[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 270625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-11-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका गफाडी हरु को सुचिमा पर्नको लागि चौतारीमा बस्ने ढुङ्गा रहेनछ अबको संस्करण मा मलाई पनि एउटा छेउ म बस्न पाम है । आज भोली जहाँ छिर्न पनि पैसा लाग्छ चौतारी मा के गर्नु पर्ने हो ? ल 'नमस्कार'गर्न भुलिएछ ।
 
Posted on 06-11-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नयाँ गाम्ले पर्बते आएछन गाँठे, लु नमस्कार फर्काएम के रे । अव पैसो सैसो दिन मन अरेओ भे हाम्लाइ दिदा हुन्छ के रे, तर अरुलाइ सुंइको दिन हुन्न के । खै खुसुक्क टेबिल मुन्तिरा'ट यस्सो पाम ।

बिर्खे जिम्माल ले न्वारान गर्छन के रे सपभन्दा पइले । त्याँट आर्को पटक को चौतारीआँ नाउँ चढ्छ तर तेसको लागि फिरि इलिन्जियरसापलै यस्स खुशी बनाम्न पर्छ के । खुशी बनाम्नलै तेल धेरै घस्न हुन्न के फिरि धनियाँको हालत होला, (मनमनै - लौ मलाइ धनियाले मार्ने भइ अब) :P
 
Posted on 06-11-07 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, घर तित् हिडें म त। रात् परेसि फेरि को को आउंछन् भन्छन् हाम्रो घर् तिर् को बाटोमा। उहिले उहिले भूत पिसाच किचकन्ने आंउथे रे , अचेल् खै बहुरुपीहरुले तिनको पनि १२ बजाइ दिएका छन्। हरि शरण।
 
Posted on 06-11-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prabatya sanga ghus lina laa'chana daai le :O sab laai halla garera sunaai dinchhu aba
((((((((( gaamle haru suno suno))))))))))))))

welcome prabatya jyu kehi garnu pardaina yesso audai garnus arko patak maa naam chadchha chautarein haru ko list maa :)
 
Posted on 06-11-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!!! तितौरी चुप चुप चुप स्सस्स्स्स्स्स्स्सस्स्स्स ।

हेत्तेरि, कहाँ हल्ला गर्या? हेत्तेरी, चुप लाग न भन्या ।।।

तिमी र म फिफ्टी फिफ्टी के, ल चुप चुप
 
Posted on 06-11-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo chautari pani 'ghusyaha haru kai jamat rahechha kuro bujhera lyaunda ta'
 
Posted on 06-11-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेल्का भसी सप्पै भटि तिर गचन कि क्या हो । कि निदाम्न लाए? म त अझै उभिएकै छु । चने लाई धन्यबात् छ है । म अब देखिन आम्चु आज त जान्चु है । बुढेसकल मा पढ्ने भको होमवोर्क न अरे मास्टर्ले पिट्लान् भोली फेरी
 
Posted on 06-11-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मकरे नि नौलो नौलो जस्स लायो के रे, स्वागत छ है, पर्वते होमवर्क नबिराइ गर्नु ल, टुपि बान्नलाइ डोरी छ ? नभए म दिम्ला !!!

लु यो लैजाउ, अस्ति चौतारीआँ पिङ खेल्न भनेर ल्याइदियाथेँ । काम लाउछ होला के रे ।

-

 
Posted on 06-11-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल यसो मान्छे चिने । तिरु लाई पनि धन्यबात है । म त घुस् दिएर पनि काम अराउन पाए भओ । भगमान ले त घुस् लिन्चन चने ले किन नखोज्नु हैन?
 
Posted on 06-11-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tuppi badhna lai katro dori ? bhaisi bhadhna kam lauchha laijanchu ma ta
 
Posted on 06-11-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुलदाई घर जाने बेला भएन? कत्ति झुन्डिनुपर्ने हौ कम्प्युटरमा! :पि




(रिसाउने पो हुन कि? --- नरिसाउनु है दाई)
रात्रीकालिन अभिवादन!!

:-)
 
ज्योत्स्ना
Posted on 06-11-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले
घूस खाने र घुस दिने पनि चौतारीका शत्रु हुन लौ जा
 
Posted on 06-11-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले
घूस खान्या र घुस दिन्या भन्या चौतारीका शत्रु हुन

- ज्योति नारायण शाह

:D :D
 
Posted on 06-11-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु नमस्ते,

परबतेलाइ स्वागत,

चनेलाइ किन भुस चाहिएको? चना अघायो कि के हो?
भुस खाने र भुस दिने चनाको शत्रु हुन।

कस्तो सुनसान आज?

उफ्फ्फ्फ्फ्रि
 
Posted on 06-11-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमाम्मा-----! कमपुटाराँ के पढेर तेस्तो विधि हाँसेका हुन् हौ राहु सुड्डा! अनि टुप्पी पनि हर्रामी ठाडो रचन्त, एन्टिनाजस्तो!
 
Posted on 06-11-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन येस्तो रुख कहिले देखि चौतारिमा उम्रेछ?

सबै नया म पुरानो भएछु क्यारे।

कह गये तितौरी हरु?
 
Posted on 06-11-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम दाजु नमस्ते,

कति बज्यो जापानमा? येहा त सबै अघिनै सपना देख्न थाल्या जस्तो च, फुलन्देवि को।

म बाहेक
 
Posted on 06-11-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिङ खेल्दै होला तितौरीहरु, हरिले यो रुख को फेदमा चौतारी चिनेदेखुन पिङ हाल्न मिल्नि रुख र'छ भनेर दङ्गदास पर्याथे के रे


 
Posted on 06-11-07 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्याण्टी बुइनी, यहाँ १२ बजेर ४५ मिनेट ४० सेकेण्ड भयो।
 
Posted on 06-11-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउँसोको है! 'कुँडो ब्रेक' रनिङ भइरा'छ याँ आफ्नु त!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters