chipledhunga
Replies to this thread:
More by chipledhunga
What people are reading
Subscribers
Please log in to subscribe to chipledhunga's postings.
:: Subscribe
|
मुग्लान भास्सिँदाका सम्झनाहरु
[Please view other pages to see the rest of the postings. Total posts: 159]
[VIEWED 99084
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए। सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए। उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो। हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ। सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ। यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्यो। क्रमश:
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चिप्ले त छुपा रुस्तम रैछ, कस्तो राम्रो लेखेको, सुरुवात त निकै राम्रो छ। अली छोटो भयो भनेर भन्न पर्दैन होला,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-22-08 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए।
क्या असली सुझाव दिएछन त।
"अनी नेपाल नफर्के बाबु कवाड भैसके छ। सके हामीलाई पनि बोलाउ" - भन्ने हरु थिएन ? यो पछील्लो वाक्यंश चाँही अली पछी आउने हरुको लागि हो। २०५० साल सम्म त देशले निश्चित सकरात्मक फड्को मार्दैथियो। त्यस पछी त कवाड भएको हो। यसको मूल कारण चिप्ले जस्तो होनहार हरुले देश छोडेर हो। बल्ल बुझें। 
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-22-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती छोटो तर राम्रो लेखाइ। फोटो कन्सर्न को फोटो अनी घरमा फोटो सेसन भन्दा त मलाई त झलझली आफ्नै बिदाइ याद आयो अनी नरमाइलो लाग्यो।
अर्को भाग पनि छिट्टै टास्नुस् है चिप्लु।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-22-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले ले मजाको सम्झनाहरु राखेछ पढ्दै जाँदा आफ्नो घर छाड्दा को याद आयो,अरु सबै त उस्तै हो मेरो पनि बुवा लाई फोटो कन्सर्न मा गएर फोटो खिचाउन साह्रै मन थ्यो सबै जना बसेर तर १२ बर्ष बितिसक्दा पनि अझै जुरेको छैन त्यो साईत,कहिले म हुँदा दिदी नहुने त कहिले दिदी हुँदा म नहुने भएर फोटोकन्सर्न को फोटो पेन्डिङ नै छ।
लौ अब त्यो काठमाडौं देखी एल. ए. एक्स सम्म को हाल न ता साथी त्यो पहिलो पटक को यात्रा त साह्रै अबिस्मरणिय हुँदो रइछ,तेस्पची निकै पटक नेपाल ओहोर दोहोर गरियो तर त्यो जस्तो कहिले पनि भएन।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| |
Error Occurred While Processing Request
The web site you are accessing has experienced an unexpected error.
Please contact the website administrator.
The following information is meant for the website developer for debugging purposes.
|
Error Occurred While Processing Request
|
Datasource spradhan-sajhadb could not be found.
|
|
|
The error occurred in D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm: line 5
|
3 : </cfquery>
4 : <cfif getthread.recordcount eq 0>error<cfelse>
5 : <cfoutput>#getthread.threadname#</cfoutput></cfif><cfelseif isdefined("url.articleid")><cfquery username="spradha_sanman" password="sajhasql" name="getthread" datasource="spradhan-sajhadb" dbtype="ODBC">
6 : select message from tblarticles where articleid = '#url.articleid#'
7 : </cfquery>
|
|
DATASOURCE |
spradhan-sajhadb |
|
Resources:
|
Browser |
ColdFusion |
Remote Address |
74.86.124.120 |
Referrer |
|
Date/Time |
19-Nov-09 02:13 AM |
|
Stack Trace
|
at cffixunicode2ecfm1866134693.runPage(D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm:5)
at cffixunicode2ecfm1866134693.runPage(D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm:5)
java.sql.SQLException: Datasource spradhan-sajhadb could not be found.
at coldfusion.sql.DataSrcImpl.validate(DataSrcImpl.java:95)
at coldfusion.sql.SqlImpl.validate(SqlImpl.java:279)
at coldfusion.tagext.sql.QueryTag.doStartTag(QueryTag.java:467)
at cffixunicode2ecfm1866134693.runPage(D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm:5)
at coldfusion.runtime.CfJspPage.invoke(CfJspPage.java:196)
at coldfusion.tagext.lang.IncludeTag.doStartTag(IncludeTag.java:370)
at coldfusion.filter.CfincludeFilter.invoke(CfincludeFilter.java:65)
at coldfusion.filter.ApplicationFilter.invoke(ApplicationFilter.java:279)
at coldfusion.filter.RequestMonitorFilter.invoke(RequestMonitorFilter.java:48)
at coldfusion.filter.MonitoringFilter.invoke(MonitoringFilter.java:40)
at coldfusion.filter.PathFilter.invoke(PathFilter.java:86)
at coldfusion.filter.ExceptionFilter.invoke(ExceptionFilter.java:70)
at coldfusion.filter.BrowserDebugFilter.invoke(BrowserDebugFilter.java:74)
at coldfusion.filter.ClientScopePersistenceFilter.invoke(ClientScopePersistenceFilter.java:28)
at coldfusion.filter.BrowserFilter.invoke(BrowserFilter.java:38)
at coldfusion.filter.NoCacheFilter.invoke(NoCacheFilter.java:46)
at coldfusion.filter.GlobalsFilter.invoke(GlobalsFilter.java:38)
at coldfusion.filter.DatasourceFilter.invoke(DatasourceFilter.java:22)
at coldfusion.CfmServlet.service(CfmServlet.java:175)
at coldfusion.bootstrap.BootstrapServlet.service(BootstrapServlet.java:89)
at jrun.servlet.FilterChain.doFilter(FilterChain.java:86)
at coldfusion.monitor.event.MonitoringServletFilter.doFilter(MonitoringServletFilter.java:42)
at coldfusion.bootstrap.BootstrapFilter.doFilter(BootstrapFilter.java:46)
at jrun.servlet.FilterChain.doFilter(FilterChain.java:94)
at jrun.servlet.FilterChain.service(FilterChain.java:101)
at jrun.servlet.ServletInvoker.invoke(ServletInvoker.java:106)
at jrun.servlet.JRunInvokerChain.invokeNext(JRunInvokerChain.java:42)
at jrun.servlet.JRunRequestDispatcher.invoke(JRunRequestDispatcher.java:286)
at jrun.servlet.ServletEngineService.dispatch(ServletEngineService.java:543)
at jrun.servlet.jrpp.JRunProxyService.invokeRunnable(JRunProxyService.java:203)
at jrunx.scheduler.ThreadPool$DownstreamMetrics.invokeRunnable(ThreadPool.java:320)
at jrunx.scheduler.ThreadPool$ThreadThrottle.invokeRunnable(ThreadPool.java:428)
at jrunx.scheduler.ThreadPool$UpstreamMetrics.invokeRunnable(ThreadPool.java:266)
at jrunx.scheduler.WorkerThread.run(WorkerThread.java:66)
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 5:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नौलो यात्रा थाल्दैछु अन्जान दिशा लिएर अनन्तसम्मको तारालाई सुनौलो लक्ष बनाएर (खोइ कुन्नी कस्को पर्यो यो गीत) अनि रबीन शर्माको: एक्लै लामो यात्रामा हिंडेको छु आज कस्तो कथा बन्ने हो कस्तो ब्यथा बन्ने हो (खोइ आएन राम्रोसँग) कौसिमा उभिउन्जेलको समयमा यी गीतहरु मेरो कानमा गुन्जिरहेका थिए, अर्थात् नयाँ ठाउँमा जाने, नयाँ जीवन शुरु गर्ने, अनि ठुलो हवाइजहाज चढ्ने, गीत सुन्दै सुन्दर परिचारिकाहरुले पस्केको खाने, झ्यालबाट समुद्र हेर्ने जस्ता कुराहरुको उत्साहले नै अरु कुराहरुलाई जितेको थियो। फोटोहरु खिच्ने बेलामा पनि हँसिलो अनुहार थियो। बिमान प्रस्थान गर्ने निर्धारित समय भन्दा करीब एक घण्टा बाँकी थियो। त्यसैले सबैजना दोस्रो तलामा ओर्लियौं र अध्यागमनको ढोका बाहिर जम्मा भयौं। तल ओर्लिंदा बुवाले फेरि सम्झाउनु भयो, मनिटरहरुमा हेरेर आफ्नो अरु उडान हुने गेट पत्ता लगाउनु, अनि उडानको समय नजिक गेटबाट टाढा नजानु, सामानको होश पुर्याउनु, पुगेर सकेसम्म फोन नसके फ्याक्स पठाउनु भनेर। अनि तल पुगेपछी, "हामी माथिबाट हेरिरहेका हुन्छौं, सीधै हिंड्ने हैन, फर्केर हेदै गर।" त्यति बेलासम्म बुवाको अनुहार धेरै गम्भिर भईसकेको थियो भने आमाको अनुहार रुन मात्रै बाँकी रहेको जस्तो देखिन्थ्यो। तर ती कुराले मलाई खासै असर परेको थिएन। शायद ५ मिनट जति बसियो होला त्यहाँ। अनि बुवाले घडी हेर्दै भन्नुभयो, "ल अब भित्र जाउ तिमी।" त्यतिबेला पो घर छोड्नुको पींडा एक्कासी बढेको जस्तो भयो। अघिसम्म हँसिलो अनुहार थियो, एक्कासी गम्भिर हुन पुगें। पुर्याउन आउने अरुका अनुहारमा पनि पहिले भन्दा बढी गाम्भीर्य देखियो। जजस्लाई नमस्कार गर्नु पर्ने, ढोग्नु पर्ने वा हात मिलाउनुपर्ने हो, त्यति गरेर बुवालाई भनें, "ल बुवा अब तल ढोकामा भेटौंला" (आगमन कक्षको ढोकालाई लक्षित गरेर)। बुवाको अनुहारबाट गम्भिर हाँसो जस्तो निस्कियो, आमाको आँखाबाट चाँहीं आँशु। हँसाउन खोज्ने मान्छेकै बोली अर्धरुन्चे जस्तो भए पछि सुन्ने मान्छे पनि के हाँसून्। ढोकाबाट भित्र पसेर अध्यागमनको लाइनमा बसें। पालो कुरुन्जेल बेला बेलामा पछाडि फर्केर हेर्थें। बुवा आमालाई देख्दा जति मन दु:खे पनि एकैछिनमा फेरि पछाडि फर्किन पुग्थें र मन अझै दुख्थ्यो। राहदानीमा प्रस्थानको छाप लागेपछि औपचारिक रुपमा नेपालबाट बाहिरिएँ। केही समयमै बिमान तर्फ प्रस्थान गर्ने सूचना आयो। ढाडेपोका (backpack) एक्स्-रेबाट पठाउँदा प्रहरीले सोध्यो, "त्यो सानो सानो थुप्रै देखिन्छ नि के हो त्यो?" क्यासेटहरु हो भनें। बुवाको बर्षको दुई तीन चोटि जस्तो बिदेश जान पर्थ्यो कार्यालयको कामले। एक दुई चोटि त्यस्तै बेलामा प्रस्थान कक्षमा छिर्ने मौका पाएको थिएँ। एक्स्-रे मेशिनमा "films not safe" लेखेको देखेको थिएँ। भरखर ISc गरेको बुद्धी न हो, एक्स्-रेले क्यासेट पनि demagnetize गर्ला भन्ने डरले ढाडेपोकामा नै हालें। करीब ३०-३५ वटा अधिकांश नेपाली र केही अंग्रेजी गीतका चक्काहरु थिए। उसले नहेरी छोडिदियो। त्यसपछी बिमानतर्फ प्रस्थान गरियो। क्रमश:
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 6:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडो मार्मिक जादै छ जे होश अरु पनि थपौ है यो वीकेन्डमा ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 6:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
Error Occurred While Processing Request
The web site you are accessing has experienced an unexpected error.
Please contact the website administrator.
The following information is meant for the website developer for debugging purposes.
|
Error Occurred While Processing Request
|
Datasource spradhan-sajhadb could not be found.
|
|
|
The error occurred in D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm: line 5
|
3 : </cfquery>
4 : <cfif getthread.recordcount eq 0>error<cfelse>
5 : <cfoutput>#getthread.threadname#</cfoutput></cfif><cfelseif isdefined("url.articleid")><cfquery username="spradha_sanman" password="sajhasql" name="getthread" datasource="spradhan-sajhadb" dbtype="ODBC">
6 : select message from tblarticles where articleid = '#url.articleid#'
7 : </cfquery>
|
|
DATASOURCE |
spradhan-sajhadb |
|
Resources:
|
Browser |
ColdFusion |
Remote Address |
74.86.124.120 |
Referrer |
|
Date/Time |
19-Nov-09 01:28 AM |
|
Stack Trace
|
at cffixunicode2ecfm1866134693.runPage(D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm:5)
at cffixunicode2ecfm1866134693.runPage(D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm:5)
java.sql.SQLException: Datasource spradhan-sajhadb could not be found.
at coldfusion.sql.DataSrcImpl.validate(DataSrcImpl.java:95)
at coldfusion.sql.SqlImpl.validate(SqlImpl.java:279)
at coldfusion.tagext.sql.QueryTag.doStartTag(QueryTag.java:467)
at cffixunicode2ecfm1866134693.runPage(D:\inetpub\ramjham\fixunicode\fixunicode.cfm:5)
at coldfusion.runtime.CfJspPage.invoke(CfJspPage.java:196)
at coldfusion.tagext.lang.IncludeTag.doStartTag(IncludeTag.java:370)
at coldfusion.filter.CfincludeFilter.invoke(CfincludeFilter.java:65)
at coldfusion.filter.ApplicationFilter.invoke(ApplicationFilter.java:279)
at coldfusion.filter.RequestMonitorFilter.invoke(RequestMonitorFilter.java:48)
at coldfusion.filter.MonitoringFilter.invoke(MonitoringFilter.java:40)
at coldfusion.filter.PathFilter.invoke(PathFilter.java:86)
at coldfusion.filter.ExceptionFilter.invoke(ExceptionFilter.java:70)
at coldfusion.filter.BrowserDebugFilter.invoke(BrowserDebugFilter.java:74)
at coldfusion.filter.ClientScopePersistenceFilter.invoke(ClientScopePersistenceFilter.java:28)
at coldfusion.filter.BrowserFilter.invoke(BrowserFilter.java:38)
at coldfusion.filter.NoCacheFilter.invoke(NoCacheFilter.java:46)
at coldfusion.filter.GlobalsFilter.invoke(GlobalsFilter.java:38)
at coldfusion.filter.DatasourceFilter.invoke(DatasourceFilter.java:22)
at coldfusion.CfmServlet.service(CfmServlet.java:175)
at coldfusion.bootstrap.BootstrapServlet.service(BootstrapServlet.java:89)
at jrun.servlet.FilterChain.doFilter(FilterChain.java:86)
at coldfusion.monitor.event.MonitoringServletFilter.doFilter(MonitoringServletFilter.java:42)
at coldfusion.bootstrap.BootstrapFilter.doFilter(BootstrapFilter.java:46)
at jrun.servlet.FilterChain.doFilter(FilterChain.java:94)
at jrun.servlet.FilterChain.service(FilterChain.java:101)
at jrun.servlet.ServletInvoker.invoke(ServletInvoker.java:106)
at jrun.servlet.JRunInvokerChain.invokeNext(JRunInvokerChain.java:42)
at jrun.servlet.JRunRequestDispatcher.invoke(JRunRequestDispatcher.java:286)
at jrun.servlet.ServletEngineService.dispatch(ServletEngineService.java:543)
at jrun.servlet.jrpp.JRunProxyService.invokeRunnable(JRunProxyService.java:203)
at jrunx.scheduler.ThreadPool$DownstreamMetrics.invokeRunnable(ThreadPool.java:320)
at jrunx.scheduler.ThreadPool$ThreadThrottle.invokeRunnable(ThreadPool.java:428)
at jrunx.scheduler.ThreadPool$UpstreamMetrics.invokeRunnable(ThreadPool.java:266)
at jrunx.scheduler.WorkerThread.run(WorkerThread.java:66)
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 6:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सप्पैलाई पहिलो याद रहेछ , मलाई चै दोस्रो चोटि बिदेसिदाको याद आउछ जहिलेनी ।। पहिलो चोटि त के के न होला भन्ने कौतुहलले नै बित्यो ।। दोस्रो चोटि आउँदा चै तेस्तै त होनी भन्ने थाहा भर होला , घर बाट निस्क्नेबेलामा नै आँखा भरी आसु आयी सकेको थियो मेरो चै ।। अनी जुत्ता लगाउदा सुक्क सुक्क भयी सकेको थियो , झन आमा रोको देखे पछी त भक्कानो फुटेको थियो , तेसैले मलाई चै दोस्रो याद आउछ जहिलेनि।।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-22-08 6:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि आफु हिंड्ने दिन को याद ताजा भयो र मन गर्हुङो भएर आयो तिम्रो बिदाइ भाग पढेर,आफ्नो परिवार बाबु आमा छाडेर जांदा गाह्रो हुने रछ। लौ अब अर्को पाटो पनि छिट्टै राख साथी।
|
|
|
sabaiko satru
Please log in to subscribe to sabaiko satru's postings.
Posted on 08-22-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यति बेलासम्म बुवाको अनुहार धेरै गम्भिर भईसकेको थियो भने आमाको अनुहार रुन मात्रै बाँकी रहेको जस्तो देखिन्थ्यो। तर ती कुराले मलाई खासै असर परेको थिएन।
Dad mom's heart towards their kids, and their kids heart towards stone and mud" vaneko yehi ho.
Shame on you Mr. Chipleko dhunga
just kiddin!!!!!!!!!!!!!!!!!!!!!!!!
ha hah hhaaaaaaaaaaaa
Last edited: 22-Aug-08 07:28 PM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-26-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा पढिदिनु हुने तथा पढेर केही शब्द कोरिदिनु हुने सबैलाई धेरै धन्यवाद। बिष्टे, हर्के र लहरे, वीकेन्डमा लेख्ने भन्या त त्य्स्तै हो। Read-only modeमा साझा छिरिन्छ धेरै जसो। आज अलिकति थप्न खोज्छु है। अनि हो, पछि पछि नेपाल गएर फर्किंदा पनि मन भारी हुन्थ्यो। शायद ढल्किंदो उमेरले पनि हो कि, जति जति पछि भयो, त्यति नै बढी गार्हो हुन्थ्यो फर्किने बेलामा। शत्रु, रिलायन्ट रंगशालानिर बस्ने भनेर पढेको थिएँ, यसो चिया खान पस्नु पर्ला।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्ले नि पढेउ है सर ! गजब छ स्मृति कोराइ ! 
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-26-08 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिमानतर्फ जाने बाटोमा अहिले जस्तो ऐना राखिएको थिएन, खुल्लै थियो। कौशितिर हेर्दै जान्थें, तर कसैलाई ठम्म्याउन सकिनँ। बिमान चढ्नु अघिको दोस्रो प्रतिक्षालय पनि थिएन। कोरिडोरबाट गएपछि नजिक भए हिंडेरै टाढा भए साझा यातायातको नीलो मित्सुबिशी बसमा बिमानसम्म जानु पर्थ्यो। थाइको बिमान नजिकै रोकिएकोले हिंडेरै गैयो। भर्र्याङ्गमा टेकेपछि भौतिक रुपमा मैले नेपाली भूमि छोडें। उक्लिउन्जेलसम्म पनि कौसितिर हेरें, झन् टाढाबाट कसलाई चिन्नु। परिचारिकाको मीठो मुस्कान सहितको "सावादिका" ग्रहण गर्दै एअरबस ३००-६०० बिमानमा प्रवेश गरियो। बोर्डिङ पास हेर्दै अर्की परिचारिकाले सिट भएको आयल तर्फ देखाइन्। छेउ छेउमा २ र बीचमा ४ सिट थिए। मेरो सिट दाँया पट्टि थियो। सिट माथिको ठाउँमा ढाडेपोका राखेर आशन ग्रहण गरें। आन्तरिक टर्मिनल र उत्तरतिर शिवपुरीको डाँडा आंशिक रुपमा देखिन्थ्यो। प्रत्येक् सिट अगाडि सावादि पत्रिका, खानेकुराको मेनु, संकटकालीन निर्देशन तथा बान्ता थाप्ने थैली थिए। केही बेरमा मुख पुछ्ने तातो रुमाल सबैलाई बाँडियो। टिका बच्ने गरी मुख पुछें। अनि प्लास्टिकको पोकामा हेडफोन पनि बाँडियो। सिट बेल्ट बाँध्ने काम पनि गरें। मेरो छेउको सिट खाली रह्यो। आफूले न त एभ्रो भन्दा ठुलो बिमान चढेको थिएँ न त बिराटनगर- काठमाडौं भन्दा लामो हवाइ यात्रा नै गरेको थिएँ। त्यही पनि दुई चोटि हो जम्मा। धेरै जसो बसमै यात्रा गर्थें। सिट पनि धेरै आराम्दायी लाग्यो, "२x२ फोल्डिङ सिट" भएका नाममा डिलक्स कोच र लग्जरी कोच तर वास्तविकतामा गुन्द्रुक र सिन्की कोचाकोच बसहरु भन्दा। निर्धारित समय अनुसार दिउँसोको १:५५ मा TG ३१२ को पुश ब्याक शुरु भयो। ट्याक्सीवेमा उत्तरतिर बिस्तारै जहाज अघि बढ्यो। सुरक्षा भिडियो र बाहिरी द्रीश्यतिर बराबर ध्यान बाँड्न खोज्दै थिएँ। त्यतिबेला बिमान्स्थलको पूर्व पट्टिको द्रिश्य देखिन्थ्यो। पुराना घरहरु थिए सबै, अनि खेतै खेत। भक्तपुर देखिएला कि भनेको देखिएन। बिमानस्थलको उत्तरी छेउमा ट्याक्सीवेबाट धावनमार्गतिर मोडिएर केही बेर जहाज रोकियो र तेज गतिमा दौडियो। झुलुक्क टर्मिनल भवन पनि देखियो। निमेश भरमै जहाजले जमीन छोड्यो। दक्षिणी काठमाडौं तथा उत्तरी ललितपुरका केही भाग देखिए लगत्तै जहाज बादल माथि पुग्यो। नेपाली भूमिलाई आकाशबाट राम्रोसँग हेर्न पनि पाइएन। संगीत सुन्दै अनि सावादी पढ्दै बसें। जमीन छोडेको करीब आधा घण्टा पछि होला, पेय पदार्थ सेवा शुरु भयो। बिबिध पेय पदार्थले भरिएका गाडाहरु ठेल्दै परिचारिकाहरु आयलमा आए। मैले बियर मागें। ठाडो चुक्कुल जस्तोलाई तेर्सो पारेर ट्रेलाई तल झारें। बियरको क्यान, सानो प्लास्टिकको पोकाको बदाम, एउटा न्याप्किन र प्लास्टिककै कपलाई ट्रेमा राखें। थाइल्यान्डमै बनेको सिंह बियर दिंदा रहेछन्। मन पर्यो त्यो बियर एकदमै। अहिलेसम्मको पनि सबैभन्दा मनपर्ने बियर मध्येमा पर्छ त्यो। अलि महँगो भएकोले दुई चार महिनामा एक चोटि किन्छु। केही बेरमा खाना सर्भ गर्न शुरु भयो। एउटा किस्तिमै सबै थोक राखेर दिंदा रहेछन्। कुखुरा र माछा बीच कुखुरा नै रोजें। त्यो चाँही अलुम्नियमले मोरिएको भाँडामा दिंदा रहेछन्। रोल, सलाद र गुलियो चाँही स-साना भाँडामा पहिले नै राखिएका थिए। अनि चिया खाने कप, वाइन ग्लास, एउटा प्लास्टिकको पोकामा न्यप्किन, काँटा चम्चा, नून मरिच, चिनी आदि सबै हुँदो रहिछ। ठाउँको चाँही अलि अप्ठ्यारो थियो। बुवाको सल्लाह अनुसार अलुम्नियमको फोइललाई निकालेर भाँडाकै तल राखें कच्याक्कुचुक नपारिकन। त्यति गर्दा फेरि सम्झिएँ, यति सानातिना कुरामा पनि कति ध्यान पुर्याउन सकेको होला। सन्तानको माया भनेको यस्तै त होला नि। त्यसै बीच कप्तान साबले कलकत्ता माथि उडिरहेको घोषणा गरे। झ्यालबाट बादल बाहेक केही देखिन्नथ्यो। कुन सिक्वेन्समा के खाने पनि थाहा थिएन। गुलियो बाहेक अरु कुरा अलिअलि गर्दै खाएँ। गुलियो चाँही लास्टाँ चियासँग खाएँ। बेलाबेलामा झ्यालबाट हेर्थें, पूरै बाटो केही देख्न पाइएन बैंकक झर्ने बेलामा बाहेक। झर्दा खेरी पनि पानी परिरहेको थियो। झिस्मिसे साँझमा धानका खेत, अनि तीनैका बीचबाट धागो झैं तानिएका फराकिला सडकहरु देखिए। केही बेरमै बैंककको दोन मुवाङ अन्तरास्ट्रीय बिमानस्थलमा अवतरण गरियो। बिमानस्थल पनि कति ठुलो, अनि कति धेरै हवाइजहाजहरु। बोइङ ७४७ हरुकै बाहुल्य देखिन्थ्यो। अरु ठुला जहाज त पहिल्याउन सकिनँ। ७२७ र ७५७ चाँहीं तात्कालीन शानेवानिको देखिरहेको हुनाले चिन्न सक्थें। निर्धारित समय अनुसार साँझको ६:१५ तिर नै जहाज रोकियो। कप्तानको आदेश अनुसार सीटको पेटी बाँध्नु पर्ने संकेत निभिसकेपछि मात्रै फुकालें। कतिपय यात्रुहरु त्यस अघि नै उठ्न थालिसकेका थिए। लौ भिजिने भयो भनेर सोच्दै बिस्तारै निस्किन थालें। के को भिजिनु नि? सीधै टर्मिनलमै पस्न मिल्दो रहिछ भर्र्याङ्गबाट नझरिकन। परिचारिकाहरुको मीठो मुस्कान सहितको बिदाइ लिंदै जहाजबाट निस्किएँ। अलिकति हिंडेपछी अध्यागमन र ट्रान्जिटका बाटाहरु छुट्टींदा रहेछन्। म ट्रान्जिटतिर लागें। क्रमश:
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 08-26-08 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabailai pahilo yatra ani ghar chodda ko yaad dilaune raicha. ramro lagyo...aru pani padhna paye hunthyo
|
|
|
Brain Malfunction
Please log in to subscribe to Brain Malfunction's postings.
Posted on 08-26-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुवाको सल्लाह अनुसार अलुम्नियमको फोइललाई निकालेर भाँडाकै तल राखें कच्याक्कुचुक नपारिकन।
liked it. .. seems it will be a long serial story. keep it up..
|
|
|
Paradeshi
Please log in to subscribe to Paradeshi's postings.
Posted on 08-26-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kathakar le sano kura lai pani aafno sabda jaal ma bunera nikkai laamo parne prayash garnu bhayechha, thik ta thikai ho, tara aajabholiko science fiction ko cinema haru herne bani lagera hola ali jyadai laamo lagyo. Uhi kasaile bhanthyo, sanjha ke garchhas bhanda - haat mukh dhunchhu, rumal le puschhu, ani luga pherchhu, taak lagaunchhu, ani bhanda bata chamal jhikchhu, bhijyunchhu, ali stove ma dam dinchhu, balchhu, and basalchhu ani pakchha, panyule jhikchhu, thaal ma haalchhu ani daal sanga haat le majjale muschhu ra gyam gyam khanchhu bhane jasto lagyo malai ta. ha..ha..ha..
Tara Kata ramro chha, Chipledhunga comment ma dukhi na hunu. Pathak le aafnu dharma pani ta nibhaununai paryo ni, haina ra?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकदम रमाइलो यात्रा चिप्ले ब्रो को ! आफ्नो बेला याद आयो ! बाँकी पनि टाँसुम है !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-26-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oho chiple kasto ramro lekheko yatra samsmaran. malai ni afani bela yaad aayo. :)
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
Venezuela TPS lawuit |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
ICE kidnapping people off the streets over op eds |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
What is the purpose of an F1 student visa in the U.S.? |
#MAGA#FAFO is delicious |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
Nepal TPS |
Measles vax deaths vs measles death in USA |
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ? |
Homeowner Charged renting to illegal migrants |
Freedom of speech is dead in USA |
Nepal TPS decision |
Who is the real enemy? |
Don’t Just Read—Join the Conversation |
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA? |
NEED TRADE SHOW HELP- LAS VEGAS |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.