[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अभियान।

[Please view other pages to see the rest of the postings. Total posts: 81]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 52791 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 02-20-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

भाग -१

 

धेरै दिन देखि यो घटना सम्झिरहेथें, आज लेख्दैछु।


त्यो दिन भाइ र म स्कुलबाट आयेर खाजा खान मात्र लाग्याथ्यौं, मुनु हस्याङ फस्याङ गर्दै घरमा आइपुगी। हामी खाजा छोडेर उस्को कुरा सुन्न थाल्यौं। एकदम इमर्जेन्सी कुरा छ, तिमीहरु दुबै सङै हिड्नुपर्यो भनेर भाइ र मलाइ यता बाटोमा ल्याएर उ आउनुको उदेश्य बताइ। उस्की दिदी भागिछ, अब दिदीलाइ फर्काएर ल्याउने रे। किन भन्दा त्यस्तो सुकुल गुन्डो जस्तो उस्को भिनाजु हुन सक्दैन रे। हेर्दा मात्र झिल्के छ रे, काम साम केहि छैन रे। मुनुको घरमा दाजुभाइ थिएनन्, त्यसैले त्यो अलि केटा जस्तै ब्यबहार देखाउथी। मेरो भाइ पनि डराउथ्यो मुनुसङ। कहिलेकाहिं हप्काउथी मजाले तर माया पनि गर्थी। पेटमा मुसा दौडीराको बेला मुनुको दिदीको घर खोज्न जानु पर्ने भयो। भाइले खुसुक्क कानैमा मुनु अघि अघि हिंडेको बेला भन्यो। "उस्को पो दिदी भागी, मेरो दिदी भाग्या हो र? बेकारमा खुट्टालाइ दुख।"


मुनु पछाडी फर्केर सोधी। "के रे?"


मैले कुरालाइ अन्तैतिर मोडें। बाटोमा टिन्कुलाइ पनि भेट्यौं, उ पनि आइ"दिदी फिर्ता अभियानमा।" टिन्कु र मुनु अघि हिंडे, भाइ र म पछि पछि। कहाँ जाने भनेर सोद्धा, सुन्धारातिर भने मुनुले। हामी कुपोन्डोलदेखि पाटनढोका पुग्दा लखतरान भइसकेका थ्यौं। भाइ कालो अनुहार लायेर मलाइ छड्के छड्के आँखा तर्दै थ्यो। मैले पनि त्यस्लाइ आँखा तर्दैथें।


"सक्छस् भने त्यो मुनुलाइ आँखा तर्न, मलाइ के रिस् देखाइरा?"


"तँ भाग्नै पर्यो भने मलाइ भन है?" भाइले भन्यो।


"किन?" मैले सोधें।


"म आफै तंलाइ तेरो बुढाको घरसम्म पुर्याउन आँउछु अनि घर पनि खोज्न गार्हो हुँदैन नि।" मलाइ हाँस उठ्यो त्यसको कुरा सुनेर।


पाटनको गल्ली गल्ली भित्र पस्यौं, मुनुको दिदीको घर भेट्नै सकेनौं। चोक चोकमा पुगेर मुनु चारैतिर घरहरु हेर्छे, अनि फर्किन्छे। हामीहरु भोकै मुनुको दिदीलाइ खोज्न हिंडेका। अत्ति भयेपछि भाइले मुनुलाइ सोध्यो। "मुनु! भिनाजुको घर कहाँ हो?"


मुनु जङ्गी,"कस्को भिनाजु?"


"मेरो दिदी त यहीँ छ।" भाइले मलाइ देखाँउदै बिस्तारै भन्यो।


"त्यो लोफरलाइ भिनाजु नभन् है बाबु!" मुनुले भाइलाइ सम्झाइ। "सुन्धारातिर रे भन्ने सुन्याथें त्यस्को घर।" मुनुले फेरि भनी।


"दिदीको लोग्नेलाइ के भनिन्छ?" भाइले फेरि मलाइ बाटोमा सानो स्वरमा सोध्यो। मैले "नकरा" मुनु रिसाकी छ भनेँ। मुनु र टिन्कु आर्मीको सिपाहि जस्तो हिंड्दैथे, भाइ र म बिस्तारै हिंड्दैथ्यौं। बाटोमा मिठाइ पसल आयो कि भाइ एकोहोरो टोलाएर हेर्थ्यो। पैसा पनि बोकेको थियेनौं हामीले, त्यो तातो तातो जेरीको बास्नाले असह्य हुन्थ्यो। मङलबजारबाट तल जाँदा त अलि अलि साँझ पर्न लागिसकेकोथ्यो। मुनुको दिदी आजै भेटाएर ल्याउनु छ।


बल्ल बल्ल मुनु एउटा गल्ली सकाएर ठुलो चोकभित्र छिरी, हामी पनि उसको पछि पछि लाग्यौं। चारैतिर नियाले पछि एउटा झ्यालमा देखाएर भनी "यही हुनु पर्छ त्यसको घर।"


"कसरि थाहा पाइस तैंले?" टिन्कुले सोधी।


"त्यो लोफरको कमीज सुकाको छ। त्यै कमीज लाएर हाम्रो घरको अगाडी बसेर मेरो दिदीलाइ हेरि रहन्थ्यो।"


"पक्का हो त?" मलाइ पनि शंका थियो।


"पक्का हुनु पर्छ। त्यो नखरमाउली त्यही होली।" मुनुले भनी।


"तर कसरी बोलाउने त तेरो दिदीलाइ?" टिन्कुले सोधी।


"नाम के त्यो केटाको?" भाइले डराँउदै मुनुलाइ सोध्यो।


"थाहा भये त भइहाल्थ्यो नि।" मुनु झर्की।


"भिनाजुको नाम थाहा छैन, घर थाहा छैन, यो हामी किन बेकारमा पदयात्रा गर्दैंछु दिदी?"
भाइले मलाइ सोध्यो। मलाइ नि दिक्क लागिसकेको थ्यो। हावाको भरमा हामी मुनुको दिदी फिर्ता ल्याउने अभियानमा हिंडेकाथ्यौं, भोक भोकै, थकाइले चुर भएर।


"बाबु!" मैले भाइलाइ एउटा जुक्ति सिकाए। भाइले नजिकैको चुप लागेर बसिरहेको भुस्याहा कुकुरलाइ पछाडिबाट जोडले एक लात्ती दियो। त्यो कुकुर "कुइं कुइं" गर्न थाल्यो र ठुलो स्वरले हामीलाइ भुक्न थाल्यो।  एकैछिनमा त्यो चोकभरिको ७-८ कुकुरहर्  "भौँ भौँ" गर्दै हाम्रो पछाडी आँउदैथे, भाइ प्रथम, म दोस्रो, टिन्कु तेस्रो र मुनु चौथो धावकको रुपमा रफ्तार दौडिदैंथ्यौं। त्यो २-३ अध्याँरा गल्ली कुकुरहरुले लखेटेपछि  एक अध्याँरो कुनामा हामी लुक्यौं र कुकुरहरु अगाडी भुक्दै गये। हामीले कुकुरहरुलाइ छकायौं। त्यसपछि "स्याँ, स्याँ" गर्दै मुनुले एकचोटि उसको घरमा फोन गर्ने बिचार गरी। बल्ल बुद्धि आयेछ मुनुको भन्दै हामी फोन गर्ने पसल खोज्न थाल्यौं। गल्ली बाहिर आएर एउटा पसलबाट फोन गरी।


फोन गरिसकेपछि निराश हुँदै भनी। "सरी यार!"


"किन सरी?" टिन्कुले सोधी।


"त्यसको घर त काठ्मान्डुको सुन्धारा पो रहेछ।" मुनु को बोल्ने शक्ति पनि क्षीण भइसकेको थ्यो।


"कसको?" मलाइ झन आश्चर्य लाग्यो।


"भिनाजुको क्या!" मेरो भाइले तुरुन्त जवाफ दियो, मुनुले एक्छिन सम्म भाइलाइ घुरेर हेरी।


त्यो दिन मुनुको "दिदी फर्काउ अभियान" सफल भएन।


क्रमश:


( थोरै समयमा हतार हतार लेखेको हुनाले भुलचुक भएमा माफ पाँउ। )


 


 


 


 


 



 

Last edited: 23-Feb-09 10:35 PM

 
Posted on 02-20-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी को अर्को कथा पनि पढेर सकियो - पढ्न त सकियो तर मन भरेन -


आइडिया पनि कस्तो कस्तो - कुकुर लाई हिर्याएर बेकार्मा


PETA मा कम्प्लैन गर्नु पर्‍यो जस्तो छ - अब हुँदा हुँदा कुकुर पनि क्रजी पछाडि लाग्न थाल्यो - क्रजी किया रे होला है


 
Posted on 02-20-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न झ्याल मा कमिज सुकाको रैछ भिनाजु भन्नि को भन्ठान्या त कुरा अर्कै रैछ !


रमाइलो लाग्यो क्रेजी ! ल अरु पनि सुरु गरुम न त !


 
Posted on 02-20-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 थोरै समयमा हतार हतार लेखेको हुनाले भुलचुक भएमा माफ पाँउ। )


 


सबै भन्दा ठुलो भूल त लास्टाँ समाप्त लेखेर भएको छ


एस्तो भुल माफ गर्न योग्य नै छैन


सजाय स्वरुप अर्को एउटा कथा लेख्नु पर्ने गरी सजाय सुनाइयको छ मेरो एकल इजलासले , अस्तु




 
Posted on 02-20-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त जहिले पनि अगाडी हुन्छौ बुझ्यौ लहरे? कुकुर होस् कि मान्छे होस्। हे हे हे।


रिट्ठे,


के छ त हालखबर? नयाँ नयाँ कुरा छ भन्ने सुन्याँथें। हो? ल बधाइ छ!


 
Posted on 02-20-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे को चाँही हो है - नयाँ खबर नि हो है - हामीले अस्ती नै बधाई दिइसके,
 
Posted on 02-20-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरेको नशा सम्बन्धी समस्या जस्तो छ। अस्ति अपरेसन गर्दा बिस्टे र राहुलदाइले कताको तार कता जोडिदिनु भाको जस्तो छ।


हर्के, बिस्टे र राहुलदाइ, लौ न लहरेको उपचार गर्नु पर्‍यो राम्ररी।


 
Posted on 02-20-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chhoto bhaye pani ramailo rahechha Aviyaan. yo unsuccessful mission satya katha ma aadharit ho? hola pani ke. ali tankai-tunkai gare ta hunthyo ni katha lai Crazy? aba arko din ma matra "mission accomplished" bhayo bhandai (ghar matrai patta lageko bhaye pani hunchha) yesai lai continue gare ta hunthyo ni.
 
Posted on 02-20-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो पनि नयाँ खबर थाहा छ हामीलाइ। तिमीलाइ पनि  बधाइ छ है लहरे!
 
Posted on 02-20-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ctal!


अहिले अलिकति काम पनि छैन फुर्सद पनि छैन क्या। ह्या, गैसक्या दिदीलाइ पनि के लिएर आउनु त्यो पनि भिनाजुको घरबाट।


पछि अर्को लेखुला नि भ्याको बेला है।


 
Posted on 02-20-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजीलाई देख्यो कि "के छ?" भनेर सोध्न मनलाग्छ अचेल त खोइ के भाको के भाको मलाई। 

अनि काठमाडौंको सुन्धारामा फेरि कसरी घर भयो फेरि? वरिपरि हेर्यो भने हुलाक, दूरसन्चार, नेपाल बैंक, बसको टिकेट काउन्टर, लज र मासु पसल बाहेक केही छैन। 

अनि बागमती नतरी कथा सिद्ध्यादिएको त? 

 
Posted on 02-20-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ल धन्यवाद - कसरी थाहा भयो -
 
Posted on 02-20-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आज त शुक्रबार क्रेजी को अर्को रिलिज भएछ नि त।
काम छाडेर पढ्न बसेको
हैन क्रेजी को मुकुन्डो लाएर अरु आयो कि के हो?
अनेस्ट्ली भन्दा क्रेजी को स्तर को भएन है यो चाइ। जे भने नि भन। लाग्यो। हुन त घट्ना राइछ तर क्रेजी को त घट्ना पनि क्रेजी नै होस् जस्तो लाग्छ क्या अरु कथा जस्ताइ तेसैले। डोन्'ट माइन्ड ल। यो चाइ हतारै गरेको जस्तो लाग्यो।

Last edited: 20-Feb-09 03:04 PM

 
Posted on 02-20-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले!


त्यो नेपाल बैंकपछिको गल्ली छनि हो त्याँबाट बाँयातिर अर्को गल्ली छ नि, हो त्याँबाट पनि भित्र गएर मुनुको भिनाजुको घर कहाँ भनेर सोध्यो पनि जस्ले पनि थाहा छैन भन्छ रे क्या।


बाग्मति तर्ने भन्या पुलवारि नैं जाम भाको छ।


क्रेजी रिडर बिस्टे!


हो त! मैले हतारमा नै लेखेको हो। अहिले अलि बेफुर्सद जस्तै जस्तै छ भन्नु मिलेन भन्दा पनि हुन्छ।


ho ta mero ghatna, character ra story sabai crazy huncha ni.


अहिले सरी! अर्को चोटि राम्ररी लेखुला नि है?



 


 
Posted on 02-20-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के नयाँ खबर हौ मेरो? कस्ले भन्यो?


कि अस्ती नयाँ टवेल किनेको कुरा लाई नयाँ भन्या हो कि?


कि अस्ती कुकुर ले जुत्ता चपा'र नयाँ जुत्ता नि किनेको थिए कतै तेसैलाई त भन्या होइन?


कता कता अस्ती घडी को ब्याट्री सक्केर नयाँ फेरेको थिए, तेसैलाई भन्या हो कि जस्तो पनि लाग्छ है ! भागवान जाने !


 
Posted on 02-20-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भागेकी दिदी फर्काउन पाइन्न, पाइन्न।
भगाउनेको हरिबिजोग गर्न पाइन्न , पाइन्न।



क्रेजी को कथा सदा झै रोचक र घोचक लाग्यो। अघी मात्र साझाका लेखक हराएको सूचना पढेको थिएं। हाम्रो इज्जत माथि चार मात्र होइन पाँच चाँद लगाइ दियौ।


 
Posted on 02-20-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 20-Feb-09 03:21 PM

 
Posted on 02-20-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिट्ठेलाइ नयाँ टेबल, नयाँ जुत्ता र नयाँ ब्याट्रीको लागि तिनवटा नयाँ बधाइ।


 


भागेकी दिदी फर्काउन पाइन्न, पाइन्न।
भगाउनेको हरिबिजोग गर्न पाइन्न , पाइन्न।


Rahuldai, I agree with you.


Thax, dai!


यो लहरेले के लेखेर मेटाको? त्यस्तो डर लाग्ने मान्छे लेख्दै नलेख्नु नि।


 
Posted on 02-20-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी नभेटिएसम्म कथा समाप्त गर्न त नहुने थियो तैपनी रमाइलो छ।
तर बाउ आमा खोज्न नगएर त्यो मनु चाँही किन खोज्न गएकी होली त? मेरो बिचारमा त  दिदी बहिनी को कम्पिटिसनमा दिदिलाई उडायो भन्नि पिरले क्रेजी सहितको ग्याङ् लिएर हिंडेकी होली के
 
Posted on 02-20-09 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 







तर बाउ आमा खोज्न नगएर त्यो मनु चाँही किन खोज्न गएकी होली त? मेरो बिचारमा त  दिदी बहिनी को कम्पिटिसनमा दिदिलाई उडायो भन्नि पिरले क्रेजी सहितको ग्याङ् लिएर हिंडेकी होली के
 

कसरी थाहा पाको Stat ले?


कि सुन्धारा नैं घर हो? हो जस्तै छ है? ल हो भने दिदी फिर्ता गर्नु पर्‍यो। मुनुको बाआमा पीर गरेर बस्नु भाको छ।


How r u there?


 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters