[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 216726 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 06-30-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि पनि नभएकोबेला नयापाहुनाहरुलाइ जे जे पाति नियम लगाइरहेकोबेला गौतमदाि पो
सोली गौतामदाइ नयाहरुलाि र्याग गरिरहेको मातरै
 
Posted on 06-30-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै माइली, अब हामी बूढेशकालकालाई यो -याग भन्या थाहा भे मरिजाम् ल! अचेल स्वागत गर्नीलाई -याग गर्नी बन्छन् कि क्या हो? ठीकै छ नि तेसो भा।
 
Posted on 06-30-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है। शनिबारे जदौ।
गोतामे बुढो एक्लै हो कि? ओह्, मुन्नि पनि साथ मा रैछ। हिजो मात्र चौतारिबाट् हराएकाहरु को लिस्ट् जारि भएको थियो। सुम्निमा डाक्दर्नि बल्ल झुल्किनु भयो। कता हराउनु भएको त्यतिका दिन् सम्म? गाम् भरि रोगि बढेर हैरान्। कहाँ बाट् सुन्निमा नानी छुट्टि मा छ भन्ने थाह पाएछ, मदनवा कम्पाउडर् आइ पुगेछ। लाउ भर्खर् अौनु भएको होला। आरम गर्नुस्। चिसो पिनु हुन्छ कि?
 
Posted on 06-30-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है। शनिबारे जदौ।
गोतामे बुढो एक्लै हो कि? ओह्, मुन्नि पनि साथ मा रैछ। हिजो मात्र चौतारिबाट् हराएकाहरु को लिस्ट् जारि भएको थियो। सुम्निमा डाक्दर्नि बल्ल झुल्किनु भयो। कता हराउनु भएको त्यतिका दिन् सम्म? गाम् भरि रोगि बढेर हैरान्। कहाँ बाट् सुन्निमा नानी छुट्टि मा छ भन्ने थाह पाएछ, मदनवा कम्पाउडर् आइ पुगेछ। लाउ भर्खर् अौनु भएको होला। आरम गर्नुस्। चिसो पिनु हुन्छ कि?
 
Posted on 06-30-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जी स्वागत को लागि धन्यवाद। पल्लो गम तिर गाकी। झाडा बान्ताको मौसम गामभरी सबै बालबलिका लाई पखाला लागेर अली बिजी भएकिनी।
 
Posted on 06-30-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुगाले गीत गा'को कथा पढम्। छोराछोरी हुनेले छोराछोरीलाई सुनाउनू; छोराछोरी नहुनेले भाइ बहिनीलाई सुनाउनू; नजीकै भाइ बहिनी पनि नहुनेले साथीभाइका छोराछोरीलाई सुनाउनू; छोराछोरी भ'का साथीहरु पनि नहुनेले कोठाका मेच फर्निचर ओच्छ्यान टिभी आदिलाई सुनाउनू; कोठामा फर्निचर, ओच्छ्यान आदि क्यै पनि नहुने चाहिं ------------ माग्न जानू (कोठामा केही पनि नहुनेले के गर्ने त?)!

सुगाले गीत गायो !

-- हरि खनाल

राजनलाई चरा पाल्ने ठूलो रहर थियो । अरूका घरमा तित्रो, मैना वा सुगा पालिएको देखेर उसलाई असाध्यै लोभ लाग्दथ्यो । राजनको अनुरोधमा बाले एउटा चिटिक्क परेको पिँजडा ल्याइदिनुभयो । पिँजडा भए पनि चरा नभएकोले राजन दिक्क मानिरहेको थियो । पिँजडा त भयो । अब चरा, कहाँबाट ल्याउने - ऊ सोच्दथ्यो । साउन महिना थियो । बारीमा हरिया, पहेँला मकैका घोगा थिए । सुगाहरू आउँथे । खोस्टा छेडेर मकै खान्थे । त्यो देखेर राजनको मनमा पस्यो- 'एउटा न एउटा सुगा समात्न पाए ! धेरै दिनसम्म ऊ त्यही कुरामा घोत्लिरहृयो । एकदिन धागो लिएर मकैबारीमा पस्यो । मकैका घोगाबाट खोस्टा निकल्यो र धागोले मकैलाई अचम्मसँग बेर्‍यो । सुगाको एक बथान आहाराको खोजीमा आए । कहिल्यै नाङ्गो नदेखिने मकैका घोगालाई नाङ्गो देखेर सुगाहरू छक्क पनि परे । "हैन, यो के अचम्म ! अरूबेला चुच्चोले खोस्टा छेडेर बल्लतल्ल मकैका दाना भेटिन्थे । आज त खुला छ । कसले दया गरेछ -" एउटा सुगाले भन्यो । "हो त, जाऔँ पहिले त्यही मकै खाऔँ । अर्को सुगाले प्रस्ताव गर्‍यो । एउटा बूढो सुगालाई भने त्यो कुरा राम्रो लागेन । शङ्का पनि लाग्यो । "पर्ख ! खान पाइयो भन्दैमा क्वाप्प खाइहाल्नुहुँदैन । यस्ता कुरामा होसियार हुनर्ुपर्दछ । मकैलाई त्यस्तो बनाएर राख्नुमा कसैको चाल पनि त हुनसक्छ," बूढो सुगाले सबैलाई सचेत बनाउन खोज्यो । भोकले रन्थनिएका सुगाहरू भर्ुरर उडेर मकैको घोगामा ठुँग्नपुगे । सुगाहरू मकैको घोगामा रहेको धागोमा अल्झिए तर धेरैजसो फुत्किए । एउटा सुगाको खुट्टामा धागो कसियो र उड्न सकेन । ऊ तुन्द्रुङ्ग झुण्डिएर पखेटा फटफटाउन थाल्यो । अरू सुगा उडेर भागिहाले । मौका पर्खेर बसेको राजनले हत्तपत्त धागोमा अल्झिएको सुगालाई समात्यो । धागोमा अल्झेर आत्तिएको सुगा राजनको पञ्जामा परेपछि झन् साह्रै आत्तियो । राजनले सुगालाई माया गर्दै मुसार्‍यो र घरमा लगी पिँजडामा राख्यो । पिँजडाभित्र परेपछि त्यो सुगा झन् छट्पटायो र चिच्यायो । राजनले भने अझ बढी माया गरिरहेको थियो । उसले सुगाको नाम सुबोल राख्यो ।

रातो, चुच्चो, हरियो र सल्काइलो प्वाँख भएको सुबोलका आँखा झनै सुन्दर थिए । "पिँजडा सुहाउँदो सुगा समातेछ राजनले" बाले भन्नुभयो । राजनले सुगालाई दूध-भात दियो तर सुगाले हेरेन । "आमा सुगाले दूध-भात खाएन," ऊ करायो । "के गर्ने त - उसले कहिल्यै दूध-भात खाएको छैन होला । त्यसलाई मकै र कोदोको दाना राखिदेऊ," राजनकी आमाले भन्नुभयो । राजनले आमाको सल्लाह पनि मान्यो तर सुगाले अलि अलि मात्र खाएझैँ गर्‍यो र छोड्यो । सुगा झोक्र्याइरहृयो । ऊ बेलाबेलामा पिँजडामा ठुँग्थ्यो र पखेटा फट्फटाउँथ्यो । बाहिर उडेका र बोलेका कुनै चरा देख्यो भने सुबोल जोडले कराउँथ्यो । राजन सुबोललाई बोल्न सिकाउन खोज्थ्यो तर सुबोल वास्तै गर्दैनथ्यो । "आमा ! यो सुगा किन मसँग खुसी नभएको -" "तिमीसँग किन खुसी हुन्छ त -" आमाले उल्टै प्रश्न गर्नुभयो । "मैले यसलाई माया गरेको छु । आहारा दिएको छु । यस्तो राम्रो चिटिक्क परेको पिँजडामा राखेको छु । अनि मसँग खुसी हुनुपर्दैन त -" "राजु ! तिमीलाई दूध-भात, खिर खुब मनपर्छ हैन त -" आमाले सोध्नुभयो । राजनले हो भनेर टाउको हल्लायो । "तिमीलाई यो पिँजडाजस्तै राम्रो एउटा घरमा लगियो । तिमीलाई मनपर्ने खाना दिइयो तर घरबाट बाहिर निस्कन दिइएन । भने तिमी कत्तिको खुसी हुन्छौँ -" आमाले सोध्नुभयो । "कहाँ खुसी हुनु - पहिलो कुरा घरबाट बाहिर निस्कन नपाइने, त्यसो भएपछि साथीभाइ भेटिने कुरै भएन । आमा, बाबा, भाइ, बैनी पनि नहुने । म त एकछिन पनि बस्न सक्दिनँ आमा," राजनले भन्यो । "हो छोरा ! सुगा किन खुसी भएन भन्ने कुरा अब आफैँ बुझ" आमाले भन्नुभयो । आमाको कुरा सुनेर राजन गम्भीर भयो । उसले धेरै बेरसम्म सुबोललाई सुमसुम्याइरहृयो । के गर्ने - केही निर्ण्र्ाागर्न सकेन । त्यस रात राजनले सपना देख्यो ।

सपनामा आमाले भने झैँ उसलाई एउटा घरमा लगेर थुनियो र मीठा-मीठा खानेकुरा दिइयो तर उसलाई केही खान मन लागेन । 'मलाई छोडिदेउ, मलाई छोडिदेउ' भनेर चिच्यायो । ऊ चिच्याएको सुनेर आमाले बोलाउनुभयो । आमाले बोलाएपछि उसको सपना टुट्यो । बाहिर घाम लागिसकेको थियो । राजन आँखा मिच्दै उठ्यो । हातमुख धोयो र सुगालाई माया गरेर दाना खुवाउन थाल्यो । अरूबेला जस्तै अलिअलि खाएझैँ मात्र गर्‍यो सुबोलले । "सुबोल ! मेरो हातले दिएको खाने यति त हो, खा न" ऊ करायो तर सुगा झोक्र्याइ मात्र रहृयो । राजनले पिँजडाको ढोका खोल्यो र सुगालाई बाहिर निकाल्यो । एकपटक माया गर्‍यो र भन्यो- "सुबोला ! म तेरो खुसी खोसेर कसरी रमाउन सक्छु - जा उडी जा, आफन्तहरूकै बथानमा जा ।" राजनले छोडेपछि सुबोल भर्ुरर उड्यो र खुसीले आकाशमा फन्का मार्‍यो । फर्केर आई घरको सामुन्ने रहेको ओखरको बोटमा बस्यो र कराउन थाल्यो । राजनलाई लाग्यो, सुबोल स्वतन्त्र भएको खुसीमा गाइरहेछ । एकैछिनमा सुबोलका साथीहरू आए र खुसीले रमाए । राजनले सुगालाई बोलाउँदै चारा छर्‍यो । सुगाहरूले आहारा टिपे र भर्ुरर उडे । राजनलाई त यो दृश्य सारै रमाइलो लाग्यो । उसले झुण्डिरहेको रित्तो पिँजडालाई मिल्कायो । सुगाहरू गीत गाउँदै माथि-माथि उडे ।

http://www.gorkhapatra.org.np/mag.php?p=muna/2064/02/inner/inner5
 
Posted on 06-30-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko ko basyaa hun chautaari maa ? maile ta chinna sakina yati raati.

 
Posted on 07-01-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning Chautari
 
Posted on 07-01-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Koi chha... Kati suti raa... Sunday bhandai ma...
 
Posted on 07-01-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु! आइतेबारे जदौ बिर्खे माइला को। धेरै सुत्ने बानी नराम्रो, सबैलाई चेतना भया।
 
Posted on 07-01-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु! आइतेबारे जदौ बिर्खे माइला को। धेरै सुत्ने बानी नराम्रो, सबैलाई चेतना भया।
 
Posted on 07-01-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु! आइतेबारे जदौ बिर्खे माइला को। धेरै सुत्ने बानी नराम्रो, सबैलाई चेतना भया।
 
Posted on 07-01-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-01-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है वरीपरी कोही छ भने!!
 
Posted on 07-01-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु नि हरि तिम्रै छेउमा कस्तो नदेखेको यार !
 
Posted on 07-02-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 07-02-07 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि, सँचै होला क्यारे, विकइन्ड कस्तो भयो?
 
Posted on 07-02-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache malai sanchai ani timlai ni. weekend ma ta masti gariyo. bhoj ni khaaiyo
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters