[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 174964 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 10-30-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाटन गेट छेउ मा होला त्यसो भए , जिल्लै पिच्छेको म : म: पसल ।



म: म : खान पनि आफ्नै जिल्ला को पसल मा जानु पर्ने होला अरु जिल्लाको वासिन्दालाई थप् १० % अतिरिक्त शुल्क।


संघियताको गतिलो नमूना जस्तो लाग्यो।



मन्दिर चाँही भाट् भटेनी हो कि ?  अनुमान मात्र।


 
Posted on 10-30-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो म:म: खानि पसल चाइने नयाँ बानेस्वोर बाट पुरानो बानेस्वोर जाने बिच को बाटोको जस्तो लाएर आयो मलाई त, नाम चाँही थ्यक्कै थाहा भेन एस्को ठीक अगाडि सिनेमा हल पनि छ

मन्दिर चाइँ काठमाडौंको हैन जस्तो छ, पाटनको पनि छैन, भक्तपुरको पनि हैन कि क्या हो भन्छु म त

 
Posted on 10-30-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानो च्याङ्बाको अन्तरवार्ता (अनसेन्सर्ड---फुल भर्सन)


 


आजका अतिथी हुनुहुन्छ हाम्रा चिरपरिचीत च्याङ्बा चाम्लिङ्ग ज्यू! वहाँ अगि नै हाम्रो स्टुडियोमा आइसक्नुभएको छ र अन्तरवार्तामा आउन पाउँदा वहाँ यहाँ म संगै को कुर्सिमा गजक्क परेर मुसुमुसु हाँस्दै आफ्नो आँखाको नानि लुकाएर बस्नुभएको छ! त सुरु गरौँ आजको अन्तरवार्ता-


 


संवाददाता- तपाइँलाई स्वागत छ स्टुडियोमा च्याङ्बा जी!


च्याङ्बा- म्हेरो बानि तोँलाई स्वागाद चा साउदादा


संवाददाता- हा हा हा स्वागत मैले गर्ने हो च्याङ्बा जी तपाइँले त धन्यवाद गर्ने हो!


च्याङ्बा- तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!


संवाददाता- (मनमनै उफ्!) हे हे हे यहाँ सम्म आफ्नो अमूल्य समय खर्च गरेर आइदिनुभएकोमा धन्यवाद छ च्याङ्बा जी


च्याङ्बा- को आंमुल्या?? स्याप्रुको टाराक चालाउने डाइबार आमुल्या? तेज्लाइ मोइले भेट्यु बाने दुइडुक्रा पार्छा एइ खुगुरिले काट्छा! तेज्ले म्हेरो मोइज्याङलाई गुमाउना लागेर मो एग्लाई बायो।


संवाददाता- हैन हैन च्याङबा जी तपाइँले पैसा खर्च गरेर पनि नपाइने समय हामिलाई दिनुभएकोमा धन्यवाद छ पो भनेको!


च्याङ्बा- त्याजो भान्नादा साउदादा त्यो डारबारको नाम नालि मो संगा, नाद्रा तोँलाईनि काट्छा म्ह!


संवाददाता- (मनमनै उफ्!) धन्यवाद भनेको च्याङ्बा जी तपाइँलाई


च्याङ्बा आगिनै भानेकु भाए के हुन्द्यो? लु म्हेरो नि दानेबाद छ तोँलाई आनि रिढिओ सुनेर बास्याकु सापैलाई


संवाददाता (मनमनै खुइयsss”) “ हँ त च्याङ्बा जी, तपाइँलाइ खच्चर ग्रुमिङको अध्यक्ष पदबाट बर्खास्त गरियो, के यो ठिक लागेको छ तपाइँलाई?


च्याङ्बा- बाङ्गारा साङ्गारा झार्दिन्जा मोइले तेरु साउदादा, मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ ठिक नलागेकु तोँलाई थाहा छा ताइ पानि सोद्जा, तोँलाई बाच्ना मोन छाइना???”


संवाददाता- (मनमनै “प्रभु रक्षा गर”) “ हैन हैन च्याङ्बा जी मलाई त थाहा छ नि, कति दुख लागेको तपाइँलाई बरखास्त गरियो भन्ने सुन्दा, तै पनि हाम्रो श्रोताहरु कतिलाई थाहा नहुन सक्छ त्यसैले सोधेको नि?”


च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? लु सोर्दाहारु तँ पानि सुन् मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मान्जेलाई मोइले छाड्दाइना। मोइले काम गारेना भनेरु मोलाई हाटायु आबु तोँइँले बाँच्ना साक्याना भानेरु मो तेल्लाई सान्सार बाट हाटाउँछ!”


संवाददाता- ओहो च्याङ्बा जी धेरै नरिसाउनुस न, अब जे हुनु भैहाल्यो, अब गरेर देखाइदिनोस न त खच्चर सुन्दरी पर्तियोगिता?


च्याङ्बा ओइ साउदादा, काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ हो तोँलाई हाइना, धेरै जान्ने नाबान् नात्रा तोँलाई पाइला सान्सारबाट हाटाउँछ!”


संवाददाता – “ श्रोताहरु, प्राबिधिक कारणबस यस संवाददादता माथि नै केहि आघातहरु पर्ने सम्भावना भएकोले हामि केहि क्षर बिश्राम चाहन्छौँ।


च्याङ्बा- के भोनिस तोइँले बुज्ने गारेरा भान??


संवाददाता- च्याङ्बा जी तपाइँलाई तिर्खा लाग्यो होला कोक मगाउनलाई केहि बेर बिश्राम भनेको हो , अरु केहि हैन!


च्याङ्बा- आगिनै भानेकु भाए के हुन्द्यो? मो कोक खाँदाइना मोलाई जाँड ल्याइदे


--------------------(कमर्सियल ब्रेक)---------------------------


संवाददाता"..अहss…..श्रोताहरुऐया…. अगि प्राबिधिक गडबडिले गर्दा बिचमानै कार्यक्रम रोक्न बाध्य भएकोमा खेद प्रकट गर्दै (मनमनै झन्डै आफ्नो सास रोकिएको) अन्तरवार्ता पुन: निरन्तर गर्दैछौँ। हामि संग हुनुहुन्छ संसारकै सबै भन्दा सुन्दर, राम्रा, मृदुभाषि, हिरो, सज्जन श्रि च्याङ्बा जी!" 


च्याङ्बा- सापाइ मोइले बुज्यो तारा म्ह्यार्दुबासि भानेर के भन्याकु तोइँले? गालि गार्याकु? फेरि तोँलाई आगि जास्दो गार्नु पार्यो?


संवाददाता- हैन हैन च्याङ्बा जी हजुरको बोलि मिठो छ भनेर भनेको राम्रो कुरा गरेको


च्याङ्बा- ओइ साउदादा! तोइँले म्हेरो बोलि काइले खायु लु भन्, मेरो बोलि मोईच्याङले माद्दै खान्जा, मोईच्याङलाई माद्दै मेरो बोलि मिठो लाग्चा! तोइँले पाक्काई म्हेरो मोइच्यांको बोलि खायु र मेरो बोलि थाहा पायु, मो तोँलाई आगि जास्दो आलिआलि मात्राई भाकुरदाइना आब दुई टुक्रानाई पार्चा! 


संवाददाता- (दाँत देखाउँदै) हि हि हि हजुरको बोलि राम्रो छ भनेर भनेको हजुर, मृदुभाषि भनेको हजुर जस्तै राम्रो बोलि भएको भनेको हजुर  


च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? लु आन्दारबार्दा सोध्?”


संवाददाता- “ च्याङ्बा हजुर, हजुरले खच्चरको सुन्दरी प्रतियोगिता गर्ने कुरा गरिबक्सनुभएछ, खच्चर पनि सुन्दरि हुन्छ र हजुर??”


च्याङ्बा- “ लु मोइले जाड खायु यो साउदादालाई लाग्यु, देरो बुद्दि छाइना, आबु खाच्चारनि सुन्दरि भएरादा खाच्चारले मन पाराउछा, तोइँले सुन्दरि केटि मान पाराउछाकि पाराउदाइना मोलाई भान?” मोइले माइच्याङलाई किना मानपारायु मोलाई भान?”


संवाददाता- “ हजुरले मैच्याङ मैसाबलाई सुन्दरी भएर मनपराइबक्सेको हो नि, मैच्याङ मैसाब धेरै सुन्दरी होइबक्सन्छ हजुर”


च्याङ्बा- “ आबो मोइले तोँलाई काट्चा काट्चा! मेरु मोइच्याङलाई आँखआ लागायु तोइँले आबो मोइले तोँलाई छाडदाइना!”


संवाददाता- “  हैन हजुर, हजुर यस्तो राम्रो होइबक्सन्छ, सुन्दरी मन पराइबक्सन्छ त्यसैले मैच्याङ मैसाब पनि सुन्दरि होइबकस्नछ होला भनेर अनुमान गर्या नि हजुर”


च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? सुन्दारी छा म्हेरो  मोइच्याङ तेसाइले त्यो टरक डाइबारले आँखा लाउछा, फकाएर घुमाउना लाइजान्छा, म्हेरो लोल खाच्चारले पनि म्हेरो मोइच्याङ लाई मानपाराउँछा! त्यो डाइबारलाई भेट्यु भोने मोइले काट्चा तारा लोल खाच्चारलाई काट्दाइना!”


संवाददाता- “ हो हजुर त्यसैले मैच्याङ मैसाब सुन्दरी होइबक्सन्छ भन्या नि हजुर!”


च्याङ्बा – “ तोँ मोलाई आन्दारबार्दा सोद्जा कि म्हेरो  मोइच्याङको कुरा गार्छा भान्?”


संवाददाता- “ सोध्छु हजुर अन्तरवार्ता सोध्छु, अनि हजुर बेला बेलामा हराइबक्सिन्छ, यता चौतारि पनि आइबक्सिन्न खासै, गाथमा आराम नभएर हो कि हजुर?”


च्याङ्बा- “म्हेरो तेरो जास्दो फुरसाद छाइना, मो खाच्चारको सुन्दरी पारतियोगिदालाई बिजि छा!”


संवाददाता- “ अनि हजुर खच्चर सुन्दरी कसरि छान्ने होला? के हेरेर छान्ने?”


च्याङ्बा- “ तोँलाई आन्दारबार्दा लिने जागिर कोसले दियो तो मोलाई भान्? मो त्यसलाई गएरु काट्चा! , तोइँले सुन्दरी केटि कासारि छान्जा मोलाई भान्?”


संवाददाता- “ सुन्दरी केटि त हजुर रुप, जिउ, बोलिचालि हेरेर छान्ने नि?”


च्याङ्बा- “ पाहिलो पाटाक यास्दु मुर्खा साङ्गा आन्तारवार्ता दिय मोइले, रुप रा जिउ हेरेर छान्छा बोलि कासारि हेर्छा??? तेरो कान छाइना सुन्नुलाई?”


संवाददाता- “ हे हे हे मेरो भनाई रुप र जिउ हेरेर अनि बोलि सुनेर छान्ने भनेको”


च्याङ्बा- ““आगिनै भानेकु भाए के हुन्द्यो? खाच्चारको पानि तेस्दाइ गार्चा!”


संवाददाता- “ हजुर खच्चरको रुप र जिउ कसरि हेर्ने र हजुर? अनि बोलि कसरि सुन्ने?”


च्याङ्बा- “ हेर् साउदादा तोँ मोलाई झोक नाचाला, झोक चाले आइले तेरो डाउको साउको फोरदिन्जा म्ह, खाच्चारलाई बिकिनि लागाएरु पौडि खेल्नु लागाउचा आनि जिउ हेर्छा, खाच्चारको मुख हेरेर रुप हेर्चा, आनि खाच्चारलाई कराउनु लागायेरु बोलि सुन्चा!”


संवाददाता- “ तर हजुर बिकिनि लगाए पनि खच्चर त उस्तै दैखिन्छ त, कसरि यसको जिउ राम्रो उसको जिउ राम्रो भन्नु गाह्रो पर्दैन र हजुर?”


च्याङ्बा- “ तोइँले आजु आपिस आउँधा बुद्धि कारमै छाडेरु आयु कि के हो? खाच्चारनीलाई बिकिनि लागाइदिने आनि खाच्चारहरु जुन खाच्चारनिको पाछि जान्जा त्यो खाच्चारनिको जिउ राम्रो हुन्जा, तोइँले छान्ने हाइना”


संवाददाता- “ ए बुझेँ बुझेँ! अनि हजुर प्रतियोगितामा त, प्रश्नहरु पनि सोधिन्छ, आफूलाई मदर टेरेसाको रुपमा पाउनुभयो भने के गर्नुहुन्छ इत्यादी, त्यो प्रस्न कसरि सोध्ने र खच्चरले कसरि उत्तर दिने?”


च्याङ्बा- “साबभान्दा पाइला तेरु बुद्धिलाई भोटेकोसिमा पाखालेरु आइजु आनि मो साङ्गा कुरा गार! खाच्चारले तोइँले जास्दो बोल्दाईना बुद्धि तेरो भान्दा बढि भायुपनि! नेपालमा माद्राई खाच्चार हुदाइना, काजाकिस्तान भन्ने देश सुन्याकु छाइना होला तोँ मुर्खा साउदादाले, त्यो लेखमा बस्ने बोराट भन्ने मान्छेकु पनि खाच्चार छा, त्यसले खाने घाँस, म्हेरो लोल खाच्चारले खाने घाँस, सापाइले खाने घाँस, नखाने घाँस, लुगा, कापारा, सपै कुरा राखेर खाच्चारला छान्नु लाउने, राम्रो छान्ने खाच्चार सुन्दरी हुन्चा!”


संवाददाता- ‘ओहो! हो त है, त्यहि त, प्रश्न नै किन गर्नु पर्यो र हैन घाँसहरु राखेर इन्टेलिजेन्स टेस्ट गर्न मिलेपछि?”


च्याङ्बा- “ आजकु आन्दारबार्दामा कि त मो बाउलायु कि त तोँ मेरो हातबाटा मर्यु, आन्दारबार्दा लिनु आएकु प्रश्न किन सोध्ने भान्जा, तोँ बाउलायु? तेरो स्वास्नि पोइला गयु??


संवाददाता- “ हैन हैन खच्चर सुन्दरिलाई किन प्रश्न गर्नु पर्यो र भनेर हजुरले भनिबक्सेको कुरा बुझेको क्या”


च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? तारा तोइँले केइ बुझेना मोलाई थाहा छ, तोँ जास्दु साङ्गा मो आन्दारबार्दा दिन्दैन, मो गयु, तोँ मार गि बाँच मोलाई मातलाब छाइना, आबु मो कार जान्जा, जाड खान्छा र मेरो लोल खाच्चारलाई पनि जाड ख्वाउँजा।


संवाददाता – (मनमनै “ खुइइइइययय..”)  “ हस त च्याङ्बा हजुर, हजुरको समयको लागि धेरै धेरै धन्यवाद छ!”


च्याङ्बा- “ जे सुकाई भान, मो गयु!”


 


"त श्रोताहरु यहाँ हुनुहुन्थ्यो चौतारी खच्चर सुन्दरी पर्तियोगिताका आयोजक श्रि च्याङ्बा चाम्लिङ। आगामि अंकमा आगामि अतिथिसंग उपस्थित हुने नै छौँ, तब सम्मको लागि आज्ञा दिनुहोस , नमस्ते!! ( अफ एयरमा – (“ हेल्लो! हेल्लो! ऐया! बिर हस्पिटल?? ….इमरजेन्सि?...हजुर?....हात खुट्टा ढाड बङ्गारा अनि छातिमा धेरै दुखिरा छ हजुर सहनै नसकिने…हजुर कुटाई खाएको …हजुर? ..हैन हजुर खुकुरिले हैन दाबले..ऐया….कसले गर्या देखिएन हजुर अँध्यारो थियो……हजुर छिटो एम्बुलेन्स पठाएदिनोस हजुर….चौतारी रेडियो स्टुडियोमा हजुर…हस हजुर छिटोssss….ऐयाssssssss)



 
Posted on 10-30-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबाSSSS कती वता मात्र भाषा आको भन्या जिम्माललाई काँ काँ मात्र लुकाइ रा हो त्यो प्रतिभा, धत्तेरिका मलाई त पढ्नै टेम लाग्यो तर अत्त्ती मज्जा आयो, माने बाजे मैले माने

हाँस्दा हाँस्दा पेट दुख्यो, अब मु पोनी घार जान्छ

ह्याप्पी वीकेन्द एभेरिवन। भरे कोन्फमा भेटुम्ला अब 

 
Posted on 11-02-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


एक घण्टा बढी सुतेर नि पुगेन ??  के. के. का सन्तान हरु !!!


 
Posted on 11-02-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-02-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, जिम्बाल


जदौ


 
Posted on 11-02-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलियुगको बेलैमा जोशमा हुन्न होश
उनकै छोरी तरुनी हामीलाई केको दोश


सोमबारे जदौ सबै गाम्लेहरुलाई। कुम्भकर्णहरु कता गए? फर्सीजात्रे र भूतजात्रे पार्टी गरेर अझै घुर्दै हुन् कि? चिया नास्ताको जोहो अरिदिए हुन्थो कसैले।


खोइ अस्तिको मन्दिर चिन्न सकेनन् जस्तो छ कसैले अर्को फोटो पनि हालिदिन्छु है। अनि खोइ त्यो मम पसलहरु कताका हुन् त? 
  
ठुल्दाइ (रिट्ठे र बिष्टे पनि), फोनको प्रत्युत्तरको प्रत्युत्तर दिन नसकेकोमा क्षमा प्रार्थी छु। 



 
Posted on 11-02-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, ठूल्दाई चिप्ले!


यो त आकाशभैरव जस्तो छ त?


 
Posted on 11-02-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही कता पर्‍यो होला? 

 
Posted on 11-02-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, बिर्खे, लहरे।



फोटो चिन्न हम्मे हम्मे पर्‍यो चिप्ले सर। क्लु स्लु पनि पाम न त , जमाना फ्लु को छ ।
तारेमाम।


 
Posted on 11-02-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो हिन्ट चाहियो! साथै उचित पुरस्कारको व्यवस्था पनि हुन पर्यो।
Last edited: 02-Nov-09 09:49 AM

 
Posted on 11-02-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी


सोमबारे शिवमय जदौ ।


ठुल्दाइ , चिपले ब्रो र बिर्खे बा लाई लाल सलाम , खै अरु कता हराए ? पुरे खै बौचा खै रिट्ठे खै ?


 


 
Posted on 11-02-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा खै 


आज बैरे को दिनदशा खराब छ जस्तो छ -


सबैलाई देख्ने मलाई चाँही नदेख्ने -


राशी हेरेको हो बैरे - सामान्य चोट पटक लेखेको होला


फर्स्ट टाईम गल्ती भएको ले


 
Posted on 11-02-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा को बारे केही लेख्यो भने काम मा ईमेल आउछ जस्तो छ नी ! नाम लिने बित्तिकै आइपुग्यो , मेरो नाम किन नदेख्या भन्दै, सानो तिनो मावोबादी नै हो यो बौचा पनि


 


खाली ठोके कुरो मात्रै गर्छ


 
Posted on 11-02-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको राशीफल-


ठूल्दाई- मिटिङको सिटिङ लाभ


चिप्ले- मिष्टान्न भोजन, फोटान्न टाँसन


लहरे- तरुनि घात खात का खात


बैरे- पिटाई निर्घात


पुरे- धननाश, कर्मनाश,सत्यानाश, सर्वनाश


रिट्ठे- गमनम् (देश, परदेश वा परस्त्री)


लोल!


 


 
Posted on 11-02-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल महा लोल


 


 
Posted on 11-02-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गमनम् भनेको के हो ताअाअाअाअाअाअाअाअाअ?


तिमी हामी यसरी भेट भाको दिन
मन मेरो लौ न नि बेमानी किन
बाझो खेत पाँच  छड्के सलाम छ मायालाई
पहिलो भेट मा !



माथि ठुल्दाइ देखी तल लहरे ठुल्दाइको तल जिम्माल बा अनी चिप्ले र बैरे लाई सोमबारे जदौ भन्छु ल !


 
Posted on 11-02-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो पहिलो मायाको,
सम्झना बोक्ने, कुसुमे रुमाल
कुसुमे रुमाSSSSSSSल, कुसुमे रुमाल
कुसुमे रुमाSSSSSSSल, कुसुमे रुमाल

यो मनको कुना भित्र, तस्बिर तिम्रो बसेछ
मैले कैले नसोचेको माया प्रिती गाँसिएछ
पानीको सीतको थोपा पातले बोके जस्तो
मायालुको माया बोक्ने, कुसुमे रुमाल
कुसुमे रुमाSSSSSSSल, कुसुमे रुमाल
कुसुमे रुमाSSSSSSSल, कुसुमे रुमाल


प्रणाम, ठुलदाइ, चिप्ले, रिट्ठे, बैरे, जिमालबा, लहरे

मौसम झक्कास छ, कोठा भित्र चाइने चिसो चिसो भे'र ल्यायो, असत्ती छिमेकी राष्ट्र परास्त भो, त्यो खुशी पनि छँदै छ, तर मोरो अजिज जितेको दु:ख छ, जे होस् क्रीकेट जित्दै छ, बालै भो

जिमाल बा सब सत्यानास गराएछन नि के भन्नु र, तर ठ्याक्कै मिलाएछन भन्या, हैन जिम्मालबा के सार्हो ट्यालेन्त भा भन्या, एस्तो उमेरमा पनि जे नि आएर ल्याउने

ल बस्दै गरम केरे, म नि मिले सम्म आउँदै गरम्ला

जय नेपाल
Last edited: 02-Nov-09 11:13 AM

 
Posted on 11-02-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे एन्ड बैरे ।


जिम्माल औतारीको बखान हजार जिब्रो भाको शेष नागले पनि  सक्दैन पुरे, हामी त मनुवा ।
दुष्ट छिमेकी हार्‍यो,  ठिक भो । यता फिलिज ले हार्दै छ, त्यो चाँही बेठिक भो ।


चिप्ले गुरु हिण्ट चाहियो । मिण्ट दिएर पुगेन। तारेमाम।



रिट्ठे गुरु अचेल अन्तै ब्यस्त हो कि ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters