[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८२

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 176187 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-22-10 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८२ ~








हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर  रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता  हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत  रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"







कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||






भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!




 



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!








ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।





Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)




Running since 7 Sept 2005 in a total of 179 edition





Last edited: 22-Mar-10 10:25 PM

 
Posted on 03-26-10 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म प्रती समर्पित रहेछ ठुल्दाइ का मनका चाहना र जिन्दगीका ब्यथाहरु ....... सबैको जिन्दगीको गोरेटो उस्तै भएको ले नै होला हामी सबै  उस्तै उस्तै  लाग्छ मलाई .... त्येसैले एक्लै एकोहोरो शंखनादको धूनमा नाच्नु पनि के नाच्नु भन्दै आज बेलुका झ्याम्म झ्याम्म सबै सँग ताल मिलाउँदै नाच्दै रम्ने बिचार  छ दाई । ठेगाना उही हो .... स्वागत छ दाई लाई पनि ।

फेरी पनि धन्यवाद ।

 
Posted on 03-26-10 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


टन्न ट्र भा खाइयो । ढ्याउुउुउुउुउुउ।


11.02 मा रामे ले पोस्ट गर्‍यो, 11.17 मा मैले पोस्ट गरें। टाइप गर्दै जाँदा कहिले कबिता बन्छ कहिले सबिता । कबि त पक्कै होइन। भाको भे यहाँ के रि-सोच गरेर बस्थें ? मखुला ??


 
Posted on 03-26-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक घण्टा हुन लागिसक्यो कोइ छैन गाँठे ......

शुक्रबार हाल्फ छुट्टी त नहुनु पर्ने हो?

कि हा टा दिये सबैले ?

म पनि कुर्दै छु ........ ५ त बजोस .........

चिप्ले सर खोइ आज?



अरु त कोइ चिच्याउने बाकसमा बल्छी हाल्दै बसेका होलान ..... कोइ थुतुनो किताब मा आँखा सुस्ताउन्दै होलान .........

ल सबैको जय होश ....
 
Posted on 03-26-10 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सालको पात टिपेर पानी खाउ
टिपेर पानी खाउ
अभागीको कहाँ छ र जाने ठाउँ भमरा फूलको रसैमा
पर्खी बस मायालु मुग्लिङमा मै आउछु रात्री बसैमा


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।


रामे, आउन त अघि नै लागेको हो, जाममा फसियो। मलेखूको होटलाँ बासी भात खुवायो भनेर एउटा माईक्रो बसका पेसिन्जर मिलेर बाटो छेकेछन् त्यही होटेलमा चुल्हो बाल्न राखेको दाउरा बाटोमा तेर्स्यार। बल्ल बल्ल आइयो। बरु आफू राती १:२१ (पूर्वी समय त अझ २:२१) सम्म के गर्दै हो? नेपालतिर च्याट मार्ने गरेको छ कि कसो कोहिसँग? किन सँधै ढिलो हाजिर गर्ने भनेको त त्यस्तो पो रहेछ।
ठुल्दाइ कबिता लेख्दै कि सबिता कल्पिंदै कि ट्र भाको भाते निंद्रामा हो? स्पष्टिकरण चाहियो ।
पूरे, कती घण्टा बाँकी?
बाउचा त खोइ कता हो? अरु बेला त पूरे कहाँ छ भनेर प्रत्यक्ष प्रसारण गरिरहेको हुन्थ्यो।
बिष्टे र खुशीको पनि बिहान देखी मुख देखिया छैन।
         


 
Posted on 03-26-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर
म पनि कोइ न आएर उंघेरा बसी राख्या, चिप्ले सर ले हल्ला गरे सि हुलुस आयो कि भनेर झसङ भाको । एउटा सानो काम छ , १० मिलेट मा आउछु ।

 
Posted on 03-26-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय पंक्षि हो
खुल्ला एस्को बन्धन
बाँधेर बाँधिदैन
उड्छ निरन्तर ।

सधैं जानी नजानी मुग्लिङ को बास गर्नु पनि राम्रो होइन है चिप्ले गुरु ......
ए बाटै छेकेर ढिला भा हो त ? ....... एउटा गीत याद आयो ............. यि त सब भन्ने कुरा न हुन .........


एक्लो ज्यान चिप्ले सर ..... को छ र ....... एक्लै जन्मियो ...... एक्लैनै मरिन्छ ....... को छ र च्याट गरेर बस्नु ....... पुरे, लहरे परीएन आफु ........

दिन त अर्काको काम मै बित्छ ........... रात त आफ्नो हो नि चिप्ले गुरु ..... बरु च्याट गर्ने साथी हरु भये लिस्ट पाम क्यारे ..... (नहासौ है)


 
Posted on 03-26-10 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, काम सिद्धिएन?
रामे, लिस्ट त पूरे र बाउचासँग मागे होला, सबैतिर भ्याउने उनीहरु नै छन्।  
 
Posted on 03-26-10 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु म बिचरोले काँबाट दिनु लिस्ट, उ त्यो लहरे बैरे सँग हुन्छ होला नि

लु मेरो त लन्च ब्रेक, काउली, दाल भात बजाउन लाको। क्या भोक लायो, काम गर्दा गर्दै टाइम गा थाहै भएन

चिप्ले दा प्रणाम , अब २ घण्टा बाँकी

 
Posted on 03-26-10 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काउली, दाल भात बजाउन लाको।


दिनदिनै शाकाहारी भोजन गर्न थाल्यौ नि त पूरे। हस्तिनापुरको माछा बाहेक अरु माछा मासु नरुच्ने भएको हो कि के हो? कि सुन्तलीले पकाइदिएको मासु मात्रै मन पर्ने हो? कि सुन्तलीलाई जोइ पाउन बर्त बस्या हो?
कम्तीमा ५० तर १०० शब्दमा नबढाइ स्पष्टिकरण देउ।      


 
Posted on 03-26-10 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ध्याउुउुउुउुउु वाह यो मुसुरिको दाल र काउली फ्राइ क्या मज्जा आउनी बाइ, लु एक्छिन घाम टापेर् बस्ला पर्ला। गीत सुन्न मन भो, क्यार्नी होला, एस्सो राउँरो गीत भनम त, अरुका नमिले नि हाउँरा मिल्छ केरे सुन्न लाई।

 
Posted on 03-26-10 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे मोरो को लागि यो गीत .........





 
Posted on 03-26-10 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर्नु न त्याँ! डकार्दै आइरा बेलाँ काँ प्रश्न सोधिरा, त्यस्तो प्रश्न धेर नसोध्नु न क्या, इस्कूलाँ नि मास्टरले धेर प्रश्न सोध्नी भेर इस्कूल नै जान छोडियो, अब फेरी याँ रे। चिप्ले दा पनि, खै कुरो बुझ्या। भरे खानि हो क्या माछा मासु त, दिना-दिन काँ खानु मासु माछा, हेल्थ भन्ने पनि केइ चिज हुन्छ कि नाइ? हैन त?? त्यो प्रश्नहरु चाइँ त्यो रामेचा, लहरेहरु लाई सोध्नु क्या, केइ नगरि धुलोमा खेलेर बस्छन। दिन भरी हल्लेर बस्नीहरुलाई पो सोध्नी त, मखुला?
 
Posted on 03-26-10 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउसै गाना, रामे भेन यो त । रात पो रंगिन बनाउने।


काम सकियो, अधुरो नै रह्यो सकेको काम नि । बज्या चाइनिज बोक्सीले यो क्वार्टर रजिस्टर गर्न बधा हालिन। त्यसइ त चाइनिज भने सि डाँका लाग्थ्यो, अहिले भने डाँका को नि आमा लाग्यो।


 
Posted on 03-26-10 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरुमा चाइँ यो पाटकी रामेचालाई गाली गरुम्ला भन्ने सोचेर आको, कस्तो खाले गीत हाल्यो भन्ने नसुनी, तर मोरोले हाउँरै उमेरको गीत हाल्या रेछ, लु ठीक छ।

ठुल्दाइ, केइ छैन, केइ चिअन, कैले सासुको पालो कैले हाम्रो ठुल्दाइको भन्या एइ हो क्या। आजलाई होस् छोड्दिनु, अर्को पाली देखेंगे, मखुला?

लु रामेचा अर्को नि हाल त, यस्तै च्याट्ट पर्या
 
Posted on 03-26-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संगीत को पनि समय हुन्छ र ठुल्दाइ


ल मोज गर .......

पुरानो राम्रो गीत हुँदा हुँदै पनि .........पुरे मोरो को रुप रङ ताल हेर्दा रिमिक्स मन पराउन्छ भनेर यो हाल्देको छु ....







 
Posted on 03-26-10 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह अर्को ल आर्को
 
Posted on 03-26-10 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज शुक्रबार भएको ले नसा को गीत है त ........

पिनेवालो सुनो कबी न छुपाके पिवो
इस्क और मुहाबतको मिलाकर पिवो ।



 
Posted on 03-26-10 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को गीत .........




 
Posted on 03-26-10 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इश्क और शराब को मिलाकर पियो भन्छ बा पंकज पाजी । इश्क पिए सि नै ढलिन्छ, शराब किन चाहिन्छ? मखुला रामे ??

 
Posted on 03-26-10 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुल्दाइ ....... तर दुइतै नसा मिलाएर पिएर त हेर्नुस् ..... अनी जिउनोस .......
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters