[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 156305 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 01-07-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा माथिको link मा कुन Font हो? केहि बुझे मरिजाम!
दादाको सपै कथाहरु राखेर एउटा छुट्टै धागोमा राखे कसो होला।
पढ्न बाकि धेरै रेछन्।

त्यहि त साइँला बिदेशमा पनि कति नेपाली मरेका होलान्! फेरि टेउसासाँ रे।
 
Posted on 01-07-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada_Giri Posted on 01-06-06 10:12 PM Reply | Notify Admin
ए के भअ? बेदिजा खरेलहरु पछि फेरि कल्लाई के भअ? धर्मे स्यानाबा पनि गजधुम्म परेर बसिचन् लुउदी खोलाआ तिराँ, गाइडियाँसित नि नबोली बसिचन्? मैले, ए के भअ? भन्दा नि बोलेनन् नि केटाओ।

हे हे हे दादा हाम्रो लालेले बोल्ने शैली
:)
 
Posted on 01-07-06 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बनमा छैन कि चरी
चरी भए कराम्तो क्यै गरी

करिमले छेउलाए पछि त
सैँ को साथे बोल्दैन म सित

कोइ नआम्नी अचेल त किन होला ! हुनत यो जाडाँ के आम्ते ! जाडा बेलाँ कि रुइ, कि फुइ कि दुई हुनपर्च भन्चन् ! आफु त रुइ र फुइका भराँ मत्रै भ'र पो चौताराँ आम्न मन लाउच, मजेरीयाँ फुइ अनि ओछिनाँ रुइ भित्र दुइ हुन पा'सी किन आम्ते यिनरु ?

लौ मु नी एक्लै भे'नी ग'र अब रुई भित्र गुट्मुटिन परो ।
 
Posted on 01-07-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति वा कान्तिपुर फन्ट होला।
 
Posted on 01-07-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को नयाँ।
---
ओमियागे

“अब नाच्ने हैन त, लोक गीतको भाखामा।”, उर्मिलाले सम्झाई ।
“ए! मैले त भुसुक्कै बिर्सेको, ल नाच तिम्रो नाच हेर्न मलाई खुब मन लागेको छ । तिम्री दिदीले बेला बखत तिम्रो नाचको प्रशंसा गर्थीन् ।”, मैले उर्मिलाको नाच हेर्ने इच्छा प्रकट गरेँ।
“म भन्दा उर्मिला झन कस्तो राम्रो नाच्छे, तिहारमा भैलीमा नाचेर थुप्रै पैसा जम्मा हुन्थ्यो।”, मलाई सर्मिलाले बेला बेला सुनाएकी थिइन्।
“आज मैले तिम्रो नाच देख्न पाउने भएँ, ल म भिडियो लिन्छु । केटाहरुलाई देखाउन हुन्छ, वहाँ।” मैले भने। यसमा सर्मिलाले पनि टाउको हल्लाएर समर्थन गरिन्।

“म खिच्छु भिनाजु, भिडियो त। यता दिनुस् न।” प्रकाशले भिडियो खिच्न थाल्यो।
“प्रकाश, तिमी परीक्षा आएको मान्छे पढ्न जाऊ।”, सर्मिलाले बुझक्कड हुँदै भाइलाई सम्झाइन् र पढ्न पठाइन्।

वास्तवमा आज मेरो लाजिम्पाट जाने योजना थियो। उर्मिलाले दिउसो किनमेल सकेपछि लाजिम्पाट जानै नदिएर मलाई बानेश्वर ल्याउनको लागि भरमगदुर प्रयास गरेकी थिई। नाच देखाउने बाचा दिएकी थिई।
“आज एक रात भए पनि दिदी भिनाजुसित थुप्रै गफ गर्नुछ, भोलि फेरि बिदेश गइहाल्नुहुन्छ। अब अहिले गएपछि आउने कहिले हो कहिले। च्याट गरेर चित्त बुझाउनु पर्छ। त्यो पनि भिनाजु कहिलै अन्लाइन् आउनुहुन्न, आएपनि बिजिमा राखेर बस्नुहुन्छ। कि मलाई ब्लक गरेर बस्नुहुन्छ भिनाजु? कहिलै अन्लाइन् पाउन गाह्रो हुन्छ भन्या।”, उर्मिलाले भनेकी थिई।

“हैन, हैन, कहाँ तिमीलाई ब्लक गरेर बस्नु, मेरो अफिसबाट फर्किँदा सुत्ने बेला भइसक्या हुन्छ अनि धेरै गफ गर्न नमिलेको मात्र के।”
उर्मिलाको जिद्दिसित हार्दै म बानेश्वरतिर लागेको थिएँ।

उर्मिलाले मेरो लागि भनेर किनिदिएको सि डि निकालेर लगाई।“यहि हजुरलाई ओमियागे भनेर किनेको सि डि लगाउँ है भिनाजु, मलाई खुब मन पर्छ। हजुरलाई पनि मन पर्छ होला भनेर यही रोजेकी मैले।”

उर्मिलाले सि डि अन् गरी। सि डि फरवार्ड हुँदै गयो। उर्मिला नाच्दै गई। मैले प्रशंसा गरेँ। “तिम्रो नाच साँच्चिकै राम्रो छ, उर्मिला।” उसले बारुले कम्मर भाँच्दै गई र अझै आफ्नो नाचको स्तर बढाउँदै गई।
“भिनाजु पनि आउनुस् न। अब दोहोरी गीत बज्छ ।” उस्ले मलाई तान्न थाली।
*** *** ***
सि डि मा लोक दोहोरी सुरु भयो।
“केटा: मन पर्ने एउटी साली छ।
मन पर्ने एउटी साली छ।।
मान्छे त राम्रै हो अलि काली छ।
मान्छे त राम्रै हो अलि काली छ।।”
“केटी: मन पर्ने एउटा भेना छ।
मन पर्ने एउटा भेना छ।।
मान्छे त राम्रै हो अलि बेइमान छ।
मान्छे त राम्रै हो अलि बेइमान छ।।”

हामी गीतको तालसंगै नाचिरहेका थियौँ। सर्मिला त दिनभरि किनमेल गर्दाको थकाइले होला, भुसुक्क निदाएर अलि अलि घुर्न थालिन्।
मैले उर्मिलालाई बिस्तारै भने, “तिम्रि दिदी त निदाइसकी। थाकेर होला छोड्देऊ। बेड मिलाएर सारिदिउँला। हामी सुत्ने कता हो?”
“गेस्ट रुम छ नि हजुरहरुलाई त”। उर्मिलाले मलाई गेस्ट रुम देखाउन लगिन्।
“मिल्यो त मैले आज किनिदिएको ओमियागो तिमीलाई?” गेस्टरुममा पुगिसकेपछि मैले सुटुक्क सोधेँ।
“मिलेको छ। लगाइसकेँ।”, उर्मिलाले लज्जालु श्वरमा उत्तर दिई।
“खै हेरौँ न।”, मैले फेरि सोधेँ।

उर्मिलाले संकोच मान्दै बिस्तारै सर्टको टाँक फुकाली र मैले दिउसो दिदीको आँखा छलेर किनिदिएको ब्रा देखाई। मेरा लोभी हातहरु सिमारेखा देखि अलिकति अगाडि पुगे र उर्मिलाको वक्षस्थलमा स्पर्श दिए। उर्मिला त लाजले भुतुक्क हुँदै भनी “छि, भिनाजु पनि! कस्तो मात्तिनु भा। अहिले दिदीले थाहा पाई भने।
… … …
(केही छिन खाटको चुईँ चुईँ चुईँकिने आवाज मात्र आयो।)”
आशिष देश खाई शेष भएको थियो भने उर्मिला बुवा आमाले खुब प्रशंसा गरिराख्ने र आफ्नो मन पर्ने भिनाजुसित जीवनकै पहिलो र मीठो अनुभब गर्दै थीई।
*** *** ***
“केही भइहाल्यो भने, मम्मिले मार्नु हुन्छ।” उर्मिलाले सुँक्क सुँक्क गर्दै कपडाहरु सज्दै थिई। अचानक सर्मिलाले बोलाई। “उर्मिला, सि डि बन्द गर् न। भिनाजु खै त? भिनाजुलाई बेड लगाइदिनु पर्यो।”
“भिनाजु त सुतिसक्नु भा जस्तो छ।” उर्मिला दौडिदै बाहिर निस्की।
*** *** ***
भोलिपल्ट उर्मिलाले आशिष र सर्मिलालाई एयरपोर्टसम्म आएर बिदाई गरी ।
“भिनाजु, च्याटमा आइराख्नू है!”
बिदाइको बेला उसको अनुहार धेरै मलिन भएको थियो, मानौं आँधी भेरि आउनु अगाडिको आकाश जस्तै। फर्किँदा खेरि ऊ पक्का पनि बाटो मै रोएकी हुनुपर्छ।
*** *** ***
आज संयोगबश उर्मिला अन्लाइन् आई। मैले सोधेँ।
“उर्मिला, के छ हालखबर?”
“बेहाल छ, भिनाजु। सब डामाडोल भयो।”
“किन, तिम्रो परिक्षा बिग्रियो कि के हो?”
“परिक्षा हैन भिनाजु, २ महना भो आएकै छैन।”
“के आएन, भन न।”
“महिनबारी के, भिनाजु म त बरबाद भएँ।”
“… … …”
आशिष किंकर्तब्यबिमुढ भयो। अत्तालियो र अफलाइन् भयो।
बेलुका सर्मिला फर्किन्।
“तादाइमा!”
“ओकाएरि!” आशिषले उत्तर दियो तर आशिष आज डराइरहेको छ।
*** *** ***
“टुर्र … टुर्र…” टेलिफोन आयो। आशिषले भन्दा पहिला फोन सर्मिलाले उठाई।
“मम्मी!”
“हजुर!”
“हजुर! …हजुर! ए! …”
“ए! ज्वाईँको रे, उर्मिलाले नै भनेकी, हैन होला मम्मी , जवाईँ कहाँ त्यस्तो हुनुहुन्छ र? हैन होला।”
“एकछिन पख्नुस् है।”
सर्मिलाले फोन होल्डमा राखी। अनि आशिष तिर अगाडि बढी र आशिषको कान निमोठ्दै सोधी।
“सुन त उर्मिला र तिम्रो केही भए जस्तो छ।”
आशिषले अक्मकगर्दै भाग्ने प्रयास गर्यो तर असफल भयो र भन्यो।
“हो,त्यही राती हो के, हामी बानेश्वरबसेको राती।”
“कतिखेर। ल, म दिनरात तिमीसित संगै थिएँ त।”
“तिमी निदाएकी थियौ ।” आशिषले सम्झाउने प्रयास गर्यो।
“कस्तो बदमास के तिमी त? एक छिन आँखा झिमिक्क गर्नै नहुने।”, सर्मिलाको बोलीमा हाँसो र रोदनको समिश्रण थियो।
*** *** ***

साभार
- http://my.hknepal.com/content.php?article.105
 
Posted on 01-07-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,

माकुरी सितको कथा सटिक र राम्रो लागो ।

आर्को कथा कतै साँच्चैको त हैन दादा, तपैँको चईनी ससुराली कता हो कुन्नि, थाहा पाम्न परो कि क्या हो। आफू नि नेपाल
जानी बेला भा'छ, फेरि तेही टिलीफुन अ-या ठाममा पर्ला र भित्र-भित्रै फेरि मेरो बोलीमा नि हाँसो र रोदन आउला भनेर के ;)

नमेलाई भन्दिन मन लागो, दादाले लसुन मत्रै रुचाउनी हईन्चन्, अपुर थोक नि रुचाउँदारैचन् के ।

जाउस्, जाउस्, अरु पनि जाउस् त नि ।

Keep rolling...
 
Posted on 01-08-06 6:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद चौपारीका दम्तरीहुर!
आबो नयाँ लिख्नुपर्ला।

---
ससुरालीमा
गइरन्थे दिनका दिन
गइरन्थे दिनका दिन
साली माग्दा सासुले लखेटिन्।

अनि मेरो पालो माथीको कुरा गरेर भाग्या त्यसपछि गा भे मरिजाम्!
 
Posted on 01-08-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा इज भेरी भेरी बदमाश म्यान ! :)
 
Posted on 01-08-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पुरानो झ्याल कुइएर कस्तो गारो, राम्रो सं चौतारीमा आइन पाइएको थिएन । बल्ल सालको झ्याल राखेर आको । ल हेर दादा ले त सेतो चोलि खोलेर के के पो अरेचन अझै माग्न पनि भ्याइसकेका । चोली पो एक्लै सुटुक्क खोल्एउ, माग्दा त तेत्रा धेरै मान्छे छन, भुत्रो दिनि हो, काकाले भउतेलाइ मुलुकि ऐन कुर अरेको सुनेनौ ?
 
Posted on 01-08-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले मायाँ नलाउँदै,
आउँदै, च्याप्प समाउँदै।

भो मलाई दाइ भन्ने,
कर्के नजर नलाइ नहेर्ने,

:-)
-भउते
 
Posted on 01-08-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले बडो रस पर्नि कथा सुनाए है।

****

मैले चौपारीका लाठेहुरलाई के के भनिन? भन्नु नभन्नु भने। थोरैमोरै गनगन त अरिन् मैले। केटीआ मामिलाँ तिनलाई नामर्द भनिन कि हुतिहारा भनिन कि? अनेक भनेँ। के अर्न पर्च केटी फकाउन भनेर एउदुइटा टिरिक नि भने। तै केइ लाएन मेरो। केइ अर्न सकेनन्, ङिच्च दाँत देखाएर केटी खोज्देउ काका भन्न बाएक।

मैले त कोइ न कोइले काकाओ कुरो मनाँ लेलान त के रे नि भन्नि सोँचे, तर सप्पै जो कानाँ तेल हालेर बसेआ रैचन्। आशैआशाँ बुढो हुनि भएँ म। एउटोले ''काका, तँपैले भनेओ कुरोले मनाँ घोँचो। तेसैले आज खुसिओ जो कुरो लेर आओछु। तो फुर फुर अर्दै हिन्नि छ नि, तो तल्लो गाउँकी सावित्री, हो तेल्लाइ त खरवारीआँ लएर पल्टाए के रे नि मैले'' भन्लान भनेओ थेँ, तर के भन्ते खै? अनि अर्कोले ''तो जुरेली जस्तै नक्कल अर्दै हिन्नि पार्वतीलाई ढिँकीओ कोखाँ लएर उत्तानो पारेँ के रे नि आज'' भन्लान् भनेको तेस्तै भओ। ''सेब्बास् केटा, जाति अरिचस्'' भन्दै पिठ्यूँआँ धाप मारुला भनेको भएन। ठीकै छ। क्यार्नी हो यिनले भनेओ सुन्दैनन् भनि? आजकलका केटा एस्तै हुनि रैचन् भन्न परो। केटाहुरले जे अरे नि मया त यिनहुरको मलाई ज्याद्रै जो लाग्च है फेरि। काका भनेर मानमर्यदा नि ज्याद्रै जो अर्चन। पर्दावर्दा नि ''लौ केटा हो'' भन्नासाथै दुगुर्दै आइहाल्चन्।

अव यी केटाहुरलाई कति गनगन अर्नि हो, बरु सयोगै अर्न परो भनेर हिज ब्यानै जो मुन्द्रे केटोलाई लेएर कुस्मा बजार तिर झरेँ। सुनाखरी सुनाखरी भनेर हत्ते जो गरेओ छ तेल्ले। सप्पैका सल्लाले तेसैलाई जो पार्नि भएँ म त।

केटो बडो फुर्तिसाथ हिनो मसंग। ज्याद्रै जो खुशी देखिन्तो। मैले 'पर्दैन पर्दैन' भन्दा भन्दै नि मेरो झोलो खोसेर तेल्ले जो बोक्दो बाटाँ। बाटाँ मैले ''लौ मुन्द्रे, खोजेकी जस्ति केटी तलाईँ जो हुनि भओ। भन्न त म र सिरे पखराँ हुँदा तो केटी भउतेलाई भनेर मागेका थिम् के रे। भउते नि तो नाइटी र सुनाखरीआँ दोमन भएर खबरै दिन सकेन्। जे होस्, हाम्लाई गाल नपर्ला के रे'' भनेँ। मुन्द्रेले ''ओहो...लौ काका तो भउतेओ कुरो नअर्नुस् म संग! तेस्ता नि मुन्छे हुनि रैचन्। भए जतिआ केटी मै लान्चु भन्नि नि कैं हुन्च?'' भनो। ''अव तेस्का कुरा छोड्नुस्, तेइ नाइटीलाई लए लान्च नलाए लान्न तेल्ले। पछि तिघ्रा पडकाएर हामीसित जोरि खोज्न आएच भनि तेस्का चन्नीआ रौँ गोड्न मैले नि जानेओ छु। तपैँ चिन्ता नअर्नुस'' भनो। मैले चैं ''हैन मुन्द्रे, तेसो नभन्। जे भानि केटो सोजै जो हो। यो केटीआ कुराँ मान्छेओ चेत हराउँच के कइलेकाँइ। तेस्को नि चेत फिरेसि सप्पै ठीक हुन्च'' भने।
 
Posted on 01-08-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजाराँ पुगेसि ट्रंकल अर्नि ठाममा गइम्। मैले पखराँ सुनाखरी र उस्को दाई डेरा अरेर बसेओ घरओ फोन लाउन भने तेइँकी आइमाईलाई। सुनाखरीओ दाई र सुनाखरीलाई फोनओ छेउआँ आएर बस्नु, १० मिनेटाँ फेरी फोन अर्चन रे काकाले कुस्माट भनेर खबर छोँडे। त्याँसी पैले दाईसंग कुराकानी भओ मेरो। मैले मुन्द्रेआ कुरा सुनाएँ। केटो ज्याद्रै जो राम्रो छ, घरबार नि राम्रो। यानतान अनेक सुनाएँ। पैले त 'भउतेआ कुरा के भओ तो?' भनेर सोध्दैथे। मैले ''सुनाखरी नानी चैं तो भउते भन्दा हाम्रो समुन्द्र बाबु संग जो ज्याद्रै स्वाउँचिन जस्तो लाओ'' यताउति भनेर टाकटुक मिलाएँ। मैले भनेसि नहुनि त कुरै थेन। दाइले 'हुन्च' भने। सुनाखरीसंग नि उत्तिखेरै जो सल्ला गरे के रे उनले। हुन्च भनेर उनले नि मन्टो (टाउको) हल्लाइन रे। त्याँसी एउछिन मुन्द्रेलाई जो सुनाखरीसंग फोनाँ कुरो अराउनी सल्ला भओ। केटो त पैला ज्याद्रै जो आत्तियो, तर पछि हुन्छ भनो। केटोले सुनाखरीसंग कुरो अर्दा लाज मान्ला कि भनेर म अलि पर तिर गएँ।

कुराकानी राम्ररी मिलाएर साँझतिर बल्ल गामतिर आइपुगिम्। बाटाँ मैले सुनाखरीसंग के कुरा अरिस् तो भनेर सोधेँ। केटोले यताउति भनेर टारो। मसंग अलि लाज माने जस्तो लाओ। तेसैले धेरै कोट्याइन्। चौपाराका उस्का दम्तरीहुरलाई त पक्कै सुनाउनि जो होला के रे तेल्ले।
 
Posted on 01-08-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिन तो भउतेलाई देएको सुनाखरीओ फोटो त तेस्ले फिर्ता देओ छैन के रे अझै। अर्को एउटो नि ल्याको थेँ पखराट। उस्ले जिनसओ जेकेट लाएर, लिपिस्टिक पाउडर घसेर नक्कली बनेर खिचेओ फोटो रे। ज्याद्रै जो लाज मान्दै थी यो फोटो दिनलाई। यो चैँ मुन्द्रेलाई भओ। केटी चैँ हुनसम्म जो राम्री हो गाँठे!

 
Posted on 01-08-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाओ कथा मजाको लाओ !!
काकाले यत्रो कुरो अर्दा नि यो समून्द्रे ले एक बचन खुसिको निकाले मार्दिनु। काकाले त्यस्तरी केटि मिलाम्ने कुरो अरे, चाइन्जो फोटु टाँसे तै पनि केइ बोल्दैन। मुन्द्रेलाई दादाको कथाले च्वास्स घोचो झैँ मानिचु मुइले। त्यो सुनाखरिलाई समून्द्रेले ब्या अर्यो भन्देखुन साली कतिजाना हुन्चन भनेर गम्दै होला नि!
:)
 
Posted on 01-08-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...''काकाले मुनासिब कुरो अरे। घामाँ मस्यौरा सुका अस्तो गन्ट्याङ्ग गुन्टुङ् फूल बुट्टे अक्षेर नबुझसी चाइन्जो मुन्चे त चौतारिआँ आम्नै छाड्चन्।''

....खुबै भनेचौ माइलाबा!
****
दादा, तो माकुरीआ कथा हामी नि पढम न! यस्सो हाम्ले पढन सक्नी फन्टाँ हालम न! कम्पूटर सम्बन्धी कुराँ अलि लंठू जो परियो।
 
Posted on 01-08-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...''काकाले मुनासिब कुरो अरे। घामाँ मस्यौरा सुका अस्तो गन्ट्याङ्ग गुन्टुङ् फूल बुट्टे अक्षेर नबुझसी चाइन्जो मुन्चे त चौतारिआँ आम्नै छाड्चन्।''

....खुबै भनेचौ माइलाबा!
----------------------------------------------------
कुरो काकाले ठिकै अरे । त्यो जुनेली मकै जस्तो फल भका कुर टासे पछि मुन्छेहरु चौतारीआं आ सि नि तो देखेर भोकार बस्दै नबसि घरतिर खान जान्चन कि क्या हो ?
म त धेरै भो केरे कथा नहालेको , पढ्दै मात्र आछु । यसो कोर्नु पर्ने एक ताका त झ्याल(windows) कुइएर खतम नै भो, तेस पछि नेपालि झ्याल नअटेर जो सारो अप्ठयारो परो के रे ।
 
Posted on 01-08-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को कुर पनि केरे त्यो चोतारिया रूख नभर सितल तापन्नै पाइएन । रुख नभर गरम भर माउबादिलाइ जस्तै खरो भो भनेकाछन केरे जो , तेइ सप्पैले भने जस्तै जो तो अस्ति देखाको फउताल छेउको पिपल उखेलर सार्नु पर्ला अर्को पटक, कसो त ? अनि छपनी चे के राख्नि हो कुन्नि, मेरो एक मन त चोतारिया रूखमुनि पाइटा मात्रै राख्दिम जस्तो लागेको छ केरे , के छ बिचार कुन्नि ?
 
Posted on 01-08-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्नु भन्यौ काका केइ बाँकी राखेनौ, सपैकुरो सिकाएउ अनि गामका केटा’रलै त्यसै त्यसै उचालेर बान्ना दुलो देखेनी बाँसा ढुम्रो देखेनी मनै ढुक्क फुलेर आउनीअरी काउली र प्याउलीआ कुरा अर्चौ अनी चौताराँ आ’र मुन्द्रेलाइ मैले खोज्दिएँ नि भन्चौ ! अस्तिन तेति आश मलै नदेखा’भ अइलेसम्मु यो माघमासा जाडाँ यता फर्के भित्तो उता फर्के रित्तो भ’र सुत्न पर्तो र मलै ? तिम्लेअर्दा तो सुनाखरीले फुनाँ भन्नु सम्मन भनिन मलै आज लौ । हम्म्म्म् ! यो केटो सुनाखरीयो फोटु देखेसी बौला’र हिडिच भन्देचन् त्यसका दाइकाँ ग’र अनि दाइले आफ्नी बुइनीलाइ भनोहोला । त्यै भ’र होला मोरीले फुनाँ मलै त “तिमि बौलाअस्ता छउअरे” पो भन्चे बा !

जे भनेनी रिसाइआल्न त भ’न भुनेर मैलेनी “मलै किन त्यस्तो भनेकि मोरी” भुनेर सोधेँ के रे । “हाम्रा दाजैले त्यसै जो भन्नुन्तो” भन्चे । यि काकालै तेस्का दाइसँ ग’र चाइनी नचाइनी कुरो क्यार्न अर्न पर्दो ओ कुन्नी ? मलै त सर्म लाओ र मना’कुरो क्यैनी भन्न सकिन मोरी सँ । तेल्ले त के के हो के के भनि । सपैले देखेकै छौ, मेरा त खान्दानी जुवाँ जो पाल्नि अरेओ छु के रे, यसो गाम छोडेर वल्लापल्ला गामतिर जाँदानी मुन्छेअरु लौ पल्लागामका जुँगेस्याने आए भनेर कत्रो मानमनितो अर्चन् । केटी त “तिम्रा जुवाँ छन् कि छइन्” भनेर पो सोध्चे गाँठे ! अनि आफै खितित्त हाँस्चे नक्कली त !
 
Posted on 01-08-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेल्ले भनेका सपै कुरा त मैले काँ बुझेँ र? अउँरेजी नी बोल्दि रचे मकै भुट्यास्तै अरी ! मुइलेनी नी आलीआली त सिकेकै हो यिनै नमे र भउतेसँ त्यै भ’र मज्जाले अउँरेजी बोल्देँ, त्यो त दङ्गै परी मुइले बोलेओ सुनेर ! तिम्रो बर्थे कहिले हो नी भनेर नी सोधी, अनि आफ्नो त आजै जनमदिन के रे, आजै हो मेरो त भन्देको त “हेपी बर्थे” भन्चे बाबा ठाकुरे ! अनि मु नी के कम्ताको थिएँ र ? भउते र नमेले सिकाझैँअरी “सेम टु यूऽऽऽ” भन्देको केटी त दङ्गै परेर खितित्त हाँसी । जे भ’नी चौताराँ आ’र धेरै कुरो सिकिचु मुइले ।

यौडो कुरो तेल्ले भनेओ बुजिन मुइले के भनेकि होलि कुन्नी ? “तिम्रा गाममा मेरो नी एउडा सारै राम्रो मिल्नी मुन्छे छ” भन्ति तेल्ले। मुइले को हो नाम भन त भनेर सोधेको “नाम त भउते हो” भन्ती । मुइले नचिन्नी त कुरै भ’न । लास्टाँ आ’र “भउते त वाइफिरेन हो नि मेरो” भन्ती । भउते र नमेले यस्तो कुरो त मलै कइल्यै सिकानन् । भउतेलै भेटेर सोदम्ला भनेको अचेल भउतेसँ भेटै नहुनी ! ए दम्तरीहुर, हैन यो वाइफिरेन भनेको के हो हँ ?
 
Posted on 01-08-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी ट्याउँ ट्याउँ कराउनी काकाको झोलानी आत्त दिनभोरी बोकियो । के के हाल्न पर्नी र�च झोलाँनी कुन्नी तेत्रो गरुङगो बाजेया पालाको राडी नी झोलैयाँ कोच्या रचन् । मेरा त काँदा खाला गैचन झोला बोउदा । लु थकै नी लाइच, मु त ग�र सुतेँ अब ! मोरी सुनाखरी सपनाऽ आउनि हो र सपै बर्बाद बनाम्नी हो कि !:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
ICE kidnapping people off the streets over op eds
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS
Bill Gates getting money from USAID!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters