[VIEWED 17278
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-02-07 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मामाघर" नाम नै प्यारो, सबैको माया पाउने, त्यसैले बिदा त हुनैनहुने, नजिकै थियो पुगिहाल्थेँ। हुन त पुग्नु अगाडिनै माइजुको फोन आउथ्यो--"भान्जि जाँच सिद्द्यो होइन? कहिले आउने? समीरलाई पठाइदिउँ लिनलाई?" समीरदाई, मेरो मामाको छोरा, म भन्दा तिन बर्ष ठुलो र खुब कुरा मिल्ने। उहाँ मलाइ जे पनि भन्ने र म उहाँको कुराहरु लुकाउन खप्पिस्। पढ्नमा जेहन्दार्, बोलिबचन् मिठो, ठुला बडाहरुलाई आदरगर्ने र साथिहरुसगँ मिलन्शार जस्ता गुणहरुले भरिपुर्ण हुनुहुन्थ्यो समीरदाई। बानिबेहोराको साथ साथै अनुहार पनि राम्रो पाउनु भएको थियो। मेरा साथिहरु भुतुक्कै हुन्थे उहाँ भनेपछि।
सबै बानिहरु मद्धे एकै बानि थियो उहाँको, सबैलाई चिन्तामा पारेको, मोटोर साइकल् तिब्र गतिमा चलाउने। मामा माइजु समीरदाईलाई सम्झाउदा सम्झाउदा दिक्क भैसक्नु भएको थियो। हाम्रो घरमा आउँदा पनि बाबा र आमाको त्यहि कुर सुन्नु पर्थ्यो। हुन त म पनि कम थिँन, मौका पाको बेलामा भनि हाल्थेँ--"हजुरलाई यत्तिका मान्छेहरु ले भन्दा पनि केहि पिर् लाग्दैन भन्या?", अनि उहाँको जवाफ उहि हुन्थ्यो--"नकरान तँ पनि उसैत सबैको झ्याउँ झ्याउँ सुनिराबेलमा, थाहा छैन काग कराउदै जान्छ, पिना सुक्दै जान्छ भनेर ?" हुन पनि हो, आखिर् जति भने पनि मान्ने होइन भनेर सम्झिन्थेँ अनि अरुनै कुरा गर्थेँ। हुन त म आफुपनि डराउथेँ हत्तपत्त उहाँको बाइकमा बस्न। कतै जानु पर्यो भने पहिलेनै सर्त् लगाउथेँ "यतिभन्दा बढि इश्पीड मा चलाउन पाँइदैन नत्र म बाटोमा नै चिच्च्याइदिन्छु", "हुन्छ" त भन्नु हुन्थ्यो तर अलिक टाढा पुगेपछि उहि ताल हुन्थ्यो, नरोके सम्म म थुरथुर् हुन्थे अनि रिसाउदै भन्थेँ --"अब त कहिले पनि कतै पनि जान्न हजुरसगँ", अनि हास्दै भन्नु हुन्थ्यो-- "त्यो त तैले जहिले पनि भन्छेस्, खोइ त ? म नै नभै तँलाई केहि हुदैन"
मेरो बाबा आमाले समीरदाईलाई एक्दम्नै माया गर्नु हुन्थ्यो र समीरदाई पनि हरेक् दुइ तिन् दिनमा आइरहन्नु हुन्थ्यो र हाम्रो घरमा र एक ठुलो छोराको चाहिएको आवश्यकता पुरा गरिदिनु हुन्थ्यो। म र दाई घन्टौ कुर गर्थ्यो, उहाँको साथिहरुको, मेरो साथिहरुको । कहिले काहि दिक्कहुनु भएको बेलामा भन्नु हुन्थ्यो-- "बुझिस् म त बार सिद्धिने बित्तिकै जन्छु अमेरिका, कसैको कुरा पनि सुन्न नपर्ने" अनि म पनि चम्कि चम्कि थपिदिन्थे--"हो हो हजुर् जानु भयो भने म पनि आउछु, मलाइ एक्लै बाबाले पठाउनु हुन्न बरु हजुरहुनु भयो भने मान्नु हुन्छ"
कहिले काहिँ साथिहरु सगँ जमघट् गर्दा धेरै ढिलो हुन्ने भयो भने घर फर्किदा मामा को गालि खाने भएर मलाइ फोन गर्नु हुन्थ्यो र हाम्रो घरमा आउनु हुन्थ्यो। म पनि सुटुक्क ढोका खोलिदिन्थेँ र भाई सगँ गएर खुसुक्क सुत्नु हुन्थ्यो। म पनि मामाहरुलाई दाई छिट्टैनै फर्किनु भएको थियो भनिदिन्थेँ। तर हाम्रो घरमा चाँहि बिहान देखिनै आमाको कर् कर् सुन्नु पर्थ्यो, समीरदाईलाई गालि गर्दै। आमाको गालि उहिहुन्थ्यो जहिले पनि--"छोरा तँ कति लापर्बाह भएको है, अब त ठुलो भैसकिस् नि, खालि साथिहरु सगँ बरल्लिएको छ, बुवा आमाको केहि पिर् छैन तलाई?" अनि समीरदाई खिस्स हाँस्दै, आमालाई अङगालो मार्दै भन्नु हुन्थ्यो--"तेहि बुवा आमाको पर्वाह भएर त होनि फुपु म हिजो राति घर नगएको, नत्र गैहाल्थिनि आधा रातमा हल्लिदै घर", उहाँको तेस्तो जवाफ सुनेपछि म रोक्न खोजेपनि नसकेर खित्का छोडेर हास्थेँ। समीरदाई को बानीनै थियो जति गालिगरेपनि नरिसाउने र मजाकमा उडाइदिने।
समीरदाइ बार सिद्दाएर अमेरिक जाने तयारिमा निकैनै बेस्थ हुनुहुन्थ्यो, त्यसैले उहाँलाई भेट्न त्योताका अलि कठिन नै हुन्थ्यो। हाम्रो घर नआउनु भएको पनि धेरै नै भैसकेकोथ्यो। एकदिन पानी परिराथ्यो, आमा र म ज्याल् बाट बहिर हेर्दै कुरा गर्दैथ्योउँ दाईकै बारेमा, टुप्लुक्क आइपुग्नु भयो। अनि आमाले दाईलाई हेर्दै भन्नु भयो--"कति लामु रहेछ छोरा तेरो आयु, भर्खरै तेरै कुर गर्दैथ्योउँ हामिहरु", "आयु त तेस्तै हो फुपु तर खबर् चाहिँ खुसिको छ म सगँ"--उहाँले हर्शले गद् गद् भएको अनुहार् ले भन्नु भयो। आमा ले पनि अलि उत्तेजनात्मक् स्वोर् ले सोध्नु भयो--"के छोरा सुनाइहाल्न?" म पनि उत्सुक् हुँदै कान ठाडो ठाडो बनाएर सोधेँ--"के दाई हामी पनि सुनम्न?" दाई अनुहारबाट खुशिको झलक टप्काउदै आमालाई हेर्दै भनु भयो--"फुपु म त जाने भयँ नि अमेरिका, आज भिसा पाएँ मैले", हामीहरु एक्दम् खुसि भयोउँ अनि म कराउन थालेँ --"मलाइ ट्रिट अहिलेनै चाहियो" भन्दै। "मेरो अहिले एउटा साथिलाई भेट्नै पर्ने छ, पख् म एक्छिन्मा आउछु तँ तयार भैरनु, अनि जाउँला"--दाईले भन्नु भयो। "यस्तो पानीमा किन जानु पर्यो? छोरा त पनि अहिले नजा साथिकाँ, म खाजा बनाउछु"--आमाले भन्नुभयो। म किन मान्थेँ र? जिद्धि गर्न थालि हालेँ--"नाई नाई जाने " भन्दै। बाहिर निस्कन खोज्दै गरेको दाईलाई आमाले भन्नु भयो--"चिया त खाएर जा, माथि बन्दै छ" , दाइलाई साथिहरु भेट्न हतार् भैरको के सुन्नु हुन्थ्यो र?"पछि खाउँला फुपु" भन्दै बाहिर निस्किनुभयो। म झ्याल्बाट बाहिर हेरिरहेँ, आमाले आवजदिनुभयो--"छोरा पानी परिराछ, बिस्तरै चलाहै मोटर् साइकल्",--"भैहाल्छ नि, तेहि पनि म जहिले पनि बिस्तारै त चलाउछु नि"--भर्याङ् ओर्लदै गरेको दाईले मलाइ हेर्दै आखाँ झिम्काउदै भन्नु भयो। म हासेँ र दाईलाई हेरिरहेँ। किन हो किन मन खिन्न लाग्यो। "अब दाई गएपछि त मामाघर कति शुन्य हुन्छ होला? मलाई त जानै मन लाग्दैन होला?"--आखाँभरि आँशु पारेर आमालाई भने। आमाले मलाइ अङालोमार्दै भन्नु भयो--"लौ के भ कि होलि? झन् दाइ जाने बेलामा खुशि पो हुनु पर्छ त", तर मेरो मन खिन्न नै भैरह्यो।
म दाईसगँ जानलाइ कुरिराथेँ, धेरैनै ढिलो भैसक्याथ्यो, दाई आउनै भएन, तर फोने आयो मामाको। मामा रुदै हुनुहुन्थ्यो र आमालाइ भन्दै हुनुहुन्थ्यो दाई को दुर्घटना भयो भनेर। म र आमा दौडेर मामाघर पुग्योउँ । मामाघरमा एक किसिमको सन्नाटा छायिरहेको थियो, कुरा बुझ्दा थाहा पयोउँ पानी परिरहेको रहेछ, दाइ तेहि तिब्र गतिमा हाक्दैइ हुनुहुदो रहेछ मोटर् साइकल्, अगाडि ट्रकले फलामको डन्डि लिएर जादै रहिछ, मोटर् साइकल् पानीमा चिप्लेछ र दाई सिधै ट्रक्मा जाक्किनु भएछ, र दुइटा डन्डि दाईको छातिबाट भित्र छिरेछ र घटनाइस्थल्मा आफ्नु प्राण त्याग्नु भएछ । एकैदिनमा मेरो दाई इतिहासमा परिवर्तन् हुनु भएछ।
त्यो दिन दाई खुशिको खबर् सगैँ आफ्नु जिवन को अन्तिम भेट् लिएर आउनु भएको रहेछ, हामीलाइ के थाहा? आमाले आशिक त दिनु भएको थियो लामु आयुको तर लान भनेर तम्तयार भएको कालले हाम्रो के सुन्थ्यो र? यो सन्सारमा जन्मे पछि म्रित्यु त निस्चित् नै छ, तर त्यति कठोर म्रित्यु किन? आज म्रित्युको लग्भग एक् दशक नै भैसक्यो तर पनि म यो बिरानो ठाउमा मान्छेहरु को भिडमा आफ्नै दाईलाई खोजिरहेको पाउछु, उहाँको झझल्कोले मलाइ पच्छ्याइरहेको पाउछु, अनि मेरो आखाँमा छाउनु हुन्छ, त्यहि समीरदाई जो अन्तिम पटक् हाम्रो भर्याङ्बाट ओर्लदै गरेको मलाइ आखाँ झिम्काउदै।
Last edited: 02-Dec-07 01:55 PM
|
|
|
|
Nepal??
Please log in to subscribe to Nepal??'s postings.
Posted on 12-02-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कथा मात्र होस्, यस्तो कसैलाई नपरोस ।
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 12-02-07 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
as far as I know, you write articles based on true experience, if this is so, it is really sad to hear about your mama ko chora.
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 12-02-07 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very touching Dipika! That's called fate, I have a similar experiance and I know how it feels...I felt sorry for you...may his soul rest in peace.
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-02-07 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुखदायी! यस्तो दशा कसैलाई पनि नपरोस! मृत्यू शास्वत हो तर त्यो उमेर हैन मृत्युले आफ्नो लिला देखाउने। कहिलेकाहिँ प्रकृतीवाट पनि भुल हुँदोरहेछ के गर्ने!
धन्यवाद दीपिकाजी प्रस्तुतिको लागि!
आशा छ अर्को पटक कुनै मधुर र रमाइलो संस्मरणको धागो बुन्नुहुने छ!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-02-07 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepal jyu...Everyday I feel the same
kancha01...I wish i can say "No it is just a story"
pjna....I hope so too
birkha_maila jyu...This story was written a couple of years ago in my diary. I never thought of posting it anywhere or reading it to anybody, but today my freind really insisted me to post in sajha and not only insisted but typed it for me too. I had decided last time not to come up with any emorional story again but here I am, couldn't say no to my freind. But this might be a last time for me to post any emotional story in sajha. thanks!!!!!
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 12-02-07 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Really Sad. I sometime wonder why always those smiley and lovely people pass away that early. भन्छन नी राम्रो मान्छेको ईश्वर लाई पनि खाचो हुन्छ, शायद तेस्ताइ हो की!
|
|
|
SateLite
Please log in to subscribe to SateLite's postings.
Posted on 12-02-07 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
u made me cry...
really touchy story dipika ma'am.
keep writing...we will love to read from u..
Thanks
Sate-
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-02-07 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म चाहन्थें, यो कथा मात्रै होस्। जिवन् भनेकै घटना दुर्घटनाहरुको संगालो हो, तेसैले मन् बुझाउनै पर्छ, we have to keep moving no matter how bitter the reality strikes। हामिसंग पिडा साट्नु भएको मा धन्यबाद्। इ अजनवि पाठकहरुको सान्त्वना ले तपाईंको पिडा अलिकता भए पनि कम् होला भन्ने कामना गर्दछु।
Looking forward to read more from you.
Last edited: 02-Dec-07 02:24 PM
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 12-02-07 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika जी मृत्यु जीवन को अन्तिम सासवत सत्य भये पनि जब त्यो हामी आँफै माथि पर्छ अनी बल्ल हामी तेस्को क्ठोर एथार्थ बाट पारीचित हुन्चौ ।सन्सार एस्तै छ जन्मेसी सबै ले एक दिन जानु पर्ने तर जिन्दगी को लामो inning खेलेर जानु र लाउला खाउ ला भन्ने उमेरमा चट्टक बिदा हुनु को पिडामा फरक त हुन्छ नै।तेस माथि बाबु ले छोरा को दाग्बत्ती दिनु पर्ने त्यो कारुनिक द्रिस्येले जोकसैको पनि आँखा मा आसु ल्याउछ।शायद महाकवी लक्ष्मीप्रशाद देव्कोतले ठिकै भनेका थिए"हे ईश्वर तै रचेर फेरी कसरी बिगारइ^स्,स्रिस्तिको फुल रोपेर फेरी कसरी लतारिस्।" तपाईंको दाइको त्यो दुर्घतनाको पनि एक दसक भयी सकेछ।एस बिच मा बागमती मा धेरै पानी बगी सके,अब त कतिपये चिन्जान का मा निश हरु को मानस पट ल बाट त्यो घटना बिलाई सक्यो होला।तर तपाईंलाई अझै त्यो घाऊ ले पोली राखेको रहेछ।शायद आफ्न्तको बियोग मा सबैलाई तेस्ताइ हुन्छ होला।झन ति बुवा आमा को के हाल होला हामी कल्पना मात्र गर्न सक्छौ।फेरी जवानीमै कसैलाई मर्नु न परोस अनी बुदेशकाल को लठ्ठी कसैले गुमौनु न परोस्।हामी शायद एही कामना गरौ।
Last edited: 02-Dec-07 02:53 PM
Last edited: 02-Dec-07 02:56 PM
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 12-02-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika,
Though you never mentioned anything about Sameer to us, we knew that long time ago, and something which you never even mentioned among your friends, I was really stunned when I saw in sajha. Then I saw your comment and I got all my answers.
But girl, this is a reality of life, sometimes you have to face things that you never want to. We all want to see you smiling like you always do.
keep on writing, we hope to read you more
ka.le.jo
|
|
|
Somesarki
Please log in to subscribe to Somesarki's postings.
Posted on 12-02-07 5:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipikaji, I extremely felt sorry for you and your family. I am not surprised its your real story. You know it is still happening on many families, missing there only hope and future. It is not easy to accept the cruel facts even if it is happening in front of your eyes. SO guys drive safe. Remember you need more to other than yourselves. There are many souls behind you. Live for other. Thank you for sharing your feelings. God bless you all.
|
|
|
waiyat
Please log in to subscribe to waiyat's postings.
Posted on 12-02-07 5:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Keep on writing. I am touched.
|
|
|
hyperthread
Please log in to subscribe to hyperthread's postings.
Posted on 12-02-07 8:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pretty sad one but good presentation.
Keep 'em coming.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-03-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dear all, Thank you very much for giving your time to read this heartbreaking story. I personally never consider of sharing such stories with other, but as i already mentioned this is really not my idea. I promise to u all that I will try to come up with something more pleasurable to comprehend from next time. thank you Dipika
Last edited: 03-Dec-07 10:30 AM
|
|
|
Nepal??
Please log in to subscribe to Nepal??'s postings.
Posted on 12-03-07 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipikaji,
When I first read it, I was confused is it real or just a fiction. I was thinking that why anybody would write such a fiction here. So I thought it could be real but just wished it were a fiction.
I saw people were touched by the incident you mentioned. Though I feel bad (emotionally as I am not mentally such strong) to read such stories, I think you didn't do any wrong by posting it here. One you could shared it here, second you could made other people aware so that they will keep this incident in mind and will try to avoid or stimulate other people to avoid such accidents.
Lets wish to see and read happy stories in future from you and others! Cheers for the future!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-03-07 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त आफु दिपिकाले धन्यबाद ज्ञापन गरीसके पछि आईएछ यता -- तै पनि मनमा लाग्या त लेख्नै पर्यो अब।
म त कथा काल्पनिक होला भनेर कथाकारले मोटर साईकल छिटो चलाउने प्रसङ्ग सुरुमै उठाएर कथाको अन्त्य पैलेई किन भनेको होला भन्दै थिएँ भरे त टिप्पणिमा पुगेर चाल पाएँ कथा त बास्तबिक रहेछ। मुटु घोचिहाल्यो।
प्रस्तुती एकदम सरल छ। पढीसकेर के भन्या होला भनेर झोक्र्याउनै नपर्ने। अरु पनि पढन पाईयोस। अब रमाईला कथा पनि लेख्ने रे भनेको सुनेर आफु त दङ्ग परीया छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-03-07 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very Sad story.
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 12-03-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very sad...Sorry to hear about it dipika...
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 12-03-07 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very sad...Sorry to hear about it dipika...
|
|