[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माया प्रेम अनी मेरो लहरी

[Please view other pages to see the rest of the postings. Total posts: 90]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 38268 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 11-13-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

यता सुन त - कसैले बोलायो - मैले वास्ता नै नगरि बसिरहे
सुननssssss भन्या - यो पटक चाँही के भन्न करै लाग्यो। किन किन बोलाएको भन्दै उ तिर लागे, मैसाबको हातमा पर्फिउम को बोटल थियो, यो कस्तो छ भन्दै पर्फिउम मलाई छर्किन थाल्यो। कस्तो केटी को जस्तो रैछ।  केटी को त होनी भनेर हास्न थाली। मैले आँखा तरेर हेरे अनी अर्को तिर लाग्न खोजे - कहाँ जान लागेको एकछिन म सँग बस्न हुँदैन, त्यहाँ कसलाई हेर्न जान लागेको - को छ त्यहा तिम्रो - भनेर कराउन थाली। आफुलाई रिस उठिराथियो - उठेर के गर्ने बोली फुट्दैन - फुट्या भए देखाइदिन्थे नफुटेर पो आपत। पाइन्टको गोजिमा हात राखेर उस्लाई हेरी रहे। भित्र आगो थिए - बाहिर फेरी पानी - जस्ताइ मेरो शरीर र आत्मा को बिचमा भ्याकुम छ थर्मस मा जस्ताइ के। के भन्ने आफुले आफुलाई लाटो भनौ भने पढेलेखेको छु, सबै कुरा बुझ्छु, आनलाइज गर्न सक्छु तर बाठो भनौ भने उसको अगाडि बिना पानी को माछा जस्ताइ, केही गर्न नसक्ने, कुनै डिसिजन नै लिन सक्दिन, खै के हो के हो - यस्तै सोचेर ट्वाल्ल परीराथे - उता बाट आवाज आयो के ट्वाल्ल परेर बसिरा, म कस्तो किउट देखेकी छु है आज, मलाई देखेर फ्ल्याट भा हो भनेर - मैले केही बुझ्नु भन्दा अगाडिनै मेरो टाउको मेरो घाँटी माथि बाट तल माथि गर्न थाल्यो, अनी त यू आर सो किउट भनेर हाँसी  मोरी।   

यो एउटा किनौ है रे भनेर सोध्यो - यो भनेको चाँही पर्फिम। किन चाहियो यो तिमी सँग छ होइन मैले प्रश्न गरे। छन त छ तर यो चाँही लटेस्ट आको के - स्मेल पनि राम्रो छ। फेरी म सँग कुपन पनि छ २०% अफ, - मलाई उसको कुरा चित्त बुझेको थिएन - अब मेरो चित्त न हो बुझे पनि के नबुझे पनि के - काउन्टर मा लगेर राखी - स्क्यान भो २०% छुट पनि पायो - ट्याक्स गरेर ७४.४९ आयो, मैसाब ले टाउको ईशारा गरेर मलाई पैसा तिर्न भनी - मन ले त मानेको थिएन तर हात चाँही पछाडि गोजी सम्म पुगिसकेको थियो, घोटियो, सकियो खल्लास। थ्यांक यू भन्दै सामान उठाइ अनी सँगइ निक्लियौ। तीन चार वटा पसलामा छिरे - एसो हेरियो - दुई तीन घण्टा बिताइयो अनी घर तिर लागियो, सामान को लिस्ट मा अरु केही नि थपिएन। भोक लागिरा थियो - खाना पकाउने कुरा मा फेरी उसको जाँगर हरिप नि - तु तयार हुन्छे, चिया अनी पास्टा तयार भो - चिया खाँदै गर्दा नेपाल जाने सोच बनाएको कुरा उस्लाई भने। उ पनि तुरुन्त तयार भैइ, कहिले एही विन्टर मा हो - कहाँ विन्टर मा हुनु मैले एही दसैं मा जाने कुरा सुनाए। किन जानु पर्‍यो दसैं मा उसको क्लास छ रे - अब प्लानै त्यही थियो त मेरो - धेरै सोच बिचार  गरेपछी बनाएको प्लान हो मेरो। ठुस्की हाली,कराउन त कल्ले रोक्न सक्थ्यो र उस्लाई। एकछिन कराइ - म चुप्प लागेर बसिरहे - थाकेछ कि क्या हो - म सँगइ बसी अनी मेरो अनुहार मा हेरेर - तिमी साचै दसैं मा जाने हो, विन्टर मा नजाने साचै भनी अनी लामो सास तानी अनी टोलाएर भुइमा हेरिरही।।।।।।।   

एकछीन टोलाएर निकै बेर भुइ मा हेरेर बसी - केही बोलिन - मलाई लागिराथ्यो कि तुफान आउनु भन्दा पहिलेको शन्नाटा हो। उसले म तिर पुलुक्क हेरी अनी उठेर गइ कोठामा। दिस कट मि बाइ अ सर्प्राइज। न ऊ कराछ न रिसाको छ न केही भनेको छ। यि कुरा मध्य केही भएको भए म रेडी थिएँ तर अब के गर्ने त सोच्मा परे। छट्पटी भइनैराखेको थियो - यो गर्ने कि त्यो गर्ने सोच्नै सकिन म - मानौ समय टक्क अड्किएको जस्तो। केही सिप लागेन भित्र कोठामा गएँ, नेट चलाऊदै रैछ, उस्कै अगाडि गएर बसे अनी ऊ तर्फ हेरेर के भयो भनेर सोधे। टाउको मात्र हल्लाइ केही भएको छैन भनेर।

टिकट किनेको हो कि किन्न बाँकी छ, प्रश्न ले म झस्कीएँ, हँ के भन्दै --- अँ छैन हेर्दाइ छु, महँगो छ ।
"अनी कहिले जाने त"
"फुलपाती सम्म मा पुग्नु पर्छ"
"अनी फर्किने कहिले त"
"भाइटिका पछी नै होला शायद"
"के शायद भनेको - नफर्किने"
"फर्किने किन नफर्किने, डेट पो कन्फर्म भएको छैन भनेको त"
"अनी छुट्टी मिल्यो त"
"दुइ महिना बाँकी छ, पहिले टिकट मिलाउँ अनी भनुला - एक महिना अगाडि भने भइहाल्छनी"
"दसैं मा नै जानु पर्ने - विन्टर मा जान मिल्दैन"
"जान त किन नमिल्नु - मिल्छ तर चार वोटा दसैं मिस भइसक्यो मेरो - यो समेट गरेर पाँच वोटा हुन्छ, अनी ममी ले नि दसैं मा
भए रमाइलो हुन्छ भन्नु भा छ अनी त्यही भएर"
"अनी मलाई एक्लाई छोडेर जाने त"
"एक महिना त हो नि, सधैं को लागि कहाँ जान लागेको हो त लाटी"
"तैपनी के गरेर बस्ने एक महिना"
"स्कूल छ काम छ - एक महिना त चुट्की मा सकिन्छ"
"भन्न लाई मात्र हो के, कती लामो हुन्छ एक महिना के"
"त्यसोभए नजाउ त"
"होइन जाउ - फेरी पुग्न बितिकै फोन गर है"
"के कुरा गरेको - भक्खर कुरा भएको छ, टिकट किनेको छैन, दुई महिना छ नि बाबा - आजै जान ला हो र"
"एssss है भन्दै हाँसी, तर सो स्याड है म जान पाइदैन, आइ एम गोना मिस यु हनी भन्दै हग गरी।।।।।

क्रमश:  


 
Posted on 11-13-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी लहरे प्रभो,
"म घरबाट नफर्के सम्म साझा चौतारी जानु त्यहाँ सबै आफ्नै छन, झन दीप त ताहाचल, बिजेस्वरी सम्म आफ्नै भनेर आउने आफ्नै मान्छे रे छ -- केही पिर गर्नु पर्दैन" भन्नु पर्थ्यो नी लहरीलाई -- हामी थेम नी यहाँ -- त्यस्तो बेलाँ साथीहरु काम नआए कहिले आउने? :)

ल ल बर्षाईदिम क्रमश: पछिका भागहरु पनि -- रमाईलो छ।


 
Posted on 11-13-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे लाई  अर्को चुना?  हे भगवान, लहरे को कमाई सबै शोप्पिङ मा सिधयाउने भयो लहरी ले।  ल ल अर्को भागको प्रतिक्षामा छु

 
Posted on 11-13-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baaucha the kathakaar, daami cha la chito post gara aru..Nepal ko travelouge pani rakha


 
Posted on 11-13-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को अर्को एक धमाका । माया, लहरी बिच यो प्रेम भन्ने जन्तु कहाँ बाट आयो भनेर झन्डै सोध्न लाग्या थिएं। भाषामा शैली मा बडा निखार आएको छ। लहरे लहरी देखे सि मख्ख, अनी क्रेडिट कार्ड मात्र होइन अब फ्लोर पनि घोट्नु पर्ने हुन्छ, सर्फ एक्स्सेल लगाएर। जोस मा होश न गुमाउ, लहरी लाई किफायतमा घुमाउ।

 


 
सान्नानी
Posted on 11-13-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे यो कथा सत्य घटनामा अधारित हो? गज्जब रमाइलो छ बौचा
 
Posted on 11-13-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा भाकै कुरो लेख्छौ कि कल्पना गर्दै लेख्छौ ?!

गुडजब! यसो फुर्सद हुदा पढन निकै रमाइलो हुने रहेछ तिम्रो कथा चै ।

अरु के के भनि लहरीले-- रोइन त?


 
Posted on 11-13-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मलाई लागिराथ्यो कि तुफान आउनु भन्दा पहिलेको शन्नाटा हो"    बौचा कती हसाउने तिमी पनि

 रमाइलो छ साथी, लेख्दै जाउ,   तर जे भने पनि त्यो लहरी पात्र साँच्चिकै चै होइन जस्तै लाग्छ बौचा मलाई  अली अली केही मात्रामा होला तर त्यती सारो पनि होइन--ल जा त

 


 
Posted on 11-13-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" एssss है भन्दै हाँसी, तर सो स्याड है म जान पाइदैन...."
kati sweet hai lahari!!
:-P :-D
Last edited: 13-Nov-08 02:15 PM

 
Posted on 11-13-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले लहरीको धमाका लाई लिएर फेरी आईसकेछ।

बडा रमाइलो छ लहरे। थप्दै जाउ अरु पनि ल ल।


 
Posted on 11-14-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो,
अब त्यही मात्र बाँकी रह्यो जस्तो छ अरु केही काम नपार, अब एस्ता साथीहरु भइन्जेल हामीलाई त फिक्री नै नहुने भो त, एस्तो नजुक स्थितिमा सबैभन्दा काम नलाग्ने साथीहरु नै हो के - फेरी त्यो माथि पनि दीप जस्तो साथी - अब अरु के नै लेख्नु पर्‍यो र - बुझी हलियो होला

रबी जि,
चुना को त कुरै नगरुँ, के मा मात्र भएन भनौ न -

स्प्रिङ्ग जि,
सकेसम्म र मिलेसम्म नेपाल भ्रमन पनि राख्ने नै छु -

ठुल्दाइ जि,
अब त्यस्तै होला जस्तो छ - जोस मा होश नगुमाउ भन्न मात्र सजिलो छ - गर्न गह्रो हुने रैछ, किफायतमा घुमाउन खोज्या त हो नि ठुल्दाइ
के गर्ने पहिले पहिले त किफायत नै थियो - पछी पो

सान्नानी जि,
अब सत्य घटना होइन भन्ने कसरी - नेपाल को टिकेट किनेकै हो, नपाल गएकै हो - नेपाल गएर फर्किएकै हो - अब एस्लाई सत्य घटना भन्ने कि नभन्ने त - रमाइलो लागेको मा धन्यवाद

मिस दिदी जि,
नेपाल गएको हो भन्या, कस्तो नपत्याएको - एक महिना बसेर आको ल - सत्य हो भन्या - कल्पना मा होइन साचै गएर आको,
अब रोइन कि रोएनन् भन्ने बारे बिस्तारइ लेख्दै गरौला

दिपिका जि,
अब तिमीलाई लहरी पात्र साँचिकै होइन भनेर कसरी थाहा भयो त - ल भन्नु पर्‍यो, म सँग तिमीले सोधेको छैन अनी मैले पनि होइन भनेर भनेको छैन - त्यसै हल्ला फैलाउने - यो मेरो साथी कस्तो गफाडी भएर निस्केको देखेर म नै छक्क छु के - अब तिम्रो हावा लागेर सबैले
मलाई पनि अली अली गफाडी भयो भनेर भन्न थालिसक्यो है।।

चेली जि,
लहरी स्वीत हो भन्या - एती गुलियो कि के कुरा गर्ने - कुरा गरेर साध्य नै छैन

बिस्टे जि,
धन्यवाद रमाइलो लाग्यो - ल थप्दै गरौला त्यो चाँही बिस्तारै


 
Posted on 11-14-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा! यो लहरीले श्री लहरेकान्त लाकौललाई यसपालीको कथामा कति शपिङ गराउँछे होला अब!

बरु यो कथा सत्य घटनामा आधारीत भएको कुरा कति सत्य हो यसो खुसुक्क भनम त!


 
Posted on 11-14-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल जि,
शोप्पिङ कती को गराइ त्यो त थाहा पाइ हाल्छ बिस्तारै - बरु सत्य हो कि होइन भनेर कसरी खुसुक्क भन्ने - यता भन्न मिलेन चौतारी मा भन्न मिलेन - कसरी भन्ने होला गाँठे,
 
Posted on 11-14-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरीले चाहि गजब तह लाउने भइ अब।

खुशीको कुरा रैछ यो त।


 
Posted on 11-14-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहित क्रेजी , लहरे बोलेको बोलेकै गर्छ , लहरी चै झन लहरेको दोब्बर होली जस्ती छे है ।
लहरेको साच्चिक्कै को काहानी होकी गफ हो भनेर पत्ता लगाउन गाह्रो भो मलाई चै, लौ जे भनी कथा रमाइलो छ है ।
 
Posted on 11-17-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २ -
 
त्यस्पछी को दिन टिकट मिलाउदै बित्न थालयो - कती महँगो हो टिकेट, आफु आएकै पाँच बर्ष भइसक्यो अनी अहिले त ग्यास को भाउ नि ४ रुपैयाँ छ अनी त महँगो हुने नै भयो। घर मा फोन गरेर एसपाली दशै मा आउने प्लान छ भनेर खबर सुनाएँ - सबै खुशी - कहिले आउने भनेर दिन गन्न थाली सकेछ। यता लहरी को नि नयाँ सेमेस्टर शुरु भयो - ऊ पनि पढाई अनी काममा ब्यस्त हुन थाल्यो, मेरो काम मा पनि यो पाली चाँही अली धेरै नै प्रेसर थियो - चाँडो काम सकाउनु पर्ने। पहिले पहिले हप्तै पिछे गइन्थ्यो शिकागो अहिले दुई हप्ता को एक चोटि हुन थाल्यो। टिकेट मिलाउन नि कती गाह्रो, बल्ल बल्ल टिकेट मिल्यो तर भर्जिनिया बाट उड्नु पर्ने क्या। फेरी राउट पनि भर्जिनिया बाट डल्लास अनी मात्र यूरोप, अली महँगो परेपनी टिकेट किनियो - क्यास तिर्नु पर्ने होइन क्रेडिट कार्ड ले तिरेको - बिल नआएसम्म बालै भएन।  टिकेट किन्ना साथै फोन घुमाएँ, कोल्लाई भनेर नसोध्नु नि फेरी - अब उसैलाई - फोन उठेन भोईस मेल मा गयो - शायद क्लास मा होली - मेसेज छाडे।
 
एक घण्टा जती पछी फोन आयो - किनिसकेको हो अनी कती ? एती पर्‍यो भनेर भनिदीएँ।
 
"कस्तो महँगो त अनी कहिले को अनी कहिले फर्कने"
 
"४ तारिक अक्टोबर को फ्लाईट छ अनी उता बाट १ तारिक नोवेम्बर उड्ने"
 
"अनी शिकागो बाट उड्ने होइन त"
 
"कहाँ शिकागो भर्जिनिया बाट"

यो सुन्ना साथै जङीइ ऊ "किन उड्नु पर्ने नि भर्जिनिया अनी कसरी जाने त त्यहा सम्म - कस्तो जान्ने है तिमी खुरुक्क शिकागो बाट
नलीइकन" अब के भन्ने - रिस पनि जाएज नै थियो
 
"टिकट नपाएपछी के गर्ने त - उता बाट मात्र छ अनी नलिएर के गर्ने त - अब जहाँ बाट उडे पनि के भो त अली ड्राइभ गर्नु पर्ने
मात्र त हो नि"
 
"जे गरे पनि गर भनेको त मान्ने नै होइन - तिम्रै लागि भनेको हुँ क्यारे - तिमीलाई नै गाह्रो हुन्छ ड्राइभ गर्न"
 
"अब भइहाल्योनित किनिसके", सम्झाउने प्रयास मा थिएँ 

"जे सुकै गर कहिले काही हामी सँग नि सल्लाह लिन हुन्छ नि - एसो एक्चोटी सोधेको के बिग्रन्थ्यो"
 
"ल ल  भुल भयो अर्को चोटि देखी सोधेर गरुला हुन्न" भनेर निच्च हाँस्दे अनी शोप्पिङ कहिले गर्ने त मैले टपिक चेन्ज गर्ने कोशीस गरे सफल पनि भैयो, 
 
अब आउ न  शिकागो भन्न थाली।
 
"कहाँ म आउने शिकागो नि शोप्पिङ गर्छ ट्याक्स नि बढी छ अनी यहाँ भन्दा भाउ नि बढी नै छ" - एही शोप्पिङ गर्ने। बरु तिमी नै आउ यता शुक्रबार आउ अनी सोमबार जाउ लेबर डे छुट्टी नि हो सोमबार स्कुल नि हुँदैन।
 
"अनी लिन आउने होइन त, आउन के प्लिज के दुई घण्टा ड्राइभ त हो नि" रे भन्दै फकाउन थाली
 
"म सक्दिन लिन आउन बस मा आउने",  भन्दे,
 
"हामीलाई लिन त किन आउथ्यौ र, तिमीलाई त पख, कस्तो मिन तिमी, तिमी चेन्ज भयो  थाहा छ तिमीलाई, म पनि सबै बुझ्छु क्या लाटी होइन म, आइ क्यान सी इत अल, ल भो भो बस मै आउछु ल अहिले राखे ल मेरो क्लास छ भन्दै हिडि।

शुक्रबार दिउँसो ऊ आइपुगी, ४ बजे पुग्यो ऊ शिकागो बाट म्याडिसन ३ घण्टा बस मा चढेर - आफ्नो काम पाँच बजे सम्म थियो। पुग्न पाछैन लिन आउनु पर्‍यो बस पार्क मा भनेर फोन गरी। अब चारै बजे त कहाँ निक्लिनु नि - म्यानेजर पनि गएको छैन। ४:३० बजे अफिस बाट निक्लीएँ - बस पार्क पुग्दा पाँच बजिसक्याथ्यो। मेरी प्राण प्यारीको रिस अब - एक घण्टा वेट गरेर के बसेकी थिइ, जाइलागी। तिमी केटाहरु -सो मच, आउने थाहा पाएपछी त सबै कुरा मिलाउनु पर्छ नि - एक घण्टा चाँडै आउन नसक्ने ले के गरेर खान्छ। यहाँ केही भएको भए एस्को जिम्मेववारि कस्ले लिने - जे पनि हुन सक्थ्यो यहाँ। मेरो कुनै केर छैन है तिमीलाई, अफिस मा अरु कोही छ कि के हो।

अब कराउन पाएपछी कस्ले रोक्ने उसलाई, नसुने जस्तो गरेर बसेको थिएँ,  वो हेल्लोsssss ध्यान कता छ तिम्रो, आइ एम टकिङ टु यू। ओके हेल्प मि विथ माइ थिङ भनेर खुरुखुरु गाडीमा गएर बसी। तीन दिन बस्न कती समान - कस्तो भारी फेरी के के बोकेर आछ। लगेर गाडी मा हाले - अनी घर तिर लागे - रेडियो मा कस्तो राम्रो गीत आइराथ्यो - फ्याट्ट चेन्ज गरी - कस्तो गीत सुनेको अली हप्पेन्निङ गीत पो सुन्नु पर्छ रे उल्टै। फेरी कती न उसलाई ड्राइविङ आउने नै जस्तै - कसरी गाडी चलाको रे - स्पीड लिमित कती छ थाहा छ, ५५ मा ७० मा चलाऊने रे अनी कती लेफ्त लेन मा बसेर चलाको रे - लेन चेन्ज गरेको नि मिलेन - योर ड्राइविङ इज रफ - व्हेन विल्ल यू लअर्न उफ्फ्फ - यस्तै त्यस्तै सुन्दै घर सम्म पुगे। घर भित्र के छिरेको थियो भोग लाग्यो केहो खाने छैन भनेर सोधी। अब तिमी आउछ भनेर केही पकाको थिएन तिमी नै पकाउन हुन्न भनेर रिक्वेस्ट गरे, रिक्वेस्ट नै भनेको हो मैले। यो मान्छे त उफ्फ्फ, म नभाको भए के हुन्छ होला - जे पनि मैले गर्नु पर्छ, आफुलाई भोक लागेर कस्तो, बनाउने चाँही होइन, बाहिर जाने आज खान भनेर अडर गरी। किन बाहिर खाने तिमी नै बनाउन एकछिन मा पाकी हाल्छ नि - बरु अहिलेको लागि नुडलस पकाइदिउ भनेर टाल्न खोजे तर अँह कहाँ हुन्थ्यो - म फ्रेस भएर आउछु अनी बाहिर जाने अरु कुरा थाहा छैन - जाने भनेपछी जाने।

अब बाहिर खाएर आएँ, घरमा पुगे। सबै कुरा लिएर आइ तर ल्यापटप चाँही ल्याइन, अब म सँग थियो नि एउटा अब उसैले चलाएपाछी मैले चाँही के गर्ने। चौतारी मा के भइराछ भनेर हेर्न आफुलाई मनलागिरथ्यो - अब पालो कुर्नु पर्ने - कहिले आउछ पालो भन्दा भन्दै भुसुकै निदाएछु। एकैचोटी भोली बिहान निन्द्रा खुल्यो। नित्य कर्म सकाएर आइयो चिया पाकेकै थियो अनी अरु पनि ब्रेकफास्ट चाँही हेभी नै गरियो। अब आज शनिबार भोली आईतवार - नेपालमा लग्न को लागि शोप्पिङ गर्नै पर्‍यो। अब बा, आमा, भाई त छदैछ - फेरी हिसाब गरेको त धेरै पो रैछ काका, मामा, फुपु अरु सबै जोड्दा त ५० भन्दा पनि बढी पुग्ने रैछ। ठुलै चोट पुग्ने देख्छु खल्तिमा। 
 
एस्तो उस्तो गरी एक बज्यो - शोप्पिङको जाने टाईम  भयो, गैयो,  मल पुगियो।।।।।।।।    

क्रमश:

 


 
Posted on 11-17-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल शपिङ ? त्यस पछी ? जे होस् लहरी चाँही लहरेलाई ठ्याम्मै सुहाउने रहेछ। न छोड लहरे न छोड।
फेरी गीत गाउँउ पर्ला- मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन.............................................. ।  
 
Posted on 11-17-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्पीड लिमित कती छ थाहा छ, ५५ मा ७० मा चलाऊने रे अनी कती लेफ्त लेन मा बसेर चलाको रे - लेन चेन्ज गरेको नि मिलेन - योर ड्राइविङ इज रफ - व्हेन विल्ल यू लअर्न उफ्फ्फ

हाहाहाहा यो चाहिँ साह्रै चित्त बुझ्यो!


 
Posted on 11-17-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial Bro, kasto ramro katha lekheko tapaile .    Maile ta uthne bittikai padeko  ho dubai bhag, la aba chahi mero din ramro saga bitne vayo.  Katha nikai ramailo lagyo ra  Haso pani uthyo tapaiko Ms Lahari ko taal dekhera. Is she really like that ?????????      Aru kt haru pani yestai hunchhan Serial Bo???????     Aba chahi KT rojda sachhikai ramro saga dhyaan puryaunu parla.   U  Opened my eyes bro. thanks a lot.   Katha continue garadai  janus hai .
 
Posted on 11-17-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे प्रभो,

लेखाईमा जुन मौलिक अनि अनौपचारीक प्रबाह छ, प्रस्तुतीलाई त्यसैले सजाएको छ।

गुर्लाउँदै गरम।


 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters