[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 136104 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-24-05 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ashish ji urff Dada Giri

Hajur ko sanju kabya le ta mohani nai lagayo ni..


The ओमियागे(अर्को भर्जन) ...bhannu bhayo tara same story jasto lagyo malai ta...

Had read it before....

hajur ko asish_poudel@hotmail.com add garya chhu hai msn ma//pheri achamma parnu hola...ko ho yesto bhanera ni...

Waiting for your more stories
 
Posted on 04-24-05 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great Love stories end with tragedies रे खोइ हाम्रो दादाको नि त्यस्तै हुने हो कि शंकै लाग्छ, कि सञ्जु मसंग पो आउने हो कि रे क्या....हाहाहाहाहाहाहा
निर्माण
अरु नि जावस् है दादा, आफ्ना आँखा नै लोभि , सञ्जुलाइ नि आफ्नै थानियो रे क्या ।।।बुझ्नुहोला नि दादा।।।;o)
 
Posted on 04-25-05 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब बुरो, म आउने भएँ भने खबर गर्छु है त। एकातिर त पक्कै जान्छु।
Forget-me-not जी बुझेँ।
कालो भाले, पण्डित, निर्माण र सबैलाई प्रतिकृयाको लागि धन्यबाद!
 
Posted on 04-25-05 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १८

आकाशमा बादल लागेको छैन तर मेरो मनमा बादल लागेको छ। खोला ठुलो छैन तर म र सञ्जुको बिचको खोला ठुलो लागेको छ।
मानौँ आज खहरे बढेको छ। मेरो मनको व्यथा न त आत्मारामलाई नै थाहा छ न त टारी घरे दाइलाई नै थाहा छ। यदि थाहा छ भने सञ्जुलाई नै थाहा होला।
तरपनि टारिघरे दाइले तास खेल्न कर गर्न छोडेनन् र हामी तास खेल्दै दिन काट्ने धुनमा मस्त छौँ।
*** *** ***
?हैन मिलेन अघि तैँले हुकुम (spade) को खेलमा हुकुम छैन भनेर पानको चौका फालिस्, अहिले यो हुकुमको २क्का कहाँ बा्ट ल्याइस्? झ्याल्ली भो! झ्याल्ली!? टारी घरे दाइले आत्मारामलाई हकारे। आत्मारामको झ्याल्ली गर्ने बानी त छँदैछ नि फेरि। मलाई पत्तो नै भेऽन। होस् पनि किन र?
सँधै झैँ गोधुली साँझको बेलामा हामेरु घर फर्केम्।
मलाई रातभरि छटपटि हुन्थ्यो भोलि सञ्जुसित कसरी बोल्नी होला। कसो गर्दा भेट होला,सञ्जु पारिको पारि र म वारिको वारि नै भेऽर दिनहरु बिते।
हाम्रा कैयौँ दिनहरु यसरी नै बिते।
*** *** ***
धेरै दिनपछि, हामी आज भने हामी पारि नै गएम् लौ जा त, अँलैचिबारितिरै। सञ्जु पनि आई हाम्ले माथिबाट हेर्दै छम्। म पहिला सामान्य व्यबहार गर्ने अनि सञ्जुको प्रतिकृया अनूसार चल्ने मनसायमा छु।
"हामी लुकम् भाइ!" मैले अक्किल निकालेँ, किन निकालेँ त्यो त आँफैलाई थाहा छैन नि फेरि।
हामी धेरैबेर लुकियो। अनि अब त आइपुग्नु पर्नी हो। भुनेर यसो हेर्या त आज त सञ्जु त उता गइछ, पारि।
"के हो यस्तो हामी पारि जाँदा सञ्जु वारी , हामी वारी जाँदा सञ्जु पारि हुन्छे बा। कस्तो भाग्यले नि साथ नदिएको हाम्लाई त। जान्नी नपल्टिकन नलुक्या भे नि हुन्थ्यो नि, आउने पो थिई कि हाम्लाई देखेसी, हिजो केही नमिलेर उता गाऽ मात्र पो हो कि।" म पछुताएँ।
*** *** ***
आत्माराम र म तल झरियो। माछा मार्न थालियो सञ्जुको ध्यान आकर्षण गर्नलाई मैले ठुला ठुला ढुगां उचालेर बजार्थेँ। घरि रहमा ठुलो ढुगां फालेर "ओ हो! क्या मज्जा भो!" भन्थेँ। अनि माथि फर्केर हेर्थेँ अँ हँ सञ्जुले हेर्नी हैन। हाम्ले माछा मारियो, पोलियो, सञ्जुतिर हेरियो। अँ हँ प्रतिकृया भनेसी ठ्याम्मै छैन बा।
आत्माराम र मैले योजना बनाएम् भोलिको लागि। "हेर आत्मे त्यो सञ्जु रिसाए जस्तो छ हामिसित। यसो गर्न पर्यो, भोलि तँ पारितिर जा, म वारितिर जान्छु एकजना त पक्कै भेट भइन्छ।"

हाम्ले यति सल्लाह गरेर फर्कियो आजलाई।
*** *** ***
भोलिपल्ट सल्लाह अनूसार नै बनम् न म यता गएँ , आत्माराम उता गयो।
कुर्दा कुर्दा आज त सञ्जु नै आइन लौ जा त।
यसरी २,४ दिन बिते। सञ्जु कहाँ गइहोला ... ... ...

to be contd.

 
Posted on 04-25-05 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु, दोहोरीको लागि धन्यबाद!
 
Posted on 04-25-05 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, साञ्जुले "भाउ" खोजेको क्या । अलिकति बजाराँ गर भाउ किनेर ल्यार देको भा छिट्टै आईहाल्थि नि बिचरी... (रे क्या !)

जोक नि दादा, फेरी.......

ल अर्कोको प्रतिक्षामा ............


 
Posted on 04-25-05 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे हो हो ओकेले भनेको. अलि भाउ दिनुपर्छ रे क्या। ल अनि दादा आत्मेलाइ पठाउन नहुने पारी, मोराको के भर, बरु मेरो बिश्वास छ त्यसको त छैन है। अब गैसकेछि के भन्ने। नेक्सट ट्याम म जान्छु है दादा रे क्या।
निर्माण
 
Posted on 04-26-05 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु, सञ्जु मावलीतिर गई। तिम्रो गाउँतिर।
खै कुरा बुझेको? २,४ अध्याय जाओस् भुणेर मावल पठाऽको।
मावलतिर के हुन्छ, तिमी जान। यता के हुन्छ म जान्दछु। *तर नबिताऊ है। तिमी भिलेन सम्म हुन पाउँछौ।)
 
Posted on 04-26-05 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा...........कति हसाम्छौ यार दादा

अहिले त सञ्जु मावल होइन मेरो घरमै आए पनि अझ भुनम्न, मेरो कोठामै आए पनि केहि गर्ने फुर्सद छैन भुन्या ल, राम राम्।

टाउकोमा कट्टु लाएर हिड्ने बेला भैसक्यो दादा मेरो त, यो साझाले बर्बाद पार्ने भो।

फेरि बैशाखको बेला जताततै पिरतिका कुरा गर्याछन्, के एक्लै मावल जान दिएको त फेरि। उता च्याँकेले नि बाटो ढुकेर बस्याछ। फुत्केला है फुत्लेला।

अनि तुरुन्तै गएर बाटो छेकम् यार तेसको। बरु यसो गर्हौँसुरको मन्दिर तिर जाम् भन्नुस न १-२ रात बस्ने गरि तेसलाई, केहि भैहाल्छ कि।

-सरु


 
Posted on 04-26-05 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन तिम्रो दिनदिनै जाँच हुन्छ कि क्या हो?
अनि यो अप्रिलमा नयाँ शैक्षिक सत्र सुरु हुने बेला के को जाँच नि फेरि? हाम्ले नि पढ्या हो २,४ किलास।
 
Posted on 04-26-05 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँच सक्न पाछैन, तेरो शोध के भयो त यो हप्ता भन्छ यार यो प्रो. ले।
यिनका रिन खाएपछि नसकिने रैछ के।
डाउडर बन्न पसेको, कानडाउडर बनेर निस्किएला जस्तो छ गाँठे।
अब दादाका बरु स्वर्णिम हप्ता आम्दैछन् रे नि त।

-सरु
 
Posted on 04-26-05 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Aashis poudel @ dada dai ko lekhan saili lai chai mannai parcha....he he he ...khatara ccha...khola ma dubera mareko maanche lai samet byujhaidinee re kya..he he he....jhan aajakl sudhriyee pacchi (Rs. 121 ko rakhshi chodepachhi) ke bhannu ra..... waha ko lekhan le hami rakshi nakhane maanche lai samet maat lagaidinee ...he he he
 
Posted on 04-26-05 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>होइन ए दादा,
मेरो क्यै भेउ पा'र बोल्या हो कि, त्यत्तिकै बोल्दा बोल्दै लाटाको खुट्टो बाटाँ पर्या हो? कता कता के के शब्द सम्बन्धित पर्यो यार, गाइ खाने ल। साच्चि था' पा'का भे' गुप-चुप राखम् है।
-सरु

(धत्तेरी मा टोक्नी! चुनाउ अगाडि चिन्या भे फरकै पर्नी थिएन। अब आर्को पाली फेरि हाम्फालम्। (त्यो पारसे चुनाउमा फोटो हेर्न माग्नी यार ... ... ... अब धेरै नबोलम्। )

 
Posted on 04-26-05 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-27-05 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada Giri

waiting for more.......
 
Posted on 04-27-05 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
खै त हजुरको ..... सञ्जुको हालखबर के छ?

सरुदाईको बिश्बास धेर नगर्नुस् है, बिताईदेलान् नि बुढाले । बरु तपाईँका पनि कोहि नातेदार छैनन् सञ्जुको मावलीतिर? १।२ दिन तेता घुम्न जान्छु भनेर लाग्नुस् न पछि पछि । सकेसम्म चाहिँ नछोड्नुस् है, यो ओकेको सल्लाह नि !




 
Posted on 04-27-05 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १९

राङ्खोलामा गाडिबाट झरेर सञ्जु उकालो लाग्छे। माथि धोबादीको डाँडामा नपुग्दासम्म बाटो अलिक अप्ठ्यारो छ र एकान्त पनि।अनि वनको त्यो टिठ लाग्दो बाटो।
राङ्खोलाबाट अलिकति माथि पुगेसी एउटा शिवको मन्दिर आइपुग्छ, सञ्जु मन्दिरमा प्रवेश गर्न खोज्दा बुढोले भन्छ, ?चप्पल बाहिर बाहिर! छालाका हैनन्? छालाका चप्पल लाऽर भित्र आम्न खोज्नी!?
सञ्जुले चप्पल खोल्छे र भित्र पसेर यताउता हेर्छे।
शिव ** उसलाई अनौठो लाग्छ, टोलाएर हेरिरहन्छे। अनि अर्कैतिर हेर्छे र खै कुन्नि किन हो, एक्लै मुसुक्क हाँस्छे। मन्दिरमा फुलपाती चढाएर अलिकति माथितिर पुगेर आराम गरम् भन्ने हेतुले रुमालले पसिना पुछ्दै बस्छे। एक पटक आफ्नो पैसा राख्ने सानो थैलि फेरि हेर्छे र कसिऽलो पार्छे।अघि मन्दिरमा २ ठाउँमा गरेर २० पैसा चाढाएकी थिई। बाटोमा भाडा पनि तिरेकी थिई। पैसा घट्यो भन्ने पिर हो या के हो कुन्नि सुईईय सुस्केरा हाल्छे।
वनको यताउता हेर्छे, बिरानो र सागुँरो अनूभव हुन्छ। बिस्तारै उसलाई अण्धा_अन्धी वनको याद आउँछ र मनमनै गुनगुनाउँछे, "क्यार्दै होलान् अहिले आत्मे र दादा ... ... ...कुच्चि पर्यो तिनेरुलाई त"।
*** *** ***
यत्तिकैमा तलबाट १ जना केटा आउँछ। बा सञ्जुसित बोल्न पाइने आशले हो बा थाकेर हो त्यो केटा पनि त्यहीँ छेऊमा बस्छ । सञ्जुसित बोल्न खोज्छ, सक्दैन। धेरै बेरपछि नम्र हुँदै सोध्छ।
?कस्तो गर्मी है! ह्याँ भने सित्तल रेऽछ रुखले गर्दा, बुइनी काँ पुग्ने नि यता??
"तलैबाट आउनू भो नि हैन?"
?हजूर!? सञ्जु नचिनेको मानछसित त नम्रतापूर्वक बोल्छे के हाम्लाई मात्र हो नटेर्नी त।
?यता काँ पुग्नी हो त नि? कि घरै यता पर्यो।? केटाले कुरा अगाडि बढाउन खोज्छ।
?हैन मामाघर जाम् कि भूनेर हिनेकी कि। त्यहाँ नागस्थान ।?
?नागस्थान पुग्ने हो, कति टाढा छ है। शुभ नाम के पर्यो बुइनीको?? केटोले आधूनिक पाराले नाम सोध्छ।
शूभ नाम भनेको सुनेर सञ्जु त मख्ख नि अब। सञ्जुले कम्मर मरक्क मर्काउँदै जवाफ दिई। ?मेरो शुभ नाम? मेरो शूभ नाम, सञ्जु हो, हजूरको नि??
?म स् स् सरुभक्त ?। केटोले लाजले काँपेको स्वरमा जवाफ दिन्छ।
*** *** ***
?थर के पर्यो नि बुइनीको?? केटोले के सोचेर हो कुन्नि एकै चोटि थर पनि सोध्न पुग्छ।
?सञ्जु हो के।? सञ्जुले जिस्काइदिन्छे केटोलाई। केटोले धेरै सोध्न खोज्दैन यो विषयमा रिसाउँछे के भन्ने डर छ नि फेरि केटोलाई नि।
*** *** ***
"तिर्खा लायो है।" केटोले केहिछिनको सुन्यतालाई तोड्न खोज्छ।
सञ्जु खिसिक्क हाँस्छे र जवाफ दिन्छे। ?ऊ त्याँ धारा छ।?
केटोले यो जवाफलाई कुन रुपले लियो कुन्नि तर धारोमा जान्छ र पानी पिउँछ, अनि सोध्छ, ?बुईनीलाई नि ल्याइदिम् पानि??
सञ्जुले कपाल फेरि एक पटक झोलामा हेरेकी हुन्छे , केटोको कुरा सुन्दिन।
सरुले सञ्जुलाई कर्कलोको पातमा पानि लिएर फर्किन्छ।अरु कुरा गर्न पाउने झिनो आशामा भन्ने कि के बन्नी नि अब।
*** *** ***
"बुइनी पानी लिनुस्, चिऽसो छ पानि।"
?धन्यबाद! हजुर त निकै सहृदयी हुनुहुँदो रेऽछ।? सञ्जुले केटोको प्रसंसा गररिदिन्छे।
एकैछिनको गफगाफ पछि, बिस्तारै दुबै जना बाटो लाग्छन्। सञ्जुले झोला हातमा झुण्डाएकी छे। अघि गाडिबाट झर्दाखेरि झोलाको त तन्ना नि चुँडिएको नि।
?म लिईदिम् झोला गह्रुगों जस्तो छ।?
सञ्जु सोझीले सरुलाई झोला लिन दिन्छे।

to be contd.
 
Posted on 04-27-05 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जुले कपाल > सञ्जुले कपाल मिलाएर
 
Posted on 04-27-05 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाहाहाहा

हैन दादा अनि तपाईँले चाहिँ कसरी थाहा पाउनु भो नि.... सञ्जु र सरूको कुरा । कि अदृष्य भेषमा पछिपछि हो सञ्जुको ?

ल ल ठीक छ, त्रिकोणात्मक लभ स्टोरीले मज्जा बनायो ।

सरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरु, काहाँ हो तपाईँ, आफ्नो कथा अर्काले लेखिदिँदा अलिकति भा पनि ** त लाग्नु पर्ने हो गाँठे ।
 
Posted on 04-28-05 6:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!! हाम्?रा शरु'दा नी पुगीसकेछन बित्?यँआस पार्नी भे'ाब बीचरी सन्?जु लाि दादा हो...सन्?जु लाि बचाउन परो दादा का चाल निका छैनन्? है मैले त भन्?दीनी काम भन्?दीा शरूले त गाम्?मानी भ्?याि सके कािली मािलीलाि

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters