'सिरिमती' देखिदिने भन्या?? :):)
 
Posted on 08-22-06 5:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha dami tyautees deep bro!

tara nepali font padhna garo vayera aankha nai tiri-miri vayo ho
 
Posted on 08-22-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ कथा दीपको। कति दुख दिन सक्या रे छ नि केटिहरुलाई। :D:D:D:D:D

मामाले हसाउनुभो, त्यस्तो भावि-श्रीमती खोज्ने ट्याउटिस भा भे त दीपले भेट्थ्यो होलानि त एउटि? त्यो फेल्ड् ट्याउटिस हो के। :P:P
 
Posted on 08-22-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या के कस्तो कस्तो आइडिया निकालि निकालि दुख दिनसक्या होला केटि हरु लाइ हरे ! बाँदर् ले झम्टाउन लाएको.. poor girls they must have been scared to death .
 
Posted on 08-22-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bandar lagayera keti phakawuni lai ta suli chadhawuni parcha....:-)
 
Posted on 08-22-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jira ko kura le hasaayo :O
 
Posted on 08-22-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean,
कस्तो ठाम भन्या हो? यत्तिकै झस्काई दिनी भन्या?

CaMoFLaGeD,
हामी सुध्र्या त ऐले हो र भन्या?

Thaha_Panyen,
जदौ।

Riten,
खुसि लाग्यो। मीठा शब्दहरुका लागि धन्यबाद।

Gautam B.,

मैले नी सुनाउन पाएँ पर्भोलाइ, धित् मर्यो।

भउते,
ट्याउटिस ले माइँ क्यार्नी हो? प्याउटिस अर्नि कैले? जन्ति ग र स्वास्नी भेटिन्न पर्भो बेहुलै हुन पर्छ ---
 
Posted on 08-22-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,

Is it a "mini-story" or you have another part too? Love to see your writing. I love names of the characters and narrations more than the content in your write-ups; Supari, Bange etc.:)

Bhaute,
That is not your fault not to see topic but your age fault :). At some point in time of life, everybody sees in the same style :) --- How are you and your study? Where is Shree_5? Curious to know about friends...
- OK
 
Posted on 08-22-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep dai,
aaudhi ramailo lagyo :) ...dabali dekhin bhandar khaal samma puryaidinu bhayeko ma koti koti dhanyabad! Jira dai afai sifal ko ukalo ma basera k k garthe..ahile aroo lai suli ma chadaune kura garchan :P bhayena hai!
 
Posted on 08-22-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep dai,

good one, as always.....ye dil mage more......aha....

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters