[VIEWED 194823
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
balaram
Please log in to subscribe to balaram's postings.
Posted on 09-26-07 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I spent couple of years of my highschool age in Bhojpur Bazar. I feel like there are at least a few Sajhain from Bhojpur. Let's talk about our memories too.
|
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 02-28-10 7:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ पत्रिका राजनीतिमा सक्रिय नेताहरूको दिनचर्या सभा-सम्मेलन, मिटिङ, भाषण, आन्दोलनआदि मात्र होइन, उनीहरूको व्यक्तिगत जीवन पनि हुन्छ, जहाँ जहान-परिवार र घरायसी व्यवहारका 'झमेला' ले पछ्याउने गर्छन् । यद्यपि, कतिपय नेताहरूले जीवनको यस पाटोलाई उपेक्षा गर्दै अविवाहित जीवन बिताइरहेका छन् ।
जयन्ती राई
कयौँको जोडी बाँध्न मुख्य भूमिकासमेत खेलेकी एमाले केन्द्रीय सदस्य जयन्ती राई आफैँ भने अविवाहित छिन् । विवाहप्रति मोह नै नभएर जीवनभर अविवाहित बस्ने सोच बनाएकी हुन् उनले । एमाले नेतृ राईकै पहलमा ६ जोडीले घरजम गरिसकेका छन् । 'मलाई बिहे गर्ने इच्छा लागेन, तर अरूका लागि जोडी खोजिदिने काम गर्दै आएकी छु,' उनले नयाँ पत्रिकासँग भनिन् । बालबच्चाको च्याँच्याँ र म्याँम्याँ झेल्दै राजनीतिक र सामाजिक भूमिका निर्वाह गर्न अप्ठेरो होलाजस्तो लागेर बिहे नगरेको उनको भनाइ छ । ४६ वर्षीया राईले भनिन्, 'मैले जीवनभर बिहे नगर्ने पक्का गरिसकेकी छु ।' बिहे नगरी बस्दा पनि उनलाई कुनै अप्ठेरो लागेको छैन । 'केको अप्ठेरो हुनु नि ? आफ्नो काम आफैँ गरिहाल्छु, बाँकी समय राजनीतिक कामका लागि दिएकी छु,' उनले भनिन् । भोजपुर जिल्ला विकास समितिको पूर्वसभापतिसमेत रहेकी राई भोजपुर सदरमुकाममा भदिनीसँगै बस्छिन् । भदिनी कलेज जाने भएकाले बिहानबेलुकाको खाना उनीहरू मिलेर पकाउँछन् । एमाले नेतृ राई आफ्नो लुगा आफैँ धुन्छिन् । सदरमुकाममा भदिनी तथा गाउँको घरमा बाबुआमा र दाजु-भाउजू उनका परिवार हुन् । पतिका बारेमा त उनले जीवनमा कल्पना पनि गरेकी छैनन् रे । 'बिहे नै गर्दिनँ भन्ने निधो भएपछि कस्तो पति होला भनेर के कल्पना गर्नु ?' उनले भनिन् ।
Source: http://www.nayapatrika.com/newsportal/permalink/11552.html
|
|
|
balaram
Please log in to subscribe to balaram's postings.
Posted on 02-28-10 4:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nice to know that this thread has survived all the way and is providing recent information about Bhojpur; special thanks to BKMailo.
Here is a pic of Bhojpur Bazar, stolen from a friend's friend's facebook. Sorry!
|
|
|
dummali
Please log in to subscribe to dummali's postings.
Posted on 03-16-10 11:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
WELCOME WELCOME WELCOME WELCOME
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 03-17-10 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last month I visited Deurali, it is more greener than last visit. But all the young generation are out of town and left behind spouse, children and parents.
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 03-23-10 6:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 03-28-10 7:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 04-13-10 8:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नवबर्ष बिक्रम सम्बत् २०६७ को हार्दिक शुभकामना !
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 04-15-10 6:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 04-15-10 6:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 04-27-10 6:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चटयाङले एकको मृत्यु/पाँच घाइते [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); भोजपुर , वैशाख १४ - सोमबार राति परेको चटयाङले भोजपुरको बोया गाबिस-५ घलेगाउँमा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । सदरमुकामदेखि ८ कोस उतर बोया गाबिसको घलेगाउँबासीले उज्यालोको निम्ति जडान गरेको पेल्टि्रक सेटमा चट्याङ लागेपछि घटना भएको हो । बोया गाबिस-५ का २० बर्षीय यादव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चटयाङ लागेर सख्त घाइते श्रेष्ठको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जनाएको छ । पेल्टि्रक सेटमा लागेको चटयाङले सोही गाउँका ९ बर्षीय मुकेश श्रेष्ठ, ३० बर्षिय बुद्ध तामाङ, मनमाया तामाङ र नाम नखुलेको कुलबहादुर श्रेष्ठको श्रीमति घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चटयाङले उठेको आगोले स्थानीय बुद्धि दाहालको एउटा माउ भैंसी पनि मरेको छ ।
Source: http://www.ekantipur.com/np/2067/1/14/full-news/310679/
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 05-09-10 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजपुर एक महिनादेखि अखबारबिहीन भोजपुर , वैशाख २६ - काठमाडौं र बिराटनगरबाट नियमित हवाई उडान नहुँदा एक महिनादेखि भोजपुर अखबारबिहीन भएको छ । उसै त ढिलो गरी आउने पत्रपत्रिका लामो समय नआएपछि हजारौं पाठकहरु अखबारबाट बञ्चित भएका छन् । बषौंदेखि एक छत्र उडान भर्दै आएको नेपाल वायु सेवा निगमले नियमित सेवा दिन नसक्दा सर्बसाधारणले सास्ती खेप्नु परेको छ । यातायात सेवा नियमित भइनसकेको अवस्थामा अखबार ल्याउने हवाईमार्ग एक मात्र माध्यम हो । भोजपुरमा कान्तिपुर, गोरखापत्र, राजधानी, समाचारपत्र, अन्नपूर्ण, नागरिक, राइजिङ नेपाल, द काठमाण्डु पोष्ट, द हिमालयन, नयाँपत्रिका दैनिक, साप्ताहिक कान्तिपुर, जनआस्था, जनादेश, नेपाल म्यागेजिन, हिमाल पाक्षिक, शिक्षक मासिक, नेपाली टाइम्स, युवामञ्च, वेभ लगायत बिभिन्न पत्रपत्रिका आउने गरेका छन् । नेपाल वायु सेवा निगमका कर्मचारीले जहाजमा अखबार नियमित लोड नगरिदिंदा एकै दिन तौल धेरै हुनाले हवाइमार्गबाट ढुवानीमा कठिनाई भएको छ । पत्रपत्रिकाको ग्राहक संख्या कम रहेपनि पाठकको संख्या हजारौं रहेको बिक्रेता पार्वती श्रेष्ठले बताइन् । उनले सबैको रुचि कान्तिपुर, कान्तिपुर साप्ताहिक र नेपाल पाक्षिकको माग बढी रहेकोले धान्न गाह्रो भइरहेको बताइन् । समयमा ढुवानी नहुने भएकोले मागअनुसार अखबार बिक्री गर्न नसकेको अर्का बिक्रेता राजेन्द्र प्रधानले बताए । 'पाठकसंख्या बढदैछ, पत्रिका ल्याउनै कठीन छ,' उनले कान्तिपुरसित भने -'यातायातको असुबिधाले अखबार ढुवानी गर्न सकिएको छैन ।' यो महिना तीन दिनको मात्र पत्रिका ढुवानी भएको छ । हवाइमार्गबाट पत्रपत्रिका ढुवानी गर्न महङ्गो पर्ने गरेको छ । जहाजमा कम्पनीले व्यहोरे पनि टक्सार बिमानस्थलदेखि भोजपुरको मुख्य बजारसम्म आइपुग्दा भरियालाई प्रतिकिलो सात रुपैंयाँका दरले ज्याला दिनुपर्ने भएकोले महङ्गो हुने गरेको हो । भोजपुरमा बिद्युतको असुबिधाले टेलिभिजन, इमेल, इन्टरनेटको पहुँच राम्रो छैन । छिटो संचारको निम्ति बिद्युतीय माध्यमको रुपमा रेडियो नेपाल, एफएम रेडियो प्रभावकारी भएपनि बिश्लेषणात्मक लेख, रचना, समाचारको निम्ति सर्बसाधारणले अखबार नै खोज्ने गरेका छन् । स्थानीय पत्रपत्रिका नियमित प्रकाशन नभएकोले राष्ट्रिय अखबार नै पर्खिनुपर्ने यहाँको बाध्यता छ । सबै अखबार नपुगेपनि ठूला आकारका मुख्य अखबारहरु भने भोजपुरमा बिक्रेताहरुले ल्याउने गरेका छन् । सबै पत्रिकाको ग्राहक बन्न नसक्ने पाठकहरुले सार्बजानिक केन्द्रहरुमा अध्यायन गर्दै आएका छन् । जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयमा सबै पत्रपत्रिका नपाइने भएकोले नेपाल पत्रकार महासंघद्वारा संचालित सूचना तथा संचार केन्द्रमा पाठकहरुको घुईंचो लाग्ने गरेको छ । केन्द्रमा सबै किसिमको अखबार पत्रपत्रिका अध्ययन गर्न सकिन्छ । नियमित अखबार नकिन्ने पाठकहरुले चाहेको दिन पत्रिका पसलबाट किन्न पाउदैनन् । त्यस्ता पाठकहरु हरेक दिन संचार केन्द्रमा बिहान ७ देखि बेलुकी ६ बजेसम्म पत्रपत्रिका अध्यायन गर्न आउने गरेको महासंघले जनाएको छ । पत्रपत्रिका ढुवानीमा वायु सेवा निगमले पाठकको निम्ति सहज बनाइदिनुपर्ने पत्रिका बिक्रेताहरुले माग गरेका छन् ।
Source: http://www.ekantipur.com/np/2067/1/26/full-news/311330/
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 05-12-10 4:51
PM [Snapshot: 13356]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डढेलोले तीनवटा सामुदायिक वन नष्ट / गाउँ खतरामाभोजपुर , वैशाख २९ - दक्षिणी भोजपुरको बैकुन्ठे गाबिसको तीन वटा सामूदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएपछि गाउँ जोखिममा परेको छ । अज्ञात समुहले मंगलबार बिहान आगो लगाइदिएपछि फैलिएको डढेलोले सामुदायिक वन नष्ट भएको छ । भोजपुर सदरमुकामदेखि ८ कोस दक्षिणमा पर्ने बैकुन्ठे गाबिस- १, २ र ३ नं वडाका गंगाखोला, मुरालीडाँडा र बाक्पासल्लेनी सामुदायिक वन डढेलोले सखाप भएको हो । डढेलोले चिलाउनेटार, खानीगाउँ, सिरिसे, बाक्पा र भालढुङ्गा गाउँ डढेलोको खतरामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । पूरै गाउँ डढेलोको खतरामा परेपछि नियन्त्रणका लागि स्थानीय बासिन्दाहरु गएरातीदेखि नै सक्रिय भएका छन् । हावा हुरीले गर्दा डढेलो जताततै बढेको स्थानीय बासिनदाले बताए । डढेलो नियन्त्रणमा आइनसकेको बैकुन्ठे -२ का हरी नेपालले जनाए । 'मंगलबार अपरान्ह वनमा धुँवा मात्र देखिन्थ्यो, राती त हावा हुरीले जताततै फैलिएछ,' बैकुन्ठे गाबिस -३ का जयन्द्र राईले भने - 'गाउँलेले नियन्त्रण गर्न असम्भव छ ।' डढेलो नियन्त्रण गर्ने खडेरीमा हरियो बोटबिरुवा, पानी र जनशक्तिको अभावले डढेलो नियन्त्रणमा आउन नसकेको हो । गाउँको सक्रियताले अहिलेसम्म गाउँलाई क्षती हुनबाट जोगिएको स्थानीय हरी नेपालले बताए । उनका अनुसार डढेलोले रुख, बोट, बिरुवा, पातपतिङ्गर, पशुपंक्षि र जनावरहरु नष्ट भएका छन् । डढेलोले दाउरा, घाँस, पातपतिङ्गर नष्ट भएपछि सर्बसाधारण सुबिधाबाट बञ्चित हुने भएका छन् । जिल्ला वन कार्यालयले अनभिज्ञता जनाएको छ । खोला छेउमा खेतबारी हुने व्यक्तिहरुले पातपतिङ्गर जलेको खरानी आकाशे पानीले खेतमा झारेपछि मल बनाउनका लागि डढेलो लगाउने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् । 'तर कसले आगो लगायो भन्ने चाँही थाहा भएको छैन,' स्थानीय थमानसिं राईले कान्तिपुर सित भने -'दुनियाँलाई संकटमा पार्ने व्यक्तिलाई सप्रमाण चिन्न सके कारबाही गर्नुपर्छ ।' कतिपयले डढेलोले पातपतिङ्गर र पूरानो बोटबिरुवा मरेपछि छिट्टै हरियो घाँस पलाउने आशा वनमा आगो लगाउने गरेको गाउँलेको भनाई छ । सर्बसाधारणलाई आगलागी र डढेलोको जोखिमबाट जोगाउन हरेकबर्ष जनचेतना अभियान संचालन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । यसबर्ष कोट, बोखिम, दलगाउँ, याकु, टक्सार, बास्तिम, मानेभन्ज्याङ्, च्याङ्ग्रे, जरायोटार, सिद्धेस्वर, गुप्तेस्वर, रानीबास लगायत एक दर्जन गाबिसको सामुदायिक नष्ट भइसकेका छन् । छ । डढेलोले ठूलठूला साल, सल्ला, सिसौ, खयर, चिलाउने, पात्ले, ढाल्ने, कटुस लगायत बिभिन्न बोटबिरुवा नष्ट भएको छ । सामुदायिक वनमा पाइने बिभिन्न जडिबुटी नष्ट भएको छ । सामुदायिक वनमा मयुँर, कालिज, डाँफे लगायत हजारौं चराचुरुङ्गी र पशुपंक्षिको बासस्थान नष्ट भएको छ । सामुदायिक वनमा हरिण, मृग, झारल, घोरल, ब्वाँसो, बाँदर लगायत बिभिन्न जनावर पाइने गरेको छ । सामुदायिक वनमा आगलागी भएपछि जनावरहरु अन्यत्र बासस्थान खोज्दै पलायन भएका छन् । वनमा हुने सर्प, गोहोरो, छेपारो, भ्यागुता लगायत प्राणीहरु सुरक्षित वासस्थान खोज्दै अन्यत्र पलायन भएको स्थानीय बासिन्दाले बताएका छन् । Source: http://www.ekantipur.com/np/2067/1/29/full-news/311461/
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 05-12-10 10:38
PM [Snapshot: 13371]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजपुर सदरमुकाममा बम भोजपुर, वैशाख ३० - एक बर्षघि नेपाली सैनिकले बिष्फोटक पदार्थ मुक्त बनाएको भोजपुर सदरमुकाममा बम फेला परेका छन् । सदरमुकामस्थित टुँडिखेल वरिपरीको क्षेत्रमा तीन वटा बम फेला परेको भोजपुरस्थित नेपाली सैनिकको कालीध्वजले जनाएको छ । कालीध्वज गणका अनुसार दुई थान प्रेसर कुकर र एक थान पाइप बम फेला परेको छ । द्वन्द्वको बेला संयुक्त सुरक्षा फौजले जिल्ला प्रहरी कार्यालयको सुरक्षार्थ राखिएका ती बमहरु प्रहरीले रेकर्ड नराखेको कारण खोजी गर्दा नभेटिएका हुन् । घरेलु प्रबिधिबाट निर्मित बिष्फोटक पदार्थ निश्त्रिmय पार्न उपल्लो निकायसित स्वीकृति मागिसकेको गणका प्रमुख सेनानी नारायण रायमाझीले बताए । गत बर्ष सैनिक बिशेषज्ञ टोलीले माइन डिटेक्टर उपकरणद्वारा सर्च गर्दा समेत फेला नपरेका बिष्फोटक पदार्थहरु सैनिकले निस्क्रिय पार्न सुरक्षित स्थानमा राखेको छ । सदरमुकामको बीच बजारमा रहेको टुँडिखेल वरिपरी बिष्फोटक पदार्थ मुक्त भइनसकेकोले सैनिकले काँडेतार हटाइसकेको छैन । डेढ दशकअघि सैनिकको नाममा दर्ता टुँडिखेललाई सरकारले सार्बजानिक घोषणा गरेपछि खुल्ला गरिएको छ । तर बिष्फोटक पदार्थको खतरा रहेकोले सर्बसाधारणलाई जथाभावी प्रबेश गर्न, केटाकेटीलाई खेल्न मनाही गरिएको छ । यसअघि सैनिक बिशेषज्ञ टोलीले ५० वटाभन्दा बढी साना ठूला बिष्फोटक पदार्थहरु निस्क्रिय पारेका थिए । माओवादी आक्रमणबाट सुरक्षार्थ जिल्ला प्रहरी परिसरमा पर्ने टुँडिखेल वरिपरी घरेलु बिष्फोटक पदार्थ राखेको हो । तर तथ्यांक राखेको छैन । टुँडिखेल वरिपरी सडक बिस्तारको क्रममा डोजरले खन्दा ती बमहरु बाहिर देखिएपछि फेला परेका हुन् । भोजपुर स्थित कालिध्वज गणले सर्बसाधारणलाई सचेत गराउने उदेश्यले खतराको चिन्ह राखिदिएको छ । Source: http://www.ekantipur.com/np/2067/1/30/full-news/311470/
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 06-05-10 11:13
PM [Snapshot: 13649]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 06-05-10 11:13
PM [Snapshot: 13649]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|