[VIEWED 30272
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 07-21-08 7:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । आफु भासिएजस्तो लाग्छ कुनै दलदलमा अनि पल प्रति पल जति निस्कन खोज्यो उति डुबे झैँ लाग्छ ।
त्यो दिन हाम्रो घरको Living room धेरै बेर सम्म तनावग्रस्त रहिरह्यो । म घोसेमुन्टो लगाएर उभिएको उभियै भएँ । घरि घरि आँखा उठाउन खोज्थेँ तर फेरि झूकाउनु परिहाल्थ्यो । बुवा आँशु भरिएका आँखाले मलाई हेरिरहनु भएको थियो । मलाई वहाँको अनुहार हेर्न मन लागेको थिएन अथवा भनौँ मैले आँखा जुधाउन सकिन । लोग्नेमान्छेको आँखामा आँशु ज्यादै दयनिय देखीन्छ । एकदम बिवश लाग्छन् मलाई लोग्नेमान्छेहरु रुँदा ! निरुपाय भएर मात्र रुन्छन् लोग्ने मान्छे , जहिले सम्म निकास देख्दछन् तबसम्म रुन जानेका हुन्नन् ! खोई के सुहाउँदैन के सुहाउँदैन ? तिँ माथि त्यो त मेरो आफ्नै जन्म दिने बाउको आँशु थियो त्यो पनि मेरो कारणले उब्जेको ,एउटि जवान छोरीको कारणले धेरै बेर मनमनैँ आँफैलाई धिक्कार्दै बित्यो ।
"जा सुरुचि सुत्न जा भोलि कुरा गरौँला !" लामो मौनता आखिरमा तोडियो त्यो कोठाको ! बुवाले फेरि पनि आफु धैर्यवान रहेको देखाउनुभयो आफ्ना शब्दहरुले। सँधै जस्तै आज पनि बुवा आमाले मलाई हकार्न सक्नु भएन ,कुनै नयाँ कुरा होईन ,यो वहाँहरु दुईजनाको बानिमैँ छैन । मलाई यो वहाँहरुको सबैभन्दा ठूलो कमजोरि लाग्छ , दुवैजना रिसाउन जान्नुहुन्न ।शान्त शालिन अनुहार मात्र देख्छु जहिले हेरे पनि ।
बाहिर निस्केँ ,कोठा तिर जान खोजे तर बुवा आमाको ढोका छोडेर जान मन लागेन ,के कुरा गर्नुहुने रहेछ एक आपसमाँ मैले सुन्नु थियो । प्यासेजमा बत्ति निभाइसकेको थिएँ म ढोका मैँ आड लागेर बसेँ ।
"के गर्ने त अब ?" बुवा निराश भएर होला सुस्तरि बोल्नुभयो । सँधै को जस्तो तेज थिएन । म वहाँको बोलिले नै वहाँको अवस्था चिन्छु ।
"हाम्रो पालन पोषण मा कमि भए जस्तो त लाग्दैन !तै पनि किन ? आखिर हामी नै किन ? " आमा एक्कासि भक्कानिनु भयो ।
"नरो न , अब रोएर मलाई पनि कमजोर नबना है सन्ध्या ! तँ छेस र त अझै पनि केहि भइहाल्ला कि भन्ने आशमा छु ।"
"मैले जागिर धेरै अघि छोड्नुपर्ने ,घर ब्यवहार मा सहयोग होला भनेर जारि राखेँ उ जन्मेपछि पनि ! जागिर नभएको भए समय त दिन सक्थेँ सुरुचिलाई !"आमा फेरि आफ्नै दोष निकाल्ने क्रम मैँ हुनुहुन्थ्यो ।
"अब भइसकेको कुरा छोड , तै पनि तेरो जागिर को के दोष ? खालि यसो उसो गर्यो आफैँलाई दोष दिन्छे ! बाउ आमा जागिरे भएकाका सबै छोराछोरी Addict भएका छन् र ? अब के गर्ने सोच ,लत छुटाउन सकिएन भने बिकराल हुन्छ यो समस्या त !"
" तै पनि उसका कुराहरु तँपाई भन्दा मलाई थाहा हुनु पर्ने नि त ! आखिर आमा हुँ उसकि ,साथि जस्तै नै ब्यवहार गरेकी छु ? किन लुकाई उसले कुरा ? अस्ति मेरो पर्स बाट पैसा हराउँदा त कतै हिसाब बिर्सेछु झै लागेको थियो ,हिजो उसको कोठामा त्यत्रो कुरा भेटिएपछि पो थाहा लाग्यो !"
"फेरि रुन थालि , नरो भनेको हैन सन्ध्या !" बुवा थोरै झर्किनु भयो ,वहाँ ले रिसाएको मैले देखेको छैन , आमाको हिकहिक यथावत थियो ,शायद आँशु पुछेर अब नरुने कोशिश गर्दै हुनुहुन्थ्यो तर सकिरहनु भएको थिएन ।
"ब्लड चेक चाहिँ पहिला गर्नुपर्ला ,के थाहा धेरै सिरिन्ज चलाएर !!!!!!!!!!!!!!!!!!!!!!!" आमा को रुवाई अचानक बढ्यो अगाडिका आँशु रोक्ने सम्पुर्ण प्रयास लाई असफल बनाउँदै ।
"हैन त्यस्तो त भएको छैन होला ! मेरो बिचारमा रिह्याब सेन्टर नै ठिक होला ,थोरै दिन सुधार्ने नै प्रयास गरौँ !"
"सबलाई थाहा हुन्छ त्यसो गरे त ! छर छिमेक मा कसरि मुख देखाउने ,को केटाले बिहे गर्छ यस्लाई ? "
"अहिले पनि थाहा हुन्छ ,त्यति राम्रा ठूला आँखा तलका छाला सबै काला भइसके ,ओठ हेर न हाम्री छोरीको कत्ति कालो छ ,पहिला त्यस्तो थियो र ? हामीले नै खुट्याउन ढिलो गर्यौँ ,अब यहाँ भन्दा ढिलो गर्नुहुन्न ! हो उ बहकिएकि हो गलत बाटोमा लागेकि हो , तर उसको भन्दा तेरो र मेरो बढि गल्ति छ हामिले पहिला नै पत्ता लाउन सक्नु पर्थ्यो । अब त रिह्याब सेन्टर लानै पर्छ ! अरु भन्दा त्यो कल्पनाकुन्ज ठिक छ भन्छ मेरो एउटा साथि ,त्यसको छोरालाई पनि तिन महिना त्यहाँ राखेको आजकल नर्मल छ अरे ।" बुवाले सान्त्वना दिनु भयो आमालाई !
म बिस्तारै आफ्नो कोठा तिर लागेँ ,मलाई मेरो परिणाम थाहा भइसकेको थियो ।आफ्नो बुवा आमा लाई म दोष दिन्न । अझै पनि सुधार्ने प्रयास गर्दै हुनुहुन्छ ।चुपचाप कोठा आएँ अनि सोचेँ म वहाँहरुको जे बिचार हुन्छ त्यहि गर्नेछु । सक्नु नसक्नु आफ्नो ढाउँमा छ तर आफ्नो तर्फ बाट सुध्रने सकेसम्मको प्रयास गर्नेछु ।
करिब दुई बर्ष अघिको गल्ति ले गर्दा म अहिले को ठाउँमा आईपुगेँ जहाँ मेरै आफ्नाहरु मन नलागि नलागि नै भए पनि मलाई आफुबाट अलग्याउँदै छन् ।कुनै घाउ लागेको आफ्नै अंग जस्तै जस्लाई नकाटे शरिर नै खानेछ । के म त्यो परिवार को रोग भएर निस्कि सकेको छु त ? म घर बाट अलग्गिन चाहन्न र लत बाट अलग्गिन सक्दिन । कोठा आएँ आज मेरो कोठा बिहानै सफा गरिएको थियो ,मैले केहि पाउने सम्भावनै थीएन कोठामा तै पनि धेरै बेर सम्म खोज जारि राखेँ नभेटेर गलेँ ,चिटचिट पसिना आएझैँ भयो हात गोडाहरु कामे जस्तै भयो ओछ्यान मा पल्टिएँ ,बिस्तारै मनमाँ उठेका भुकम्प हरु सेलाएझै भयो धेरै चोट दिएर हावाहुण्डरि थामिएझैँ लाग्यो ।
धेरै दिन पछि ऐना हेर्न मन लाग्यो । ऐना अघि उभिएर आफ्नो आँखा , ओठ हेरेँ । बुवा ले भने जस्तै काला भइसकेका थिए । कपाल त पहिल्यै कलर गरेर महिले खैरो बनाइसकेको थिएँ । म पहिला यति नराम्रि थिइन । अगाडि पछाडि सबै तिर नियालेँ नारित्व कतै हराएको थियो । मलाई आफ्नो पहिलेको स्वरुपमा फर्किन मन लाग्यो । रात भरि एल्बमका पुराना फोटाहरु हेरेर रुँदै बस्दै गरेँ । यो समस्याको कारण म थिएँ समाधान मा मैले पहल गर्नै पर्छ , म कल्पना कुन्ज जानेछु ।सुत्नु अघिको मेरो निर्णय त्यहि नै थियो । आँशु पुछे गालाभरि आँशुका टाटालाई यथावत राख्दै आफ्नो ओछ्यान मा पल्टिएँ ।
क्रमश:
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-21-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"तिँ माथि त्यो त मेरो आफ्नै जन्म दिने बाउको आँशु थियो"--- फुच्छे शायद यो भन्दा दयनिय द्रिश्य अरु केही छैन होला संसारमा।
उफ्फ धेरै छोटो भयो। कती भन्नु है? धित मरुनजेल त पढ्न पाउनु पर्छ नि छिटो टाँस है अर्को भाग।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-21-08 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे केटो , धेरै राम्रो छ्,बाबु आमा को आफ्नो छोरा छोरी प्रतिको ममता साह्रै राम्ररी पोख्नु भएको छ्। सुरुची कल्पना कुन्ज गएर सुध्रिन्छे त? अर्को भाग को प्रतिछ्यामा।
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 07-21-08 9:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Fuche, You picked up nice topics for your imagination. Waiting for more.
|
|
|
baburajan
Please log in to subscribe to baburajan's postings.
Posted on 07-21-08 10:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
k ho bro naya topics dami cha ni ta keep it up.
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 07-22-08 6:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
deepika , thanx , खोई के भाको के भाको यो chaps हरु लामो बनाउनै सकिन हौ , त्यसको सट्टा अर्को भाग चाहिँ सकेसम्म चाँडो टाँसेको छु ल !
बिष्टेजि धन्यवाद , सोध्नुभएको प्रश्न को उत्तर चाहिँ तलतिर भेटिन्छ ।
stat ,
thanx , picked something different though i have not been in such places i m doing the experiment , its nothing but yet another lovestory तर I promise it ll be different.
baburajan,
यस्तै छ ब्रो ,अर्को नयाँ टपिक्स 
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 07-22-08 6:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाहिर बाट ठुलो जस्तो लाग्थ्यो ,सबै तिर ढुङ्गाको गारो उठाएर बनाएको पर्खाल ,अनि ठुलो फलामे गेट र गेट बाहिर को जुँगे चौकिदार , बिलकुलै नाम बिपरित को अनुहार देखायो कल्पनाकुञ्जले , नाम कल्पनाकुञ्ज किन पनि थाहा छ मलाई ,किनकि यस्ले निकै भयानक वास्तविकता हरु निलेको छ यसमा आउने मान्छेहरुसँगै ,यो त्यहि भएर शायद कल्पनामै मात्र रम्न चाहन्छ।म पनि कल्पनामैँ रमाउन चाहन्छु ,किनकि मेरो वास्तविकता ले आजकल मलाई घोच्न थालेको छ ,मैले हेर्ने ऐनाले आजकल मलाई गिज्याउन थालेको छ ।
मैले सोचेकी थिएँ कल्पनाकुञ्ज सुधार ग्रिहहरु भन्दा प्रिथक हुनेछ ,तर आखिर मा सुधार ग्रिह सबै उस्तै नै हुन् बिग्रेका लाई सपार्ने कारागार न हो आखिर , उहि मुटु नभएका ढुङ्गे पर्खाल हरु , उहि स्वतन्त्रता निमोठ्ने चौकिदारहरु , मैले थोरै अनुहार खुम्च्याउँदै त्यो चौकिदारको ढुंगे अनुहार हेरेँ , अररो , अनुहार भरि केहि काटेका दागहरु भएको ,शायद युद्द मा पनि लडेको हुँदो हो पहिले,आर्मि होला पहिलेको त्यो ,अहिले रिटायर भएर यता आएको पनि हुनसक्छ ,फेरि सोचेँ त्यत्रो युद्द लडेको मान्छे जाबो सुधार ग्रिह को चौकिदार भएर के बस्थ्यो झगडा गरेको होला कसै सित अनि बसेको होला त्यो खत ,टोपि कसैले जबरजस्ति उसको टाउको मा लादेको जस्तै लाग्थ्यो ,एकदमै नमिलेको ,राक्षस हरु त्यस्तै हुन्थेहोला पहिला पहिला , बुवाको नजिकै गएँ र टाँसिएर ,छेलिएर हिँड्ने प्रयास गरेँ , आफ्नो टि-शर्टको बाहुला आफ्ना हत्केलाले थाहा नपाईकन दबाईरहेको रहेछु ,त्यो छोडेर आफ्नो हातलाई थोरै हलुका बनाएर हिँड्ने प्रयास गरेँ,आफ्नो डरलाई र नैराश्यतालाई त आखिरमा मैले जित्नु नै पर्ने थियो । म किन बुवा सँग नजिकिँदै छु ? अब आउने दिनहरु मैले मेरो परिवार छोडेर यहि कल्पनाकुञ्जमा बिताउनु पर्नेछ । कहिले काहिँ यहि सोचले मात्रै पनि मन भारि हुन्छ । चौकिदारको अनुहारमा कुनै परिवर्तन देखिएन मेरो अनुहार देखेर ,एकचोटि तिखो नजरले मलाई हेरे पछि मुन्टो बटार्यो उसले ,मेरो नजरमा उ असाधारण मैले सोचे भन्दा भिन्न होला तर उसको नजरमा त म अति साधारण बिग्रिएकि केटि न हुँ त्यहि झुण्ड भित्रकि ,जस्लाई उ हरेक दिन यहि फलामे गेट बाट भित्र उसको अनुहार हेर्दै छिर्दै गरेको देख्छ ।
भित्र छिरे पछि भने केहि सन्चो भयो फूलबारि देखेर ,मलाई फुलहरु मन पर्छ बिशेषत: काँडा माथि का फुलहरु किन किन आँफै उभिएजस्तो लाग्छ त्यो काँडामाथि !
"तँपाईहरु एकछिन बाहिर गइदिनुहुन्छ ?मलाई सुरुचि सँग एकछिन गफ गर्नु छ ! त्यतिन्जेल सम्म Admission procedure सिध्याउनुहोस् न !" त्यहाँको चिफ हुनुपर्छ त्यो भन्ने ,बुवा आमा बाहिर निस्कनु भयो । मलाई थोरै असहज भएकाले मैले मुन्टो कन्याएँ उसको कुर्सि अघिको कुर्सिमा बसेपछि ,धेरै जस्तो म यसै गर्छु जब के गर्ने मलाई थाहा हुँदैन । त्यहाँ त Interview नै लेला जस्तो थियो उसले । नङ्ग लामो भएको रहेछ , घिच्रो चर्याए चर्याए जस्तो पनि भयो । मैले उसको आई डि कार्ड पढ्ने प्रयास गरेँ शायद सुरेश लेखिएको थियो नाम !
"सुरुचि तिमी नढाँटि भन ,सुध्रिने चाहना कस्को हो तिम्रो वा आमा बुवाको ?" आमा बुवा बाहिर निस्कने बित्तिकै उसले प्रश्न सोध्यो ।
" सुध्रिने चाहना कस्को हुन्न ? तिरस्क्रित भएर बाँच्न कसलाई मन हुन्छ र ?" मैले उसको टेबलमाँ राखेको पेपरवेट खेलाउँदै जवाफ फर्काएँ । पेपरवेट भित्र देखिएका थोपा थोपा हरु पानी नभए पनि मलाई खेलाउँदा खस्लान कि जस्तै लाग्छ ।
"के भएर लत बसेको जान्न सक्छु ?"
"अहँ सक्नुहुन्न । कुनै कुनै कुरा हरु नितान्त ब्यक्तिगत हुन्छन् । " मैले ठाडो ईन्कार गरेँ ।
"तिमी त्यस्तो हार्ने मान्छे त देखीन्नौँ ।" उसले रहस्यमय उत्तर फर्कायो ।
"मतलब ?"
"मैले धेरै सङ्गत गरेँ तिमी जस्तै अरुहरुको पनि ,अरु Rehab center र यसमाँ फरक के छ थाहा छ ? हामि तिमिहरुलाई एउटा केस मात्र मान्दैनौँ एउटा साथि मान्छौँ ,तिमिले त्यो ब्यक्तिगत कुरो पछि यसैका कुनै न कुनै कर्मचारिलाई अवश्य भन्नेछौ । त्यसमाथि करिब करिब मैले तिम्रो ब्यक्तिगत कुरा बुझेँ । म त्यो कुरा कोट्याउँदिन तर एउटा कुरा के बुझ भने संसार एउटा मान्छे मात्र हुन्न ,उसको yes अथवा no मात्र हुन्न । त्यसलाई छोडेर अघि बढ्नुपर्छ ।तिमी त्यहिँ अलमलियौ र त्यसमै गल्ति भयो ।"
"होला !"मैले सुस्तरि जवाफ फर्काएँ ।अघि मैले घुमाईरहेको पेपरवेट अहिले रोकिईसकेको थियो ।
"ठिकै छ यो कल्पनाकुञ्जमा तिम्रो सबैभन्दा नजिक रहने मान्छेलाई त भेटाईदिनै पर्यो "
उसले घण्टि बजायो । चर्को घण्टिको आदेश पालना गर्न होला एउटा मान्छे भित्र छिर्यो । मलाई घण्टिको आदेश मान्दै भित्र छिरेर छाति चौडा पारेर उभिने मान्छेहरु यन्त्र मानव लाग्छन् भावना शुन्य ,चेत शुन्य । उ पनि मलाई कुनै अपवाद लागेन ।
"सुधालाई बोलाउ त !"मेरो तन्द्रा भङ्ग गर्दै उसले अरायो ।यन्त्र मानव जसरि आएको थियो त्यसरि नै फर्कियो पनि । म मुस्कुराउँदै उसलाई हेरिरहेँ ।
"तिमि असाध्यै राम्रो मुस्कुराउँछौ ।"
"मलाई थाहा छ यो पनि तँपाई को उपचारको अंश हो ।"
"होईन साच्चै !"उसले अझै पनि मलाई बिश्वस्त पार्ने प्रयास गर्यो ।तर मलाई थाहा छ म कति राम्रि छु भनेर !
सुधा नै होला उसको कोठा नक गरेर छिर्ने ,लामो कपाल ,सुतिको कुर्ता ,लामा औँला को लामो नङ्गमा मिठो रातो रंगको नेलपोलिश ,हुन सक्ने साधारण मेक अप गरेर पनि परि जस्तै असाधारण देखिरहेकि थिई , मैले आफुलाई हेरेँ आफुलाई सुधासँग दाँजेँ , म पहिला यत्तिकि थिएँ कि थिईन त ? यति खेरको मेरो रुपरङ्गको ठ्याक्क गणितिय उल्टो केटि मान्छे बनाउनु भनेर कसैले भगवानलाई भन्यो भने पक्कै सुधा बन्छे होला ।
"सुरुचि उ सुधा हो तिम्री साथी नै भनौँ ! र सुधा उ सुरुचि ।"
"हाई " उसले हात अगाडि बढाई ,मैले पनि आफ्नो हात तेर्स्याईदिएँ ।
"ल ठिकै छ ,यति खेर सम्म तिम्रो बुवा आमाले पनि तिम्रो Admission procedure सिध्याईसक्नुभएको होला ,तिम्रा सामानहरु , गिटार ,कर्टकोबेन र ब्रायन एडम्सका सिडिहरु सबै तिम्रो कोठामा पुगिसकेका होलान हिँड जौँ बाहिर ! सुधाले तिमीलाई तिम्रो कोठा सम्म छोडिदिनेछे । "
"मेरो ब्याग चेक भएको हो ?"
"हो तर मैले तिमीलाई त्यो कुरा लुकाईन नि !"उ मुस्कुरायो । मैले उसको मुस्कानले नै गर्दा त्यो माफ पनि गरेँ ।
बुवा आमा मलाई हेर्नलाई पर्खेर बस्नु भएको रहेछ । अन्तिम पटक मैले बुवालाई ऊँगालो मारेँ ,एकछिन रोए पनि !
"मैले तँलाई अहिले सम्म केहि कुरामा गालि गरेको छैन सुरुचि तर तँ यहाँ किन आएकि नबिर्सि ,मलाई मेरी पुरानि छोरि फर्काउने प्रयास गर मेरै लागि भए पनि !"
बुवा यति भनेर बाहिर निक्लनु भयो , म त्यहिँ ऊभिएर हेरिरहेँ ।
क्रमश:
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 07-22-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ramro hunchha fucheketo jyu ko kathaharu
|
|
|
Sheetalb
Please log in to subscribe to Sheetalb's postings.
Posted on 07-22-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
this is such a touchy topic, very nice story....
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 07-22-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-23-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
fuche, the diversities in the contents of your stories are very appreciative......thank you so much for sharing with us......please keep it up...waiting for another part fuche....
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-23-08 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि पढ्दै छु है। लेखाइ राम्रो छ। अली लामो लेखम न बरु।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-23-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे केटो ज्यु, झन झन चाख लाग्दो हुँदै छ्।,हरेक पल को बर्णन एकदम निक्खर छ्।
अर्को भाग चाइ अली लामो जावस नै है।
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-23-08 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
what a versatile writer!
maile pani padhdai chu hai fuche. :)
Last edited: 23-Jul-08 05:34 PM
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 07-24-08 12:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sannani ,Sheetlab ,Ek@l ,Nepalko Chhora Thanks For such a Sweet comment
Deepika ,Thanx , ञसपालि को कथा फरक नै गरौँ भन्ने चाहना हो ,राम्रो प्रतिक्रियाहरु आईराखेको छ खुशि लागिराखेको छ । तिमीले भने जस्तै हामी दुईजना एकअर्काको तारिफ गरेर नथाक्ने भयौँ ! अनि लामो लेख्न सकेसम्म को प्रयास गर्दै छु ।
एउटा कुरा भन्छु If u dont mind ,मैले तिम्रो सबै कथा पढेर भख्खर सिध्याएँ ,I m great fan of ur writting तिम्रो लेखाई जति polished लेखाई साझा मा थोरै लेखकहरुको छ ,कथा यति राम्ररि बग्छ के भनौँ ,मलाई धेरै दिन देखि भन्न मन लागेको कुरा भने घटेको घटनाहरु देखि बहिर पनि थोरै लेख्न खोज न एक दुई चोटि ,than see the difference , u ll easily beat my versatality.
biste ,Thanks .I ll Definitely try to make the next Part longer (आज छुट्टि पनि भयो अफिस हेरौँ ,जाँगर चल्छ कि )
pjna 007- thanx , u have been regular reader of my post since i started writting in sajha ,मलाई थाहा छ तिमी पढ्दैछौ । Readers and supporters like u influence me to write on new toipcs ,credit is all urs.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-24-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
fuche, thank you so much for your honest comment. I am thinking of writing something different too, but don't know when :) . Forget about mine, I always enjoy reading yours. It's always very informative. I hope you'll continuously provide us an oppurtunity to enjoy your nice inscription.
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 07-24-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौलाहि को बिहे, म भित्र का म हरु, प्रिय तिमिले यो पत्र नपाए पनि, आत्मा उज्यालो माग्दै थियो अनि, यो कल्पना कुञ्ज । you have come a long way since our first talk about sajha and writing in DANFE YATAYAT while going to jhapa. every time you beat your own records. tooo much quality, natural, true feelings....selected words, lovely craft. every time you become THE character you are writing.. तिमी पात्रको भावनामा बग्दछौ, अनि तिम्रो यहि कुरा मलाई बेजोड लाग्दछ । never ever take break in writing..... keep it up.... अनि, अब भेट्ने कहां हो?? धनकुट्टा , बिराटनगर, झापा, काठमाण्डौ या भावना हरुमा????i don't have much days left, my dear!!!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 07-24-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम्रो प्रस्तुती। भाषा, शब्द चयन, प्रबाह सबै राम्रो। मुख्य पात्र प्रति पाठकको सदभाव छ -- जावोस जावोस प्रभो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-24-08 5:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँखा त उहिले नै परेको हो फुच्चेज्यू प्याच्च नबोल्या मात्र हो। पेलम है पेलम गजबको बहाव छ प्रभोको!!
|
|
|
baburajan
Please log in to subscribe to baburajan's postings.
Posted on 07-25-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
k ho yar arko kaile halne ho? din dinai herchu haldai haldai nas yar. assesment pani sareko sarai garcha, tero pani naya aaudaina, net ma aru herne nai kehi hudaina din ko 1 ta hal dai yar..
|
|