[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 123866 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 02-10-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल र गोताएँ गुरु,
धन्यवाद ती शब्दहरुको लागी जसले गर्दा मलाइ अझै कोशिश गर्ने प्रेरणा मिलेको छ।

माइला, मेरो सफला, सफलको स्त्रीलिङ्गि शब्द हो भन्न खोजेको हुँ। ब्याकरणीय रुपमा पनि मिल्छ नै जस्तो लाग्छ।
 
Posted on 02-11-06 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले तिमीलाई मोबाइलमा सुनेँ

मैले तिमीलाई इमेलमा हेरेँ

मैले तिमीलाई कम्प्युटरमा सेभ गरेँ

तर तिम्राे मोबाइल, इमेल र पीसीमा

म मात्रै छु कि कुनै अर्कै पि्रया ?
 
Posted on 02-11-06 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि सोध्न मन लागेको बिर्खेजीलाई जीवन देखि निरास मात्र किन? तर माथिको एउटा भाव हेर्दा त्यति साह्रै निराशावादी चाँहि होइन जस्तो पनि लाग्यो
--- हेर त यो फूल कस्तो खुलेको,
तिमी हाँसेको जस्तै।
हेर त यो पहाड, यो बहार, कस्तो देखियो,
मैले तिमिलाई पाए जस्तै।
कस्तो प्यारो यो झरी, मेरो आत्मालाई छुने
तिम्रो साथ जस्तै।
तिम्रो तसविर भए पुग्छ,
म मंदिरको ढुङ्गालाई बिर्सन्छु!----

अर्को पनि मलाईमनपरेको--------
-----तिम्रो नाकको फूलिबाट
परावर्तित ज्योतीले,
मेरो आँखामा चमक ल्याउँछ
र म तिम्रो गालाको लाली हुँदै
ति अमृत प्यालाहरुमा
हराउँदै तिम्रो मुहार जब हेर्छु,
मलाइ तिम्रो सुन्दरताले छोप्छ!------
:)
 
Posted on 02-11-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maila jee n miss me jee many thanks for your message. Thasnks a million to gautam jee too for welcoming me on his thread. First of all, I would like to apologize fot typing these letters in roman, though I can use unicode, I am very bad in it.
Now switching on to unicode.....

मेरो पहिलो प्रयास साझाका सम्‍पूर्ण कवीज्‍यूहरुमा समर्पण गर्दैछु। स्‍तरिय नभए पनि स्‍विकार गरि दिनुहोला। तपाईहरुका सल्‍लाह सुझावहरु मेरा लागि अमुल्‍य हुनेछन्‌।


झरि राखेको तारासंग तिमीलाई नै माग्‍थे
मेरो मुटुको धड्‍कन भित्र तिमीलाई नै राख्‍थे
अफसोच तिमीले मेरो आखाको भाव बुझ्‍न सकिनौ
त्‍यसैले त तिमिले मलाई विश्‍वास गर्न साकिनौ

गल्‍ति त मेरो थियो, तिमी त केवल मृगतृष्‍णा रहिछौ
केहि दिनको साथ दिई सधैको लागि गायब भइछौ
सँगै जिउन सँगै मर्न कसले पो पाउछँ
त्‍यसैले मलाई तिम्रो निर्णय स्‍विकार्य छ

भाग्‍यले पनि मैमाथि कस्‍तो घात गर्‍यो
मेरो जीवनमा बिहानी नहुदै फेरी रात पर्‍यो
मेरो गुनासो तिमीप्रति केहि छैन
अफसोच यति मात्र छ,
मैदानमा छिर्नै नपाई पराजित हुनु पर्‍यो
 
Posted on 02-11-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कविताको देशमा त गाउँहरू तीव्र गतिमा बढिरहेका रहेछन्। तरूण तपसी, जासूस केटा, बिर्ख माइला, गोतामेज्यू, मास्टर्नी दिदी, साहिंला, ग्वाँचे सबै मित्रहरूका कविता राम्रा लागे। म चैं धेरै दिनपछि अर्को यौटा कविताका साथ हाजिर भएको छु।

अन्यौलको दलदल

कोही बन्दूक लिई जंगलतिर कुदीरहेछन्
कोही झण्डा लिई सडकमा उफ्रीरहेछन्
कोही (राज)दण्ड लिई दरवारमा नाचिरहेछन्
के हुँदैछ यो देशमा, खै केही थाहा छैन
अन्यौलमा हामी बाँचिरहेछौं
अस्पष्टताको पोको साँचिरहेछौं
असफलताको प्रश्न जाँचिरहेछौं
हामी जनता अन्धकारमा बस्ने कहिले सम्म?
कतै बिजुली नभएर अन्धकार छ
कतै बिजुली भैकन पनि अन्धकार छ
कतै पुस्तक नभएर अज्ञानता छ
कतै पुस्तक भैकन पनि अज्ञानता छ

कहिले ईटहरीका सडकमा फूलमाला
र अक्षता बटुलिन्छन्
कहिले तानसेनको गौरवमय ईतिहास
भग्नावशेषमा बदलिन्छन्
कहिले काठमाडौंका गल्ली गल्ली
मुर्दा शान्तिमा कक्रिन्छन्
यस्तो किन भैरहेछ,
यसको उत्तर मसित छैन
यस्तो कहिले अन्त्य हुन्छ
यसको उत्तर पनि मसित छैन
मसित त छन् केवल प्रश्न
अनुत्तरित प्रश्न
जस्को उत्तर खोज्न मैले
भरमग्दुर प्रयत्न गरें
तर अझै पनि असफल छु,
र अझै पनि भासिएकै छु
त्यो अन्यौलको दलदलमा।

 
Posted on 02-11-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****बिर्सने छैन म हिड्ने बेला ति आमा रोएको ****
जासूसकेटा, आमाको याद दिलाईदिनु भयो तपाइँले!!!
*********
माष्टरनी नानी, मन् छुने कविता लेख्नुभयो!
****
गौतम जी, हे हे हे त्यस्तो निराशै भएको त हैन म तर लेख्ने समयमा एक क्षणको लागि त्यस्तो हुन पुगिएछ! जिम्माल्नी त खोज्ने हो अब छिटै :):)
*****
साईँला अब अरु पनि जावस! :)
******
माष्टरनी नानी!
ठिक भन्नुभयो, जीवनमा आशा र निराशा; दिन र रात जसरि चक्रमा घुमेको पाउँछु म!
ति कविताका हरफहरु मन पराईदिनू भएकोमा धन्यवाद् !
*************
ग्वाँचे जी, राम्रो छ कविता! अरु पनि जावस :)
*********
चित्रे,
समसामयिक तितो सत्य! धेरै राम्रो छ! अरु पनि लेख्दै जाउँ!
:)
 
Posted on 02-11-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त नेपाल आमालाइ भनेको
 
Posted on 02-11-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-12-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्स मी किन मख्ख ।
 
Posted on 02-12-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मख्ख परेको होइन "मैले त नेपाल आमालाइ भनेको " यहाको जवाफ देखेर हासेको।
 
Posted on 02-12-06 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परछायाँ



आज पनि तिमी आएउ
खै किन ?
सायद म हडबडाए
सम्हालिन खोज्दा
मैले सोध्न बिर्से।

यि बाटोहरुमा
एक्लै हिडिरहेछु
मानिस हरुको भिडमा
म आफूलाई एक्लो पाउछु
हल्लै हल्लाबिच पनि
स्तब्धता मलाई पच्छ्याउछ
र पनि म हिडिरहेछु
मानौ म हिड्न चाहान्छु
फेरि सोच्छु कतै मेरो हिडाइ
निरर्थक त होइन?
अनायासै
मेरो पाइला रोकिन्छ
एक झोक्का चिसो बतास
मलाई छोएर जान्छ
लाग्छ कोहि मेरो छेवैमा
सुमधुर आवाज
कानेखुसी गरे जस्तो
“किन रोकिएको?”
म झस्किन्छु
लक्ष मलाइ प्रेरित गरिरहेछ
अनि म फटाफट हिड्छु।।


दिनभरको घोटाई पछि
थकित मेरा पाइला
सुस्ताउन चाहान्छु म
सजिएको रित्तो कोठा
मलाई चिसो अनुभूति हुन्छ
म सोच्न थाल्छु
के छैन यँहा?
के नपाए जस्तो
के नपुगे जस्तो
सुषुप्तमेरा चाहना हरु
कतै गुम्सिएको जस्तो
भाउन्न हुन्छ मलाई
अनायास मुड्कि बज्रिन्छ टेबलमा
खत्र्याक्क आवाज
फोटो फ्रेम भुइमा देख्छु
म त्यो हातमा लिन्छु अनि हेर्छु
तिमी मुस्कुराउदै सोधिरहेकी
“किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको
हत्तेरिका!!!!!!!!
 
Posted on 02-13-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी, धेरै राम्रो प्रस्तुती... बधाई छ!
तर यो अंतिम हरफ अलि प्रस्ट भएन मलाइ, मैले नबुझेको हो कि?

"तिमी मुस्कुराउदै सोधिरहेकी
“किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको
हत्तेरिका!!!!!!!! "


तपाईले आफैँलाई देख्नुभएको भन्न खोजेको हो कि?
 
Posted on 02-13-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेजी, राम्रो कविता लेख्नु हुँदोरहेछ। मलाई बढी मन परेको टुक्रोचाहिँ यो;

.....भाग्‍यले पनि मैमाथि कस्‍तो घात गर्‍यो
मेरो जीवनमा बिहानी नहुदै फेरी रात पर्‍यो
मेरो गुनासो तिमीप्रति केहि छैन
अफसोच यति मात्र छ,
मैदानमा छिर्नै नपाई पराजित हुनु पर्‍यो.....

**************
चित्रेजी, वर्तमानको राम्रो चित्रण गर्नु भएको छ। त्यो अन्यौलबाट बाटो निकाल्न सक्नु पर्छ नत्र जिन्दगीनै अन्यौलै-अन्यौलमा जानसक्छ।
******************
माष्टर्नी नानी, सधैँझैँ, तपाईँको यो कविताले पनि दिल छोयो। जिम्मालले सोधेको प्रश्न भने मैले पनि दोहोराएँ।
**********************
 
Posted on 02-13-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>"तिमी मुस्कुराउदै सोधिरहेकी
>“किन रिसाएको?”

मैले नबुझेको, यो कवितामा,
म = मास्टर्नी
कि
म = मास्टर्नीको वहाँ(bf)?
 
Posted on 02-14-06 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नबुझेको !
माष्टर नानी कि माष्टरनी नानी ?! :)
 
Posted on 02-14-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World map सरल भाषामा राम्रो, गहकिलो कविता लेखेउ नि!! तिमी जस्तो होनहार नेपाली अन्योलमा हुनु हुदैन। ‘बढि जान्ने भै दिदी’ नभन है त।

---------------------------------------------------------------------------------------

हत्तेरिका!!!!!!!!!! ......... गाह्रो प्रश्न सोध्नु भो

तिमी मुस्कुराउदै सोधिरहेकी
“किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको
हत्तेरिका!!!!!!!! "

एक्लोहुदा हुदै पनि कहिले काहि अनायास आफ्नोमान्छे संगै भएको अनुभूति हुदा दिमागमा सन्चारीत हुने रोमान्चित भाव अनि त्यस्ले अनुहारमा देखिने चमकतालाई प्रस्तुत गर्न खोजेकीहुँ। मेरो प्रस्तुति नमिलेको हुनसक्छ,त्यसकोलागि क्षमा चाहान्छु।

मेरो कविता हेरेर फेरि पनि मलाई उत्साहित गराइदिनु भएकोमा बिर्खे माहिलाजी गौतमजी, दादा(जी नथप्दा नै राम्रो लाग्यो) अनि समुन्द्रजीलाई धेरै धेरै धन्यवाद।
समुन्द्रजी नि:सन्देह माष्टरनीनानी। मेरो गन्थनमा धेरै भोगेको र थोरै देखेको कुराहरु हुन्छन। शायद यो देखेको कुरा पर्यो।

इमान्दारीकासाथ भन्दा दादाले भने झै उहाँ (NO BF) का भावना (जो एक डेढवर्ष पहिले मैले पढेकी थिए कतै)लाई मैले कविताको स्वरुप दिएकी हु। केहि थप नँया बुट्टाहारु त पक्कै पनि भरिएकाछन यस्मा। मलाई लाग्छ अधिकांस यस्तो परिस्थितिबाट गुज्रिएको हुन्छ। कुनैपनि रचनाले लेख्नेलाई त प्रभाव पारेको त हुन्छ नै त्यस्मा पनि , म चाहान्छु रचनाले पढ्ने अथवा सुन्नेलाई अझ बढि प्रभाव छोड्न सकोस।

बिर्खेजी ऐना अगाडि हाँसेर उभिनुस त हजूर होइन ऐना हाँसेको हुन्छ त्यँहा।
:)
 
Posted on 02-14-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

******इमान्दारीकासाथ भन्दा दादाले भने झै उहाँ (NO BF) ***********
हे हे हे माष्टरनी नानी जीवन सूत्रमा बाँधिई सक्नु भएको हो कि के हो? :)

ल एउटा पुरानो गाउँ थप्दै छु, मनको कुरा कविता जस्तो बनाएर लेखेको थिएँ, केहि पहिलाको हो।

प्रश्न; अनुत्तरित-


यान्त्रिक मेरो जीवनमा ,
म जति जति सरल हुन खोज्छु
त्यति मेरा कलपुर्जाहरु ,
खस्रो हुँदै जान्छन
र यन्त्र घुमाऊने फित्ताहरु
गाँठो पर्दै जान्छन।
अनि म ग्रिज थप्छु;
हाम्रो मायाको,
तिम्रो बैँशको,
मेरो यौवनको!
तिमीले एक छेउ
र मैले अर्को छेउ समातेर,
फित्ता मिलाउँछौँ
र फेरि जीवन चल्छ।
सबै नियमित देखिन्छ।
सबै प्राक्रितिक देखिन्छ।
तर केहि मिलेको छैन अझै,
उफ!
कसरी मिलाउने मैले
सरलता र तिमी संगको सामजस्यता??!!

 
Posted on 02-15-06 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अर्को गाउँ! :)

याद-

तिम्रो यादले मलाइ सुस्तरी छुँदा
म टोलाएर तारा हेरिरहन्छु
र रातभरी मेरो आँखा खुलै हुन्छन;
अनि सम्झन्छु म ति दिनहरु
हामि संगै भएको!

त्यो बगरमा हामी डुलेको।
तिमीले मेरो अनि मैले तिम्रो,
एक अर्काको नाम
हामिले बालुवामा लेखेको।
पूर्णिमामा दुबैले,
चन्द्रमालाई हेरेर
चुम्बन गर्दै बाचा गरेको!

शहरको भिडमा दौडँदै
म तिमीलाई भेट्न आएको।
सयौँ घर अनि हजारौँ मानिसहरु,
हाम्रो प्रेमको साक्षी भएको।
अनि बिस्तारै तिमि म संग टासिँदा,
मैले त्यो पल रोक्न खोजेको!

तिम्रो कोमल हातले,
मेरो गाला मुसार्दा
र मेरो कुममा टाउको राखेर
तिमी बस्दा
हामीलाई निदाउन मन लागेको।

तिम्रो शल गुटुमुटु पारेर मैले चुम्दै-
“तिम्रो हरेक चिज मलाइ प्रिय छ” भनेको!
फेरि तिम्रो औँलाको नङ मैले चुमेको,
तिमीले मेरो हत्केला चुमेको,
मैले तिम्रो कपाल चुमेर
कपाल मै मुख लुकाएको!

पानी परेको बेलामा,
तिम्रो कपाल बाट
त्यो पानीको थोपा
तप तप गर्दै तल झर्दा,
म पिइदिन्थेँ सबै पानीहरु!
अनि लुगा भिजेकोमा,
तिमी त्रसित हुनथ्यौ
र म तिम्रो लुगा सुख्खा बनाउने
असफल प्रयास गर्थेँ!

एकछिन तिमी हाँस्दा,
मेरो संसार हाँस्थ्यो!
एकछिनमै तिम्रो निधार खुम्चँदा,
मेरो संसार अँध्यारो हुन्थ्यो!
ति मिलेका दाँतका लहर,
म हेरेर युग बिताऊने सामर्थ्य राख्थेँ।

“म राम्री छैन” तिमी भन्थेऊ
“मलाइ सोध” मेरो उत्तर हुन्थ्यो!
जुनेली रातको त्यो दुई पल,
अनि त्यो दुई पल,
हाम्रो मिठो प्रेमको,
अझै ताजा छ!

त्यो तिम्रो हेराइको नशा,
अझै मलाइ छ।
त्यो तिम्रो स्पर्शको चिन्ह,
अझै छ मेरो मनमा!
जीबन बिताउँछु म याद पिएर!
त्यसैले,
तिम्रो यादले मलाइ सुस्तरि छुँदा
म टोलाएर तारा हेरिरहन्छु
र रातभरी मेरो आँखा खुलै हुन्छन;
अनि सम्झन्छु म ति दिनहरु
हामि संगै भएको!

 
Posted on 02-15-06 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो देश नेपाल
नेपाल देश छ कति राम्रो तरैइ हिमाल
माझमा पर्ने पहाडी भाग क्या राम्रो हिमाल
पहाडी डाडा होचा र अग्ला भञ्ज्याङ परेको
लेक र बेसी आउने र जाने विस्राम गरेका
लेकलाई हाम्रा कस्तुरिइ चौरी डाफेले सजाउछ
तरइमा हाम्रा मृग र मजुर मुनाल रमाउछ्न
यो सोभा हेर्न बिदेशी बन्धु बिछटै पल्केका
फल र फुल धेरै नै हुन्चन नेपाल भुमी मा
समयमा फल्यो टिपी खायो क्या मिठो ताजामा
 
Posted on 02-17-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो समय पछि फर्केको छु यो देशमा। साथीहरुको यात्राको निरन्तरतामा फेरि मिसिदैँछु, यो एउटा नया गाऊँ राखेर।

"दौरा सुरुवाल कोट"

पटक पटक आफैंलाई
लिलाम बढाबढमा राखेर कमाएको
मूल्यसूचि छातीभरि टाँगेर
भत्ताको हड्डी चुस्दै
आजपनि भुक्न निस्केको छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,

शहरले श्वाश फेरेको मनपराऊँदैन
र ‘दौरा सुरुवाल कोट’को सभामा
अक्सिजनमा कोटा लगाउने भाषण गर्छ,
रिसाएको छ समयसंग
त्यसैले समयलाई पक्राउ गर्ने प्रस्तावमा
दशै औँलाको छाप ठोक्छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट;

रगतरंगको रक्सीले धर्मराऊँदै
जेठी,माइली, साइलीहरुलाई सराप्दै
(पालै पालो धोका दिएको उसैले हो!)
नम्बर नखुलेकी कान्छीको ढोका ताक्छ,
नसकेपछि सामना गर्न
कान्छीको बैँशको चुनौती
वर्तमानको नाममा
एक आमाचकारी गाली छादेर
मूर्दाझैं लम्पसारिन्छ-
इतिहासले पाखा लगाईसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters