[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 247429 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-21-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey tiru mori ke cha ?

yaame how r ya?
 
Posted on 05-21-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली मेरो ठिकै छ ।
नेपाल जाने दिनको अौला भाँचेर गिन्ती गर्दै छु ।
तिम्रो के छ नि ? चिया, कफी पीइ सक्या हो ?
 
Posted on 05-21-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई नमस्कार् है।

ओ हो, पुन्टे दाई को जन्म दिन रैछ आज। ल मेरो तर्फ बाट नि जन्म दिन् को धेरै धेरै शुभकामना।
तपाईं को त्यो रुघा खोकि सब खत्तम होस। :)
व्हेर् इज द पार्टि टुनाइट्? :P
(मनमनै: बुढो राति कुन चैं भट्टि मा हुने हो कुन्नि, के चौतारीबासि लाई वास्ता गर्थे र :D

ग्वांचे कथा पढियो, राम्रो लाग्यो।
 
Posted on 05-21-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामु मेरो नि ठिकै छ। अब कति दिन् बाकी छ तिम्रो नेपाल जाने। म नि आउँला भाची भाची बसौलाई तिमी कहिले फर्कान्छाउ र तितौरा खान पाउला भनेर। यो चिप्लुले त मलाई खाली आशामात्र देखायो। तर तिमी चै त्यस्तो नगर ल। मलाई थाहा छ तिमी ज्ञानी छौ भनेर।
 
Posted on 05-21-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वछे तिम्रो कथा साह्रै राम्रो लाग्यो। अनी तिमीले सजिलो वर्ड हरु युज् गर्नु भाको मा धन्यवाद। यो चौतारीमा first ma आउँदै मलाई नेपालीमा लेख्नै आउँदैन थियो। तर now i can read n write nepali. rn't u guys proud of me. :P
 
Posted on 05-21-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गावँलेको जे राम जि कि।

सबके सब गावँलेहरु ठिक ठाक भइलिनुहुन्छ होला? हामि पनि ठिक ठाक से छ।
चोतारी गावँ आइलिएको पनि तिन रोज भैसकेछ। ठुले दुख पाइलियो दु रोज पहिला, बाद मा बात कर्ने छु यसको बारेमा।
गावँके एक जनाले हमलाई नानि याद दिलाईदियो!

उ जो छ गावँके एक बुढो दाजुको जनमदिन परिलिएछ आज। पुनटे दाजुलाई हम्रो पनि ढेर सारे सुभ्काम्ना छ!
हुजुरको तरक्कि दिन दुने रात चोगुने भइहालोस, हम्ले प्राथना जो करेछ!

फिर से सब गावँलेलाई जे राम जि कि।
 
Posted on 05-21-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मध्यान्नको जदौ। जय राम जी मदनवा।
ठुली अफ लाइन मेसेज चेक गर है, लन्च मा के खायौ?
 
Posted on 05-21-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul dai send me email.
 
Posted on 05-21-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजबको कथा लेखेछ ग्वाँचेले। ठुली चाँही जसलाई नि तितौरा ल्याइदे भन्छे। ल्याइदियो, पठाउने ठेगाना दिन्न। खेर किन फाल्नु भनेर खाइदियो, अनेक थरी दोष दिन्छे।
 
Posted on 05-21-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सबै सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बाहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आबो आजु त सब बबाssssल बिजि देख्योन्तनि मोइले त हौ! डल्लै चौतारि पुन्टे सुड्डाको पार्टि खानु गयो जस्तो छन्तनि!

पुन्टे सुड्डालाई अझै धेर सुड्डा भएकोमा कङग्याsssच छ ल!
 
Posted on 05-21-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो!! लु बबाल भइ राको रैछन्त हो चौतारीमा!! कहाँबाट हाम्रो मदनवापनि आइपुगेछन्त। लास्ट टाइम जोगबनीमा धोतीहरुले बबाल हड्ताल गर्देर हाम्रो केटाहरुले 'पि' खानुपनि बिरपुरको बोर्डर धाउनुपर्थ्यो कि, त्यहि बेला हाम्रो मदनवा सङ्ग भेट भाको जस्तो लाग्छ कि मोलाई। आबो भैयाले हाम्रो ग्याङको केटाहरुलाई 'पि' बेचि बेचि अहेव पढिसकेछन्त। लु मदनवा भैया तिमी आइपुग्यौ कि आबो चौतारीमा एउटा हेल्थपोस्ट पनि खोल्देउ कि अनि जंकीहरुलाई सेक्रेट तरिकाले 'पि' पनि सप्लाई गर्देउ है!

आबो फिरी तिमीले 'पि' सप्लाई गर्छ भन्ने कुरा निशपाट ले थाहा पायो भने तिम्रो नि बबाल हुन्छ। नोर्बु,बाङेहरुले तिम्रो हेल्थपोस्टलाई अड्डा बनाउनु थाल्छ, कस्सम!!

ओ निश पाट हाम्रो अहेब भैयालाई र्याग नहान्देउ है! आबो पून्टे सुड्डा, राहुल सुड्डा, जिम्स सुड्डाहरुको ब्लडप्रेसरहरु चेक गर्नुको लागी मात्रै भएपनि हेल्थपोस्ट चाहिएको छन्त, त्यहि भएर, उस्लाई फिरी भगाउने होइन ल!

ब्रो नि 'डो-लेस' भाको बेलामा सित्तैमा सिरिन्जहरु पाउँछ नि, भैयालाई मख्ख पार्यो भने।

मदनवाले फिरी हेल्थपोस्टमै चटपट्टे पसल खोल्ने चाँहि होइन है!! फिरी सब छब्कीहरुले उधारो खाइदिएर तिम्रो बबाल हुन्छ। अन्त लास्टमा तिमीपनि फ्रस्टु भएर प्याच्चे बन्ला के।

हे-हे-हे जे पि टी!!

सबैलाई फेरिपनि जदौ है!!

:-)
 
Posted on 05-21-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेले गोप्य पार्टी गदैछ कि कसो? सौंबारको दिन अरु बेला त निक्कै चाहलपहल् हुन्थ्यो यता हुँदी।
कहाँ गए त सबै?
 
Posted on 05-21-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे कुमलवा भैया!

हियाँ चोतारिमा गावँमे भेट भइलियो हुजुर सँग् बडो दिल खुस भइलियो हम्रो।
हुजुर पनि जमानाके बात करिलिनुहुन्छ। उ भन्टाबारिसे पुलिसवाले पिछा करेर रेस लगाउँदै भिमनगर छिरिलिएको हुजुर संगै हो हामि। केयो कार्पिनके तैल भनेर 'पि' को चार-चार बोतल हुजुरले मलाई राख्न दिहाल्नुभएको थियो। कहाँ भुल्छ हामिले।

उ जंकि हरुको बात नकरिलुनुहोस हुजुर!
शुकरबारको आएँ हियाँ, त शनिबारको दिनमे लफडा परिलियो।
हलेथपोस्टमे पुगेँ, समान वमान राखेँ त एक्टे धारामे नहाउन गएँ। वापस आएको त हेल्थपोस्टके अंगनामा ४ जने साथिहरु बसिलिएको देखेँ। सोधेँ कसलाई खोजिलिनुभएछ भनेर। एकजना बाल पालेको, कानमा उ जो छ बरेलिके बजारको झुम्का लाएको, ४-५ जगह फाटेको जिन्स लगाईलिएको अनि चुचो चुचो परेको जुता लगाईलिएको भाइले हामि संग बात कर्यो। आँखमा आँशु त थिएन पर पानि जमेको जस्तो थियो पुरा लाल लाल, टाइम टाइममे नाकसे
सिंगान माथि तानिलिनुहुन्थ्यो। त उहाँले सोध्नुभयो कि मेरो समानको बक्सामा के छ भनेर। मेले भने, ओसधि वोसधि छ, हलेथपोस्टके बिमारिहरुलाई खुवाउनके लागि। त भन्नुहुन्छ, हुवाँलाई पनि ओसधि चाहियो। मैले सोधेँ के भइलियो बिमारि भनेर, त भन्नुहुन्छ बाकस खोलिहाल। त बिमारको सेवा त कर्नै पर्छ, त्यसैले त अहेव बनिलिएछु भनेर बाकस खोलिदिएँ।
बादम चारके चारजना टुट पड्नुभयो बाकसमा, र ओसधिहरु निकालिलिनुभयो। मैले भने, हुजुर उ जो छ परेसकराइब्ड ओसधि दिन मिल्दैन भनेर, त मलाई " तँ झारे चुप लाग!" भनेर गालि कर्नुभयो। मैल जिल्लामा रिपोर्ट कर्नु पर्छ सला जागिरको सवाल छ भनेर फिर रोक्न खोजेको त दु जनाले मलाई समातिहाल्नुभयो र चुचो जुता लगाउने भाइले पिटिदिनुभयो....
सब के सब ओसधि लगिदिनुभयो र भन्नुभयो कोहिलाई बात लगायो भने मलाई खुक्रिले काटिदिनुहुन्छ! बाल बच्चेदार आदमि छु, के कर्ने हेरेर बसिलिएँ! :(
 
Posted on 05-21-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol madanwaa!!

babaal lekhidiyau ni yaar!! ha ha ha!!

Have a good one.
:-)
 
Posted on 05-21-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोरम वोरम से मद्दत मागिलिनु भएन त, मदनवा? उस्ता गुन्डा-वुन्डा, लफङ्गवाहुरको बडे मजा से ठीक पारिलिन्छन् फोरम के आदमिले। वो चुचे बुटवला जो थियो, याँही कतै बहुत हल्लिन्छ। चेहेरा याद भए, खबर दिलिनुस्, हम भि सालेको डेडीको मेरिज दिखाईदिन्छ! उमर पो आज एक साल से बुढा भईलियो, ताकत जो छ, वो त उन्निसवालाको जस्तो छ!

पछि सोउकामना अर्नेहुरलाई पनि मुरी मुरी धिनियाँको पात! चिल्याक्स गरेर मनाईयो जन्म दिन। :)
 
Posted on 05-21-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे बुडा बर्थडे केक फेडक्स गरेर पठाइदेउ नभए यसो चौतारीमा त टास केटा केटी केक खान कस्तो रहर गर्दैछन । कति पैसो लुकाउछौ, कुइएर नि ढुसी लाइ सक्यो होला ।
गित गाएकै हो त ? अस्तीनैको त्यो गित के भो अब यो के हुने हो ।
 
Posted on 05-21-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे बुडा बर्थडे केक फेडक्स गरेर पठाइदेउ नभए यसो चौतारीमा त टास केटा केटी केक खान कस्तो रहर गर्दैछन । कति पैसो लुकाउछौ, कुइएर नि ढुसी लाइ सक्यो होला ।

अहिले यहिं तारेमाम्, टिरेन् छुट्ला फेरि।
 
Posted on 05-21-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केक सेक बेक गर्दा हुन्छ हेडएक,
सो, आँखा चिम्लेर खाए जस्तो गरन एउटा फेक केक।
म त घुमेर आ'को फेवा लेक,
फर डिनर, हनि, ह्वाट डिड यू मेक? :p

गीत नयाँ चऔपारिआँ राख्न तयारी अर्दै थिम् के रे, रुवा खाँसीले हैरान पा'रो। आज बल्ल डाउडर काँऽट ओखती ले'र आ'छु, २-४ दिनाँ त ठीक होला कि भन्नि आस छ।
 
Posted on 05-21-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो पुण्टे दा, लौ मेरो नि शुभकामना है, दिन मुन ला' त होइन, बुढो भ'र के खुशी हुनु जस्स लाउछ के रे, तइ लोकचार घरचार, हे हे हे हे
 
Posted on 05-21-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KUN THAU HO YO? NIKAI RAMEILO CHHA JASTO CHHA! CHWANK MAIYAHARU PANI NIKAI CHHAN JASTO CHHA NI.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters