[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 163380 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 10-03-05 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो त नि मैले कति छिटो भुलेचु साइलिले समि चोरेको । झन त्यो ग्यानटे त चन्नाल नै छ भनेको । जस्तो रुख पनि चड्च । लाखुलाइनै जित्च भनेको तेस्ले त । ग्यानटे ग्यानटे , तर रमाइलो अर्न र खैजडि बजाउन त मापाकै छ त नि, अनि त गामले सबैले चटकि भनेर बोलाचन साइलिको ग्यानटेलाइ ।
तर समि चोरे , अम्चुर बुटमुने जे भने पनि गालाआ त लालि गज्बकै छ है नत्र किन मिने खोल्सो तरि तरि रौसि खान पुउथ्यो ।
 
Posted on 10-04-05 5:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, मार हान्यो खेमेले!

 
Posted on 10-04-05 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारां डोरी बाट्ने त म र दादा मात्रै परे जस्तो छ ? अरुको बाबियो सकियो कि क्या हो ?
 
Posted on 10-04-05 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु नि छु नमे दाई।। अब मेरो रोल नभे'पछि म नेपथ्यमा बुसेर हेर्दै थे नि!!! अरु के गर्नु र अब
 
Posted on 10-04-05 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भेज-मासु" पाईँदैन यार कतै ? यो मार हानेको देखेसि कुखुरो नि खान मुन लाग्न छाड्यो यार।
(कसैले फर्सी खाउ नभनम् है फेरि)

:-)
-भउते
 
Posted on 10-04-05 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lauka khaye ni hunchha Bhaute dai...MOMO khaye ni hunchha..bhitra k chha kasile ni dekhdaina kyare..hehehehe...;)

 
Posted on 10-04-05 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊफ् बल्ल सिध्याऐँ ल । धेरै भा'थ्यो चौतारो मा नआ'को ।
घत लाग्या कुरो टास्दै छउ है !
लेख्दै गरम् है साथि हो !!!!

<<<<बुढाको त सन्नि आसन (गुप्ताङ्ग) मा जो खिर्राको चोप लागेछ केरे, बुढा त अचेल बाहिर नि निस्कन्न अरे नि त । बुढाको तो सन्नीमा खिर्राको चोपले पुरै खटिरा र बिबिरा आको छ रे, अब जति खेर नि कन्याईरहन परो केरे, अब तेस्ता गामका जान्नि सुन्नी ठूला मुन्छे मुखियाले अब सम्साझै समाजमा चईनी गुप्ताङ्ग कन्याउँदै हिड्न त सुहाएन नि, मुन्छेले फेरि भिरिङगी बुढा भन्छन केरे नि त >>>>>>>>
<<<<<माउबादीपनि आर पाइप पुर्ने क्यार्ने अरेका रैछन् के रे। अन्खेरि यो त
हाम्ले बनाको "जनधारो" हो भनेर झन्डा गाडेछन् के रे। त्यै गा'को असारको कुरो त हो नि।
साउनमा त कताट आर्मी पसेछ गाउँमा, "आतङ्ककारीले बनाको धाराको पानी खानी तिमेरु
सबै आतङ्ककारी हौ" भनेर गाउँलेलाई १-२ झापड पनि हानेछन्, धारो सारो पनि भत्काएर>>>>

दशैं मनाम् है राम्रो सँग ।
 
Posted on 10-04-05 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kasai kasaile Kubhindo ko mar hanchhan ni!!! Masu na khaye pani Kubhindo khaye Bhoi halcha nee, Bhaute!!!
 
Posted on 10-04-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर नेर्मानेले चित्त दुखाएको । अब तिमि कता बोर्लिडा मा थियउहोला अनि त तिमि कतै नदेखिएको । बल्ल दशै बिदा भ जस्तो छ ल ल खुरुक्क पिङ खेल्न आउ ।
के रे भाउतुलाइ भेज मासु खाने भए श्यामेको पशला गए हुन्च, नाम मात्रै चिकन म:म हो, भित्र त सप्पै पियाज र बन्दा हुन्च ।
 
Posted on 10-04-05 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २३
----------

"दशैँको पिङ् हो,
माली गाईको ढीङ् हो!
च होई च होई च होई च होई... ... ..."

बिजुलीकै तालमा गाईपानी मिनेले पिंङ्को धुरीबाट कराउँदै थियो। हाम्ले डोरी बाटेर सञ्जु र म खेलेम् केरे पहिलो सर्को। राजुले मच्चाइदियो।
पछि मिने साहिँलीकाँट निस्केर झ-यो झन लर्बाराम्दै थियो, "नखेल!" भनैँ मैले मान्दैन, फेरि राजुलाई तौलो मिल्नी जोडी पनि चाहिएकै भओ केरे।
अनि भऽन भनेर पिङा चढाको हो, गामै थर्काम्नी अरि कराम्च धुरी देखुन्ट, कल्ले क्यार्न हुन्छ?
"हैन को हो त्याँ कराम्नी? कात्तिकका पहेँला बालिआँ कराम्दो रच। छाडा हुनी हैन ए मिने!" उल्टे कान्छाबाका झोक चलेचन केरे हाताँ हँसिया लिएर
आए। चौतारीमुनि उल्टे कान्छाबाको सुर्केगर्हो छ। "कात्तिकका पहेँला बालीआँ बढि कराम्छस्? सह जान्छ।" भनेर उल्टे बुढाले बार्दलीबाट गालि अरे केरे
मिनेले ज्यानगए टेर्नि हैन।
*** *** ***
भोलिपल्ट त अब अस्टमी भैहाल्यो। पिङ्को त २४सै घन्टा डिप्टी। घुमेको छ घुमेको छ।
सानडाँडी त खिएर साऽनो भऽको यत्रो के, कुल्पि जत्रो। अब कुन चढ्दाखेरि यो भाँचिन्छ भै हो, भन्छु म भाँचिन्न भन्छन् फुच्चेहुर! लिन पठाम्च भनेर नि।
उल्टे कान्छाबाकी छोरी जुन्तरी पिङा चढ्या बेला, यता बुढाघरे स्याना पण्डित पुनि चढे केरे। यता निरेले मच्चाम्न थालो। डल्लीले पुनी मचाम्न थाली।
जुन्तरीको तौलै बढि के, सान्डाँडी त भाँचिई गो जुन्तरीतिरको। माथि धुरिभाट हाम्फाल्यो पण्डित जुन्तरीमाथि ड्याग्रागं।
अनि जुन्तरी रुँदै घर गई। उल्टे बुढा आए। नबोलिकन।
"लौ खा! लौ खा! बाजे भन्चु कि क्या हो। बाजे भन्चु कि क्या हो। कात्तिकका पहेँला बालिआँ सह फालेऊ। बढि कराऽर।" सान्डाँडी त काट्न लाए, यार उल्टे बुढाले।
खेमे डराऽर कान्लातिर गो। अनि राजुको लाटो रीस निस्क्यो। राजु हत्तपत्त रिसाम्दैन रिसाएसी त्यसको रीस पशुपतीले नि थाम्न सक्दैन केरे।
अरुका त कुरै छोड्दिम न। "ए उल्टे बुढा! तिमी यहाँ थुपुक्क यहाँ बस।" मिने र राजुले उल्टे बुढालाई पिङा चढार अनि घुईँ घुईँ। ... ... ...
---------------
सत्य घटनामा आधारित
 
Posted on 10-04-05 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ दादा प्रस्तुति। घर गाऊँको नियास्रो मेट्न भनेर यो पिङको धागोमा झुण्डेको, जति खेल्यो उति बढ्दै जान्छ। अब क्या'र्नी !?
 
Posted on 10-04-05 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि पएले बालिमा यो मिने किन धेरै कराउच , फेरि मुखियाले मान्छे पठार लठ्ठो काट्न लाउलान है ?
 
Posted on 10-05-05 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च-- च-- हुइ-- च-- च-- हुइइइइइइइइइइइइइ----------
चोडालिको-- पाइतो-------------------
भोलि--- जाउला---- माइतो-----------------------
चहोइ--- चहोइ----- चहोइ---- चहोइ----------------
---------------------------------
----------------------------
--------------------------------------
-------------------------------
 
Posted on 10-05-05 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २४
------------
मुलडाँडी बोक्दा पनि यति नथाकेको जिऊ आज साह्रै थाक्यो, पिंङ् धेऽरै खेलेर, राजु, मिने, जिवनेहरु पनि थाके होलान् नि खेल्दा खेल्दै र मच्चाउँदा मच्चाउँदै।
अब घरतिर लागम् भन्ने बेला हुनै लाग्या थियो सञ्जुले जिध्दी गरी, "अब लास्टाँ एकै ताल खेलेर फर्कुम्।"

हामी पिंङ् चढेसी मिने र राजुले कानेखुशी गरे।

ल तिमेरु खेल्दै राख भुनेर बाटो लागे। सञ्जु र मेरो तौलो मिल्ने हुनाले उनीहरुले मच्चाउन छोडेसी, पिंङ् त तराजु जस्तो एकै ठाममा अडिरह्यो।
उत्तोलकले सन्तुलन मिलाइरह्यो।

राजु र मिने मौवाको फेदबाट अलाप भइसके पनि हामिले केहि बेर आउँछन् होला भन्ने आशा गर्न छोडेनम्।

अब त तिनीहरु आउने आशा पनि मेटियो।

"दादा अब कसरि झर्नी हो?" सञ्जुको स्वरमा हाँसो र रोदनको समिश्रण थियो।

"झर्न नसके रातभरि यहिँ बसौँला।" मैले सञ्जुलाई शान्त्वना दिँदै भनेँ।

"गण्डकी पारी लसुन घारि बार बार्नु पर्दैन
तिमी कन्या केटी, म कुमार केटा डर मान्नु पर्दैन
सञ्जु,
डर मान्नु पर्दैन ... ... ..."


अस्तु!

 
Posted on 10-06-05 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दादाले घारी पस्ने सूर ल्यायो है। सिरे बूढाकै ताल हुने भो, दादाको ब्या'लाई पनि कात्तिक पनि नआउने भो।
 
Posted on 10-06-05 5:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले लसुनको साप्रा च्यात्नेभो कात्तिक मास ।
 
Posted on 10-06-05 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghar dailo ma nai dashai ayeko anubhutihudai cha.....jawas jawas

tara astami auna baki nai cha, ahile nai maar ?
 
Posted on 10-06-05 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Risani Maaf hai Shree 5. I just guess that Shree 5 looks like Dambar Tiwari in that photo.. but you really vanished. I am not saying that my guess came out to be true.. but your disappearance indicates so.

Let's do Keep Rolling.
 
Posted on 10-06-05 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Shree5,

do you have contacts of Yubaraj Budhthoki? What's that iceX in your desktop about?
 
Posted on 10-06-05 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले लसुनको साप्रा च्यात्नेभो कात्तिक मास >>>>>>>>>>
hahahaha hasayo yaar ahiley chaai. saaro hasaayo, yeso library tira gayera padheko , samjhidai haasdai kya ma ta. Tut saarai nai bhayo yaar.


a dada, tyo download gara khojeko, matokni bhayena yaar. File curropted bhancha bhanya. Tellai pani mudda haalyo ki ghuus khaako aarop maa ?

lau na k garum ma ?

matokni mero tauko dukhyo


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters