[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 316962 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-03-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली, म अब आजै देखि जोनी लिभरले जस्तो आँखा र टाउको घुमाउने पराउटिस् गर्छु।
बरू जोनी लिभरनीको रोलमा नि कसैलाइ राख्न पाए कसो होला? 
 
Posted on 01-03-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो यस्तो सुनसान हाम्रो चौतारी?
सबै जना पंडितनी श्री सुश्री श्रीमति ठुलनानी  थपलियाद्वारा पति महात्म्य पुराण भन्ने गाम् मै जस्तो छ।  चौतारीमा आई चौतारीलाई नि पुराण सुनाइ दिनु पर्‍यो प्रभूनी!!!!!!!!!!!!!!

 
Posted on 01-03-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,
'ठुलि को कथा - दानेको ब्यथा' भने जस्तै भयो जस्तो छ



 
Posted on 01-03-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् ठुलदाइ, बिर्खे दाइ, चित्रे, लहरे, ठुली, रिठ्ठे र अरु को को छन् सबैलाइ।

ठुलि को कथाले त तहल्का नै मच्चाएछ। ल बधाइ छ ठुलि, अव भोज कहिले त?


 
Posted on 01-03-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् सुन्तले।
हो हो रिट्ठे "ठुलि को कथा - दानेको ब्यथा"

ठुलीको   घरमा  हर  रोज   भोज    छ, 

ज्वाईं भान्छामा ठुलीलाई मोज छ।


 
Posted on 01-03-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि कुरो के परो भन्देखुन, उता एउडा नानीले कथा कथेर धागो उन्या रेछिन के रे, त्याँ तो पड्न छिर्या, त्याँसि हाउँरो चित्रे नि तेइँ जिस्किरा रेछ। पछि धागो बन्द नअरि के जाति रिफ्र्यास अर्या अरेइ गरियो के रे, मइँले त चौतारी भन्ठानेर नानिहरु सँअ जिस्केर बसेँ। पछि एसो हेर्या त धागो रेछ, बित्याँस परो जस्तो छ। धागो बिउरेर बित्याँस परो भन्या होइन, म बुडो भन्ने था पाएर बित्याँस परो भन्या! !
 
Posted on 01-03-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"केटीहुरले लोला हान्दा नि सहेर बस्ने तँ नामर्द! थुक्क तेरो तालु!", साथीको गाली गुन्जी रह्यो रात भरि कानमा। सोंचे, केहि त गर्नै प-यो। तर के गर्ने? वरिष्ठ दाजु राहुलदाईले भने झैं लोलाको साटो गोला हानुम्, सिपाही परिएन। नजानी नजानी गोला हान्न बन्दुक उठाउँदा खप्परै तारेमाम् हुने राहुलदाईको सुझाव चित्त बुझेन।

के गर्ने त?

कसरी बदला लिने त?

गुलेलीको रबर नि प्याट्ट नचुँडियोस्, मट्याङ्ग्रा नि खेर नजाओस्, चरी खुत्रुक्कै हुने गरि मरी भन्ने टेन्सन् नि नपरोस्, लाग्न त लागोस्, तर मायाले सुम्सुम्याउँदै फेरि बचाउन मिल्ने गरि घाईते भएर चरी आफ्नै हाताँ परोस्...यस्तै यस्तै योजनाहरु सोंच्दा सोंच्दै दिन बिते, रात बिते, हप्ता बिते, महिनै बितिएछ। आफू परियो अलि सुस्त।

ल्यासी पाऊँ लोप लेटरको जवाफ ल्यासी पाऊँ प्याकेटले नै दिम् भन्ने असल पिलान जब गिदीमा प-यो, सुनें ति चरी त छैनन् रे वरी परी। अमरिका लागिछन्, बर्ष्यो मेरो मनमा झरि। ति लोला हनुवा, ल्यासी पाऊँ लेटर लेखुवा, तोते बोलुवा, चरी उढेको पिलेन तेही हो जस्तो लागेर ताकेके हो पिलानको गुलेलीले, मट्याङ्ग्राऽ सत्त्यानाश!

बर्षौं बिते। तरुणो भईयो। बिहेको कुरो चल्यो। उ बेला अमरिका पुगेकी थिई ति चरी, हामी पनि अम्रिका कै केटी बिहे गरेर त्यहीं पुगिए त कतै दशैं भेलाँ, नभए कन्सर्टाँ, नभए काम चोर बनेर तलब खान पाईने सरकारी अड्डाँ, नभए आफू भाँडा माझ्ने रेस्टुराँ ऊ वेट्रेस भए पनि...भेट भईहाल्थ्यो कि भन्ने झिनो आशाँ, अमरिकाने नेपाली केटीको राख्नु भ'को बुवा मुवाको प्रस्तावलाई मैले नाई भन्न सकिन।

संयोगबश भेट भईहालेमा उसलाई के भन्ने? के गर्ने? कसरी पुरानो बदला लिने? अर्को योजना बनाउन बित्ने होलान् फेरि बर्षौं। म त अझै सुस्त.... 


 
Posted on 01-03-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, पूण्टे दा। लोल्
सुनार को सय चोट लोहार् को एक भनेको यही हो। तारेमाम् न्हि पासा।

 
Posted on 01-03-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु वर्वाद भएछ। कुरो परेछ गाँजे।
 
Posted on 01-03-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी के जाति तो पिरेम चोपरा को डाँका खेल खेल्छु भन्दै सात गाम सुनाम्दै हिन्या थेउ रे पुन्टे बुडा। क्यार्न बुडेसकालाँ खप्पर फुटाउन खोज्या हौ कुन्नि। देशाँ त तेस्ता सेनिमाँ खेल्नि डाँका बाटाँ देखे नि भकुर्छन भन्ने सुन्याहुम के रे यो कानले। म भन्दा जेठा हौ के रे, अब कति बर्ख बस्छौ कुन्नि सन्साराँ क्यार्न बुडेसकालाँ कोलको कात्ति जस्तो पेलिन खोज्छौ ए बुडा???
 
Posted on 01-03-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बात हिया रहेछ भल्ल कुरा बुझियो गाठे



 
Posted on 01-03-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बल्ल अलिक सास फेर्न पाएर रमाउँदै साझा छि-या नि। भउते मुन्ट्यो के रे बल्ल, साली छिन् सहि सलामत्!

मैले त एयरपोर्टाँ बुझि लिने बखतै मुखै हेरेर भनेको यो बिर्खेको भरोसा छैन भनेर। नभन्दै आ'को २ दिन मै मेरो जिनको जकिट हडप पार्नि कुरो अर्दै थ्यो बेईमानले! बज्जे जानि बेलाँ ढोका ने'र कस्टम चेक अर्न पर्छ यस्को भनेको हो कि होईन मैले? तेई कस्टम चेकाँ फेला प-या'त्यो बज्जेको बाकसाँ रिट्ठेको गलबन्दी!

कताऽटि लुकाम्न भ्याएस कुन्नि अर्को एउटो माल चईं? आज बिहान पो भउते जानि बेलाँ, "दाई, मेरो प्याजी रंगको हनुमान कट्टु देख्नु भो कतै? भाउजुले भेट्टाउनु भो' भने लाजै हुन्छ।" भन्द े कान फुकेका थिए मेरो।

अरु क‍कस्को के के हरायो, हँ? बिर्खे बेईमानको भरोसा छैन!


 
Posted on 01-03-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे रामजीकी! जे सीताजीकी! जे हनुमानजीकी!

सबैलाई नमस्कार छ! नयाँ वर्षको शुभकामना एक राउण्ड फेरि सबैलाई!

 

एउटा कविता सुन गाम्ले हो। साभार गरिएको किताब पत्ता लगाउनेलाई त्यहि किताब पुरस्कार दिइनेछ।

 

भारी बोक्यो डोकाले

घर कु-यो ढोकाले

खेत खन्यो भोकाले

लड्डु खायो बोकाले

मेरो नाउँ कोकले

हिडेँ म त झोकले

 

हेर हेर साथी

कमिलाको ताँती

चढ्यो रुखमाथि

आमै कति जाती

भन्नुहुन्छ नाती

हिँड्नु हुन्न राती

 

मेरो नाउँ कान्छु

भनेको मान्छु

तरकारी खान्छु

कापी कलम लान्छु

पाठशाला जान्छु

धर्काधर्की तान्छु

 

 

 

 


 
Posted on 01-03-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हरिशरणम!!

लौन यो रातिआँ गौतम बाउ कताट झुल्किनु भ'छ ?:)

 अनिखेरि आज त पुन्टेदालै नि यति छिट्टै जो फुर्सद मिलेछ भन्चु ।

ल दर्शन अरे है मैले हउरहुर सप्पैलै ।

 


 
Posted on 01-03-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  खै गौतम बाउ साभार त कहाँ बाट हो सुनाम्ने गरेको चै आर्यालै नै हो:)

नाम केहो  त कितापको भन्चु , मेरो नि सानो नातिलै सुनाम्नु पर्ला  भनेर --राउरो लाग्यो  

 

Last edited: 03-Jan-08 05:07 PM

 
Posted on 01-03-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा

भाग १६


केही समयको लागि मात्र बजारमा उपलब्ध छ।


 
Posted on 01-03-08 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा पढेपछी पुन: चौतारी मै फर्कनु हुन पनि अनुरोध छ
(यहा जता गुलियो उतै .......................भने झै भएको छ)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
whats wrong living with your parents ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters