[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 247416 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-17-07 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरु, आफु चैं ढल्ने बेला भो, स्याहार सुसार गर्दै गरुम, भोली भेटम्ला!
 
Posted on 05-17-07 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस् हरिको, जय होस् हरिको
चौतारी चिनेकोमा जय होस् हरिको!
 
Posted on 05-17-07 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरु केटो राम्रो छ । गर्च के रे एसले ......हि हि हि
ल हरी तिमि त टाठो मुन्छे यसपाली झन गज्जबको चौतारी चिनेछौ ल त म यही छहारीमा लम्पसार परे ।
 
Posted on 05-17-07 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएं चईं आशिर्वाद दिने बेलाँ टुप्लुक्क आईपुग्छन्। अरु बेलाँ कता अन्मरिने ग-या छ, हँ?

लु, मेरो नि आशिर्वाद के रे हरिलाई। भिरबाट खसे, पंछी होउन्। पानीमा फसे, माछा बनुन्। बाघले लखेटे, हात्ती बनुन्। तरुणीले लखेटे, च्याप्पै पारुन्! :p
 
Posted on 05-17-07 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हरिले क्या राम्रो नया चौतरि बनाको। लु हरि तिम्लाइ धरै धरै धन्याबाद् च
अनि अरु सबै गाम्लेहरु लाइ चै मेरो नमस्कार् च
 
Posted on 05-17-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....तरुणीले लखेटे, च्याप्पै पारुन्!
पूण्टे दाइ, तपाईँको मुखाँ दुध र भात त के भनाई भो र, दामी रउसी र सितन। तेतिले नि नपुगे टाउको भरी कपालै कपाल होस :)

सप्पैलाई जदौ!! के छ ठुली? चिया पिया हो?
 
Posted on 05-17-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस् हरिको, जय होस् हरिको
चौतारी चिनेकोमा जय होस् हरिको!
 
Posted on 05-17-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसपालि पनि हरिले नै नयाँ चौतारी बनाएछन् ।
हरि तिम्रो जय होस् ! सधै कचौरा भरि होस् ।

पुन्टे दा, गोतएं, नेपे, ठुली सपैलाइ नमस्ते गरे है !
 
Posted on 05-17-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाइ त देख्दै नदेखेको
नरिसाउनुस है ठुल्दाइ नमस्ते अरे !
 
Posted on 05-17-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस् हरिको, जय होस् हरिको
चौतारी चिनेकोमा जय होस् हरिको!
 
Posted on 05-17-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले पनी यो हाजीरी कीताप् मा दस्तखत् गरे।

खोइ हरी लाई के आसीस् दीम्। हरेस् नखायस्। तीम्रा सन्तान ले चौतारी ढाकुन्।
 
Posted on 05-17-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि मैले चिया पिसके। अनि आज् चिया मा पाइनेपल् चोपेर खाको।अनि तिमिले चिया पियोउ त

दुर्गि र राहुल् दा लाइ मेरो नि नमस्कार् च
 
Posted on 05-17-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु, नयाँ चौतारिमा।
पुरानो चौतारि पुरानो भएरै होला, अलि सुन्सान भएथ्यो। हरि ले बनाएको यो चौतारि गुल्जार हुन्छ होला।

ठुलीले चिया खाइ सकेको रैछ? के सोध्ने अब?

दुर्गे मता दर्शन गरें। माताको क्रिपा ले जिउदो नै छु।

पूण्टेदा, खै कता हो, तारेमाम्। बुढा ड्लर पिरिन्ट् गर्न हिडि सके जस्तो छ।

सानो कान्छा, कहिले काहिं मात्र झुल्किने अन्तै पल्किने बानी सुधार् गर्नु पर्ला जस्तो छ।

भुण्टे दाइ लाइ मेलम्चि गाम मा भेटेको, बर्बाद गर्‍यो, काकाकुल काठमाडौको सपना ।

गोतामे गुरु दर्शन गरें
 
Posted on 05-17-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो ठुले प्नी मेलम्ची बाट् आएेछ। सीसी मा जल् ल्या छौ भने यसो गाम्ले हरु लाइ छर्की देउ न त। अब काकुल् जन्ता को सपना अधुरो रहे प्नी "चीन्तन्" को सपना साकार् भयो होला नी त, कसो ठुले?

दुर्गे मा लाइ प्रनाम् है। कीन् हीजो आज हवुर् को मूख् मलीन् छ ? तेती सारो बोल्न छाड्नु भो त ? महीसासुर् ले दुख द्यो की के हो? नभय तेल्लाइ चीप्ले को मोमो पसल् मा चलान् गरी दीस्योस् न।
 
Posted on 05-17-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि भान्जो मोरोले गजपको चौतारि बनाएछ!
लु मेरो आशिष थाप-

नकिने पनि चिठ्ठा पारेस!
कुकुरलाई हान्दा ढुकुर मारेस!

मिठो मसिनो अझ टन्न खाएस!
राम्रि मैयाको भाउ पाएस!

धेरै सालिको भेना भएस!
भुत्ले छोराको बाउ भएस!

टिका लगाउन मामाघर आएस!
दक्षिणा उल्टो मामालाई दिएस!!

लु फलोस फुलोस कुहिएर नझरोस! :)

सपै गाम्लेहरुलाई जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-17-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टेलाइ पनि मेरो पर्नाम !

मेरो मुख कहाको मलिन् हुनु ? महिसासुरले त सधै दु:ख दि रन्छ नि। एउटा मरे अर्को, अर्को मरे अर्को जन्मीरन्छन् । तिनिहरुले दु:ख दियो भनेर मुख मलिन गरेर बसेर नि साद्दे ?
म त सधै हासेरै बस्छु।
आजकल अलि फुर्सद छैन के महिसासुरहरुको धेरै झन्म भएकोले
 
Posted on 05-17-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवनदेखि धेरै धेरै नै थाकेर
म मूर्दा भएको तिमी आज हेर
म मूर्दा भएको तिमी आज हेर

बिहिबारे जदौ यो बिर्खे माइलाको

हरि, चौतारी छिनेकोमा धन्यवाद
खल्ती भरि डल्लर, मुखमा रौसी र मासु अनि साथमा च्वाँक तरुनी परोस्।
 
Posted on 05-17-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हरिले क्या राम्रो नया चौतरि बनाको। लु हरि तिम्लाइ धरै धरै धन्याबाद् च
अनि अरु सबै गाम्लेहरु लाइ चै मेरो नमस्कार् च

सपै गाम्लेहरुलाई जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-17-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते!
ग्वाचे , गौतमजी आज भोलि किन चूपचाप कथा कहानी सुन्न नपाई त होइन होला नि ? सुनसान भयो नि चौतारी । खालि सण्चै ? के छ यस्तो छ ।हो र?? हो ! मात्रै पो भैरा'छ चौतारी मा

दुर्गेमाता भुन्टे, हरी जिम्मालबा , राहुलदा ठूली ,सानोकान्छा,चिप्ले ,पुन्टेदा नमे सप्पैलाई आरामै होला के रे । नत्र चौतारीमा आएर चिरबिर अर्न सकिने थियो र? :)


'टुक्रिनुको पनि
निश्चित आकार हुदो होत
थामिदिन्थे म
कम्प अनि ठक्करहरु
भग्नावशेष बन्न नपाउदै
जोडिदिन्थे म संगै
तिम्रा ति रहरहरु'
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters