नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!
चौतारी भाग-३९
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता --मास्टर्नी दिदी
नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
के हो यो जी एफ भनेको? हाम्रो पालामा त जी एफ भनेको कालेज भरिको सयुक्त कक्षा बहिस्कार general footing, बुझिन्थ्यो, अहिले कहिले आफ्नो, कहिले साथिको त्यो नि च्वाँक भन्छ। जे भये नि मिलेन, बाबै। चिलिम् चाहि दिन्छु ल, भित्र सम्म तान्ने होइन नि फेरि, अस्पताल् हरु हडतालमा भाको बेला।
ठुल्दाईको प्रश्न चाँही अलि गतिलो नै परेछ जस्तो छ, एक से एक विद्वान हरु फेल । चिलिम को सर्को भने attempt गर्ने जम्मै लाई, तर म:म: भने जवाफ मिलाउने लाई मात्र । शान्दार म:म: २ पिलेट ।
तारेमाम्, मिस, लाउ न, फुच्चा फुच्चिहरुले ठुल्दाईको प्रशनको जवाफ नै आयेन भने, मिसले भन्दिनु हुन्छ कि, बिचराहरु लाई साह्रो भक् लाग्या होला, म:म: पुरस्कार् छ।
lu aba asti ko shankhanaad ..... suru gara titauri ma timro side ma (bhaute) deworjee ko side ma ta ko aaula ra ?:D (nepali lekhna namilera kya bore !!)
राहुल सुड्डा फिरि बबाsssल गरिदिने के! प्राइज चाहिँ नदिने भरे ठुलो ठुलो कालो लेटर लेखिदिएर आँखा नै टिलिक्क बनाइदिने! आँखा बाट कन्चट नै तात्ने। फिरि ठूलो लेटरमा 'मोमो' लेखेको देख्दा भोक को झोकमा मोलाई त बबाल रिस उठ्यो हौ! डिङ्गो भित्र खुट्टा चिलाउन थाल्यो हौ मेरो त! नरिसाउनु ल सुड्डा? 'जि' को ट्रिप मा छु के!
आँssssच तित्स सालि!!! कता हराएको हौ? दिनमा देखेको कि तिमीलाई अन्त भरे चौतारि आउँदा तिमी गायब! मो त सेन्टि भएको नि हौ! के छ न्यू ईयरको प्लान? नगरकोट घुम्न जाने हो? :):)
क्यार्नु, के जाति बुडेसकालाँ भनेओ बेलाँ खेत जान नमिल्ने आँटेओ बेलाँ घर जान नमिल्ने अस्तो चाला भओ! चौतारिआँ आम्न नि जोखाना हेर्न पर्ने भओ मेरो त! जिम्मालनिलाई गोडा दुएक मैना देखुन सन्चो थेन, तेई ओखतिमुलो अर्दा अर्दा फुर्सत नै पाइएन के रे। फेरि आफ्नु नि घुँडो कर्करि खा'र पाइला सार्न नहुने भो। यसपालिओ जाडाँ त माथि पुइन्छ कि झैँ लाओ एउबाजि त! तेस्लाई फेरि सोस्तानिओ बर्त बस्न पर्ने रे। यि आइमाई को कुरो कइलेई बुझिएन गाँठे। क्यार्न बस्न परो बर्त मजाले ढिँडो नहसुरेर? तेस्को तिर्थ बर्त जे भनेनि चाइन्जो मै छु के रे। छर्छरि जन्मे बढे सपै आ-आफ्ना जोइ चेपेर मुउलान पसे के रे। अब बुडेसकालाँ बुडा बुडि सास धानेर बसेआ छौँ जसो तसो! हरिशरणम!!१
ठुल्दाई यि आलाकाँचा भुराहरुको कुरो नसुने हुन्छ। यि उरन्ठेउला बज्जे हरु कसैलाई आँखाले देख्दैनन्। पाए आफ्नै हजूरबाउलाई नि डोकाँ बोकेर घाट लान्छन्। असत्ति मोरा हरु!!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.